Saturday, August 22News That Matters

समाचार

खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। मृत्युु हुनेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का बिष्णु परियारकी ७ वर्षीया छोरी बिबिशा परियार र मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार रिषिदेवका ९ वर्षीय छोरा अमन रिषिदेव रहेको छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रहरी प्रवक्ता भीम बहादुर दाहालका अनुसार बिबिशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको र अमन रिषिदेव मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। दुवै घटनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ७ । सर्लाहीको रतनपुरमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या भएको छ। उनको आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहका अनुसार रायको टाउकोमा घरेलु हतियारले प्रहार गरी हत्या गरिएको छ। घरकै छेउको बाँसघारीबाट उखु काट्ने घरेलु हतियार बरामद भएको र सोही हतियारबाट हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएका थिए र उनीहरू रायसँगै सुतेका थिए। हत्यापश्चात ती व्यक्तिहरू फरार रहेको बताइएको छ। राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। उनी राप्रपाको हालैको महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार समेत थिए। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लग...
यातायात कार्यालयहरूद्वारा ट्रायल फेल भएकालाई अवैध रूपमा लाइसेन्स वितरण

यातायात कार्यालयहरूद्वारा ट्रायल फेल भएकालाई अवैध रूपमा लाइसेन्स वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ७ । पछिल्लो एक वर्षमा नेपालका विभिन्न यातायात व्यवस्था कार्यालयहरूले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल परीक्षामा फेल भएका १,८९९ जनालाई अवैध रूपमा पास गराएको खुलासा भएको छ। यातायात व्यवस्था विभाग स्रोतका अनुसार काठमाडौं उपत्यकाभित्र र बाहिरका कार्यालयहरूले यस्तो गैरकानूनी कार्य गरेका हुन्। विभागको तथ्यांक अनुसार ललितपुरको एकान्तकुनामा सबैभन्दा बढी ५२० जनालाई अवैध रूपमा पास गराइएको छ। त्यसपछि क्रमशः इटहरी, ठूलोभर्याङ, चाबहिल, बुटवल, कास्की र जगाती भक्तपुरका कार्यालयहरूले पनि यस्तो काम गरेको पाइएको छ। विभाग स्रोतका अनुसार यो काम ट्रायल सञ्चालक, ट्राफिक प्रहरी र यातायात कार्यालयका कर्मचारीहरूको मिलेमतोमा हुने गरेको छ। आर्थिक लेनदेन गरी फेल भएकालाई पास गराइने गरेको बताइएको छ। यसैबीच, २०७२ सालयता जारी भएका मध्ये १ लाख २ हजार ७११ लाइसेन्स नक्कली रहेको आशंकामा प...
उदयपुरका एसपी रमेश थापाको सरुवा

उदयपुरका एसपी रमेश थापाको सरुवा

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ साउन । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाको सरुवा भएको छ । थापाको काठमाण्डौँ हेटक्वाटरमै सरुवा भएको हो । थापाले जिल्लामा प्रहरी नेतृत्वको भुमिकालाई सकरात्मक सन्देश दिएर सरुवा भएको छ । थापाले एक बर्षको अबधिमा जिल्लामा सुरक्षालाई प्रभावकारी बनाएको ठम्याई छ । एसपी थापाले यो सँगै जिल्लाको सबै भन्दा समस्याको रुपमा रहेको लागु औषाधलाई न्युनिकरणमा भुलो भुमिका खेलेको छ । यो सँगै अन्य बिभिन्न अपराध सडक दुर्घटना, महिला हिंसा, लैँगिक हिंसा जस्ता महत्वपूर्ण क्षेत्रमा पनि महत्वपूर्ण काम गरेको हो । थापको ठाउँमा हरिहरनाथ योगीको आगमन हुने भएको छ । एसपी थापालाई उदयपुरका संञ्चार क्षेत्रलेपनि सकरात्मक काम गरेको प्रति खुसी ब्यक्त गरेको छ । पूर्णपुष्टि मिडियाले थापालाई कदर पत्र सहित सँधै जनताको सेवामा उदयपुर जिल्लामा भैm तत्पर भएर लाग्न शुभकामना दिए ।...
गाईघाटमा गैरकानुनी रुपमा जुस बनाएर बेच्ने दुई भारतीय ब्यपारीलाई जनही ५० हजार जरिवाना

गाईघाटमा गैरकानुनी रुपमा जुस बनाएर बेच्ने दुई भारतीय ब्यपारीलाई जनही ५० हजार जरिवाना

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ६ । जिल्ला प्रशासन कार्यालय उदयपुरले जथाभावी जुस बनाए र बेचेको आरोपमा दुई भारतिय ब्यपारीलाई कार्वाही गरेको छ । त्रियुगा नगरपालिका ११ गाईघाट स्थित भारत महत्तरीका २० बर्षिय पंकच कुमार र दिपक कुमार नाम गरेका युवाहरुलाई कार्यालयले जनही ५० हजार जरिवाना तिराएर कार्वाही गरेको हो । सहायक सिडियो लक्ष्मी प्रसाद रेग्मीका अनुसार उनिहरुले बनाउने जुसमा कृतिम सामाग्री प्रयोग हुने र बिभिन्न केमिकल पाईएको जनाईएको छ । जुस निर्माणका लागि प्याकट्री समेत दर्ता प्रक्रियामा संञ्चालन नरहेको रेग्मीको भनाई छ । थप अनुसन्धान भैरहेको र हाललाई भने जनही ५० हजारको दरले जरिवाना गरिएको हो । उक्त जुस व्यपारीहरुकोमा पनि पुगेको हुँदा नबेच्न अनुरोध गरिएको छ । त्यस्ता खाले जुस बेचेको पाईएमा प्रशासनले कार्वाही गर्ने समेत चेतावनी दिएको हो । उक्त जुसले स्वास्थ्यमा गम्भीर असर गर्ने हुँदा सबै सचेत रहन र नकिन्न ...
एसियन लाईफ इन्स्योरेन्स गाईघाटद्धारा दुई मृतक परिवारलाई मृत्यु दावी भुक्तानी

एसियन लाईफ इन्स्योरेन्स गाईघाटद्धारा दुई मृतक परिवारलाई मृत्यु दावी भुक्तानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ४ । एसियन लाइफ इन्स्योरेन्स गाईघाट शाखाले दुई मृतक परिवारलाई मृत्यु दाबी भुक्तानी पू्रदान गरेको छ। चौदण्डीगढी नगरपालिका–५ का मृतक सुनिल चौधरीको परिवारलाई र त्रियुगा नगरपालिका–११ का मृतक रमित कुमार गुप्ताको परिवारलाई रु ५ लाख ८१ हजार ८ सय १ रुपैँया हस्ताण्तरण गरेको शाखा प्रमुख मेनुका खत्रीले बताएकी छन् । प्रमुख खत्रीका अनुसार अभिकर्ता उर्मिला खड्का कटुवालले सुनिल चौधरीको गत बैशाख १६ गते एशियन सावधिक प्लस बिमा योजनामा २० बर्षे जिवन बिमा गराएका थिए । बिमा गराएको भोली पल्टै गाईघाट आउने क्रममा सडक दुर्घटनामा परेको उनको उपचारको क्रममा विरटनगर स्थित न्युरो अस्पतालमा बैशाख २० गते मृत्यु भएको थियो । चौधरीले पहिलो किस्ता मात्र तिरेको भएतापनि नियमानुसारको सम्पुर्ण रकम निजको इच्छाइएको व्यक्तिलाई प्रदान गरिएको उनले बताइन् । यता मृतक रमित कुमार गुप्ताले २०७७ साल असोज ५ मा २० बर...
१५ नं वडाका युवा व्यवसायीहरुद्धारा पहिरो पिडितहरुलाई राहत तथा आर्थिक सहयोग

१५ नं वडाका युवा व्यवसायीहरुद्धारा पहिरो पिडितहरुलाई राहत तथा आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ साउन । त्रियुगा नगरपालिका १५ नं वडाका युवा व्यवसायीहरुले पहिरो पिडितहरुलाई राहत तथा नगद सहयोग गरेको छ । गत असार २५ गते सोही वडाका तोरीबारीमा गएको पहिरोमा परी एक जनाको ज्यान जानुका साथै एक जना घाईतेको उपचार भैरहेको छ । पहिरोले २० घर उच्च जोखिममा पारेको छ । उच्च जोखिम परिवार र पहिरोमा पुरिएका घरपरिवारलाई सोही वडाका युवा व्यवसायीहरु बिष्णु राई लाललशेर राई लगायतको पहलमा ८२ हजार बढीको राहत र १८ हजार नगद आर्थिक सहयोग गरिएको हो । व्यवसायी तथा समाजसेवी विष्णु राईका अनुसार चामल २० प्याकेट, ३ काटुन खाने तेल, त्यास चुला ४ पिस, नुन ५० केजी, दाल २५ केजी दिईएको छ भने पहिरोले पुरिएको परिवारलाई भने घरबासको लागि सिरक, तन्ना, सिरानी ग्याँस र जस्ता प्रदान गरिएको छ । उक्त राहत र आर्थिक सहयोग वडा अध्यक्ष गणेश तिमिल्सिना र विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । बिष्णु राई यातायात व्यव...
बालकको हत्या आरोपमा एक पक्राउ

बालकको हत्या आरोपमा एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा एक बालकको कुटपिटबाट मृत्यु भएको छ । ४५ वर्षीय विर बहादुर विश्वकर्माले कुटपिट गर्दा ६ वर्षीय बालक अबि बि.क.को मृत्यु भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार हिजो दिउँसो मादक पदार्थ सेवन गरेका विश्वकर्माले बालकले लगाएको सुनको मुन्द्री तान्न खोज्दा बालकले इन्कार गरेपछि उनलाई शरीरको विभिन्न भागमा कुटपिट गरेका थिए। घाइते बालकलाई बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ र उनीमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।...
युरो एसिया एजुकेशन कन्सल्टेन्सीको ८ औँ शाखा गाईघाटमा

युरो एसिया एजुकेशन कन्सल्टेन्सीको ८ औँ शाखा गाईघाटमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ साउन । युरो एसिया एजुकेशन कन्सल्टेन्सीको ८ औँ शाखा गाईघाटमा पनि विस्तार भएको छ । उक्त शाखा गाईघाटमा बुधबार देखी औपचारिक रुपमा शुरु भएको हो । यो शाखा संञ्चालन सँगै अब आयल्स र पिटी अध्यानको लागि बाहिर जानु नपर्ने भएको छ । गाईघाट स्थित पिपलचोकमा शाखा विस्तार गरिएको छ । कन्सल्टेन्सीमा  जापान, कोरिया, अस्टे«लिया, युएसए, युरोप, माल्टा, न्युजिल्याण्ड क्यानडा र युकेका लागि अध्यान गराईने छ । शाखाको औपचारिक उद्घाटन कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले रिवन काटेर  गरेकी हुन् । दनुवार सँगै त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, एमाले उदयपुरका अध्यक्ष भागवत राउत लगायतको उपस्थित थियो । कन्सल्टेन्सी प्रोपाईटर सुर्य डाँगीका अनुसार उदयपुर लगायत बिभिन्न जिल्लाका विद्यार्थीहरुलाई गाईघाटमै अध्यान गर्न सहज हुने जनाए । काठमाण्डौँ लगायतका शहरहरुमा अध्यापन गर्न बाध्य विद्यार्थीहरुले अब आफ्न...
त्रिशूली नदी दुर्घटना : गणपति बसका चालक र सहचालकको शव फेला, ४५ यात्रु अझै बेपत्ता

त्रिशूली नदी दुर्घटना : गणपति बसका चालक र सहचालकको शव फेला, ४५ यात्रु अझै बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन्। प्रशासनका अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन्, जसमध्ये ९ वटा शवको मात्र सनाखत भएको छ। भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन्। सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय रहेका छन्। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिमप्राप्त सुरक्षाकर्मीहरुले विभि...