Saturday, May 9News That Matters

समाचार

उदयपुरमा अविरल वर्षा : बाढी र डुबानको जोखिम

उदयपुरमा अविरल वर्षा : बाढी र डुबानको जोखिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १७ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट र आसपासको क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ। आज बिहान केही समय मौसम खुले पनि दिउँसोदेखि पुनः निरन्तर वर्षा भइरहेको स्थानीय बासिन्दाले बताएका छन्। अविरल वर्षाका कारण बरुवा खोला र त्रियुगा नदीमा बाढी आएको छ। बरुवा खोलाको बाढीले आसपासका बस्तीहरू जोखिममा परेका छन्। वर्षाको भेलले बरुवा बसपार्क डुबानमा परेको छ। त्रियुगा नदीको बाढीले खेत कटान गरेको र बालुवाले पुरेको स्थानीय कृषकहरूले बताएका छन्। यस क्षेत्रका किसानहरू बर्षेनी त्रियुगाको बाढीबाट पीडित हुँदै आएका छन्। स्थानीय प्रशासनले बाढी र डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अपिल गरेको छ। साथै, आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ। मौसम विभागले आगामी केही दिन यस क्षेत्रमा थप वर्षाको सम्भावना रहेको जनाएको छ। स्थानीय प्रशासन र सुरक...
फरार प्रतिवादी लागुऔषधसहित पक्राउ

फरार प्रतिवादी लागुऔषधसहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १७ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (RIT) ले लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तेह्रथुम लालिगुराँस नगरपालिका(९ घर भई हाल मोरङको सुन्दरहरैचा नगरपालिका–४ मा बस्दै आएका ४२ वर्षीय अमृत बहादुर भुजेल रहेका छन्। उनी सुनसरी जिल्ला अदालतबाट गत माघ २६ गते जारी भएको पक्राउ अनुमतिपछि फरार रहेका थिए। प्रहरीले भुजेलको साथबाट ३२ ग्राम ७४ मिलिग्राम ब्राउन सुगर, नगद ६७ हजार ६०० रुपैयाँ र एक थान स्कुटर बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका भुजेलमाथि थप अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको छ।...
कोशी प्रदेशमा कानुन बिना नियमावली निर्माण

कोशी प्रदेशमा कानुन बिना नियमावली निर्माण

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १७ । कोशी प्रदेश सरकारले कानुन बिना नै नियमावली बनाएको खुलासा भएको छ। पूर्वाञ्चल विश्वविद्यालय कानून संकायको अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। प्रदेशका ६० ऐन र २४ नियमावलीको समीक्षामा कानून निर्माण प्रक्रियामा गम्भीर त्रुटिहरू फेला परेका छन्। अध्ययन टोलीले विभिन्न क्षेत्रमा तत्काल नयाँ कानून बनाउन सिफारिस गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनशक्ति र अनुभवको कमीले गल्ती भएको स्वीकारेका छन्। उनले प्रदेश संरचना प्रति पूर्वाग्रह र प्रदेश समन्वय परिषदको अवरोधले काम गर्न कठिनाइ भएको बताए। यो अध्ययनले प्रदेशको कानून निर्माण प्रक्रियालाई सुधार गर्न मद्दत पुग्ने आशा गरिएको छ।...
दुवई पठाउने भन्दै उदयपुरका ५० जना व्यक्तिबाट करडौँ असुलेर चौधरी बेपत्ता

दुवई पठाउने भन्दै उदयपुरका ५० जना व्यक्तिबाट करडौँ असुलेर चौधरी बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ असार । उदयपुरका ५० जना युवाहरु बैदेशिक रोजगार पठाईदिने बाहानामा ठगिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ मैनाहाका राज किशोर चौधरीले ५० जना उदयपुरका बिभिन्न स्थानका युवाहरुलाई ठगी गरी फरार भएको हो । उनले प्रत्येक व्यक्तिबाट रु १ लाख ७० हजार सम्म रकम असुली गरी बेपत्ता भएको पिडितहरुले जनाएको छ । चौधरीले उदयपुर बाहेक सप्तरीको ५ जना सित पनि पैसा असुलेको छ । चौधरीले त्रियुगाको र चौदण्डीगढीका बिभिन्न वडाका व्यक्तिहरुलाई ठगी गरी फरार भएको छ । त्यस मध्ये धेरै जसो चौधरीहरु ठगिएका छन् । उदयपुरका ५० र सप्तरिको ५ जना गरी ५५ जना ठगिएका पिडितहरुको भनाई छ । पैसा असुल गरेर बेपत्ता भएको चौधरीले पिडित व्यक्तिहरुको एकएक करोड ८ लाख बेपत्ता पारेको छ । त्यस मध्ये ५५ जनाको ९३ लाख पैसा अझै ठगेर फरार भएको छ । केहि पिडित ब्यक्तिहरुले भने काठमाण्डौँमा पक्रेर चौधरीमाथी आक्रमण गर्न ख...
पहिरो अपडेट–खुल्यो गाईघाट–दिक्तेल सडक

पहिरो अपडेट–खुल्यो गाईघाट–दिक्तेल सडक

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा पहिरोको कारण अवरुद्ध भएको गाईघाट–दिक्तेल सडक खुलेको छ । साउनेको हडेथुम्कामा गएराति खसेको पहिरोको कारण आज बिहानदेखी सडक अवरुद्ध भएको थियो । वडा अध्यक्ष हेमराज मगरका अनुसार दिउँसो १ बजे डोजरले पहिरो पन्छाएपछि अवरुद्ध भएको सडक खुलेको हो । पहिरोको कारण सडक अवरुद्ध भएपछि सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएको थियो ।...
साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध

साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको छ । साउनेको हडेथुम्कामा गएराति खसेको पहिरोको कारण आज बिहानदेखी सडक अवरुद्ध भएको वडा अध्यक्ष हेमराज मगरले बताएका छन् । वडा अध्यक्ष मगरका अनुसार हाडेथुम्काको डाँडाबाट पहिरो खसेको कारण सडक पुरिएर अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताए । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतका अनुसार पहिरो खसेको खबर पाउने बित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ ।...
उदयपुरगढीमा यसरी मनाईयो धान दिवस (फोटो फिचर)

उदयपुरगढीमा यसरी मनाईयो धान दिवस (फोटो फिचर)

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरको उदयपुरगढी गाउँपालिकामा २१ औं राष्ट्रिय धान दिवस रोपाई गर्दै मनाईएको छ । हेर्नुहोस् तस्विरमा ।    
रमाईलो गर्दै मनाईयो धान दिवस (फोटो फिचर)

रमाईलो गर्दै मनाईयो धान दिवस (फोटो फिचर)

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरमा २१ औं राष्ट्रिय धान दिवस रोपाई सहित रमाईलो गर्दै मनाईएको छ । तस्विर  
२१ औं धान दिवस (फोटो फिचर)

२१ औं धान दिवस (फोटो फिचर)

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरको त्रियुगा नगरपालिका–५ स्थित देउरीमा आज २१ औं राष्ट्रिय धान दिवस धान रोप्दै मनाईएको छ । तस्विर–  
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका–६ स्थितबाट सिराहा लहानका २७ बर्षीय राज कुमार यादव शुक्रबार लागुऔषध सहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिप्रका र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले यादवलाई डाइजेपाम, फेनारगन र आइपियल समेत गरी ४५ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...