Monday, August 24News That Matters

समाचार

जोगिदहमा काटिएको काठको आम्दानी मन्त्रालयलाई पठाउनु पर्ने भनिएपछि उपभोक्ताको आपत्ति

जोगिदहमा काटिएको काठको आम्दानी मन्त्रालयलाई पठाउनु पर्ने भनिएपछि उपभोक्ताको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि १५ माघ । कंग सामुदायीक वन उपभोक्ता समिति जोगिदहले उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदह स्थित सगमाथा विमान स्थल निर्माण क्षेत्रमा काटिएको ठुलो परिणामको काठ अझै बेच्न सकिरहेको अवस्था छैन् । बैशाखबाट असार सम्म ४ महिना लगाएर काटिएको काठ समिति र उपभोक्तबीचको विवादले  काटिएको ६ महिना बित्दा पनि बेच्न नसकेको हो । काटेर जंगलभरी राखिएको काठ चोरी हुन सक्ने हुँदा काठको सुरक्षामा पनि चुनौती छ भने आउने चैत्र बैशाख देखी जंगलमा लाग्ने आगो बाट पनि काठ बचाउन समस्या देखिएको छ । विमान स्थल बनाउनका लागि उक्त क्षेत्रमा ४१ हजार किवी काठ र २०९ चट्टा दाउरा काटिएको छ । उक्त काठ काट्ने बेला उपभोक्तहरुले वन मास्न नपाईने भन्दै काठ काट्न अवरोध गरेका थिए । पछि काटिएको काठले उपभोक्ताहरुमै लगानी गर्ने र काटिएको काठको आम्दाीनले यसै ठाउँमा बिकास गर्ने भनेपछि उपभोक्ता तथा स्थानीयहरु काठ काट्न मन्ज...
प्याराडाईज बोर्डिङले सुरु गर्यो सप्ताहव्यापी खेल प्रतियोगिता

प्याराडाईज बोर्डिङले सुरु गर्यो सप्ताहव्यापी खेल प्रतियोगिता

Breaking News 2, समाचार
पूर्णपुष्टि, १५ माघ । प्याराडाईज बोर्डिङ स्कुलको एक हप्ते खेल सप्ताह आईतबार देखी सुरु भएको छ । दुई चरणमा खेलाईने खेलमा १४ बाट १८ गते सम्म नर्सरी देखी ८ सम्मको विद्यार्थी र २१ र २२ गते ९ देखी १२ सम्मको विद्यार्थीहरुलाई ग्याम खेलाईने छ । प्रतियागितामा भलिवल, कबडी, रिले, रनिङ, हाई जम्प, लङ जम्प, टिटी लगायतको खेलहरु समावेश गरिएको छ । विद्यालयका प्रिन्सिपल बाबुराम आचार्यले प्यराडाईज बोर्डिङले पठन पाठन सँगै खेलकुदलाई पनि बिषेश स्थान दिने गरेको जनाए । खेलले अनुसासन सँगै शारिरिक रुपमा समेत सकरात्मक विकास गर्ने भएकाले बिषेश स्थान दिँदै प्रत्येक बर्ष सप्ताह ब्यापी स्वरुप खेलाईने जनाए । विद्यार्थीहरुमा खेलको बिकास र खेलकुद क्षेत्रमा सफल बनाउन विद्यालय स्तरबाटै प्रतियोगिताहरुमा समावेश गराउँदै सक्षम बनाउने विद्यालयको उदेश्य रहेको आचार्यको भनाई छ । विद्यालयका संञ्चालक समेत रहेका प्रकाश बस्नेतको...
कटारीको ४० महिलामा पाठेघरको समस्या

कटारीको ४० महिलामा पाठेघरको समस्या

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १४ । उदयपुरको कटारी नगरपालिकाको वडा नं ८ पटनाभन्ज्याङमा ४० जना महिलामा पाठेघरको समस्या देखिएको छ । नगरपालिका, वडा कार्यालय, वल्र्ड नेर्वसको सहयोग तथा समन्वयमा हुरेण्डेक उदयपुरले आयोजना गरेको स्वास्थ्य शिविरमा १२७ जनामा गरिएको स्वास्थ्य परीक्षणमा ४० जनामा पाठेघर खस्ने समस्या देखिएको जिल्ला अस्पताल उदयपुरका स्त्रीरोग विशेषज्ञ मुकेश झाले बताउनुभयो । शिविरमा महिलाका स्वास्थ्यमा धेरैखालका समस्या देखिएको र नियमित स्वास्थ्य जाँच, पोषणयुक्त खानपीन तथा स्यहारसुसारमा कमिहुँदा पाठेघर खस्ने समस्या देखिएको डाक्टर झाले बताए । पाठेघरका समस्या भएका ४० महिला मध्ये ११ जनामा महिलाको पाठेघर मुखमा हुन सक्ने सम्भाबित क्यान्सर भिआई पोजेटिभ, ६ जनाको पाठेघरको अप्रशेन गर्नु पर्ने र ७ जनालाई तत्काल रिङप्रेसरी लगाईएको कार्यक्रम संयोजक बिनु सुबेदीले बताईन् । उनका अनुसार २५ बर्षदेखि ६५ बर्ष उमेर ...
उदयपुरमा ज्यान मार्ने उद्योग मुद्धाका १ फरार प्रतिवादी पक्राउ

उदयपुरमा ज्यान मार्ने उद्योग मुद्धाका १ फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १४ । उदयपुरमा ज्यान मार्ने उद्योग मुद्धाका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–५ बस्ने किरण राई भन्ने चेतराज राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता हरिनन्दन चौधरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्धामा ५ बर्ष कैद जसाय तोकिएको राईलाई आईतबार पक्राउ गरेको हो । राईलाई ललितपुर महा–नगरपालिका वडा नं ३ साँझा ट्रोलपम्पबाट नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका राईलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
उदयपुर एक्स्पो २०८० को औपचारिक उद्घाटन

उदयपुर एक्स्पो २०८० को औपचारिक उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ माघ । उदयपुर एक्स्पो २०८० को आईतबार उद्घाटन भएको छ । बिहिबारबाटै सुरु भएको एक्स्पोको आईतबार मात्रै उद्घाटन भएपछि महोत्सव विधिगत रुपमा महोत्सव सुरु भएको हो । एक्स्पोको उद्घाटन कोशी प्रदेशका पूर्व मन्त्री समेत रहेको सांसद हिमाल कार्कीले गरेको हो । उद्घाटन सँगै सांसद कार्कीले मेलालाई सफलताको कामना गरे । त्यसका लागि आफ्नो पूर्ण साथ सहयोग रहने जनाए । महोत्सवमा बिषेशगरी स्टल, सांस्कृतिक मनोरञ्जन, र बिभिन्न खेलहरु रहेको छ । त्रियुगा नदी किनारमा संञ्चालन गरिएको महोत्सवमा आजको मुख्य आकर्षण कलकार धुर्मुस सुन्तली रहेको छ । उनिहरुलाई हेर्न दर्शकहरु मेला स्थान तर्फ लागिरहेको छ ।  ...
उदयपुरमा “आई डियर नो ड्रग क्याम्पियन” अभियान प्रभावकारी बन्दै

उदयपुरमा “आई डियर नो ड्रग क्याम्पियन” अभियान प्रभावकारी बन्दै

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ माघ । उयदयपुर प्रहरीले लागु औषाध दुव्र्यसन न्युनिकरण गर्न चालेको अभियान (आई डियर नो ड्रग क्याम्पियन) अभियान उदयपुरमा प्रभावकारी देखिएको छ । जिल्लामा रहेको बढ्दो लागु औषाध दुव्र्यसनलाई यस कार्यक्रमले अवस्था केही समान्य बनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्दन चौधरीले पछिल्लो समय लागु औषाधको केसहरु घटेको जनाए । कुनै बेला दैनिकी जस्तो कारोवारी र प्रयोगकर्ताहरुलाई पक्राउ गर्नु पर्ने अवस्थामा अहिले त्यो घटेको डिएसपी चौधरीको बुझाई छ । करोवारीमा संलग्न र प्रयोगकर्ताहरुलाई कडाई कर्वाही र सचेतनाको कार्यक्रम पश्चात अवस्था सामान्य भएको हो । प्रहरीले लागु औषाध न्युनिकरण गर्न हदै सम्मको कार्यक्रमहरु संञ्चालनमा ल्याएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरमा मंसिर ९ मा प्रयोगकर्ताहरुलाई मनोपरामर्श दिएपछि थप दुव्र्यसन जिल्लामा घटेको छ । गाईघाटमा ५२ जनालाई कार्यालयको हल...
कटारीमा टिवान रग्वी फुटबल प्रतियाेगिता सम्पन्न, त्रिवेणी मावि र सरस्वती मावि प्रथम

कटारीमा टिवान रग्वी फुटबल प्रतियाेगिता सम्पन्न, त्रिवेणी मावि र सरस्वती मावि प्रथम

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १४ । उदयपुरकाे कटारीमा सम्पन्न प्रथम अन्तर विद्यालय नगरपालिका स्तरीय छात्र, छात्रा 'टीवान रग्बी' प्रतियोगितामा छात्रतर्फ त्रिवेणी माध्यामिक विद्यालय र छात्रातर्फ सरस्वती मा.वि. हडैया प्रथम बनेका छन् । छात्रतर्फ मरुवा विद्यालय र छात्रातर्फ जनता मावि गुराँसे दाेस्राे भएका छन् । नेपाल रग्बी संघ कोशी प्रदेशको आयोजना र कटारी नगरपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हाे । संघका अध्यक्ष विनोद कटुवाल (दिवश) का अनुसार प्रतियोगितामा छात्र तर्फ आठ र छात्रा तर्फ सात विद्यालय टिम प्रतिष्पर्धामा उत्रिएका थिए । प्रतियाेगितामा त्रिवेणी माविका सुमन विक छात्र तर्फकाे उत्कृष्ट खेलाडी घाेषित भए भने छात्रातर्फकी जनता मावि गुराँसेकी शुसिला सुनुवार उत्कृष्ठ घोषित भईन । उदयमान खेलाडीमा जनमुखी मावि वसेरीका भावना मगर घोषित भईन् । प्रथम हुनेले नगद १० हजार,  ट्रफी, मेडल र प्रमाणपत्र गरे । दो...
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको अध्यक्षमा रिदम किराती

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको अध्यक्षमा रिदम किराती

Breaking News 2, समाचार
पूर्णपुष्टि, १३ । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको दोस्रो अधिवेशनले रिदम रिदम सुनुवारको नेतृत्वमा १९ सदस्यीय कमिटी चनय गरेको छ । शुक्रबार काठमाण्डौँमा भएको अधिवेशनले राईको नेतृत्वमा पाँच पदाधिकारी सहित १९ जनाको कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा अजय चौधरी, सचिवमा हेम बहादुर मगर, सह सचिवमा प्रतियुस राउत, गिता मगर र कोषाध्यक्षमा बिकास मगर रहेको छ । निर्वाचित अध्यक्ष रिदम किरातीले युवाहरुलाई संगठीत गर्ने र पछिल्लो समय राजनितिकमा बढ्दै गएको बिकृतिलाई समधानको प्रयासमा जुट्ने जनाए । बिषेशगरी उदयपुरका युवाहरुलाई क्रियाशिल बनाउँदै राजनितिक वितृस्नालाई न्युनिकरण गरी युवाहरुलाई राजनितिकमा थप विश्वास बढाउने कार्यसमितिको काम रहने अध्यक्ष राईले जनाए । यस संगठनले उदयपुरका युवाहरुलाई क्रियाशिल र मजवुद बनाउँदै देश जनताको निम्ति सकरात्मक राजनितिक गर्न हौसाला प्रदान गर्ने जनाए...
समाजकाे शिविरमा तीनसयले मृगाैला परिक्षण गराए

समाजकाे शिविरमा तीनसयले मृगाैला परिक्षण गराए

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १३ । उदयपुर समाज काठमाडाैंले उदयपुरकाे त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा सञ्चालन भएकाे दुईदिने मृगाैला परिक्षण शिविरमा ३०० जनाले सेवा लिन पाए । आर्क ईन्टरनेशनल मृगाैला केन्द्रका डा. अर्पण सम्शेर राणाकाे नेतृत्वकाे चिकित्सक टाेलीले  परिक्षणसंगै ओैषधिसमेत वितरण गरेका थिए । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेकाे प्रमुख आतिथ्य तथा नेपाली सेनाकाे १८ नं. वाहिनिपति मनाेज वैदवारकाे विशेष आतिथ्यामा उद्घाटन भएकाे शिविरमा समाजकी केन्द्रिय सदस्य समृद्धि राणाकाे संयाेजन तथा ब्यवस्थापन रहेकाे थियाे । वडा नं. ३ का अध्याक्ष तिलक कटुवालले कार्यक्रम प्रभावकारी रहेकाे प्रतिकृया थिए । समाजका उपाध्यक्ष सन्दिप बस्नेत र महासचिव वसन्त कटवाल सक्रियपूर्वक शिविरमा खटेमा थिए । शिविरलाई त्रियुगा नगरपालिका र सर्पदंश उपचार केन्द्रकाे सहयाेग रह्याे । ...
उदयपुरमा पहिचान बिषयक प्रशिक्षण तथा जनजागरण अभियान

उदयपुरमा पहिचान बिषयक प्रशिक्षण तथा जनजागरण अभियान

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ माघ । उदयपुरको गाईघाटमा पहिचान सचेतनाबारे प्रशिक्षण गराईएको छ । पहिचानवादी नेता तथा अभियान्ता पूर्व मन्त्री समेत रहेका गोपाल किरातीले बिषेश प्रशिक्षण दिईएको हो । किराती सँगै यायोख्खाको केन्द्रीय उपाध्यक्ष युवराज राई, आदिवासी जनजाति उदयपुरका अध्यक्ष डिवि गुरुङ लगायतले प्रशिक्षण दिएका थिए । प्रदेश नं १ पून : नामाकंन संघर्ष समितिको आयोजनामा शनिवार एक दिने बिषेश प्रशिक्षण गरिएको हो । पहिचान स्थापितको लागि अब सबै आदिवासी जनजाति एक हुनु पर्ने र प्रदेश नं १ बाट पहिचान सहितको अधिकार स्थापित गर्न किरात प्रदेश नामाकरण गर्न आवश्यक रहेको जनाए । आठओटै पालिकाका संघर्ष समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षणमा सहभागी गराईएको थियो । किरात प्रदेश नामाकरणमा दलहरुले धोका दिईएको भन्दै अबको आउँदो चुनावमा बिराच गर्नु पर्ने जनाए ।...