पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा उदयपुर क्षेत्र नम्बर १ बाट बिदुर बस्नेत र २ नम्बर क्षेत्रबाट रामकुमार राई उठाएकाे छ ।
बस्नेत पार्टीका पूर्वजिल्ला सभापति हुन भने राई गत प्रतिनिधिसभाकाे चुनावमा स्वतन्त्र उठेका उम्मेद्वार हुन् । क्षेत्रिय सभापति रहेका राई काङ्ग्रेसबाट बाघि उठेकाेमा उनलाई कारवाही पछि फुकुवा गरि टिकट दिईएकाे हाे ।...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेपाली कम्युनिस्ट पार्टीले उदयपुर निर्वाचन क्षेत्र नं. १ मा बलदेव चौधरी र क्षेत्र नं २ बाट सुरे कुमार राई (हिमाल) लाई उम्मेदवार बनाएकाे छ ।
पार्टीले त्रियुगा नगरपालिकाका निबर्तमान मेयर चाैधरी र पूर्वप्रतिनिधिसभा सदस्य राईलाई उम्मेद्वार बनाएकाे हाे ।
पार्टीलाई उदयपुरकाे उम्मेद्वार टुङ्ग्याउन लामाे अभ्यास परेकाे हाे । उम्मेद्वार टुङ्गाे लागेसंगै भाेली मनाेनयन दर्ताकाे तयारीमा पार्टी जुटेकाे जनाएकाे छ ।...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेकपा एमाले उदयपुरले आज दुई निर्वाचन क्षेत्रका प्रतिनिधीसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार र एक समानुपातिकको बन्दसुचीमा नाम परेका उम्मेदवारलाई पार्टी कार्यालयमा स्वागत गरेको छ ।
निर्वाचन क्षेत्र १ का उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती) र निर्वाचन क्षेत्र २ का उम्मेदवार अम्बर रायमाझीलाई स्वागत गरेको हो । समानुपातिकतर्फकी कान्ता राईलाई पनि स्वागत गरेको हो । पार्टीका जिल्ला अध्यक्ष भागवत राउत र जिल्लास्थित सबै पार्टी तहका नेता कार्यकर्ताहरुले उम्मेदवारहरुलाई स्वागत गर्दै जीतको शुभकामना दिए ।
“पार्टीको तर्फबाट उम्मेदवारहरुलाई स्वागत र शुभकामना दियौं ।” अध्यक्ष राउतले भने । अध्यक्ष राउतका अनुसार उम्मेदवारहरुको स्वागतसंगै भोली हुने मनोनयनका लागि पार्टी तयार भएको छ । भोली दिउसो १ बजेपछिको समय मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग लिइएको जनाइएको ...
पूर्णपुष्टि/उदयपुर, माघ ४ ।
उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा फेरीबाट तार्दै गरिएको एक यात्रुवाहक बस आज डुबेको छ । स्थानीय स्रोत साधन प्रयोग गरी प्लाष्टिकका ड्रमलाई जोडेर बनाइएको फेरीमाथि राखेर उदयपुरबाट भोजपुरतर्फ तार्दै गरेको अवस्थामा बीचमा सन्तुलन विग्रेर बस डुबेको हो । बस फेरी सञ्चालकहरु मध्येको एक रत्न तामाङको नै रहेको बताइएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नंं १ का पूर्व अध्यक्ष रोहित तामाङका अनुसार इटहरीबाट भोजपुरको बालखातर्फ जाँदै गरेको बा ३ ख ६३३९ नम्बरको यात्रुवाहक बस डुबेको हो । बससंगै बसको चालक डुबेकोमा माछा मार्दै गरेका स्थानीयहरुले उद्धार गरेको छ । बसबाट यात्रुहरु उतारेर तार्ने भएकाले मानवीय क्षती नभएको हो ।
फेरीलाई जेनेरेटरमा जोडेर फलामे लठ्ठाको सहायताले जोखिम मालेर कोशी वारपार गराउने र त्यसमाथि बस, बोलेरो, ट्याक्टर जस्ता ठूला सवारी साधनसमेत तार्दै आएको थियो । प्...
पूर्णपुष्टि/उदयपुर, माघ ४ गते ।
मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा आज दिउसो मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काका अनुसार बाग्मती प्रदेश ०६– ००१ ख ०५०५ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । दुर्घटनाग्रस्त ट्रकले किचेर दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन बाँकी रहेको र ट्रकको धनीलाई बोलाइएकोमा आइपुगेपछि सनाखत हुने प्रनि खड्काले बताए ।
हेटौडादेखि स्याम्पु र साबनजन्य सामान बोकेर गाइघाटतर्फ जाने क्रममा उक्त ठाउँमा दुर्घटना भएको थियो । भारसहितको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरिक्षक तिलक पौडेलले बताए ।
ट्रकको अघिल्लो भाग क्षतविक्षे...
पूर्णपुष्टि/उदयपुर, माघ ४ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा आज मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । दुर्घटनाग्रस्त ट्रकले किचेर दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
नारायणघाटदेखि सामान बोकेर गाइघाटतर्फ जाने क्रममा उक्त ठाउँमा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी, ट्राफिक र स्थानीय उद्धारमा खटिरहेका छन् । ट्रकले किचिएका दुईजनाको उद्धार गर्न कठिन भएको उद्धारमा खटिएमा एक ट्राफिक प्रहरीले जानकारी दिएका छन् ।
दुर्घटना भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक केदारमान दोङले पुष्टि गरेका छन् । नेपाल प्रहरी, ट्राफिक र स्थानीय उद्धारमा खटिरहेको र विस्तृत जानकारी ...
पूर्णपुष्टि/उदयपुर, माघ ४ ।
उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा फेरीबाट तार्दै गरिएको एक यात्रुवाहक आज बस डुबेको छ । स्थानीय स्रोत साधन प्रयोग गरी प्लाष्टिकका ड्रमलाई जोडेर बनाइएको फेरीमाथि राखेर उदयपुरबाट भोजपुरतर्फ तार्दै गरेको अवस्थामा बीचमा सन्तुलन विग्रेर बस डुकेको हो । बस फेरी सञ्चालकहरु मध्येको एक रत्न तामाङको नै रहेको बताइएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नंं १ का पूर्व अध्यक्ष रोहित तामाङका अनुसार इटहरीबाट भोजपुरको बालखातर्फ जाँदै गरेको यात्रुवाहक बस डुबेको हो । बससंगै बसको चालक डुबेकोमा स्थानीयले उद्धार गरेको छ । बसबाट यात्रुहरु उतारेर तार्ने भएकाले मानवीय क्षती नभएको हो ।
फेरीलाई जेनेरेटरमा जोडेर फलामे लठ्ठाको सहायताले जोखिम मालेर कोशी वारपार गराउने र त्यसमाथि बस, बोलेरो, ट्याक्टर जस्ता ठूला सवारी साधनसमेत तार्दै आएको थियो । प्राविधि परिक्षणविना, विना सुरक्षा मापदण्ड र...