Monday, July 6News That Matters

समाचार

साचिबुङ र जुनसाङ तथा सिर्जना र स्मिता बेल्टार अण्डर–१५ ब्याड्मिन्टन फाईनलिष्ट

साचिबुङ र जुनसाङ तथा सिर्जना र स्मिता बेल्टार अण्डर–१५ ब्याड्मिन्टन फाईनलिष्ट

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि÷उदयपुर, कार्तिक २३ । साचिबुङ राई र जुनसाङ लामा अण्डर–१५ बेल्टार ब्याड्मिन्टन प्रतियोगिताका फाईनलिष्ट बनेका छन् भने महिलातर्फ सिर्जना राई र स्मिता खत्री फाईनलिष्ट बनेका छन् । हिजो भएको अण्डर (१५ पुरुष र महिलाको सिङ्गल खेल प्रतियोगितामा उनीहरु फाईनलिष्टमा सफल बनेका हुन् । पुरुषतर्फ २७ र महिलातर्फ १७ जनामा रोमाञ्चक प्रतिष्पर्धात्मक खेल भएको थियो । फाईनलिष्ट सचिबुङ बेल्टार ब्याड्मिन्टन क्लवको १ वर्षदेखि प्रशिक्षित खेलाडी हुन् भने जुनसाङ बसाहा ब्याड्मिन्टन क्लवका हुन् । उनी पनि बेल्टारमा केहि समय प्रशिक्षण लिएका खेलाडि हुन् । सिर्जना र स्मिता दुबै बेल्टारका प्रशिक्षित खेलाडि हुन् । सिर्जना १ वर्ष र स्मिता ४ वर्षदेखि खेल्दै आएका छन् । यी फाईनलिष्टहरुको फाईनल खेल आगामी २८ र २९ गते हुने बेल्टारमा हुने जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिताको फाईनलसंगै हुनेछ ।  ...
चार छुट्टाछुट्टै दुर्घटनामा छ जना घाइते

चार छुट्टाछुट्टै दुर्घटनामा छ जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक २१ उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा छुट्टाछुट्टै चारस्थानमा आज दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार आज विहान सबा ९ः०० बजे त्रियुगा नगरपालिका–९ कालिखोला स्थित मदनभण्डारी राजमार्गमा गाईघाटबाट चुहाडे तर्फ जाँदै गरेको स ५ प ४०४१ नं। स्कुटर र बिपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२–०१९ प १५३७ नं को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते भएका मोटरसाईकल चालक रौतामाई गापा–७ मुर्कुचीका २२ वर्षिय सुरेन्द्र पुलामी मगर, मोटरसाईकलमै सवार निजकै आमा ४२ वर्षिया दिलकुमारी मगर र स्कुटर चालक त्रिनपा–१२ शनिमन्दिरका २६ वर्षिय ईमन कार्कीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात विराटनगर स्थित सुविधा सम्पन्न अस्पतालहरुमा थप उपचारको लागि लगिएको छ । त्यसैगरी आजै ११ः०० बजे रौतामाई –७ घट्टाबा...
बेलका ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

बेलका ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बेलका, कार्तिक २१ गते । उदयपुरको बेलका नगरपालिका वडा नं ८ मा श्रम संस्कृति पार्टी वडा कमिटी गठन भएको छ । जिल्ला संयोजक रविन तिलुङको उपस्थितिमा ५२ सदस्सीय कार्यसमिति चयन भएको छ । सयोजकमा प्रशान्त राई रहेको छ भने सह संयोजकमा पुकार दाहाल चयन भएको छ । निर्वाचन आयोगमा दर्ता प्रक्रिया सम्पन्न भए सँगै पार्टीले बिभिन्न जिल्ला देखी पालिका र वडाहरुमा संयोजक र सह संयोजक सहित समिति निर्माणको काम अघि बढिरहेको छ । जिल्लामा रविन तिलुङलाई संयोजक बनाउने तयारी छ भने यसलाई तत्कालै आधिकारिकता दिएर नेतृत्व चयन गरिनेछ ।...
गाईघाटमा सेनाको ट्रकले ठक्करदिँदा मोटरसाईकल चालक गम्भिर घाईते

गाईघाटमा सेनाको ट्रकले ठक्करदिँदा मोटरसाईकल चालक गम्भिर घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि÷गाईघाट, कार्तिक २१ । उदयपुरको सदरमुकाम गाईघाटस्थित मदनभण्डारी आखाँ अस्पताल नजिकै नेपाली सेनाको ट्रकले ठक्करदिँदा मोटरसाईकल चालक गम्भिर घाईते भएको छ ।  घाईते हुनेमा झापाको कमल गाउँपालिका–५ बस्ने अन्दाजी ३७ बर्षीय गोपाल बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारमान दोङका अनुसार शुक्रबार दिउँसो १२ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको श्री पशुपती प्रसाद गण बोक्से ब्यारेकको बा १ ग २४४० नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको को २० प ४२३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका सार्कीलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा लगी सामान्य उपचार पश्चात विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको र घटना सम्बन्धमा आवश्...
उदयपुरमा अचेत अवस्थामा फेला परेका पूरुषको मृत्यु

उदयपुरमा अचेत अवस्थामा फेला परेका पूरुषको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २१ । उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोला पुल स्थितमा गत सोमबार अचेत अवस्थामा फेला परेका एक पूरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदनभण्डारी राजमार्ग छेउ सडकमा राती साढेँ ७ बजेको समयमा खैरो कलरको भेष्ट, निलो कलरको हाप पाईन्ट लगाएको र गोरो वर्णको मंगोलियन अनुहार भएको करिब ५०÷५५ बर्षीय एक पूरुष अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा सोही राती करिब ८ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । हालसम्म उनको पहिचान खुलेको छैन् । शवलाई जिल्ला अस्पताल उदयपुरको शव गृहमा राखीएको छ भने शवको पहिचान कार्य र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरका वि.क.को दुवै मृगौला फेल, फेर्नलाई पैँसाको अभाव

उदयपुरका वि.क.को दुवै मृगौला फेल, फेर्नलाई पैँसाको अभाव

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, कार्तिक २१ । उदयपुरको त्रियुगा नगरपालिका–६ पातलेवासका ३३ बर्षीय विष्णु बहादुर विश्वकर्माको दुवै मृगौला फेल भएकोले फेर्नु पर्ने भएको छ । ४ बर्ष वैदेशिक रोजगारमा गएर फर्किएका वि.क.ले २०८२ जेष्ठ महिनामा दुवै मृगौला फेल भएको थाहा पाएका थिए । बिरामी भएपछि शिक्षण अस्पताल विराटनगर पुगेर चेकजाँच गर्दा ८८ प्रतिशत मृगौला खराब भएको पत्ता लागेको निरज वि.क.ले जनाएका छन् । मृगौलाको १२ प्रतिशतले काम गरिरहेको उनको हाल पारस अस्पताल विराटनगरमा उपचार भईरहेको छ । डाक्टरले ४ मिहना भित्र दुवै मृगौला फेर्नुपर्ने सल्लाह दिएको उनले बताए । हालसम्म उनको उपचारमा ७ लाख रुपैँया खर्च भईसकेको परिवारले जनाएको छ । घर जग्गा बेचेको पैँसाले समेत उनको उपचारमा अपुग भएपछि उनको परिवार हात फैलाउन बाध्य भएका छन् । घरवार विहिन भएका वि.क.को ३१ बर्षीय श्रीमती अनु र ३ बर्षीय छोरी अनुषा छिन् । विष्णुलाई उनकी श्री...
नयाँ सिडियो र उदयपुरका पत्रकार भेटघाट, अन्तरक्रिया र प्रतिबद्धता साटासाट

नयाँ सिडियो र उदयपुरका पत्रकार भेटघाट, अन्तरक्रिया र प्रतिबद्धता साटासाट

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/9NSY0ziX0_8 पूर्णपुष्टि/उदयपुर, कार्तिक २० । उदयपुर जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीको आगमन भएको छ । तीनदिन अघि आइपुगेका प्रजिअ जिल्लाका विभिन्न पक्षहरुसंग अन्तरक्रियामा छन् । सुदुरपश्चिममा जन्मि–हुर्की पूर्वको कोशी प्रदेश अन्तर्गत उदयपुर आइपुगेका उनी नयाँ भुगोल, नयाँ जिल्लाको बस्तुस्थिति, समस्या र चुनौती बुभ्mने क्रममा छन् । जिल्लास्थित सुरक्षा प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीयतहका प्रमुख उपप्रमुखहरुसंग अन्तरक्रिया सकेपछि आज पत्रकारहरुसंग भेटघाट गरेका हुन् । बाँकेबाट सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी हुन् धर्मराज जोशी । १४ वर्षअघि सेक्सनअफिसरको रुपमा सेवामा प्रवेश गरेका उनी हुलाक, अख्तियार, जिल्ला विकास समिति, स्थानीयतह, सहयाक सिडियो हुँदै प्रमुख जिल्ला अधिकारीको भुमिकामा पुगेका छन् । पत्रकारहरुसंगको भेटघाटमा उनले पत्रकारिताको दुरुपयोगले ल्या...
चार वर्षमै एकिकृत समाजवादी तीन टुक्रा

चार वर्षमै एकिकृत समाजवादी तीन टुक्रा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १९ ।  चार वर्षको छोटो राजनीतिक यात्रापछि नेकपा एकीकृत समाजवादी पार्टी अब आफ्नो नामअनुरूप 'एकीकृत' रहन सकेन । एमालेबाट अलग भएर सन् २०७८ मा स्थापना भएको यो पार्टी अहिले तीन फरक समूहमा विभाजित भएको छ । प्रत्येक समूहले आआफ्नै बाटो रोजेका छन् । पहिलो समूह: नेपालको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टीमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको बहुमत समूहले माओवादी केन्द्रसहित दश वटा वामपन्थी घटकहरूसँग मिलेर नयाँ पार्टी गठन गर्ने प्रक्रियामा सहभागी भएका छन् । यो समूह नवगठित 'नेपाली कम्युनिस्ट पार्टी'मा आवद्ध भएको छ । अध्यक्ष नेपालसँगै सम्मानित नेता झलनाथ खनाल पनि यस एकता प्रक्रियामा सामेल भएका छन् । त्यस्तै वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र जगन्नाथ खतिवडालगायत प्रभावशाली नेताहरू पनि यस समूहमा छन् । यो समूहले पार्टीको सबैभन्दा ठूलो हिस...
प्रचण्डको नेतृत्वमा कम्युनिष्ट पार्टीको एकता सम्मेलन सुरु

प्रचण्डको नेतृत्वमा कम्युनिष्ट पार्टीको एकता सम्मेलन सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १९ । बुधवार राजधानीमा नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ अध्यायको सुरुवात भएको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेकपा (माओवादी केन्द्र) सहित जम्मा दस वटा कम्युनिस्ट पार्टीहरूको राष्ट्रिय एकता सम्मेलनको औपचारिक थालनी भएको हो । सम्मेलनको शुभारम्भ विशेष शैलीमा गरिएको थियो । सबै घटक दलका शीर्ष नेताहरूले एकसाथ मिलेर रिमोट थिचेर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । यस अवसरमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सबै घटक पार्टीका प्रमुख नेताहरू उपस्थित थिए । यस ऐतिहासिक सम्मेलनमा धेरै महत्वपूर्ण निर्णयहरू लिइने तय भएको छ । नेता वर्षमान पुनले दिएको जानकारी अनुसार सम्मेलनमा तीन प्रमुख विषयमा छलफल र निर्णय हुनेछ । पहिलो, एकीकृत पार्टीको लागि नयाँ विधान तर्जुमा गर्ने र पारित गर्ने काम हुनेछ । यसले पार्टीको संगठनात्मक संरचना र कार्यशैली तय गर्नेछ । दोस्...
जेनजी उदयपुरको संयोजकमा सुरेन्द्र साम्पाङ

जेनजी उदयपुरको संयोजकमा सुरेन्द्र साम्पाङ

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर कार्तिक १९ गते । यतिवेला देशभर जेनजी नेतृत्व चयनको काम अघि बढीरहेको छ । प्रदेश सँगै देशभरकै जिल्लाहरुमा संयोजक तोक्ने क्रममा प्रदेश नं १ (कोशी) को पनि बिभिन्न जिल्लाहरुमा जेनजी संयोजक तोक्ने काम भैरहेको छ । यसै क्रममा उदयपुर जिल्लामा भने सुरेन्द्र साम्पाङ राईलाई जेनजी संयोजक बनाईएको छ । राई जेनजी युवा नेतृत्वका लागि अब्बल ब्यक्ति पनि हुन् । सामाज र देशका लागि केही गर्छु भन्दै अघि बढिरहेका राईले उदयपुरमा जेनजी आन्दोलनको नेतृत्व समेत गरेका थिए । २४ र २५ गते दुवै दिन राईले जेनजीहरुको आन्दोलनलाई नेतृत्व गरेका थिए । उनले अराजक गतिविधि रोक्ने प्रयासका साथ आन्दोलन सम्हाल्दै गर्दा पनि गलत समूहले आन्दोलन भड्काएका थिए । त्यस पश्चातको चुनौती पूर्ण अवस्था र समयलाई आत्मसाथ गर्दै अघि बढिरहेका राईलाई केन्द्र र प्रदेशले जेनजी संयोजकको जिम्मा दिएको हो । प्रदेश नं १ (कोशी)...