Thursday, August 13News That Matters

समाचार

डेप्रोक्स लघुवित्तद्वारा उदयपुरमा डस्टबिन वितरण, सरसफाइ अभियानलाई सहयोग

डेप्रोक्स लघुवित्तद्वारा उदयपुरमा डस्टबिन वितरण, सरसफाइ अभियानलाई सहयोग

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार ३० । डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गाईघाटले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रमअन्तर्गत जिल्ला उद्योग वाणिज्य संघ उदयपुरलाई डस्टबिन हस्तान्तरण गरेको छ। जिल्ला उद्योग वाणिज्य संघ उदयपुरसँगको सहकार्यमा त्रियुगा नगरपालिकाका आवश्यकता भएका विभिन्न सार्वजनिक स्थानमा डस्टबिन राखिने भएको छ। संघका अध्यक्ष गजेन्द्र भगतका अनुसार सार्वजनिक स्थलको सरसफाइ प्रवर्द्धन गर्दै फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले डस्टबिन वितरण कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रममार्फत समुदायमा फोहोर व्यवस्थापनप्रति जनचेतना अभिवृद्धि गर्दै स्वच्छ, सफा र स्वस्थ वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। डेप्रोक्स लघुवित्तका प्रतिनिधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनहितका कार्यक्रम आगामी दिनमा पनि ...
सगरमाथा राजमार्ग पहिरोले अवरुद्ध, छामलिङ र अँधेरीकाे पहिराे पन्छाउने काम हुदै

सगरमाथा राजमार्ग पहिरोले अवरुद्ध, छामलिङ र अँधेरीकाे पहिराे पन्छाउने काम हुदै

Breaking News 2, समाचार
३० असार, २०८३ । उदयपुर सगरमाथा राजमार्गको गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत त्रियुगा नगरपालिका १५ छामलिङ र अधेँरीमा गएरातीको पहिरोले सडक अवरुद्ध बनेको छ । रातीको वर्षातले पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सो सडक हुँदै सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प बनेको छ । स्थानीय निर्माण ब्यवसायीको जेशिवि मेसिन प्रयोग गरी पहिलो पन्साउने प्रयास भईरहेको स्थानीयले बताएका छन् । हिजो पनि सोही ठाउँहरुमा पहिरोले सडक अवरुद्ध पारेकोमा दिउसो अबेरमात्र अवरोध हटाइएको थियो । अवरोध हटाइएपछि बेलुकासम्म यातायात सञ्चालन भएपनि आज पुनः अवरुद्ध भएको यातायात ब्यवसायी मिलन बिकले पूर्णपुष्टिलाइ बताए । गाईघाट दिक्तेल सडक योजना कार्यालयका सुचना अधिकारी सुमन गोलेका अनुसार हाल पहिरो पन्छाउने काम भइरहेको छ । “त्यस क्षेत्रका सम्बन्धीत निर्माण ब्यवसायीकै तर्फबाट आवश्यक मर्मत तथा पहिरो पन्छाउने ...
यस पटककाे “गाईघाट रन” सुनमाया बुढाको सम्मान र समर्पण

यस पटककाे “गाईघाट रन” सुनमाया बुढाको सम्मान र समर्पण

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, असार २७ । उदयपुरको सदरमुकाम गाईघाटमा आज भएको गाईघाट रनको दोस्रो संस्करण नेपाल र नेपालीलाई दौडबाट चिनाउन सफल नेपाली साहसी चेली सुनमाया बुढाको सम्मान र समर्पण गरिएको छ । दिगो पर्यटन, स्वस्थ्य जीवन र प्रकृती संरक्षणका लागि समुदायलाई क्रियाशिल बनाइराख्ने उद्देश्यले गत महिनादेखि थालनी भएको गाईघाट रन यो पटक इटालीमा सम्पन्न १२० किलोमिटर ट्रेल रेसमा प्रथम भएकी बुढाको सम्मानमा समर्पण गरिएको हो । दौडलाई नै आप्mनो जीवनको महत्वपूर्ण लक्ष बनाएकी बुढालाई साहस, समर्पण र सफलताको प्रतिकको रुपमा चर्चा गर्दै यो पटकको गाईघाट रन उनकै नाममा गरिएको गाईघाट रन ब्यवस्थापन टोली सदस्य जितेन्द्र रोइलाले बताए । उनका अनुसार उदयपुरमा दौड संस्कारको रुपमा विकास गर्ने उद्देश्यले हरेक महिनाको अन्तिम शनिबार दौड आयोजना हुन्छ । गाईघाटको मुख्यचौकबाट सुरु हुने दौड बोक्से–करमगाछी–ढिम्की हुदै पुनः गाईघाटचौकमा...
युवाको आत्मदाहको जिम्मेवार सरकार भएको भन्दै उदयपुरमा पनि प्रदर्शन

युवाको आत्मदाहको जिम्मेवार सरकार भएको भन्दै उदयपुरमा पनि प्रदर्शन

Breaking News 2, समाचार
उदयपुर, असार २७ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाको जिम्मेवार सरकार हुनुपर्ने भन्दै उदयपुरमा आज विरोध प्रदर्शन भएको छ । दलित अधिकार सञ्जाल उदयपुरले गाईघाट बजारमा विरोध प्रदर्शन गरेको हो । सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शनकारीहरुले मृतक नेपालीको परिवारलाई क्षतीपूर्ती र न्यायको माग गरेका छन् । “उनको आत्मदाह सरकारको गलत नीति र गैरजिम्मेवारीपनको परिणाम हो” उनीहरुले भनेका छन् । बेरोजगारी, गरिबी र राज्यले नागरिकप्रति गरेको असंवेदनशील व्यवहारको परिणाम भएको टिप्पणी उनीहरुले गरेका छन् । घटनाको निश्पक्ष छानविन गरी दोषीमाथि कारबाही, पीडित परिवारलाई न्याय र क्षतीपूर्तीको माग उनीहरुले गरेका छन् । त्यसैगरी जिल्लाको चौदण्डीगढी नपा–६ बेल्टार बजारमा पनि दलित अधिकारकर्मी तथा स्थानीयले प्रदर्शन गरेका छन् ...
मुक्तिनाथ बिकास बैँक गाईघाट शाखाद्धारा ३२५ विद्यार्थीलाई झोला वितरण

मुक्तिनाथ बिकास बैँक गाईघाट शाखाद्धारा ३२५ विद्यार्थीलाई झोला वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/ असार २६ गते । -बिक्रम राई मुक्तिनाथ बिकास बैँक गाईघाट शाखाले त्रियुगा ९ राजावास अम्वेवर माविका ३२५ बिद्यार्थीहरुलाई झोला प्रदान गरेको छ । बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालय परिसरमै पुगेर ठुलो संख्यामा बिद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । बैँकका गाईघाट शाखा प्रवन्धक सुरेश खत्रीले बैँकको उदेश्य खाली नाफा कमाउने मात्रै नभई सामाजीक कार्य सँगै सेवामुखी र जनमुखी जस्ता क्षेत्रहरुमा पनि उत्तिकै जिम्मेवार हुनु पर्नेमा जोड दिए । सोही उदेश्य अनुरुप बैँकले आर्थिक कारोबार र नाफामा मात्रै ध्यान नदिई नाफाको केहि प्रतिशत सामाजिक उत्तरदायित्व कार्यक्रममा लगानी गरेको बताए । उक्त विद्यालयमा अध्यानरत आर्थिक आवस्था कम्जोर भएको विद्यार्थीहरुलाई शैक्षिक पठनपाठनमा सहज र सहयोग मिलोस भन्दै झोला वितरण गरिएको प्रवन्धक खत्रीको भनाई छ । झोला वितरण का...
त्रियुगा–७ वडामा समयसम्म कार्यालय नबस्ने कर्मचारीप्रति जेनजी नेताको खबरदारी

त्रियुगा–७ वडामा समयसम्म कार्यालय नबस्ने कर्मचारीप्रति जेनजी नेताको खबरदारी

Breaking News 2, समाचार
पूर्णपुष्टि/गाईघाट, असार २६ । जेनजी युवा नेता निमेस राईले उदयपुरको त्रियुगा नगरपालिका ७ वडा कार्यालयको कर्मचारीहरु कार्यालय समयभर कर्मचारी नबसेकोमा खबरदारी गरेका छन् । दुईदिन अघि वडा कार्यालय पुगेर उनले कार्यालयमा कर्मचारीहरु नभएपछि खबरदारी गरेका हुन् । सेवाग्राही नआएको बाहानामा कर्मचारीहरु कार्यालय छाडेर घर गएको पाएपछि उनले खबरदारी गरेका हुन् । सरकारले विहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय तोकेको छ । दिउसो दुईबजेतिर कार्यालय गएका उनले कार्यालय समय सकिनु अघि नै केही कर्मचारीहरु कार्यालय छाडेर बाहिरीसकेको पाए पछि खबरदारी गर्दै सामाजिक सञ्जालसमेतमा आवाज उठाएका थिए । जनताको सेवामा खटिएका कर्मचारीहरु विभिन्न वाहानामा कार्यालय समयमा घर जान नहुने उनको भनाई छ । सरकारी कर्मचारीहरु कार्यालयमा आफु खुसी आउने जाने भएमा सेवा प्रवाहमा असर पर्ने उनको भनाई छ । हरेक नागरिकले यसको खबरदारी गर्नुपर्ने उनक...
डिभिजन वन कार्यालय उदयपुरमा कार्यरत श्रेष्ठ, देशकै कान्छो (DFO) वन अधिकृत

डिभिजन वन कार्यालय उदयपुरमा कार्यरत श्रेष्ठ, देशकै कान्छो (DFO) वन अधिकृत

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट, असार २५ गते । बिक्रम राई भर्खरको युवा । कलिलो अनुहार । तर, ठूलो जिम्मेवारी बोकेका ३२ वर्षीय गजेन्द्र कुमार श्रेष्ठ डिभिजनल वन अधिकृत (DFO) हुन्। झट्ट हेर्दा उनलाई (DFO) भनेर पत्याउन एकछिन हेर्न र सोच्नुपर्ने हुन्छ । तर उनि डिभिजन वन कार्यालय उदयपुरका् (DFO) को रुपमा करिब १ बर्षदेखी कार्यरत छन् । श्रेष्ठ देशकै कान्छो वन अधिकृतको रुपमा डिभिजन वन कार्यालय उदयपुरमा आएका छन् । मोरङको सुन्दर हरैचा स्थाई घर भएका श्रेष्ठले ७३ सालमै रेन्जरको रुपमा सेवा सेवा सुरु गरेको थियो । हाल उनले कलिलो उमेरमै वन अधिकृतको ठुलो जिम्मेवारी सम्हालिरहेका छन् । सेवा सुभारम्भको करिब १० महिना सम्म रेन्जरको रुपमा काम गरेका श्रेष्ठले ७४ साल ९ महिना ११ गते अफिसर बेन । त्यसपछि लामो समय अफिसरमै रहेका श्रेष्ठ २०८२/३/१८ गते वन अधिकृत (डिएफओ) बने । उनि पहिलो पटक (DFO)  वने लगत्तै डिभिजन वन कार्यालय उदयपु...
निखिल इन्टरप्राइजेजले ठगी गरेको भन्दै प्रहरीमा उजुरी, नक्कली स्टीकर, कमसल र पुराना ब्याट्री र मोटर जोडेर नयाँ सिटिरिक्सा बेचेको आरोप

निखिल इन्टरप्राइजेजले ठगी गरेको भन्दै प्रहरीमा उजुरी, नक्कली स्टीकर, कमसल र पुराना ब्याट्री र मोटर जोडेर नयाँ सिटिरिक्सा बेचेको आरोप

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार २४ । गाईघाटमा सिटी रिक्सा बिक्रीका लागि खोलेको निखिल इन्टरप्राइजेजले ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । नयाँ सिटी रिक्साहरुमा नक्कली स्टिकर टाँसेर कम्सल र पुरानालाई मर्मत गरिएको ब्याट्री तथा मोटर जडान गरी ठगी गरेको आरोप उनीहरूको छ । १४० र १६५ वार्डको ब्याट्री भन्दै १००, १०५ वार्डको ब्याट्री जर्डन गरेको त्यसमा पनि पुरानालाई पेन्टिङ गरेर मर्मत गरेर नक्कली स्टिकर सहित पाइएको छ । नयाँ सिटीरिक्साको ब्याट्री नटिक्ने मोटर रामरी नचल्ने भएपछि पटकपटक गुनासो गर्दा इन्टरप्राइजेजले सुनवाई नगरेपछि आज प्रहरीमा उजुरी दिएको पीडित रिक्सावालाहरूको भनाइ छ। उनीहरूले सामूहिक रूपमा निवेदन दिँदै आफूहरूलाई क्षतिपूर्ति र ठगी गर्ने इन्टरप्राइजेसलाई कारबाहीको माग गरेका छन् । पीडितहरू प्रहरी गुहार्न पुगेपछि यता इन्टरप्राइजेजको सोरुम भने बन्द गरेर सञ्चालक बेपत्ता भएको पीडितहरूले बताएका छ...
करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

Breaking News 2, समाचार
२४ असार, २०८३ । उदयपुर उदयपुरको बेलका नगरपालिका–९ रामपुरमा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा प्राधिकरणको रामपुर क्षेत्रमा कार्यरत करिब ४० वर्षीय मिलन राईलाईको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार मंगलबार बिहान करिब १०ः३० बजे रामपुर नगर अस्पताल नजिकै रहेको विद्युत पोलमा चडेर तार जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी करिब ४ मिटर माथिबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल रामपुर नगर अस्पताल पुर्‍याई सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रह...
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ

सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार २२ सुनका गहना सफा गर्ने बहानामा स्थानीय महिलालाई ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक उदयपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका–२ र ३ का स्थानीय महिलाहरू पेशलकुमारी मगर र मनमाया तामाङले कानमा लगाएको करिब १/१ तोला बराबरको सुनको बेरुवा रिङ विभिन्न केमिकल प्रयोग गरी सफा गरिदिने भन्दै सुनको मात्रा घटाई ठगी गरिएको उजुरीपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। मिति २०८३ असार २२ गते प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरी टोलीले ठगीमा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य, सहरसा जिल्ला, पुरिक पुरुषोत्तमपुर ग्राम पञ्चायत (विहान थाना) निवासी अन्दाजी २८ वर्षीय गोबिन्द कुमार साह र बिहारकै मधेपुरा जिल्ला, रहताग्राम पञ्चायत (कुमार थाना) निवासी अन्दाजी ३३ वर्षीय सचिन साहलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परे...