Sunday, July 5News That Matters

समाचार

मुक्तिनाथ बैँक गाईघाट शाखाद्धारा त्रियुगाको दुई विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

मुक्तिनाथ बैँक गाईघाट शाखाद्धारा त्रियुगाको दुई विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, उदयपुर/असार १ गते । मुक्तिनाथ बैँक गाईघाट शाखाले त्रियुगाका दुई विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेको छ । “विद्यार्थी सँग मुक्तिनाथ बैँक” भन्ने नारा सहित सोमवार बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री प्रदान गरिएको हो । बैँकले त्रियुगा नगरपालिका वडा नं ९ राजावासका अम्वेवर जनता मावि का ५० जना र त्रियुगा नगरपालिका ८ बागचौरीका खाट मन्दिर आधारभूत विद्यालयका ६० जना गरी जम्मा ११० जना अति विपन्न बर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । शैक्षिक सामाग्रीमा ब्याग र स्टेसनरीको सामाग्री प्रदान गरिएको छ । बैँकका गाईघाट शाखा प्रमुख सुरेश खत्रीले बैँक नाफा मुलक संस्था मात्रै नभई सामाजीक कार्य र जनताको लागि पनि उत्तिकै जिम्मेवारी रहेको जनाए । बैँकले पैसाको मात्रै कारोबार गर्ने भ्रम चिर्दै सामाजिक उत्तरदायीलाई पनि मुक्तिनाथले आफुलाई जिम्मेवार बनाए...
कोशी प्रदेश युवा सम्मेलन–२०२६ विराटनगरमा सुरु

कोशी प्रदेश युवा सम्मेलन–२०२६ विराटनगरमा सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्वाददाता/ विराटनगर, जेठ २८  “डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि युवाहरूको साझा सहभागिता” भन्ने मूल नाराका साथ कोशी प्रदेश युवा सम्मेलन–२०२६ आजदेखि विराटनगरमा औपचारिक रूपमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतो को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा पालुङवा चेम्जोङ, कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, गैरसरकारी संस्था महासंघ नेपाल का केन्द्रीय उपमहासचिव किरण थापा तथा युवा अभियान नेपाल की महासचिव सुस्मिता यादव को विशेष उपस्थिति रहेको थियो। सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका युवा सामाजिक अभियन्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। युवाह...
दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

Breaking News 2, समाचार
२७ जेठ, २०८३ । उदयपुर उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ नम्बर वडाको सिमानामा पर्ने सेतीढुंगा खहरेखोलामा आज विहान ट्याक्टर दुर्घटना हुँदा चालक ३२ वर्षिय हिमाल राईको मृत्यु भएको छ । म. प्र. ०१९००१ त २८४० नम्बरको ट्याक्टर दुर्घटनामा चालक राईको घटनास्थलमै मृत्युभएको हो । कात्तिकेबाट ढुङ्गा लोड गरी १ नं. वडा कार्यालयतर्फ जाँदै गरेको अवस्थामा खहरे खोलाको उकालो र भिरालो कच्ची बाटोमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भएको थियो । ब्रेक फेल भएपछि अनियन्त्रित हुँदा पछाडि सरेर सडकबाट अन्दाजी ५० मिटर तल खोलामा पल्टिएको थियो । ट्याक्टर पल्टिदा भाग्न नपाएका चालक राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय लिम्चुङबुङ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।...
सुरक्षित सडक अभियान सरोकारवालाको विश्वास जित्दै

सुरक्षित सडक अभियान सरोकारवालाको विश्वास जित्दै

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि संवाददाता उदयपुर, जेठ २२ । उदयपुरको जीवनरेखाका रूपमा रहेको मदन भण्डारी लोकमार्गमा पछिल्लो समय बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सञ्चालन हुँदै आएको ‘ सुरक्षित सड़क अभियान’प्रति सरोकारवालाहरूको विश्वास बढ्दै गएको छ। शुक्रवार जिल्ला प्रशासन कार्यालय उदयपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यतामा अभियानको समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र आगामी दिनमा अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले प्रस्तुत गरेको तथ्यांकअनुसार गत साउनदेखि वैशाखसम्म जिल्लामा ४५४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १०५ जनाको मृत्यु, २४२ जना गम्भीर घाइते र ६३२ जना सामान्य घाइते भएका छन्। त्यस अवधिम...
रौनियार सेवा समाज उदयपुरको नयाँ कार्यसमिति सर्वसम्मत चयन

रौनियार सेवा समाज उदयपुरको नयाँ कार्यसमिति सर्वसम्मत चयन

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्वाददाता  उदमपुर, जेठ २३ । रौनियार सेवा समाज उदयपुरको अधिवेशन शनिबार गाईघाटमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट लालबाबु गुप्ता अध्यक्षमा चयन हुनुभएको छ। त्यसैगरी बिन्दा गुप्ता उपाध्यक्ष, रामानन्द गुप्ता सचिव तथा सन्तोष गुप्ता कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ। समितिको सदस्यहरूमा दिपक रौनियार, कृष्ण प्रसाद गुप्ता, पंकज गुप्ता, श्याम बाबू साह तथा अशोक साह रौनियार चयन हुनुभएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले समाजको एकता, सामाजिक सद्भाव, शिक्षा, संस्कृति तथा समुदायको हकहितका विषयमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनमा सहभागी वक्ताहरूले रौनियार समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक उत्थानका लागि संस्थालाई अझ प्रभावकारी र सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। नवनिर्वाचित कार्यसमिति...
रौनिया सेवा समाज उदयपुरको अध्यक्षमा गुप्ता

रौनिया सेवा समाज उदयपुरको अध्यक्षमा गुप्ता

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, गाईघाट/जेष्ठ २३ गते । रौनिया सेवा समाज उदयपुरको अध्यक्षमा लालबावु गुप्ता चयन भएको छ । गुप्ताको अध्यक्षतामा ९ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा विन्दा कुमारी गुप्ता, सचिवमा रमानन्द प्रसाद गुप्ता, कोषाध्यक्षमा सन्तोष गुप्ता चयन बनेको छ भने सदस्यहरुमा दिपक रौनियार, कृष्ण प्रसाद गुप्ता, पंकज कुमार गुप्ता, श्यामवावु साह र असोक कुमार साह रौनियार चयन भएको छ । यस समितिले रौनियार समुदायको हक अधिकार सँगै सामाजिक, आर्थिक जस्ता महत्वपूर्ण क्षेत्रमा नेतृत्व किवास गर्ने गरेको छ । गुप्ताले रौनियार समुदायलाई समाजको उदाहरणीय र नेतृत्वमुखी क्षेत्रमा सहभागी गराउन आफ्नो भुमिका रहने जनाए । शनिवार गाईघाटमा आयोजित एक कार्यक्रमका बिच गुप्ताको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।  ...
एसएसपी रमेश थापाको सरुवा, काठमाडौंको शान्ति सुरक्षा लगायत थुप्रै महत्वपूर्ण कामका सफल नेतृत्व पुरा

एसएसपी रमेश थापाको सरुवा, काठमाडौंको शान्ति सुरक्षा लगायत थुप्रै महत्वपूर्ण कामका सफल नेतृत्व पुरा

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता काठमाडौं, जेठ २२ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाको सरुवा भई प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएको छ । एसएसपी थापाले २०८२ असोज ५ गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । हिजाेबाट उनको सरुवा भई प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएको हो । सरुवा पश्चात् उनले आफ्नो कार्यकालमा सहयोग, मार्गनिर्देशन र नेतृत्व प्रदान गर्ने प्रहरी महानिरीक्षक दान बहादुर कार्की प्रति आभार व्यक्त गरेका छन् । साथै उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक तथा सम्पूर्ण प्रहरी नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन् । एसएसपी थापाले आफ्नो कार्यकालमा कानुनको प्रभावकारी कार्यान्वयन, नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति, पीडितलाई न्यायको सुनिश्चितता तथा प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ ...
अपांगता भएका ब्यक्तिहरुले उदयपुर अस्पतालमा निःशुल्क उपचार नपाएको गुनासो

अपांगता भएका ब्यक्तिहरुले उदयपुर अस्पतालमा निःशुल्क उपचार नपाएको गुनासो

Breaking News 2, समाचार, स्वास्थ्य
२० जेठ, २०८३ । उदयपुर जिल्ला अस्पताल उदयपुरमा अपाङ्गता भएका ब्यक्तिहरुले निःशुल्क उपचार नपाएको गुनासो गरेका छन् । उनीहरुले आज अस्पताल प्रशासन र ब्यवस्थापन समितिसंग भेटेर राज्यले दिएको निःशुल्कको सेवासुविधा अस्पतालबाट नपाउने र दुब्र्यवहारसमेत हुने गुनासो गरेका छन् । गतवर्ष पनि उपचारमा जाँदा कष्ट र दुब्र्यवहार भोग्नु परेकोप्रति ध्यानाकर्षण गराएको तर, सुनुवाई नभएको अपांग विकास संघ उदयपुरकी अध्यक्ष सिता पौडेलले बताइन् । संघका पदाधिकारीहरुले अस्पताल ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मासंग अपांगतामैत्री ब्यवहार र निःशुल्क उपचार सेवाको माग गरेको छ । संघले राखेको मागहरु र अपांगता भएका ब्यक्तिहरुले उपचारको क्रममा भोग्नु परेको पिडा, झन्जट र दुब्र्यवहारबारे गम्भिररुपमा छलफल गरी सुधार र समाधानतर्फ लाग्ने ब्यवस्थापन प्रमुख विश्वकर्माले प्रतिबद्धता ब...
विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश

विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता १९ जेठ, २०८३ । उदयपुर विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका नयाँ सदस्यहरूलाई पार्टीका बरिष्ठ नेता सुदन किराँतीले आज सदस्यता वितरण गर्नुभएको छ। त्रियुगा नगर कमिटीद्वारा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरि श्रम संस्कृती पार्टीमा प्रवेश गरेकाहरुलाई सदस्यता वितरण गर्नुभएको हो । पार्टीले दिएको जानकारी अनुसार उदयपुरको गाईघाटमा आयोजित एक कार्यक्रममा एकसय जनाको हाराहारीमा सदस्यता वितरण भएको हो । पार्टीको श्रम अभियान, सांस्कृतिक तथा सामाजिक न्यायसम्बन्धी नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध गराइएको बताइएको छ । त्रियुगा नगर कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ नेता किराँतीले प्रवेशी सदस्यहरूलाई सदस्यता प्रदान गर्दै श्रम अभियानमा सक्रिय रूपमा जोडिन आग्रह गर्नुभयो...
सुदन किराँतीको राजनीतिक यात्रा र उदयपुर आगमन

सुदन किराँतीको राजनीतिक यात्रा र उदयपुर आगमन

Breaking News 2, राजनीति, समाचार
१९ जेठ, २०८३ । उदयपुर सुदन किराँती अहिलेको नेपाली राजनीतिमा श्रम संस्कृती पार्टीका बरिष्ठ नेता हुन् । उनी नेपालको राजनीतिमा सक्रिय रूपमा संलग्न एक चर्चित नेता हुन् । उनी विशेषगरी पूर्वी नेपालको जनआन्दोलन, सामाजिक न्याय, समावेशीता तथा वामपन्थी राजनीतिक विचारधाराका पक्षधरका रूपमा परिचित छन्। उनी विभिन्न राजनीतिक आन्दोलन तथा संगठनात्मक गतिविधिमार्फत राष्ट्रिय राजनीतिमा स्थापित भएका हुन्। राजनीतिक जीवन सुदन किराँती लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता हुदै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट हाल हर्कराज साम्पाङ नेतृत्वको श्रम स‌स्कृती पार्टीमा छन् । पार्टीभित्र संगठन निर्माण, जनसम्पर्क विस्तार तथा वैचारिक बहसमा उनको सक्रिय भूमिका रहेको छ। उनले विभिन्न निर्वाचनहरूमा भाग लिँदै जनप्रतिनिधिका रूपमा समेत काम गरेका ...