उदयपुरमा अटो तथा ई–रिक्सा चालकलाई ज्याकेट वितरण
पर्णपुष्टि सम्वाददाता
उदयपुर, भदौ १० ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरको आयोजनामा अटो तथा ई–रिक्सा चालकलाई सुरक्षा ज्याकेट वितरण गरिएको छ।
बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले अटो तथा ई–रिक्सा चालकलाई ज्याकेट वितरण गर्नुभएको हो ।
अटो तथा इ - रिक्सा व्यवस्थापनको उद्देश्यसहित सुरक्षित चालक अभियान अन्तर्गत एकसय जना चालकलाई ज्याकेट वितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघका गजेन्द्र भगत, यातायात व्यवस्था सेवा कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरका अनुसार ज्याकेट प्राप्त गर्न २५२ जना अटो तथा ई–रिक्सा चालकले नाम दर्ता गराएका थिए। तीमध्ये पहिलो चरणमा एकसय जना चालकलाई ज्याकेट वितरण गरिएको हो। बाँकी चालकलाई पनि पछि ज्याकेट वितरण गरिने जनाइएको छ ।
अटो तथा ई–रिक्सा व्यवस्थापन तथा चालक सुरक्षालाई ध्...









