Sunday, July 5News That Matters

समाचार

गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा : सडक सुरक्षाको विशेष सन्देश

गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा : सडक सुरक्षाको विशेष सन्देश

Breaking News 1, Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर जेठ -८ उदयपुरमा पछिल्लो समय सुरक्षित सडकका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन भइरहेका छन् । यही अभियानलाई निरन्तरता दिँदै भोलि गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा आयोजना गरिने भएको छ। महिला बाइक राइडर उदयपुरको आयोजना तथा सुरक्षित सडक अभियान उदयपुर र जिल्ला ट्राफिक कार्यालय उदयपुरको समन्वयमा कार्यक्रम हुने भएको हो। सुरक्षित सडक अभियान अन्तर्गत महिला राईडरहरूले विभिन्न स्थानमा होडिङ बोर्ड राख्ने, सडक सुरक्षासम्बन्धी सन्देश प्रवाह गर्ने तथा चालक र यात्रुहरूलाई सचेत बनाउने कार्यक्रम तय गरिएको अभियानकर्मी जानुका कार्कीले बताउनुभयो । यात्राका लागि गाईघाटस्थित पिपलचोकमा  राईडर टोली जम्मा हुने र यात्रा सुरु गरिने अभियानकर्मी शशिका राईले बताउनुभयो । अभियान टोलीसँगै यात्रामा सहभागी भइदिन समेत उहाँले आग्रह गर्नुभएको छ । अभियान अन्तर्गत सडक दुर्घटनाको उच्च जोखि...
तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका मजदुरहरूको जीवनयापनमा समस्या

तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका मजदुरहरूको जीवनयापनमा समस्या

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, जेठ ८ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत कर्मचारी तथा मजदुरहरूले लामो समयदेखि रोकिएको तलब, सञ्चयकोष, नागरिक लगानी कोष र बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् । आज पत्रकार सम्मेलन आयोजना गरी प्रेस नोट जारी गर्दै यस्तो माग गरेका हुन्। सम्पूर्ण मजदुर संघर्ष समितिद्वारा जारी प्रेस नोटअनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि पछिल्ला तीन वर्षदेखि न्यून उत्पादन गर्दै आएको जनाएको छ। उद्योगको कमजोर व्यवस्थापनका कारण कर्मचारी तथा मजदुरहरू आर्थिक समस्यामा परेको समितिको आरोप छ। प्रेस नोटमा उद्योगले कर्मचारी मजदुरहरूको १४ महिनाको तलब ज्याला हालसम्म भुक्तानी नगरेको उल्लेख गरिएको छ। त्यस्तै ४५ महिनादेखि तलबबाट कट्टा गरिएको सञ्चयकोष रकम र ३५ महिनादेखि कट्टा गरिएको नागरिक लगानी कोष रकम सम्बन्...
त्रियुगा मेयर ब्याडमिन्टन कप–२०८३ जेठ ९ र १० गते हुने

त्रियुगा मेयर ब्याडमिन्टन कप–२०८३ जेठ ९ र १० गते हुने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/ उदयपुर, जेठ ७ उदयपुर जिल्लामा जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता “त्रियुगा मेयर ब्याडमिन्टन कप–२०८३” आयोजना हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघ उदयपुरको आयोजनामा प्रतियोगिता जेठ ९ र १० गते गाईघाटस्थित उदयपुर जिल्ला ब्याडमिन्टन संघको कभर्डहलमा सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन उदयपुरका अध्यक्ष किशन राईले  जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष तथा महिला विधामा खेल सञ्चालन हुनेछ। पुरुषतर्फ प्रथम हुने टिमलाई ३० हजार रुपैयाँ, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। महिलातर्फ प्रथम पुरस्कार १२ हजार रुपैयाँ, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ७ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले जेठ ७ गते दिउँसो ३ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क २ ...
उदयपुरमा ६ केजी गाँजा सहित २ जना पक्राउ

उदयपुरमा ६ केजी गाँजा सहित २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ५ । उदयपुरको उदयपरगढी गाउँपालिका–४ तितिेबोट स्थितबाट अन्दाजी ६ केजी प्रतिबन्धित लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाका लिलादेवी राम र अस्मिता राम रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उयपुरका अनुसार अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनिहरुलाई प्रतिबन्धित लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
उदयपुर जिल्ला पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

उदयपुर जिल्ला पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

Breaking News 2, समाचार
पूर्णपुष्टि, उदयपुर, जेठ ५ । उदयपुर जिल्ला पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । मंगलबार गाईघाटस्थित हिमालयन होटलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले उदयपुर जिल्लालाई दशौँ पटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । जिल्ला खोप समन्वय समिति उदयपुरका सदस्य सचिव राम नरेश ठाकुरका अनुसार जिल्लामा सञ्चालन गरिएको घरधुरी सर्वेक्षणबाट पाँच वर्षमुनिका बालबालिकामध्ये खोप नलगाएका तथा आंशिक खोप लगाएका बालबालिकालाई खोजी गरी पूर्ण खोप उपलब्ध गराइएको हो । सर्वेक्षणका क्रममा दुई जना ‘शून्य डोज’ बालबालिका र १३२ जना आंशिक खोप लगाएका बालबालिका भेटिएकामा उनीहरुलाई आवश्यक खोप प्रदान गरिएपछि जिल्लामा पूर्णखोप प्राप्त दर शतप्रतिशत पुगेको जनाइएको छ । यस वर्ष जिल्लाका आठवटै स्थानीय तहमा घरधुरी सर्वेक्षण सञ्चालन गरिएको थियो । सर्वेक्ष...
त्रिनपा १६ को दोस्रो चौमासिक समिक्षा तथा महिला स्वास्थ्य स्वयंमसेविका सम्मान कार्यक्रम सम्पन्न

त्रिनपा १६ को दोस्रो चौमासिक समिक्षा तथा महिला स्वास्थ्य स्वयंमसेविका सम्मान कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, जेष्ठ ३ गते । त्रियुगा नगरपालिकाका वडा नं १६ जाल्पा चिलाउनेले आफ्नो दोस्रो चौमासिक समिक्षा तथा स्वास्थ्य स्वयंमसेविका सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार वडा कार्यालय भवनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । दोस्रो चौमासिक अवधिभित्र सम्पन्न भएका योजना तथा कार्यक्रमहरूबारे छलफल र गरिएको काम तथा योजनाहरुको प्रगति र उपलब्धि हरूको समिक्षा गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । वडाभित्रका टोल विकास संस्था, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक वन, गैरसरकारी संघसंस्था, सामुदायिक संघसंस्था लगायत स्थानीय सरकारवालाहरूको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । स्थानीय सरकारवालाबाट समीक्षा कार्यक्रममा वडा कार्यालयलाई सल्लाह सुझाव प्रदान गरिएको थियो । सोही कार्यक्रममा वडा कार्यालयले वडागत स्वीकृत बजेट रकम रु ५० हजारबाट वडाभित्रका १२ जना महिला स्वास्थ्य स्वयंसेविक...
ललितपुरको कुसुन्तीमा जेष्ठ नागरिकको हातबाट वनवे ड्राइभिङ स्कुल उद्घाटन

ललितपुरको कुसुन्तीमा जेष्ठ नागरिकको हातबाट वनवे ड्राइभिङ स्कुल उद्घाटन

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि संवाददाता १ जेठ, २०८३ । ललितपुर ललितपुरको वडा नम्बर १३ कुसुन्तीमा आज जेष्ठ नागरिक ८८ वर्षीय हिराबहादुर मालीको हातबाट वन-वे ड्राइभिङ स्कुलको उद्घाटन भएको छ । वन-वे ड्राइभिङ स्कुल ललितपुर प्राइभेट लिमिटेडले सञ्चालन गरेको ड्राइभिङ स्कुलको जेष्ठ नागरिकको हातबाट रिबन काटेर औपचारिक उद्घाटन भएको हो । https://youtu.be/rrKoLJFVc98 मूल्यमा होइन सेवामा प्रतिस्पर्धा गर्छौं भन्ने नारासहित उक्त ड्राइभिङ स्कुल समाजसेवी एवं सञ्चारकर्मी उत्तम राईसमेतको तीनजनाको साझेदारीमा सञ्चालनमा आएको हो । यो व्यवसायलाई सेवाको रूपमासमेत सञ्चालनमा ल्याइएको सञ्चालक सदस्य राईले बताए । अर्का सञ्चालक प्रकाश मालिका अनुसार व्यवसायलाई पूर्ण विश्वसनीय र सेवाग्राहीलाई सन्तुष्ट मिल्ने गरी काम गरिनेछ । बजारका अस्वस्थ प्रतिस्पर्धाकाबीच आफूहरू सेवाको भावले यो व्यवसाय सुरु गरेको अर्का सञ्चालक सदस्य दिनेश श्रेष्ठले...
बाहिनीपति थापाद्वारा सुरक्षा तथा अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन

बाहिनीपति थापाद्वारा सुरक्षा तथा अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन

Breaking News 2, समाचार
पूर्णपुष्टि /उदयपुर, वैशाख २९ । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी मनीष थापाले उदयपुर जिल्लास्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको अनुगमन तथा निरीक्षण आज गर्नुभएको छ । निरीक्षणका क्रममा उहाले शान्ति सुरक्षा सुदृढ बनाउँदै अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । बाहिनीपति थापाले आफ्नो जिम्मेवारी क्षेत्रभित्र हुन सक्ने विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले फिल्डमा खटिने सुरक्षाकर्मीहरूलाई सक्रिय, जिम्मेवार र परिणाममुखी ढंगले काम गर्न विशेष जोड दिनुभयो । निरीक्षणका क्रममा पछिल्लो समय समाजमा बढ्दै गइरहेका लागुऔषध दुव्र्यसन, अवैध ओसारपसार तथा विभिन्न आपराधिक क्रियाकलापप्रति संवेदनशील बन्न आ...
रामपुर सुरक्षा बेसमा सशस्त्र प्रहरीको मनसुन पूर्व तयारी निरीक्षण

रामपुर सुरक्षा बेसमा सशस्त्र प्रहरीको मनसुन पूर्व तयारी निरीक्षण

Breaking News 2, समाचार
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन उच्च सतर्कता अपनाउन निर्देशन पूर्णपुष्टि /उदयपुर, वैशाख २९ । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनीष थापाले उदयपुरको रामपुरस्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेसको स्थलगत अनुगमन तथा निरीक्षण आज गर्नुभयो । रामपुर सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी नीरिक्षक राजविक्रम खडकाले दिनुभएको जानकारी अनुसार निरीक्षणका क्रममा डिआइजी थापाले मनसुन पूर्व तयारी, विपद् व्यवस्थापन तथा सम्भावित प्राकृतिक तथा मानवीय जोखिम न्यूनीकरणका लागि गरिएको तयारी अवस्थाबारे विस्तृत जानकारी लिनुभयो । अनुगमनका क्रममा विशेषगरी आगलागी, चट्याङ, वन डढेलो, सडक दुर्घटना तथा बाढी, पहिरो र डुबानजस्ता पानीजन्य विपद्का घटनामा तत्काल उद्धार तथा प्रतिकार्य गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोत-साधन...
महिला हिंसा र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया सम्पन्न

महिला हिंसा र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २९ । उदयपुरमा महिलामाथि हुने गरेको हिंसाको वर्तमान परिदृष्य र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा तरङ्गिनी फाउन्डेशन, ओरेक नेपाल शाखा उदयपुर र रौता समुदाय हित केन्द्रको आयोजना तथा नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरको समन्वयमा महिलामाथि हुने गरेको हिंसाको वर्तमान परिदृष्य र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा तिन वटै आयोजक संस्थाले आफ्नो काम बारे र संस्थाबारे प्रतिवेदन सार्वजनिक गरेका थिए । ओरेक र त्रियुगा नगरपालिकाको साझेदारीमा त्रियुगा नगरपालिका १० बाँसबारीमा सञ्चालित महिला सुरक्षा आवासमा जनवरीदेखि मार्च २०२६ सम्म १७ जना हिंसा पीडित महिलाले सेवा लिएका छन् । यस तिन महिनामा सुरक्षा आवास सेवा केन्द्रमा घरेलु हिंसा ९, यौन...