Friday, September 11News That Matters

समाचार

मदन भण्डारी राजमार्गमा मोटरसाइकल र ट्रक ठोक्किँदा महिलाको मृत्यु, चालक घाइते

मदन भण्डारी राजमार्गमा मोटरसाइकल र ट्रक ठोक्किँदा महिलाको मृत्यु, चालक घाइते

Breaking News 3, समाचार
उदयपुर, असार १८ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ फुस्रेस्थित मदनभण्डारी राजमार्गमा बिहीबार दिउँसो मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार दिउँसो करिब २ः४५ बजे गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २८४२ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–३ बस्ने २८ वर्षीय एमबहादुर बिक दुवै हातमा चोट लागेर घाइते भएका छन् । मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २८ वर्षीया यमुना बिक टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर घाइते भएकी थिइन्। दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा यमुना बिकलाई दिउँसो ३ः४० बजे चिकित्सकले मृत...
त्रिनपा १६ मा पञ्चबर्षिय योजनाको लागि दुईदिने कार्यशाला सम्पन्न

त्रिनपा १६ मा पञ्चबर्षिय योजनाको लागि दुईदिने कार्यशाला सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/असार १६ । त्रियुगा नगरपालिका वडा नं १६ ले वडाको पञ्चबर्षिय योजनाको लागि दुई दिने कार्यशाला सम्पन्न गरेको छ । वडा कार्यलयले गत आवदेखि वडाको पञ्चवर्षीय आवधिक योजना निर्माणको तयारी सँगै दुई दिवसीय कार्यशाला सम्पन्न गरेको हो । स्थानीय राजनीतिक दल, संघ संस्था, गैरसरकारी संघसंस्था, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक वन उपभोक्ता समिति, अन्य सामुदायिक सङ्घसंस्था, महिला स्वयंसेविका, बाल क्लब लगायत सम्बन्धित निकायहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको छ । उक्त सहभागिताले योजना सफल बनाउन र योजना कार्यन्वयनका लागि सहज र सहयोग पुराउने वडाअध्यक्ष मान वहादुर राईले जानकारी दिनुभयो । वडाले आर्थिक वर्ष २०८३/०८४–२०८८/०८९ सम्मको पञ्चवर्षीय आवधिक योजना निर्माणको खाका तयार गरेको पनि अध्यक्ष राईले बताउनुभयो। कार्यशालामा विभिन्न विषयगत समूहहरूको निर्माण गरी वड...
सुनिल र विपीसालाई त्रियुगाको वर्ष सम्मान

सुनिल र विपीसालाई त्रियुगाको वर्ष सम्मान

Breaking News 3, Breaking News Video, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, असार १५ । त्रियुगा नगर खेलकुद विकास समितिले वर्ष खेलाडीका रूपमा आज दुई जना खेलाडीलाई सम्मान गरेको छ । त्रियुगा नगर खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले पुरुषतर्फ फुटबल खेलाडी सुनील खडका तथा महिलातर्फ बिपीसा मगरलाई सम्मान गरेका हुन् । सम्मानित खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको समितिका अध्यक्ष किरण कार्कीले जनाएको छन । थरुहट रगंशालमा भएको कार्यक्रममा नगरका खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तित्व तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो । समितिले उत्कृष्ट प्रदर्शन गर्दै नगरको खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै दुवै खेलाडीलाई वर्ष खेलाडीका रूपमा छनोट गरिएको अध्यक्ष कार्कीले बताएका छन ।...
उदयपुरमा बारम्बार विद्युत् अवरोध हुनुको कारण माग गरियो, नियमित आपूर्ति हुनुपर्नेमा जोड

उदयपुरमा बारम्बार विद्युत् अवरोध हुनुको कारण माग गरियो, नियमित आपूर्ति हुनुपर्नेमा जोड

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि/उदयपुर, असार १५ । त्रियुगा नगरपालिका तथा आसपासका क्षेत्रका स्थानीयले बारम्बार हुने विद्युत् अवरोधका कारण जनजीवन प्रभावित भएको भन्दै नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरण, शाखा कार्यालय गाईघाटसँग माग गरेका गरिएको छ । शाखा कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय दैनिक ६ देखि १० पटकसम्म विद्युत् अवरुद्ध हुने गरेको गुनासो स्थानीयको छ । बारम्बारको विद्युत् कटौतीका कारण आम नागरिक, विद्यार्थी, अस्पताल तथा स्वास्थ्य संस्था, उद्योग–व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी तथा निजी कार्यालय, सूचना प्रविधिमा आधारित सेवा, साना तथा घरेलु उद्योग तथा किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जनाइएको छ । बिना पूर्वसूचना पटक–पटक विद्युत् अवरोध हुँदा विद्युतीय उपकरणमा क्षति पुग्ने, व्यवसाय सञ्चालनमा समस्या हुने, अध्ययन–अध्यापन प्रभावित हुने तथा सर्वसाधारणले ...
होटल संघ नेपालको बागमती प्रदेश नेतृत्वमा रामसुन्दर बके

होटल संघ नेपालको बागमती प्रदेश नेतृत्वमा रामसुन्दर बके

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/काठमाडौं, असार १५ । होटल संघ नेपाल (HAN) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम बकेलाई अध्यक्षमा मनोनयन गरेका हुन् । बके भक्तपुरस्थित भिलेज हाईल्याण्ड रिसोर्टका प्रबन्ध निर्देशक एवम् सफलं पर्यटन व्यवसायी हुन । होटल तथा पर्यटकीय व्यवसायमा  पुऱ्याएको योगदान तथा नेतृत्व क्षमतालाई  मध्ये नजर गर्दै उक्त जिम्मेवारी प्रदान गरिएको जनाईएको छ । संघले बागमती प्रदेशअन्तर्गतका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी तथा सुदृढ प्रदेश समिति गठन गर्ने जिम्मेवारी उनलाई दिएको छ । साथै, संघको विधान तथा कार्यविधिअनुसार प्रदेश समितिको गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली होटल संघ नेपालको सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। होटल तथा पर्यटन क्षेत्रको विकास, व...
चौदण्डीगढीमा हात्ती आतंक, १३ घरमा क्षती

चौदण्डीगढीमा हात्ती आतंक, १३ घरमा क्षती

Breaking News 2, समाचार
उदयपुरमा जंगली हात्तीको आतंक : ११ परिवार प्रभावित, १६ लाख वढिको क्षति पूर्णपुष्टि/उदयपुर, असार १५ । उदयपुरको चौढण्डीगढी नगरपालिकाका विभिन्न बस्तीमा जंगली हात्ती पसेर घर, अन्नबाली तथा अन्य सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी निरीक्षक प्रभाव लिम्बुका अनुसार असार १३ यता लगातार राती वडा नं. ४ र ७ मा पसेका हात्तीले १३ परिवारको घर तथा सम्पत्तिमा क्षति पुर्‍याउँदा करिब १६ लाख २० हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान छ। पहात्तीले घरका टिन तथा टाटीका बेरा भत्काउनुका साथै धान, चामल, मकै, लत्ताकपडा, भाँडावर्तन, कुखुरा तथा परेवाको खोर र बालीनालीमा समेत क्षति पुर्‍याएको हो। घटना लगत्तै इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको थियो। सबैभन्दा बढी क्षति वडा नं...
लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना र्‍यालीसाहित समापन

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना र्‍यालीसाहित समापन

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार १२ लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा उदयपुर सदरमुकाम गाईघाटमा सचेतनामूलक र्‍यालीसहित समापन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी मेख वहादुर मग्रातीले लागू औषध दुर्व्यसन रोक्न कडाइका साथ लाग्ने बताउँदै  त्यसका लागि सबैलाई लागि पर्न अन्हान गर्नुभयो । "लागुऔषधको चुनौती चिर्दै, सामाजिक समावेशीकरणको बाटो खोलौं" भन्ने मूल नाराका साथ आयोजित सप्ताहव्यापी कार्यक्रमको समापनका अवसरमा जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा र्‍याली निकालिएको हो। र्‍यालीमा जिल्ला प्रहरी कार्यालय उदयपुर, शिक्षा विकास तथा समन्वय इकाइ, त्रियुगा नगरपालिका, विभिन्न सरकारी कार्यालय, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, सुरक्षाकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले लागुऔषध दुरुपयोग न्यूनी...
रौतामाई गाउँपालिकाको विकासको आधार मजबुत, सेवामा उल्लेखनीय सुधार

रौतामाई गाउँपालिकाको विकासको आधार मजबुत, सेवामा उल्लेखनीय सुधार

Breaking News 2, समाचार
पूर्णपुष्टि/भुटार, असार ११  उदयपुरको रौतामाई गाउँपालिकाले पछिल्लो पाँच वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, महिला सशक्तीकरण तथा सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै विकासको बलियो आधार निर्माण गरेको जनाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्मको संक्षिप्त प्रगति विवरणले सीमित स्रोतसाधन र दुर्गम भौगोलिक अवस्थाबीच पनि विकास निर्माण र सेवा प्रवाहमा महत्वपूर्ण उपलब्धि हासिल भएको देखाएको छ। गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आलेमगरका अनुसार स्थानीय सरकारको अभ्याससँगै नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाले आधारभूत सेवाको पहुँच विस्तार गर्दै स्थानीय आवश्यकताअनुसार विकासका योजनाहरू कार्यान्वयन गरेको जनाएको...
ताप्ली गाउँपालिकाको ४१ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई उच्च प्राथमिकता

ताप्ली गाउँपालिकाको ४१ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई उच्च प्राथमिकता

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/ ताप्ली, असार ११ उदयपुरको ताप्ली गाउँपालिकाको १९औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ४१ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राख्दै बजेट सार्वजनिक गरेको हो। गाउँसभामा प्रस्तुत बजेटले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, आधारभूत सेवाको गुणस्तरीय विस्तार तथा दिगो विकासलाई मुख्य लक्ष्य बनाएको गाउँपालिकाले जनाएको छ। बजेटमार्फत नागरिकको जीवनस्तर उकास्ने, उत्पादनमुखी क्षेत्रको प्रवर्द्धन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। गाउँपालिकाले “उज्यालो ताप्ली, दिगो विकास, बालमैत्री सहितको पूर्वाधार, स्वास्थ्य, रैथाने कृषि, पर्यटन, रोजगार, हरियाली ताप्ली समृद्धिको आधार” भन्ने मूल नारासहित बजेट ल्य...
उदयपुरमा सञ्चारकर्मीलाई सरुवा रोग तथा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण

उदयपुरमा सञ्चारकर्मीलाई सरुवा रोग तथा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार ११ स्वास्थ्य कार्यालय उदयपुरले सञ्चारकर्मीहरूका लागि विभिन्न सरुवा तथा किटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।स्वास्थ्य कार्यालयमा आज आयोजित कार्यक्रममा औलो, कालाजार, डेंगु, स्क्रब टाइफस, चिकनगुनिया लगायत अन्य इमर्जिङ तथा किटजन्य रोगहरूको अवस्था, जोखिम, रोकथाम तथा नियन्त्रणका उपायबारे जानकारी गराइएको थियो। कार्यक्रममा स्वास्थ्यकर्मीहरूले वर्षायामसँगै डेंगु तथा अन्य किटजन्य रोगको जोखिम बढ्ने भएकाले समुदायस्तरसम्म सचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका थिए। रोगको पहिचान, लक्षण, उपचार र बच्ने उपायका विषयमा सही सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरिएको थियो। त्यसैगरी सञ्चारकर्मीहरूले रोग नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा स्थानीय तह, स्वास्थ्य संस्था र सञ्चारमाध्यमबीच समन्वय आवश्यक रहे...