Tuesday, July 7News That Matters

समाचार

दशैं अघि त्रियुगाले सामाजिक सुरक्षा दिन नसक्ने

दशैं अघि त्रियुगाले सामाजिक सुरक्षा दिन नसक्ने

Breaking News 3, आर्थिक, समाचार
https://youtu.be/mJ39icgfojo पूर्णपुष्टि/गाईघाट, असोज ४ । त्रियुगा नगरपालिकाले दशै अगाडि सामाजिक सुरक्षा भत्ता दिन नसक्ने भएको छ । जेनजी आन्दोलनको क्रममा कार्यालयमा तोडफोड र आगजनी हुँदा कम्प्युटर, फायल लगायतको डाटा हराएकोले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्ने अवस्था आएको मेयर बसन्त बस्नेतले पूर्णपुष्टिलाई बताएका छन् । नगरपालिकाबाट दशैंको मुखमा पाउदै आएको सामाजिक सुरक्षा भत्तामा धेरै बृद्धबृद्धाहरुको खुसी लुकेको छ । तर नपाउने खबरले उनीहरु निरास बनेका छन् । सामाजिक सुरक्षा भत्ता लिदै आएकाहरुले दशैं खर्चको रुपमा पर्खिरहेको थिए । नपाउने भएपछि दशैं खल्लो हुने भएको छ ।...
जेनजीकाे जायज मागलाइ त्रियुगाले अनुशरण गर्ने (भिडियाे)

जेनजीकाे जायज मागलाइ त्रियुगाले अनुशरण गर्ने (भिडियाे)

Breaking News 2, Breaking News Video, भिडियो, समाचार
https://www.youtube.com/watch?v=mJ39icgfojo पूर्णपुष्टि/गाइघाट, असाेज ४ ।
तलब भत्ता राेकिन नहुने त्रियुगा नगरपालिकाका शिक्षकहरुकाे माग (भिडियाे)

तलब भत्ता राेकिन नहुने त्रियुगा नगरपालिकाका शिक्षकहरुकाे माग (भिडियाे)

Breaking News 2, शिक्षा, समाचार
https://www.youtube.com/watch?v=0DbAlr01CHk पूर्णपुष्टि, असाेज ४ । त्रियुगा नगरपालिकाका शिक्षाकहरुले दशै‌काे मुखमा तलब भत्ता नपाएकाे बताएका छन् । तलब भुक्तानीका बारेमा उच्च अदालतमा मुद्दा रहेकाले पालिकाले तलब राेकेकाे जनाइएकाे छ । तर शिक्षकहरुले कुनै पनि हालतमा तलब पाउनुपर्नेमा जाेड दिएका छन् ।
उदयपुरमा ट्याक्टर चोरी गरेको आरोपमा ३ युवक पक्राउ

उदयपुरमा ट्याक्टर चोरी गरेको आरोपमा ३ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ४ । उदयपुमा ट्याक्टर चोरी गरेको आरोपमा ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का २४ बर्षीय सुदिप चौधरी, चौदण्डी–५ का २५ बर्षीय रोहित कुमार चौधरी र २४ बर्षीय चन्दन कुमार चौधरी रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार बिहान १ बजेको समयमा त्रियुगा नगरपालिका–१३ बहेडवाका देब नारायण चौधरीको घर अगाडी पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा–१३ फुलजोर स्थितबाट ट्याक्टर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनिहरुले प्रयोग गरेको बा६३प ५४७५ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ भने पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।...
नेपाली कांग्रेसले गाईचोकमा दिप प्रज्वलन गरी मनायो संविधान दिवस

नेपाली कांग्रेसले गाईचोकमा दिप प्रज्वलन गरी मनायो संविधान दिवस

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ३ । नेपाली कांग्रेस उदयपुरले दिप प्रज्वलन गरी ११ औँ संविधान दिवस मनाएको छ । आज साझँ गाईघाटको मेनचोक (गाईचोक) मा दिप प्रज्वलन गर्दै दिवस मनाएको हो । जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थितिमा दिप प्रज्वलन गरी दिवस मनाएको हो ।
गाईघाटमा नेकपा माओवादी केन्द्रले दिप प्रज्वलन गरी मनायो संविधान दिवस

गाईघाटमा नेकपा माओवादी केन्द्रले दिप प्रज्वलन गरी मनायो संविधान दिवस

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ३ । उदयपुरमा नेकपा माओवादी केन्द्रले दिप प्रज्वलन गर्दै ११ औं संविधान दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटीले त्रियुगा बसपार्कस्थित पार्टी कार्यालयमा दिप प्रज्वलन गर्दै संविधान दिवस मनाएको हो । जेनजी प्रदर्शनकारीको तोडफोड र आगजनीले ध्वस्त भएको पार्टी कार्यालय बाहिर दिप प्रज्वलन गरी संविधान दिवस मनाएको हो । दिप प्रज्वलनमा कोशी प्रदेश सदस्य, जिल्ला इन्चार्ज, त्रियुगा नगर कमिटिका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।    ...
जेनजी आन्दोलनपछि बोर्डविहिन त्रियुगा नगरपालिकामा राखियो बोर्ड

जेनजी आन्दोलनपछि बोर्डविहिन त्रियुगा नगरपालिकामा राखियो बोर्ड

Breaking News 1, समाचार
पूर्णपुष्टि/गाईघाट, असोज ३ । जनेजी प्रदर्शनको क्रममा उदयपुरको त्रियुगा नगरपालिकामा तोडफोड र आगजनी हुँदा कार्यालय बोर्डविहिन बनेको थियो । हिजो बोर्डविनै सञ्चालन भएको नगरपालिकाले आजदेखि बोर्डको ब्यवस्था गरेर राखेको छ । प्रदर्शनकारीले तोडफोड गरेको बोर्ड मर्मत गरी आज राखिएको पालिकाले जनाएको छ । गत भदौ २४ गते प्रदर्शनकारीले पालिका तोडफोड र आगजनी गरेपछि नगरपालिकाको सेवा स्थगित भई हिजोदेखि सञ्चालनमा आएको छ । आज संविधान दिवसको सार्बजनिक विदा परेको छ । भोली शनिबार विदा परेको छ । पर्सी आइतबारदेखि निरन्तर सेवा सञ्चालन हुने जनाइएको छ ।...
आजबाट सडकमा देखिए ट्राफिक

आजबाट सडकमा देखिए ट्राफिक

Breaking News 2, समाचार
पूर्णपुष्टि/गाईघाट, असोज ३ ।  उदयपुरमा आजबाट ट्राफिक प्रहरी सडकमा देखिएका छन् । सडक सुरक्षा र ट्राफिक नियम नियमन र अनुगमनका लागि तैनाथ रहने ट्राफिक प्रहरी जेनजी आन्दोलन पछि सडकमा देखिएका थिएनन् । सडकमा ट्राफिक नहुँदा सवारी साधन संञ्चालन र ब्यवस्थापन अब्यवस्थित बन्दै गएको थियो । सडकबीचमा ब्यवसायीहरुबीच विवादसमेत हुने गरेको थियो । सडकमा लापरवाही बढ्दै गएको थियो । हेलमेटविना मोटरसाईकल चलाउने, तिब्र गतिमा कुदाउने र बजारमा जथाभावी पार्किङ गरेर सडक अस्तब्यस्त बन्दै गएको थियो । जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रहरी सहायक निरिक्षक प्रविन कार्कीका अनुसार आजबाट सडकमा खटिएको हो । जिल्लाका सबै ट्राफिक जनशक्ति विगत झै सडक, चौकमा खटिएका हुन् । जेनजी आन्दोलन पछि सुरक्षा तथा अन्य ब्यवस्थापनका कारण ट्राफिक बाहिर निस्केको थिएन । देशभरमा आन्दोलनको क्रममा ट्राफिक र प्रहरीको थुप्रै संरचनामा क्षती पुगेका छन...
भोली फोहोर उठाउँने भनेको तिन दिन भो

भोली फोहोर उठाउँने भनेको तिन दिन भो

Breaking News 2, समाचार
पूर्णपुष्टि/गाईघाट, असोज ३ । गाईघाट बजारको फोहोर उठाउछु भनेको तिन दिन भएको छ । नगरपालिका र ११ नं. वडा कार्यालयले तीनदिनदेखि भोली उठाउछु भन्दै रहेको फोहोर फेरी पनि भोली उठाउने भनिएको छ । जेनजी आन्दोलन पछि नउठेको फोहोर १२ दिनदेखि थुप्रिबसेको छ । बजारका घर तथा पसल अगाडी सडक किनारमा थुप्रिएका फोहोर अब्यवस्थित र दुर्घन्धित बनेको छ । दैनिक जसो बजार क्षेत्रबाट उठाउने गरेको फोहोर लामो समयदेखि नउठाउँदा प्रदुर्षण बढेर जनजीवन नै अस्तब्यवस्त बन्दै गएको छ । गाईघाटका व्यापारी बिजय गुप्ताले फोहारका कारण दुर्गन्धित बन्दै गएको बजारमा हिड्दा नाक थुनेर हिड्नु पर्ने अवस्था आएको बताए । फोहरमैला ब्यबस्थापन शाखाका कर्मचारी दिलिप श्रेष्ठले फोहोर फ्याक्ने उचित ठाउको ब्यबस्थापन हुन नसक्दा बजार क्षेत्रको फोहर नउठेको बताएका छन् । वडाध्यक्ष सुमन्त कोइरालाले फोहोर ब्यवस्थापन गर्ने ठाउँ ब्यवस्था भइसकेकोले छिटै उठा...