आजैबाट सामाजिक संञ्चाल खोल्न ओलीलाई देउवाको फोन
पूर्णपुष्टि, २३ भदौ ।
नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक संञ्जाल प्रतिवन्ध हटाउन फोन गरेको छ ।
नेपाली कांग्रेसले सामाजिक सञ्जाल पुन ः सञ्चालन गर्नुपर्ने निर्णय गरे सँगै ओलीलाई देउवाले फोन गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्न सरकारलाई आग्रह गर्ने संस्थागत निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले सेतोपाटीलाई जानकारी दिए ।
पार्टीले उक्त निर्णय गरेपछि सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेका छन्। सभापति देउवाले आजकै मन्त्रिपरिषद बैठकबाट सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिसकेको पनि महामन्त्री शर्माले जानकारी दिए । मन...








