Wednesday, July 8News That Matters

समाचार

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २५ । उदयपुरको बेलका नगरपालिका–८ मा मंगलबार मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना घाईते भएकी छन् । मृत्यु हुनेमा मोरङ बूढीगंगाका ३२ बर्षीय अनल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई साँझ ५ बजेर ४५ मिनेटमा दुर्घटना हुँदा चालक राजवंशी गम्भीर घाइते भएका थिए । चालक राजंवशीलाई उपचारको लागी विराट शिक्षण अस्पताल लगिएकोमा उनको उपचारको क्रममा राति ८ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार भोजपुर षडानन्द नगरपालिका–७ की १८ वर्षीया तुलसा कार्की सामान्य घाइते भएकी छन् । उनको उपचार भइरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा एक बर्षको अवधिमा ३७१ वटा सवारी दुर्घटना, तिव्र गतिका कारण बढी

उदयपुरमा एक बर्षको अवधिमा ३७१ वटा सवारी दुर्घटना, तिव्र गतिका कारण बढी

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २४ । उदयपुरमा आर्थिक वर्ष २०८१÷०८२ मा ३७१ वटा सवारी दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने ५ सय ८१ जना घाईते भएका छन् । जिल्ला ट्राफिक कार्यालय उदयपुरको तथ्याङ्क अनुसार सवारी दुर्घटनामा परी २२ जना पूरुष, ९ महिला र ३ बालकको मृत्यु भएको छ । त्यस्तै गम्भिर घाईते हुनेमा ५४ जना पूरुष, १९ जना महिला, ५ जना बालक र २ जना बालिका रहेका छन् भने सामान्य घाईते हुनेमा ३२० जना पूरुष, १२० जना महिला, ३२ जना बालक र २९ जना बालिका रहेका छन् । दुर्घटनामा परी २ वटा चौपाय मरेको छ । यस अवधिभर तिव्र गतिका कारण बढी दुर्घटना भएको तथ्याङ्कले देखाएको छ । तिव्र गतिका कारण १२० वटा सवारी दुर्घटना भएको छ । त्यस्तै मादक पदार्थ सेवान गरी सवारी चलाउँदा २८ वटा, ट्राफिक नियम उल्ल्घन गर्दा १३ वटा, ब्रेक नलागेको कारण ११, यान्त्रिक गडवडीका कारण ८ वटा, ओभरटेक गर्दा ४ वटा, चालक निदाउँदा ३ वटा, सवारी चालक अ...
उदयपुरका पत्रकार बैकुण्ठ दाहालको निधन

उदयपुरका पत्रकार बैकुण्ठ दाहालको निधन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २४ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका प्रदेश परिषद सदस्य ९प्रदेश पार्षद० बैकुण्ठ दाहालको सोमबार निधन भएको छ । गत आईतबार अस्वस्थ भई अस्पताल भर्ना भएका त्रियुगा नगरपालिका–३ बसपार्क निवासी दाहालको सोमबार राती ११ बजे ललितपुर जाउलाखेल स्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखी पत्रकारीतासँगै वकालत पेशामा समेत सक्रिय रहेका दाहाल उदयपुर शाखाको कार्यसमिति सदस्य र केन्द्रिय पार्षद समेत भएका थिए । दाहालको ७१ बर्षको उमेरमा निधन भएको हो ।...
चौदण्डी सिवाईको त्रियुगा खोलामा बेपत्ता पुरुषको शव फेला

चौदण्डी सिवाईको त्रियुगा खोलामा बेपत्ता पुरुषको शव फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २३ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई त्रियुगा खोला स्थित माछा मार्ने क्रममा बेपत्ता भएको युवाको शव मंगलबार फेला परेको छ । सोमवार करिब ६ः३० बजे सिवाई भत्केको पुलबाट बेपत्ता भएको चौदण्डीगढी ६ सिरुवानीका २९ बर्षिय राम बहादुर राईको शव फेला परेको हो । नेपाल प्रहरी शसस्त्र प्रहरी उदयपुरको गोताखोर टोली र स्थानीयहरुको सहयोगमा राईको शव फेला परेको हो । बेपत्ता भएदेखीनै खोजी कार्य राखेको राईको भोली पल्ट मात्रै मृत अवस्थामा शव फेला परेको हो । उनको थप अनुसन्धान पछि पोष्टमार्टम गर्ने काम हुने प्रहरीले जनाएको छ ।...
सुनचाँदी व्यवसायीद्धारा करदाता सेवा कार्यालय गाईघाटमा धर्ना

सुनचाँदी व्यवसायीद्धारा करदाता सेवा कार्यालय गाईघाटमा धर्ना

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २३ । उदयपुरमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरुले करदाता सेवा कार्यालय गाईघाट उदयपुरमा सोमबार धर्ना दिएका छन् । उदयपुर सुनचाँदी व्यवसायी संघ र सगरमाथा सुनचाँदी व्यवसायी संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका व्यवसायीहरुले दिउँसोदेखी करदाता सेवा कार्यालयको गेट अगाडी शान्तिपूर्ण धर्नामा बसेका हुन् । जिल्लाभरीका सुनचाँदी व्यवसायीहरुले तेस्रो चरणको आन्दोलनको रुपमा करदाता कार्यालय गाईघाटको गेट अगाडी शान्तिपूर्ण धर्नामा बसेको उदयपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष काशी सोनिले बताए । उदयपुरमा सुनचाँदी ब्याबसायीहरुले अनिश्चितकालका लागी पसल बन्द गरेर आन्दोलनमा उत्रिएसँगै सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर र मुर्कुची बजारमा सुनचाँदीको ब्यापार थप्प भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता करको बिरुद्धमा ब्याबसायीहरु आन्...
त्रियुगाको निशुल्क स्वास्थ्य सिविरमा ६ सय बढी बिरामीको स्वास्थ्य परिक्षण

त्रियुगाको निशुल्क स्वास्थ्य सिविरमा ६ सय बढी बिरामीको स्वास्थ्य परिक्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ असार । त्रियुगा नगरपालिकाले शनिवार आयोजना गरेको निशुल्क स्वास्थ्य सिविरमा ६ सय बढी नगरवासी विरामीहरुले स्वास्थ्य परिक्षण गराएको छ । सोम लाइफ डायग्नोस्टिक क्लिनिक गाईघाट र गोल्डेन हस्पिटल विराटनगरको समन्वय सहयोगमा सिविर संञ्चालन गरिएको हो । त्रियुगा नमुना मावि गाईघाटमा संञ्चालन एक दिवसीय शिविरमा सिनियर जनरल फिजिसियन डाक्टर श्याम रौनियार लगायतको टोलीले महिला रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, हाड जोर्नी सेवा, न्युरो सर्जन विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो । उक्त शिविरमा निशुल्क ल्याब सेवा समेत उपलब्ध गराइएको थियो । स्वास्थ्य शिविरबाट नगर क्षेत्र भित्रका स्थानीयबासी लगायत पहाडी वडाहरूबाट समेत बिरामीहरूले स्वास्थ्य उपचार तथा परामर्श सेवा प्राप्त गरी लाभ लिएका छन् । सिविरमा सेवा दिन आएका गोल्डेन हस्पिटल विराटनगरका संञ्चालक तथा स्वास्थ्यकर्मीहरुलाई नगर प्रमुख वसन्त वस्...
सुनचाँदी व्यवसायीद्धारा जिल्ला प्रसाशन कार्यालय उदयपुरमा धर्ना

सुनचाँदी व्यवसायीद्धारा जिल्ला प्रसाशन कार्यालय उदयपुरमा धर्ना

Breaking News 2, समाचार
सुनिल राई, गाईघाट । असार २२ ।  उदयपुरमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा आईतबार धर्ना दिएका छन् । उदयपुर सुनचाँदी व्यवसायी संघ र सगरमाथा सुनचाँदी व्यवसायी संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका व्यवसायीहरुले आज बिहानदेखी जिल्ला प्रशासन कार्यालय अगाडी शान्तिपूर्ण धर्नामा बसेका हुन् । जिल्लाभरीका सुनचाँदी व्यवसायीहरुले तेस्रो चरणको आन्दोलनको रुपमा जिल्ला प्रशासन कार्यालय अगाडी शान्तिपूर्ण धर्नामा बसेको उदयपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष काशी सोनिले बताए । उनका अनुसार भोली सोमबार करदाता कार्यालय अगाडी धर्नामा बसिने छ । उदयपुरमा सुनचाँदी ब्याबसायीहरुले अनिश्चितकालका लागी पसल बन्द गरेर आन्दोलनमा उत्रिएसँगै सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर र मुर्कुची बजारमा सुनचाँदीको ब्यापार थप्प भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरग...
उदयपुरमा जेसिबि दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा जेसिबि दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २२ । उदयपुरको कटारी नगरपालिका–८ सिरिसेमा गएराती जेसिबि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेरुङछबिसेका २२ बर्षीय नविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । इलाका प्रहरी कार्यालय कटारीका (डिएसपी) कमल बजगाईका अनुसार मिर्चया–कटारी–घुर्मी सडक सिद्धिचरण लोकमार्गअन्तर्गत सिरिसेमा राति ८ बजेर ५ मिनेटको समयमा को १ क २७९५ नम्वरको जेसिबी साईटबाट फर्कने क्रममा आफै अनियन्त्रित भएर सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । वडाको सडक खन्ने काम गरेर कटारी फर्कदै गरेको जेसिबी घुम्ती सडकमा असन्तुलित भई दुर्घट्ना हुँदा पछाडिको चक्काले किचेर श्रेष्ठको घट्नास्थ्लमै निधन भएको प्रहरीले जनाएको छ । मृतकको शब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कटारीमा राखिएको र घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
गाईघाटमा सुनचाँदी व्यवसायीहरुले गरे सिठ्ठी जुलुस

गाईघाटमा सुनचाँदी व्यवसायीहरुले गरे सिठ्ठी जुलुस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० असार । गाईघाट स्थित सुनचाँदी व्यवसायीहरुले सिठ्ठ जुलुस गरेको छ । शुक्रबार पसल बन्द गरेर सडकमा उत्रेका व्यवसायीहरुले सुनमा सरकारले लगाएको अब्यवहारीक करको बिरुद्धमा आन्दोलन जारी राखेको छ । उदयपुर सुनचाँदी ब्यवसायी संघ उदयपुर, सगरमाथा सुनचाँदी ब्यवसायी संघ र कालिगढ सुनचाँदी ब्यवासायी संघले यसको बिरुद्धमा संयुक्त आन्दोलन गरिरहेको छ । गत असार ३ गते अनिश्चितकालिन बन्द घोषणा गरेका केन्द्रले घोषणा गरेर असार १३ गतेदेखि शान्तिपूर्ण आन्दोलन जारी राखेको हो । आन्दोलन सशक्त बनाउन उदयपुरको विभिन्न पालिकाहरुमा आन्दोलन चलिरहेको छ । व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोवार सबै ठप्प परेको छ भने यसले ग्राहकहरुमा ठुलो असर परेको छ । सुनमा लगाईएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोवारको लागि प्रष्ट नित...
सेनाको स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

सेनाको स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

Breaking News 1, Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १९ । श्री पशुपति प्रसाद गण, बोक्सेले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सदरमुकाम गाईघाटबाट टाढा रहि अत्यावश्यक सुविधाहरुबाट पिछडिएको समुदायमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । बेलका नगरपालिका–२ स्थित भागलपुरको बनडाँडामा शिविर संचालन गरिएको हो । शिविरमा स्थानियहरुलाई विभिन्न किसिमको निःशुल्क स्वास्थ्य सेवा दिइएको गणले जनाएको छ । बाक्लोे बसोबास रहेको सो ठाउँमा अधिकतम स्थानियहरु सहभागी भइ शिविरबाट लावान्भित भएका थिए । शिविर प्रभावकारी भएपछि स्थानीयले नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गरेका छन् । स्थानीयले नेपाली सेनाप्रति सकारात्मक झुकाव र नागरिक–सैनिक सम्बन्ध प्रगाढ भएको महशुस गरेका छन् । रेडक्रस भवन परिसरमा सञ्चालित शिविर श्री पशुपति प्रसाद गणको समन्वय तथा सहकार्यमा श्री नं.१८ फि.ए.गुल्मका प्रा.सह सेनानी डा.शंकर दयाल शाह, नेपाल नेत्र ...