सेनाको स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित
पूर्णपुष्टि, असार १९ ।
श्री पशुपति प्रसाद गण, बोक्सेले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सदरमुकाम गाईघाटबाट टाढा रहि अत्यावश्यक सुविधाहरुबाट पिछडिएको समुदायमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
बेलका नगरपालिका–२ स्थित भागलपुरको बनडाँडामा शिविर संचालन गरिएको हो । शिविरमा स्थानियहरुलाई विभिन्न किसिमको निःशुल्क स्वास्थ्य सेवा दिइएको गणले जनाएको छ । बाक्लोे बसोबास रहेको सो ठाउँमा अधिकतम स्थानियहरु सहभागी भइ शिविरबाट लावान्भित भएका थिए ।
शिविर प्रभावकारी भएपछि स्थानीयले नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गरेका छन् । स्थानीयले नेपाली सेनाप्रति सकारात्मक झुकाव र नागरिक–सैनिक सम्बन्ध प्रगाढ भएको महशुस गरेका छन् ।
रेडक्रस भवन परिसरमा सञ्चालित शिविर श्री पशुपति प्रसाद गणको समन्वय तथा सहकार्यमा श्री नं.१८ फि.ए.गुल्मका प्रा.सह सेनानी डा.शंकर दयाल शाह, नेपाल नेत्र ...









