Monday, May 4News That Matters

समाचार

उदयपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १ । उदयपुरको बेलका नगरपालिका वडा नं. ५ स्थितमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय संजिप कार्कीको अन्दाजी १७ बर्षीय छोरी दुर्गा कार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत शुक्रबारआफ्नै घर छेउमा रहेको कुखुराको फममा काम गर्ने क्रममा करेन्ट लागि छटपटाईरहेको अवस्थामा आफन्तले देखि तत्काल उपचारको लागि बेलका नगर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा राती साँढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी नगर अस्पताल बेल्टारमा पठाईएको र सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
अब उदयपुरमा स्थानीय उत्पादन खपतमा जाेड दिईने

अब उदयपुरमा स्थानीय उत्पादन खपतमा जाेड दिईने

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ३१ । उदयपुरमा स्थानीय उत्पादनकाे खपतमा जाेड दिईने भएकाे छ । नेपाल घरेलु तथा साना उद्याेग महासंघ, उदयपुरले आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका साथ स्वागत तथा परिचयात्मक कार्यक्रमसहित अन्तरक्रियामार्फत स्थानीय उत्पादनकाे खपतमा जाेड दिने कुरा आएकाे हाे । प्रजिअ लुईटेलले उदयपुरमा उत्पादन भएका बस्तुकाे प्रयाेगमा सबैले जाेड दिनेगरी पहल गर्ने बताउनुभयाे । स्थानीय उत्पादन खपतमा वृद्धि भए साना उद्याेग र उद्यमीहरु पलायन नहुने महासंघका प्रदेश बरिष्ठ उपाध्यक्ष मधुकर थापाले बताउनुभयाे । स्वदेशी बस्तुकाे प्रयाेग गराैं, नेपाली भएकाेमा गर्व गराै भन्ने नारा महासंघकाे रहेकाे छ । महासंघकाे नवनिर्वाचित जिल्ला कमिटि र उद्यमीहरुले साना उद्याेग र उद्यमीहरुकाे समस्या, आवश्यकता बारे कुरा राखेका थिए । स्वागत मन्तब्य राख्दै महासंघकी जिल्ला बरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधानले उद्यमीहरुलाई स...
यी दुई उदेश्य लिएर बिना पैसा ७७ जिल्ला भ्रमण गदैछन् यी युवा ?

यी दुई उदेश्य लिएर बिना पैसा ७७ जिल्ला भ्रमण गदैछन् यी युवा ?

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । सुनसरीका रामधुनी नगरपालिका ३ पिप्रहाका २० बर्षिय विनोद भट्टराई (बाल कवि) यतिवेला विना पैसा देश दौडाहामा छन् । उनि २१ दिन देखी देश दौडहामा व्यस्त छन् । भट्टराईले जेष्ठ १० गतेबाट सुनसरीबाटै यात्रा सुरु गरेका हुन् । हाल भट्टराईले उदयपुर सहित ११ ओटा जिल्ला डुलिसकेका छन् । भट्टराईले यसरी बिना पैसा देश दौडहाका लागि महत्वपूर्ण उदेश्य राखेका छन् । कवि समेत रहेका भट्राईले देशका लागि महत्वपूर्ण उदेश्य समेत राखेका छन् । भट्टराईको देश दौडाहको मुख्य दुई उदेश्य छन् । जसमा एउटा उदेश्य भनेको सुनसरी जिल्ला रामधुनी नगरपालिका स्थित रहेका रामधुनी मन्दीरको प्रचार प्रसार र अर्को ८४ मा युवा नेतृत्वका सन्देश रहेका छन् । देश पुराना विचार र पुराना नेताहरुले ध्वस्ता पार्दा नेपाली जनता र युवाहरु बिचल्लीत र असन्तुष्ट बनेको भन्दै अब ८४ मा युवा नेतृत्व अघि बढ्नु पर्ने भट्टराईको भनाई छ । उनले ...
त्रिनपा ३ मुनाल टोलका स्थानीयहरु जुटे सरसफाई अभियानमा

त्रिनपा ३ मुनाल टोलका स्थानीयहरु जुटे सरसफाई अभियानमा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं ३ मुनाल टोल विकास संस्था गाउँ सरसफाई अभियानमा जुटेका छन् । आफ्नो गाउँ आफै बनाउ भन्ने मुल नाराका साथ आज शनिवार त्रियुगा नगरपालिका वडा नं ३ मुनाल टोल विकास टोल स्थित कुसुम गाछीका स्थानिय बासिन्दाहरूले टोलको सरसफाई तथा सगरमाथा दिक्तेल सडक खण्ड अन्तर्गत कुसुमगाछी सडकको आसपास सरसफाई गरेका छन । पर्यावरणीय बातावरणलाई सरसफाई गर्दा गाउलाई हरियालि र सुन्दर बनाउनु मुख्य उदेश्य रहेको सरसफाई अभियानको संयोजक तारा कट्वालले जानकारि दिनुभयो । कटुवालका अनुसार उक्त अभियानको लागि वडा कार्यालयलाई डष्टविनको व्यवस्था गरिदिन अनुरोध गर्दा पनि वडा अध्यक्षले वेवास्ता गरेको स्थानीयहरुले गुणसो गरेका छन । अभियान प्रत्येक महनाको २ पटक गरिने टोल विकास संस्थाले जनाए ।...
गाईघाटमा आज गिता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता  हुँदै

गाईघाटमा आज गिता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ । गिता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता आज (शनिवार) गाईघाट स्थित साकेला थानमा भव्य हुने भएको छ । आयोजक किरात राई यायोख्खा ११, १२ र १३ नं वडा कार्य समितिले उक्त आयोजना गर्ने भएको छ । समितिका अध्यक्ष सर्वधन राईका अनुसार किरात समुदायहरुकै महान पर्व साकेला उभौलीको समापन सँगै प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा उदयपुर जिल्लाका बिभिन्न स्थान सँगै जिल्ला बाहिर, मोरङ, सुनसरी लगायतका स्थानहरुबाट समेत प्रतियोगितामा सहभागी जनाउने भएको छ । यस प्रतियोगिताले किरात समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रमलाई अझ भव्य र ऐतिहासिक बनाउन स्थानिय तहका निकाय, समाजसेवी तथा युवा वर्गको पनि उल्लेखनीय सहयोग रहने आयोजक समितिले जनाएको छ । साकेला नाच, किरात संस्कृति, तथा गीता राईको स्मृतिमा समर्पित यो प्रतियोगिता सांस्क...
मकै पाेल्ने अतिविपन्न महिलालाइ मेसिन वितरण

मकै पाेल्ने अतिविपन्न महिलालाइ मेसिन वितरण

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ३० । सामान्य आयआर्जनका लागि सडकमा मकै पोलेर विक्री गर्ने त्रियुगा नगरपालिकाका अतिविपन्न बर्गका ८ जना महिलाहरुलाई जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले प्रविधि हस्तान्तरण गरिएको छ । नगरपालिकाले गाईघाट बजारको विभिन्न सडक किनारमा मकै पोल्ने आधुनिक प्रविधि मेसिन आठ जना अतिविपन्न महिलाहरुलाई वितरण गरेको हो । प्रविधिले तातो घाममा हातले आगो हम्किदै मकै पोल्ने अवस्थालाई सहज बनाउनेछ । प्रविधि प्रयोग गरी आयआर्जन बृद्धि गर्दै आत्मनिभर र जिविकोपार्जनमा सुधार ल्याउन पालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत मेसिन वितरण गरिएको सामाजिक विकास शाखा प्रमुख राजकुमार खड्काले बताउनुभयो । महिला विकास निरिक्षक निरु कार्कीका अनुसार पालिकाले नमुना कामको रुपमा अति विपन्न महिलालाई मकै पोल्ने मेसिन वितरण गरेको बताउनुभयो । उनका अनुसार पालिकाले महिलाहरुलाई सिपमुलक तथा आयमुलक तालिमहरुसमेत दिदै आ...
गाईघाटमा भोली भव्य गिता स्मृति साकेला प्रतियोगिता हुँदै

गाईघाटमा भोली भव्य गिता स्मृति साकेला प्रतियोगिता हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । गिता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता यहि जेष्ठ ३१ गते अर्थात भोली शनिवारको दिन गाईघाट स्थित साकेला थानमा भव्य हुने भएको छ । आयोजक किरात राई यायोख्खा ११, १२ र १३ नं वडा कार्य समितिले उक्त आयोजना गर्ने भएको छ । समितिका अध्यक्ष सर्वधन राईका अनुसार किरात समुदायहरुकै महान पर्व साकेला उभौलीको समापन सँगै प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा उदयपुर जिल्लाका बिभिन्न स्थान सँगै जिल्ला बाहिर, मोरङ, सुनसरी लगायतका स्थानहरुबाट समेत प्रतियोगितामा सहभागी जनाउने भएको छ ।...
निःशुल्क शिक्षामा शुल्कको विडम्बना

निःशुल्क शिक्षामा शुल्कको विडम्बना

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० । संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको भए पनि विद्यार्थीहरूले भने परीक्षा नियन्त्रण कार्यालयदेखि विद्यालयसम्म हरेक ठाउँमा शुल्क तिर्न बाध्य छन् । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा प्रतिदिन लामो लाइनमा बसेका विद्यार्थीहरूले प्रमाणपत्र बनाउनदेखि प्रतिलिपि लिनसम्म सयौं रुपैयाँ शुल्क तिरिरहेका छन् । बाराबाट आएका सुरेश सुनारले एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन ५०० रुपैयाँ शुल्क तिरे । काठमाडौं कपनकी निरुमाया श्रेष्ठले प्रमाणपत्र प्रमाणीकरणका लागि १ हजार रुपैयाँ राजस्व बुझाइन् । सल्यानबाट आएका कमल चन्दले प्रमाणपत्र सच्याउन ५०० रुपैयाँ तिरे । यी विद्यार्थीहरूको भनाइ एउटै थियो, ‘निःशुल्क त कागजमा मात्र रहेछ।’ परीक्षा नियन्त्रण कार्यालयले विभिन्न शीर्षकमा विद्यार्थीबाट शुल्क लिइरहेको छ । सक्कल प्रमाणपत्र सत्यापन, प्रतिलिपि सत्यापन, हरा...
त्रियुगाको १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको समिक्षा

त्रियुगाको १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको समिक्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा स्तरीय अन्तरक्रिया तथा समिक्षा गरिएको छ । बिहिबार प्रधानमन्त्री कार्यक्रम त्रियुगा नगरपालिकाका संयोजक निशा घले, वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिको टोली, वडा सचिव महेश खनाल नेतृत्वको कर्मचारी टोली सँगै स्थानीय र रोजगार कार्यक्रममा सहभागी मजदुरहरु सहितको उपस्थितिमा समिक्षा गरिएको हो । वडामा आर्थिक बर्ष २०८१/०८२ मा भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बिषयमा समिक्षा गरिएको अध्यक्ष मान वहादुर राईले जनाए । यस बर्ष उक्त वडामा ४ ओटा प्रधानमन्त्री कार्यक्रम सम्पन्न भएको छ । वडा सचिव महेश खनालका अनुसार अम्वोके डिहिटार कृषि सडक, बरुवा अक्तर सिम्ले कृषि सडक, धौरी कृषि सडक र काभ्रै सिरुवानी सडक सहित ४ ओटा सडकहरुको स्तरउन्नती र नयाँ ट्«याक खोल्ने काम भएको सचिव खनालले जनाए । कामहरु सबै सकरा...
उदयपुरको कटारीमा खयर तस्करी, पक्राउ पूर्जी जारी भएपछि तस्करहरू फरार

उदयपुरको कटारीमा खयर तस्करी, पक्राउ पूर्जी जारी भएपछि तस्करहरू फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० । उदयपुरको कटारी नगरपालिका–१० स्थित पाल्सीङ्ग क्षेत्रमा खयरका रुखहरू अवैध रूपमा काटेर व्यापक तस्करी भएको खुलासा भएको छ । घना वन रहेको उक्त क्षेत्रमा अहिले खयरका ठुट्टाहरू मात्र देखिने गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार तस्करीमा स्थानीयसहित २४ जनाभन्दा बढी व्यक्ति संलग्न रहेको अनुमान गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीमा स्थानीय गणेशबहादुर राउतले तीन जनाविरुद्ध उजुरी दर्ता गराएका छन् । उजुरीमा निरज थापा, काजीबहादुर राउत र रामकृष्ण राउतको नाम उल्लेख छ । तस्करीका मुख्य व्यक्ति भीम मगर भएको उजुरीकर्ता गणेशबहादुर राउतले दाबी गरेका छन्। खयर ढुवानीमा बा२०च ७२६१ नम्बरको गाडी प्रयोग भएको भनिएको छ । उजुरीमा कुनै पनि निकायबाट स्वीकृत नलिई अबैधानिक तथा गैह्र कानुनी किसिमले खयरका रुख काटेर तस्करी गरिएको बताइएको छ । त्यस्तै के कति खयर त्यसरी काटिएको हो, स्थलगत हेरी तस्कर...