Wednesday, July 8News That Matters

समाचार

गर्मीका कारण त्रियुगाका विद्यालयहरु २ दिन बन्द गरिने

गर्मीका कारण त्रियुगाका विद्यालयहरु २ दिन बन्द गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको त्रियुगा नगरपालिका भित्रका सबै विद्यालयहरु गर्मीका कारण २ दिन बन्द गरिने भएको छ । त्रियुगा नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै बिहिबार र शुक्रबार सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । सुचनामा भनिएको छ ‘गर्मीको कारण बिध्यार्थिहरुको पठनपाठन लगायत गतिविधिमा कठिनाइ भएको तथा उनिहरुको स्वास्थ जोखिमलाई मध्य नजर गर्दै नगरपालिका क्षेत्रका सबै बिध्यालयको पठनपाठन दुई दिनकोलागि बन्द गर्न÷गराउन जानकारी गराईन्छ । गर्मीका कारण दिईएको बिदा पछी बिध्यालयको बर्खे बिदाबाट कट्टा गरिने सुचनामा उल्लेख छ ।...
उदयपुरमा गर्मीका कारण एकको मृत्यु

उदयपुरमा गर्मीका कारण एकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा अत्याधिक गर्मीका कारण बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिदिको घरमा बस्दै आएका खोटाङका ४५ बर्षीय बिर्ख बहादुर सार्की रहेको वडा अध्यक्ष घमान सिंह खत्रीले जानकारी दिए । वडा अध्यक्ष खत्रीका अनुसार बुधबार खैजनपुरको भित्री सडकमा हिड्दा हिड्दै गर्मीले लडेका सार्कीको तत्काल लै मृत्यु भएको हो । धेरै बर्ष देखी दिदिको घरमा बस्दै आएको सार्कीलाई कुनै रोग नरहेको र घटना स्थलमा खटिएको प्रहरी टोलीले शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याउने तयारी गरिरहेको अध्यक्ष खत्रीले जनाए । केही दिन देखि गर्मी बढे संगै अहिले देशैभर जनजीवन प्रभावित बनेको छ । मंगलबार तापक्रम ४० डिग्री रहेकोमा आज ३८ डिग्री तापक्रम रहेको छ ।...
उदयपुरमा गर्मीका कारण एकको मृत्यु

उदयपुरमा गर्मीका कारण एकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा अत्याधिक गर्मीका कारण बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिदिको घरमा बस्दै आएका खोटाङका ४५ बर्षीय बिर्ख बहादुर सार्की रहेको वडा अध्यक्ष घमान सिंह खत्रीले जानकारी दिए । वडा अध्यक्ष खत्रीका अनुसार बुधबार खैजनपुरको भित्री सडकमा हिड्दा हिड्दै गर्मीले लडेका सार्कीको तत्काल लै मृत्यु भएको हो । धेरै बर्ष देखी दिदिको घरमा बस्दै आएको सार्कीलाई कुनै रोग नरहेको र घटना स्थलमा खटिएको प्रहरी टोलीले शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याउने तयारी गरिरहेको अध्यक्ष खत्रीले जनाए । केही दिन देखि गर्मी बढे संगै अहिले देशैभर जनजीवन प्रभावित बनेको छ । मंगलबार तापक्रम ४० डिग्री रहेकोमा आज ३८ डिग्री तापक्रम रहेको छ ।...
उदयपुरको चौदण्डीगढीमा पत्रकारिता तालिम तथा अभिमुखिकरण कार्यक्रम सुरु

उदयपुरको चौदण्डीगढीमा पत्रकारिता तालिम तथा अभिमुखिकरण कार्यक्रम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा ४ दिने पत्रकारिता तालिम तथा अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । इनद्रावती सञ्चार प्रा.ली.को आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोगमा ‘विकास पत्रकारिता तालिम तथा अभिमुखिकरण’ कार्यक्रम आइतबारदेखि सुरु गरिएको हो । नगर सभाहलमा सम्पन्न उद्घाटन समारोहमा चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाको प्रमुख आतिथ्यता रहेको थियो। साथै, कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरू, पत्रकार महासंघका प्रतिनिधिहरू, तथा नगरका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम उद्घाटन गर्दै मेयर कालुमान लामाले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस्ता तालिमहरूले पत्रकारहरूको सीप विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले विकास पत्रकारिता मार्फत जनस्तरसम्म सूचना पुर्‍याउने कार्य अझ प्रभावकारी बन्नुपर्ने आवश्यकता पनि औँल्याए । तालिममा...
कोशीमा प्रवेश गरेको मनसुन पूर्वी एसिया तर्फ सर्यो

कोशीमा प्रवेश गरेको मनसुन पूर्वी एसिया तर्फ सर्यो

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । नेपालमा सामान्य मितिभन्दा १५ दिन अगावै अर्थात जेठ १५ गते कोशी प्रदेशमा प्रवेश गरेको मनसुन अप्रत्याशित रूपमा पूर्वी एसियातर्फ फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा निर्माण भएको बलियो न्यूनचापीय प्रणालीले मनसुनी वायुलाई नेपालको कोशी क्षेत्रबाट आकर्षित गरेको मौसमविद्हरूले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् गोविन्द झाका अनुसार मनसुनी वायु मुख्यतः फिलिपिन्स क्षेत्रतर्फ आकर्षित भएर गएकाले कोशीबाट अन्य प्रदेशहरूमा फैलिन सकेको छैन । मनसुन देशभर विस्तार हुने सम्भावना न्यून देखिएको छ । मनसुन प्रवेशको दुई दिनपछि जेठ १७ गते पूर्वी नेपालमा अप्रत्याशित मात्रामा वर्षा भएको थियो धरान–धनकुटा सडकखण्डअन्तर्गत साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा लेउती खोलाको बाढीले १०० मिटर सडक बगाएको थियो । त्यस्तै झापाको माइखोलामा आएको बाढीले २२ घ...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । उदयपुरमा लागुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० का २३ बर्षीय रोनिस दाहाल र १८ बर्षीय बसन्त मोते रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार सोमबार बेलुका साढेँ ६ बजे त्रियुगा नगरपालिका वडा नं. ११ स्थितबाट ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुल सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागुऔषध बरामद गरेसँगै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।    ...
उदयपुरमा मालपोत कार्यालयको जीप दुर्घटना हुँदा हाकिम सहित ४ जना घाइते

उदयपुरमा मालपोत कार्यालयको जीप दुर्घटना हुँदा हाकिम सहित ४ जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ ।  उदयपुरमा मालपोत कार्यालयको जीप दुर्घटना हुँदा हाकिम सहित ४ जना घाइते भएका छन् । दुर्घटनामा परी घाईते हुनेमा चालक ५० वर्षीय जीतबहादुर कार्की, मालपोतकै खरिदार ३५ वर्षीय तेजनारायण साह, उदयपुरगढी ५ की ४० वर्षीया सरिता भण्डारी र उनकै छोरी १७ वर्षीया संरचना भण्डारी रहेको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत मुर्कुची–नेपालटार खण्डको नागबेलेस्थित ओरालो घुम्ती सडकमा मंगलबार बिहान ७:३० बजे स १ झ ४८५ नंबरको बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाईते भएकाहरुको उद्धार गरी उपचारका लागी जिल्ला अस्पताल उदयपुरमा लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक कार्की र खरिदार साहको अवस्था गम्भीर भएकाले थप उपचारका लागि १०:०० बजे विराटनगर रिफर गरिएको छ । महिला र बालिकाको भने उपचार भइरहेको छ । कार्यालयको काम लिएर उदयपुरगढी गाउँपालिका ग...
सरकारद्धारा त्रियुगा नदि ब्यवस्थापन आयोजना कार्यालय खारेज, नदि नियन्त्रणको काम अन्योल

सरकारद्धारा त्रियुगा नदि ब्यवस्थापन आयोजना कार्यालय खारेज, नदि नियन्त्रणको काम अन्योल

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । सरकारले त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालय खारेजी गर्ने निर्णय गरेपछि नदि नियन्त्रणको काम अन्योलमा परेको छ । त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालयले अहिलेसम्म एक अर्ब ७५ करोड रुपैयाँ खर्च गरिसकेको छ । आयोजना कार्यालयका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद देवले केन्द्रबाट आएको परिपत्रअनुसार असार महिनापछि कार्यालय बन्द हुने जानकारी दिए । आयोजना कार्यालय खारेजीमा परेको पुष्टि गर्दै व्यवस्थापनमा देखिएको समस्याका कारण सरकारले यो निर्णय लिनुपरेको उनको भनाइ छ । कुल आठ अर्ब रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएर ३० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा आयोजना रोक्नुपरेको प्रमुख देवले बताए । विसं २०६९ र २०७० मा स्थापना भएको यो आयोजनाले त्रियुगा नदीको कटान नियन्त्रण गर्ने उद्देश्यले काम सुरु गरेको थियो । जोगिदह, हडिया, सुन्दरपुर, बसाह र तपेश्वरी क्षेत्रका ९...
त्रियुगा नदीमा तटबन्ध निर्माण नहुँदा बिसनपुरको दक्षिण तर्फको बस्ती डुबानको खतरामा

त्रियुगा नदीमा तटबन्ध निर्माण नहुँदा बिसनपुरको दक्षिण तर्फको बस्ती डुबानको खतरामा

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ बिसनपुरस्थित त्रियुगा हरित पार्क क्षेत्रदेखि दक्षिणतर्फको त्रियुगा नदीमा यो वर्ष पनि तटबन्ध निर्माणको काम नहुँदा बस्ती डुबानको खतरामा परेको छ । गत वर्ष बाढीले हरित पार्क भएको क्षेत्र पूरै डुबानमा पारेको थियो । हरित पार्क बनेको स्थानमा अहिले नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा त्रिबेणी बालकेन्द्र, बाल आश्रम, वृद्धाश्रम र क्रिकेट रंगशालाको निर्माण भइरहेको छ भने तटबन्ध नभएकै कारण फेरी सो क्षेत्र डुबानको खतरामा परेको छ । त्रियुगा नगरपालिका वडा नं. १२ का वडा सदस्य लक्ष्मी चौधरीले सरकारको लगानीमा धेरै संरचना बनिरहेको भएतापनि नदीमा बाँधको काम हुन नसकेको बताइन् । नदीमा बाध नभएको र बर्षा सुरु भएकोले नदीको बाढी बस्ती पसेर फेरि पनि ठूलो क्षति नगर्ला भन्न सकिने अवस्था नरहेको उनले बताईन् । यो वर्ष नदीमा तटबन्ध गर्ने आश्वा...
नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६औं बर्ष गांठमा

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६औं बर्ष गांठमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २५ । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३६औं स्थापना दिवसको अवसरमा उदयपुर शाखाले शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष मधुकर थापाको प्रमुख अतिथित्व तथा महासंघ जिल्ला शाखा अध्यक्ष विना राईको अध्यक्षतामा महासंघको ३६औं स्थापना दिवस मनाईएको हो । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधानले राख्नुभएको थियो भने अतिथिहरूमा केन्द्रीय प्रतिनिधि सीता कार्की र प्रदीप गिरीको समेत उपस्थिति रहेको थियो । केक काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा महासंघलाई व्यवस्थित बनाई उद्यमीहरूको समस्याको समाधान, स्थानीय सरकारसँगको सम्बन्ध, ऐन कानूनमा सुधार गर्नुपर्ने लगायतका अन्य विषयमा प्रमुख अतिथी लगायत अतिथिहरूले धारणा राख्नुभएको थ...