Tuesday, May 5News That Matters

समाचार

त्रियुगा नगरपालिकाले दियो एक दिन सोक विदा

त्रियुगा नगरपालिकाले दियो एक दिन सोक विदा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ चैत्र । त्रियुगा नगरपालिकाले आईतवार एक दिने सोक विदा दिएको छ । नगरपालिकामा कार्यरत नगर प्रहरीको रुखबाट लडेर निधन भएपछि सोक विदा दिएको हो । त्रियुगा नगरपालिका १४ नं वडा पुङमाङ निवासी त्रियुगा नगरपालिकामै कार्यरत नगर प्रहरी ५० बर्षिय राम कुमार थापा मगरको निधन प्रति एक दिने सोक विदाको घोषणा गरिएको थियो । मगरको शनिबार दिउँसो घाँस काट्ने क्रममा रुखबाट लडेर निधन भएको थियो । घाँस काट्दै गर्दा चिप्लेर लडी ज्यान गएको थियो । उनको घट्नास्थलमै निधन भएको वडाध्यक्ष हिमराज मगरले बताएका छन् ।    ...
कार्की र कुँवर चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

कार्की र कुँवर चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ बैशाख । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर र प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई २०८१ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” ९द्यभ्क्त् एइीक्ष्ऋभ् इँ त्ज्भ् ःइल्त्ज्० घोषित गरेको छ । विभागीय मूल्य(मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने गरेको भन्दै कुँवर कार्कीलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो । प्रहरी निरीक्षक कुँवरले चैत २५ गते सुनसरीको धरान(६ स्थित वनमा शंकास्पद मृत्यु भएकी धनकुटा महालक्ष्मी नगरपालिका(१ की ३४ बर्षीय चुन कुमारी दाहाल बुढाथोकीको अनुसन्धानको क्रममा हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको को थियो भने प्रहरी सहायक निरीक्षक कार्कीले चैत २१ गते मोरङको जहदा गाउँपालिका(७ का २७ बर्षीय उमेश कामतको घरबाट १०८८ किलोग्...
साउनेमा रुखबाट लडेर ५० बर्षिय पुरुषको मृत्यु

साउनेमा रुखबाट लडेर ५० बर्षिय पुरुषको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा रुखबाट लडेर ५० बर्षिय राम कुमार थापा मगरको मृत्यु भएको छ । घर देखी करिब १ किलोमिटर परको जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मगरको मृत्यु भएको वडाअध्यष हिमराज मगरले जानकारी दिए । मगर रुखबाट करिब सय मिटर तल भिरमा खसेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटना स्थल पुगेर मुचुल्का उठाउने तयारी गरिरहेको अध्यक्ष मगरले जनाए । अन्य अनुसन्धान तथा विवरणहरु आउन वाँकी रहेको छ ।...
उदयपुर बाखोर – हलेसी लिम्चुङ्बुङ धाक्रे पद यात्रा सुरु

उदयपुर बाखोर – हलेसी लिम्चुङ्बुङ धाक्रे पद यात्रा सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ बैशाख । पर्यटन प्रवद्र्धन सँगै मेटिएको बाटो र पुर्खाको पाईलाहरुलाई जिवित बनाउ बाखोर – हलेसी - लिम्चुङ्बुङ ४ दिने पद यात्रा शनिवार बाट सुरु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ बाखोरदेखी हलेसी सम्मको ६० किलो मिटर पद यात्रा सुरु गरिएको हो । उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाको समन्वय तथा परिकल्पनामा यात्राको आयोजना गरिएको हो । उक्त पदमार्गमा बाउबाजे तथा पुर्खाहरुले नुन बोकेर अहिलेको पुस्ताहरुलाई खुवाएको भन्दै पुर्खाहरुको सम्मानको लागि ऐतिहासिक पदमार्ग नामाकरण गरी यात्रा सुरु गरिएको हो । यस पदमार्गको गोरेटो हुँदै जमनाका पुर्खाहरु नुन लगायत घरायसी सामान लिन मधेशको सहर लाहान जाने गरेका थिए । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईका अनुसार उक्त पदमार्गले उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गरी उदयपुरका तिन ओटा पालिकालाई छोएको छ । सो...
उदयपुरमा बोलेरोको ठक्करबाट बाल मन्दिर माविका शिक्षक घाईते

उदयपुरमा बोलेरोको ठक्करबाट बाल मन्दिर माविका शिक्षक घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३ ।  उदयपुरमा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएको छ । त्रियुगा नगरपालिका वडा नं ९ गैरुन मदन भण्डारी राजमार्गमा बुधबार बिहान बाटो काट्ने क्रममा स ७ प ३०७ नम्वरको मोटरसाईकललाई कटारी तर्फ जाँदै गरेको प्र १–०४–००१ च ०४९२ नम्वरको बोलेरोले ठक्कर दिँदा त्रियुगा नगरपालिका ९ रातमाटेका ५४ बर्षिय पर्लाद खतिवडा घाईते भएको हो । खतिवडाको छाति र बायाँ खुट्टामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । खतिवडा बालमन्दिर मावि बोक्सेका सहायक प्रधानध्यापक समेत रहेका खतिवडा एकिकृत अखिल नेपाल शिक्षक संघ त्रियुगा नगर कमिटी अध्यक्ष पनि हुन् । पर्लाद खत्री घाईते भएको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं ९ गैरुनमा भएको दुर्घटनामा परी खतिवडा घाईते भएको हो । घाईते खतिवडालाई उपचारको लागि बिराट टिचिङ हस्पिटल पठाईए छ भने ठक्कर दिने बोलेरो चालक मोरङ जिल्ला मिक्लाजुङ...
अर्गानिक खानपिन गर्दै बाघखोर–लिम्चुङबुङ पदयात्रा गर्ने तयारी

अर्गानिक खानपिन गर्दै बाघखोर–लिम्चुङबुङ पदयात्रा गर्ने तयारी

Breaking News 1, पर्यटन, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ । उदयपुरको पर्यटन प्रवद्र्धनको उद्देश्यले बाघखोर–लिम्चुङबुङ–हलेसी ट्रेइल (पदमार्ग) अन्तर्गत लिम्चुङबुङसम्म दुईदिने यात्राको तयारी भएको छ । आगामी बैशाख ६ गते उदयपुरगडी गाउँपालिका ७ बाघखोरदेखि यात्रा सुरु गरी ७ गते लिम्चुङबुङको एभरेष्ट भ्युटप पुग्ने योजना छ । नेपाली सेनाको बोक्सेस्थित पशुपतीप्रसाद गण र लिम्चुङबुङ गाउँपालिकाको पहलमा पत्ता लागेको नयाँ पदमार्गको प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले पदयात्राको तयारी गरिएको हो । गणपती शिवप्रशाद वाग्लेका अनुसार पदयात्रामा जिल्लाको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरु, विभिन्न पर्यटन, खेलकुद, पत्रकार क्षेत्रका प्रतिनिधिमुलक टिमले पदयात्रा गर्ने तयारी भएको हो । गाउँघरको जनजीवनसंग साक्षेत्कार गर्दै, बनपाखा, खोली–पधेरीहरु तर्दै स्थानीय उत्पादन, साग, सिस्नु, मकैभटमास जस्ता अर्गानिक खानपीन गर्दै यात्रा गरिने...
युट्युवमा रुचाईयो दयाहाङको घर ‘घरज्वाइँ’, युट्युव ट्रेनिङको ११ औँ स्थानमा

युट्युवमा रुचाईयो दयाहाङको घर ‘घरज्वाइँ’, युट्युव ट्रेनिङको ११ औँ स्थानमा

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख २ । उसो त दयाहाङ राई अभिनित फिल्म सँधै युट्युव ट्रेनिङमै पर्ने गरेको छ । यहि क्रममा नेपाली फिल्म घर ज्वाईलाई पनि युट्युवमा अत्याधिक रुचाईएको छ । ०८१ सालमा सबैभन्दा धेरै कमाउने मध्ये सातौं नेपाली फिल्म ‘घरज्वाइँ’ युट्युव ट्रेनिङको ११ औँ स्थानमा छ । इन्टरनेट प्लाटफर्म मार्फत नयाँ बर्षको अवसर पारेर सार्वजानिक गरिएको सुपर स्टार दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म घरज्वाई यो समचार तयार पार्दा सम्म युट्युव ट्रेनिङको ११ औँ स्थानमा देखिएको हो । अनिल बुढामगर निर्देशित र जनक घर्तीमगरको निर्माण रहेको यो फिल्मले घरेलु बक्सअफिसमा ५ करोड ९ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।...
लिम्चुङबुङ गाउँपालिकाको कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउने लगाउनुपर्ने

लिम्चुङबुङ गाउँपालिकाको कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउने लगाउनुपर्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउनुपर्ने भएको छ । लिम्चुङबुङका प्रमुख प्रशासकिय अधिकृत तारा किरण राईले आईतबार एक सुचना जारी गर्दै सम्पूर्ण कर्मचारीले हप्ताको आईतबार र सोमबार आ–आफ्नो जातीय भेषभुषा लगाउनु पर्ने जानकारी गराएका हुन् । गत चैत्र १ गते पालिका अध्यक्ष मेजर कुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको सुचनामा उल्लेख छ । सुचनामा भनिएको छ ‘लिम्च्ङबुङ गाउँपालिकालाई पर्यटन विकासबाट आर्थिक विकास गर्ने लक्ष्य अनुसार पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आगामी २०८२ सालको बैशाख १ गतेदेखी गाउँपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुले हप्तामा २ पटक आ–आफ्नो जातीय भेषभूषा अनिवार्य लगाएर कार्यालयबाट सेवा उपलब्ध गराउनु पर्ने छ  । उक्त्त कार्यपालिका निर्णय बमोजिम कर्मचारीहरुले आ–आफ्नो जातीय भेषभूषा आईतबार र...
उदयपुरमा प्रहरीद्धारा १ सय ८० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीद्धारा १ सय ८० केजी गाँजा बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १ । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी किनारबाट प्रहरीले बेवारिसे १ सय ८० केजी गाँजा बरामद गरेको छ । सोमबार बिहान करिब १ ५० बजेको समयमा ६ वटा प्लास्टिकको बोरामा प्याक गरेर लुखाई राखेको अबस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) हरिहर नाथ योगीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोस्ट कोठुबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरिएको गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा सुरक्षित रूपमा राखिएको छ भने घटनासँग संलग्न व्यक्तिहरुको खोजीलाई अगाडि बढाइएको एसपी योगिले बताए ।...
नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने प्रचण्डको संकेत

नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने प्रचण्डको संकेत

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार गठन हुनसक्ने संकेत दिएका छन् । आफ्नो गृहजिल्ला चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले वर्तमान सरकार अगाडि बढ्न ‘सहज नभएको’ स्थिति देखिएको बताए । ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ,’ प्रचण्डले भने। उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गरे । प्रचण्डले यसअघि एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । तर यसबारे थप बोल्न पत्रकारहरूलाई अनुरोध गर्दै उनले केही नयाँ अनुभव र नयाँ घटनाक्रमका आधारमा आफूले यो कुरा गरेको बताए । ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताउँदै प्रचण्डले आफूल...