Monday, August 17News That Matters

स्वास्थ्य

जाल्पाद्धारा नगरलाई क्वारेन्टाईनको सामाग्री हस्तान्तरण

जाल्पाद्धारा नगरलाई क्वारेन्टाईनको सामाग्री हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते । जाल्पा एकिकृत विकास समाजले क्वारेन्टाईनको सहयोग सामाग्री त्रियुगा नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगर भित्र रहेको क्वारेन्टाईनका लागी आवश्यक चार सय ५३ थान सहयोग सामाग्री जाल्पाले सोमबार नगरलाई हस्तान्तरण गरेको हो । जाल्पा एकिकृत विपद् व्यावस्थापन परियोजना अन्र्तगत सहयोग सामाग्री हस्तान्तरण गरेको जनाएको छ । ब्लाङ्केट ७०, झुल ३५, त्रिपाल ७०, डोरी ७०, ऊनी कम्बल ७०, प्लाष्टिक म्याप २६, बाल्टिन ३७ र जर्किन ७४ थान क्वारेन्टाईनका लागी आवश्यक सामाग्री हस्तान्तरण गरेको जाल्पाले जनाएको छ । जिल्लाका सवै पालिकाहरुमा रहेको क्वारेन्टाईनमा आवश्यक सामाग्री वितरण गर्ने लक्ष्य रहेको जाल्पाले जनाएको छ । स्थापना भएको क्वारेन्टाईनलाई थप ब्यावस्थित बनाउने उद्देश्यले सामाग्री सहयोग गरेको जनाईएको छ ।...
प्राविधिक कारण स्वाव संकलनमा ढिलाई

प्राविधिक कारण स्वाव संकलनमा ढिलाई

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते । भुल्केमा विहानदेखि गर्ने भनिएको स्वाव संकलन प्राविधिक समस्याका कारण ढिलो भएको छ । हिजो नमुना संकलन गरेको स्वास्थ्य टोलीले आज विहानदेखि थप संकलन गर्ने भनिएकोमा ढिलो भएको हो । पिपिए सेट लगाएका स्वास्थ्य सामाग्रीको अभावमा ढिलाई भएको बुझिएको छ । हिजो स्वाव नमुना संकलन गर्न बाँकी रहेका  स्थानीयबासीहरु विहानैदेखि चौरमा भोक भोकै बस्न बाध्य भएको स्थानीयबासीहरुले बताएका छन् । प्रदेशबाट पिपिए सेट झिकाएर स्वाव नमुना संकलन गर्ने समाचार स्रोतले जनाईएको छ ।  ...
२४ लाखभन्दा बढी कोरोना संक्रमित

२४ लाखभन्दा बढी कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते ।  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित २४ लाख भन्दा बढीमा पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख १५ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५४ हजार दुई सय २५ जना गम्भीर अवस्थामा रहेको र बाँकी १५ लाख ६० हजारभन्दा धेरैको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । संक्रमणका कारण एक लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
भुल्केमा थप १ सय ५० जना स्थानीयको स्वाप नमुना संकलन

भुल्केमा थप १ सय ५० जना स्थानीयको स्वाप नमुना संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते । भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले आज थप एक सय ५० जा स्थानीयको स्वाप नमुना संकलन गरेको छ । १३ जना कोरोना संक्रमित फेला परेपछि भुल्केलाई गम्भिर क्षेत्रको रुपमा लिइदै सरकारकै तर्फबाट खटाईएका नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले एक सय ५० जनाको स्वाप संकलन गरेको हो । दुई सय ५० जनाको स्वाप नमुना संकलन गर्ने लक्ष्यका साथ आएका नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आज संकलन गर्न बाँकी रहेकाहरुको भोली स्वाप नमुना संलकन गर्ने सुरक्षा अधिकारीले जनाएको छ । भुल्के स्थित नेपाली सेनाको १८ नं. वाहीनीका बाहिनीपति कृष्णप्रसाद सापकोटाका अनुसार स्वास्थ्यकर्मी टोलीले साँझसम्म संकलन कार्य गरिरहेको छ । स्थानीयलाई चौरीमा लाईन राखेर पालैपालो स्वाप नमुना संकलन गरिएको छ । मस्जिदमा बसेका १२ भारतीय मुस्लिम समुदायका मानिस र चार नेपाली मुस्लिम समुदायका मानिस गरी १६ जनाको ...
क्वारेन्टाईनमा बसेका ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ

क्वारेन्टाईनमा बसेका ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते । लिम्चुङ्बुङ गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको ११ जनाको ¥यापिटड डायग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षण रिर्पोट नेगेटिभ आएको छ । पालिकाको केन्द्र बाराहामा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका  ११ जनाको आरडिटी परिक्षण्को रिर्पोट नेगेटिभ आएको हो । क्वारेन्टाईनमा बसेका ७ पुरुष र ४ महिला गरी ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ आएको पालिकाले जनाएको छ  ।...
भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले थाल्यो स्वाप नमुना संकलन, फोटो फिचरसहित

भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले थाल्यो स्वाप नमुना संकलन, फोटो फिचरसहित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते  ।  भुल्केमा नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन सुरु गरेको छ । काठमाण्डौबाट सेनाका स्वास्थ्यकर्मी टोली हेलिकप्टरमा दिउसो भुल्के आईपुगको थियो । खुल्ला चौरमा सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपमा पालैपालोले स्वाप नमुना संकलन गर्न थालेको जनाईएको छ ।
भेरी अस्पतालमा पीसीआर परिक्षण सुरु

भेरी अस्पतालमा पीसीआर परिक्षण सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते ।  आजदेखि भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमणको (पीसीआर) परीक्षण सुरु भएको छ । हिजो प्राप्त भएका  आठ वटा स्याम्पलको अहिले जाँच भइरहेको अस्पतालले जनाएको हो । तीन सिफ्टमा दैनिक एक सय जना सम्मको स्वाब परीक्षण गर्न सकिने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा भेरी अस्पतालमा पीसीआर मेसिन जडान गरिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राविधिक सहितको टोलीको सहयोगमा नेपालगञ्जमा पीसीआर जडान भएको हो ।...
भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोली आईपुग्यो

भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोली आईपुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते  ।  भुल्केमा स्वाप नमुना संकलनका लागी काठमाण्डौबाट नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आईपुगेको छ । प्रदेश १ का स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन गरेर बाँकी रहेका स्थानीयबासीहरुको नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन गर्न हेलिकप्टर मार्फत भुल्के आईपुगेको हो । काठमाण्डौबाट आएका सेनाका स्वास्थ्यकर्मी टोलीले हिजोकै ठाउँमा कोरोना परिक्षणका लागी स्वाप नमुना संकलन गर्ने भएको छ । आज करिब दुई अढाई सय जनाको स्वाप संकलन गर्ने जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । खुल्ला चौरमा सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपमा पालैपालोले स्वाप नमुना संकलन गर्ने तयारी भईरहेको प्रमुख सुवेदीले बताए । शनिबार १ नं प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीको टोलीले ६० जना स्थानीयबासीहरुको स्वव नमुना संकलन गरेको थियो ।...
आज भूल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गर्ने

आज भूल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गर्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते  ।  नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आज भुल्केमा बाँकी रहेका स्थानीयबासीको स्वव नुमना संकलन गर्ने भएको छ । प्रदेश १ का स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गरेर बाँकी रहेका स्थानीयबासीहरुको नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गर्ने भएको हो । ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सर्तकताका साथ स्वव नुमना संकलन गर्नका लागी काठमाण्डौबाट नेपाली सेनाका स्वास्थ्यकर्मी टोली केहि समयमा आईपुग्ने एक सुरक्षा अधिकारीले जनाईएको छ । गत शुक्रबार भुल्के मस्जिदका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै थप एक जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार १ नं प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीको टोलीले ६० जना स्थानीयबासीहरुको स्वव नमुना संकलन गरेको थियो ।...
विश्वमा कोभिड–१९ को २३ लाखभन्दा बढी संक्रमित

विश्वमा कोभिड–१९ को २३ लाखभन्दा बढी संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) बाट विश्वमा २३ लाख भन्दा बढी संक्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । उक्तसंक्रमित मध्ये पाँच लाख ९६ हजार भन्दा बढी निको भएका छन् भने एक लाख ६० हजार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको मृत्यु भएको छ । ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एकैदिन १७ सयभन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या करिब ३९ हजार पुगेको छ भने सात लाख ३७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै इटलीमा २३ हजारभन्दा बढी, स्पेनमा २० हजारभन्दा बढी, फ्रान्समा १९ हजारभन्दा बढी, बेलायतमा १५ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । त्यस्तै भा...