Sunday, August 16News That Matters

स्वास्थ्य

भुल्केमा थपियाे अर्का एकजना काेराेना संक्रमित

भुल्केमा थपियाे अर्का एकजना काेराेना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ । कोरोना भाइरस संक्रमित हुनेमा भुल्केका थप एकजना थपिएको छ । आज सरकारले एकजना पुष्टि गरेको संक्रमित भुल्केका बाँकी चारजना मध्येको एक रहेको जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । नागरिकको स्वाप परिक्षण गरिएकोमा हिजो १२ जनाको पोजेटिभ भएको पुष्टि भएको थियो भने अर्का एकजनाको आज पुष्टि भएको हो । नेपाल जनसंख्या तथा स्वस्थ्य मन्त्रालयले आज एकजना ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । केही दिन १६ मा सिमित कोरोना भाइरसका विरामीको संख्या एक्कासी हिजो र आजमै ३१ पुगेको हो । हिजो चितवनमा २ र उदयपुरमा १२ जना भेटिएपछि संख्याले फड्को मारेको हो । जसमध्ये दुईजना निको भएर घर फर्केको सरकारले जनाएको छ ।...
भूल्केमा ६० स्थानीय, ५ सुरक्षाकमी र ४ स्वास्थ्यकर्मीको स्वव नमुना संकलन

भूल्केमा ६० स्थानीय, ५ सुरक्षाकमी र ४ स्वास्थ्यकर्मीको स्वव नमुना संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ गते । भुल्के स्थित मस्जिदमा १२ जना कोरोना संक्रमित पुष्टि भएप्छि लक गरि राखेको उक्त गाउँका ६० जना स्थानीयसहित ६९ जानको स्वव नमुना संकलन गरिएको छ । १ नं प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गरेको हो । संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुलाई पहिलो चरणमा स्वव नमुना लिएको जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । उक्त नमुनाको परिक्षण पस्चात रिर्पोटको आधारमा थप कदम चालिने उहाँले बताउनुभयो । स्थानियबासीलाई सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपबाट चौरमा लाईन लगाईएको थियो । पालै पालो सवैको स्वव नमुना लिएको थियो । संकलनमा खटेका ५ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीको पनि स्वव संकलन गरिएको थियो ।...
भारतमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ गते ।  भारतमा १४ हजार भन्दा बढी कोरोना भाईरस (कोभिड–१९)को संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नौ सय ९१ नयाँ सक्रमितहरु थपिएपछि १४ हजार तीन सय ७८ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ । भारतमा देखिएका यी संक्रमितहरु मध्ये एक हजार नौ ९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आहिलेसम्म  ११ हजार नौ सय छ जना कोरोनाका सङ्क्रमित बिरामी अस्पतालमा उपचार गराईरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टायता भारतमा ४३ जनाको मृत्यु भएको छ । उक्त संख्यासँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार ८० पुगेको मन्त्रालयले जनाएको छ ।...
प्रदेश स्वास्थ्यकर्मीको टोली उदयपुरमा

प्रदेश स्वास्थ्यकर्मीको टोली उदयपुरमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ गते । त्रियुगा नगरपालिका–३ भूल्के स्थित मस्जिदका १२ जनामा कोरोना पुष्टि भएपछि चेकजाँचका लागी प्रदेशबाट स्वास्थ्यकर्मीको टोली उदयपुर आईपुगेको छ । ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि गाउँमा स्वास्थ्य परिक्षणको लागी १ न. प्रदेश सरकारले स्वास्थ्यकर्मी पठाएको हो । प्रदेशमै पहिलो पटक त्यो पनि ठूलो संख्यामा कोरोना संक्रमित पुष्टि भएको हो । कोरोना संक्रमितहरुलाई गतराती नै कोशी अस्पताल लगिएको थियो । गाउँलाई सुरक्षा घेरा भित्र राखिएको छ । गाउँलेको स्वास्थ्य चेकजाँचको लागी प्रदेश सरकारले स्वास्थ्यकर्मी पठाएको हो ।...
कोरोना संक्रमित युवती उपचारपछि निको भए

कोरोना संक्रमित युवती उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्ट, बैशाख ६ गते ।  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित दोस्रो व्यक्ति उपचारपछि निको भएरको छ । काठमाण्डौको शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी स्वस्थ भएर एक युवती शनिबार घर फर्किएकी अस्पतालले जनाएको छ । गत चैत १० गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्जपछि उनले उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छिन् । काठमाण्डौ घर भएकी उनी गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाण्डौ आएकी थिइन् । गत चैत ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका अर्का एक जना कोरोना सङ्क्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतलले जनाएको छ । यसअघि पहिलो सङ्क्रमित पनि उपचारपछि निको भएर फर्किसकेका छन् । कोरो...
उच्च सुरक्षा घेरा भित्र भूल्के

उच्च सुरक्षा घेरा भित्र भूल्के

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ गते । आज विहानै देखि त्रियुगा नगरपालिका–३ स्थित भूल्के गाउँलाई उच्च सुरक्षा घेरा भत्र राखिएको छ । सोही मस्जिदमा रहेको १२ भारतियसहित १६ जनाको कोरोना परिक्षणमा १२ जनाको रिर्पोट पोजेटिभ आएपछि गाउँलाई सुरक्षा घेरा भित्र राखिएको हो । उनीहरुको गत मंगलबार स्वव नमुना संकलन गरी परिक्षणका लागी कोशी अस्पताल विराटनगर पठाएको थियो । परिक्षणबाट हिजो आएको रिर्पोटमा १२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएपछि उच्च सर्तकता अपनाउँदै अहिले गाउँलाई सुरक्षा घेरा भित्र राखेको सुरक्षा श्रोतले जनाएको छ । उक्त गाउँ प्रवेश र आवतजावतमा प्रर्ण रोक लगाईएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गाउँलाई सुरक्षा घेरा भित्र राखेको छ । गाउँका सवैको स्वास्थ्य परिक्षण गरिने सुरक्षा श्रोतले जनाएको छ ।...
प्रदेश १ को पहिलो घटना, उदयपुरमा १२ संक्रमित फेला, देशभर ३० पुग्याे

प्रदेश १ को पहिलो घटना, उदयपुरमा १२ संक्रमित फेला, देशभर ३० पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ । १ नं. प्रदेशमा पहिलो पटक आज १२ जना र चितवन जिल्लामा २ जना कोरोना भाइरस संक्रमित भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । १ नं. प्रदेशको उदयपुर जिल्लामा भेटिएको १२ जना त्रियुगा नगरपालिका ३ भुल्के गाउँको मस्जिदमा बसेका मानिस हुन् । उक्त मस्जिदबाट १२ भारतीय नागरिकसहित १६ जनाको स्वाप नमुना लिइ परिक्षण गरिएको थियो । कोशी अस्पताल विराटनगरमा गरिएको स्वाप परिक्षणबाट पोजेटिभ देखिएपछि पुन परिक्षणका लागि काठमाडौं स्थित टेकु अस्पतालमा लगिदा पनि पोजेटिभ नै देखिएको थियो । सरकारले आधिकारिक पुष्टि गरेसंगै उदयपुर जिल्लामा पहिलो पटक मात्र नभई प्रदेश १ मै पहिलो पटक कोरोना संक्रमित भेटिएको घटना भएको छ । उता चितवन जिल्लामा आजै २ जनाको कोरोना पोजेटिभ भेटिएको सरकारले जनाएको छ । यसअघि १६ जना भेटिसकिएका थिए । जसमध्ये एकजना निको भएर घर फर्किएका थिए । आजको घटनासंगै न...
१२ काेराेना संक्रमितसहित १६ जनालाइ विराटनगर लगियाे

१२ काेराेना संक्रमितसहित १६ जनालाइ विराटनगर लगियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ ।          भुल्के मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितसहित १६ जनालाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पतालको आइसोलेशनतर्फ लगिएको छ ।                 एक सुरक्षा अधिकारीका अनुसार चारवटा एम्बुलेन्समा १२ संक्रमितसहित १६ जनालाई लगिएको हो । मस्जिदमा संगै बसेका अन्या चार जनासमेत गरेर १६ जनालाई लगिएको हो । एम्बुलेन्समा संक्रमणको उच्च सतर्कता अपनाइएको छ । चालकहरुलाई पूर्ण व्यक्तिगत सुरक्षा साधन (पीपीइ) प्रयोग गरि पठाइएको छ । उनीहरुलाई प्रहरीले सुरक्षा दिदै लगेको छ । ...
भुल्के मस्जिदमा १२ जना कोरोना संक्रमित पुष्टि

भुल्के मस्जिदमा १२ जना कोरोना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ ।भुल्के मस्जिदमा १२ जना कोरोना संक्रमित भेटिएको सरकारको तर्फबाट आधिकारिक पुष्टि भएको छ ।उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण भेटिएको नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मञ्त्रालयको आधिकाररिक फेसबुक पेजमा पोष्ट गरी पुष्टि गरेको हो । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा स्वाप परिक्षण हुँदा पोजेटिभ देखिएपछि काठमाडौं टेकु अस्पतालमा पुनः परिक्षणलाई पठाइएको थियो । पुनः परिक्षणबाट पनि पोजेटिभ देखिएपछि उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भारतबाट आएर मस्जिदमा बसेको भन्दै स्थानीयले पटक पटक प्रशासनलाई सूचना गरेपछि उनीहरुको स्वाप नमुना लिइएको थियो । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरले स्वस्थ्यकर्मी र सुरक्षाकर्मीका साथ मस्जिदबाट केहीदिन अघि १२ भारतीय नागरिकसहित १६ जनाको स्वाप नमुना संकलन गरी कोशी अस्पताल विराटनगर पठाएको थियो...
भुल्के मस्जिदका संक्रमितहरुलाई उपचारका लागि आइसोलेशन लगिने

भुल्के मस्जिदका संक्रमितहरुलाई उपचारका लागि आइसोलेशन लगिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ । भुल्केस्थित मस्जिदमा रहेकाहरुमा कोरोना संक्रमन भेटिएपछि उपचारका लागि आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । पछिल्लो समय मस्जिदका १२ जनालाई संक्रमण भेटिएको खबर आएपछि आइसोलेशनमा लैजाने तयारी भएको सुरक्षा स्रोतले जनाएको छ । उनीहरुलाई विराटनगरस्थित कोरोना हस्पिटल लैजाने सुरक्षा स्रोतले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु व्यक्तिगत सुरक्षा साधन लगाइ उक्त स्थानमा खटिएका छन् । उनीहरुलाई लैजान एम्बुलेन्स संकलन गरिएको छ । एम्बुलेन्समा उच्च सतर्कता अपनाउनुका साथै चालकलाई पनि व्यक्तिगत सुरक्षा साधन प्रयोग गरि पठाउने तयारी भएको हो । सुरक्षा स्रोतका अनुसार स्थानीय प्रशासनले मस्जिदलाई शिलबन्दी गरिसकेको छ । उच्च सुरक्षा र सतर्कताका साथ सुरक्षाकर्मीहरु मस्जिद र भुल्के गाउँका मानिसहरु बाहिर जान नपाउने र अन्य मानिस गाउँभित्र आउन नमिल्ने गरी सुरक्षा निगरानी राखेको छ । ...