चिनीया खोपले ब्राजिलमा आशा जगायो, मर्नेको संख्यामा ९५ प्रतिशत कमि
पूर्णपुष्टि, जेष्ठ २०
ब्राजिलको एक शहरमा गरिएको चिनिया खोपको परिक्षणले त्याहाँको नागरिकमा कोरोनाबाट बच्ने आशा जगाएको छ । करिब ४५ हजार जनसंख्या रहेको सो सहरमा अहिले संक्रमित संख्या घट्नुका साथै मृतको संख्यामा पनि ९५ प्रतिश कमि आएको इन्स्टिच्युटका शोध निर्देशक रिकार्डो पालासियसले बताए ।
हाल त्यहाँ अस्पतालमा भर्ना हुनेको दरमा ८६ प्रतिशत कमी आउनुका साथै लक्षण देखिने संक्रमितको संख्यामा ८० प्रतिशतको कमी आएको अनुसन्धा तथा सोधकर्ता टोलीको भनाई छ । यसको प्रमुख कारण त्यहाँ चलाइएको खोप अभियान हो ।
वैज्ञानिकहरुका अनुसार यो सहरको करिब सबै वयस्क मानिसले चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोप लगाएका छन् । यो खोप विकास गर्ने क्रममा पनि ब्राजिलमै परीक्षण गरिएको थियो । शोधकर्ताको दाबीअनुसार यो सहरमा खोप नपाएका मानिसहरु पनि अहिले सुरक्षित देखिएका छन्, किनकी यो सहरमा कोरोना संक्रमणमा उल्लेख्य कमी आइस...







