Wednesday, August 12News That Matters

Breaking News 1

उदयपुरको गाइघाटमा बाढी कटान रोक्न यस्ताे उपाय

उदयपुरको गाइघाटमा बाढी कटान रोक्न यस्ताे उपाय

Breaking News 1, समाचार
उदयपुर,  असार २७ उदयपुरको सदरमुकाम गाइघाटमा रहेको ढिम्की बरुवाबाँध क्षेत्रमा भइरहेको कटान रोक्न विभिन्न निकायहरू संयुक्त रूपमा परिचालित भएका छन् । असार २५ गतेदेखि परेको भारी वर्षाका कारण बरुवा खोलामा आएको बाढीले ढिम्की क्षेत्रमा उच्च जोखिम सिर्जना गरेको थियो । स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरपालिका र स्थानीयबासीहरू मिलेर कटान रोक्ने प्रयास गरिरहेका छन् । कटान क्षेत्रमा तारजाली र बाँस प्रयोग गरी तत्काल रोकथामको काम भइरहेको छ । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतका अनुसार, तत्कालीन उपायस्वरूप खोलाको धार परिवर्तन तथा कटानमा तारजाली भर्ने र बाँस राख्ने काम गरिएको छ । डोजर प्रयोग गरी खोला खनेर र त्यहाँको बालुवा थुपारेर खाेलाकाे बहाव धार परिवर्तन गरिएकाे छ । मेयर बस्नेतले यस क्षेत्रमा दीर्घकालीन र भरपर्दो बाँध निर्माणका लागि पहल हुने जानकारी दिए । यस घटनाको ...
उदयपुरमा भारी वर्षाले विश्व बैंक सहयोगको सडक निर्माण प्रभावित

उदयपुरमा भारी वर्षाले विश्व बैंक सहयोगको सडक निर्माण प्रभावित

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २७ । गत असार २४ गतेदेखिको भारी वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिकामा विश्व बैंकको सहयोगमा निर्माणाधीन आधुनिक सडक परियोजना प्रभावित भएको छ। आशिष आशिर्वाद स्वामी नारायण जेभीका आयोजना साइड इन्चार्ज उमेश कुमार बुढाथोकीका अनुसार, वर्षाले गर्दा सडक निर्माण कार्य अवरुद्ध भएको छ। परियोजना अन्तर्गत विभिन्न छ स्थानमा विद्युतीकरण र नाली निर्माणको काम भइरहेको थियो । विद्युतीकरणतर्फ पोल गाड्ने र तार टाँग्ने काम चलिरहेको थियो, तर वर्षाले जमिन कमजोर बनाएपछि पोल गाड्न कठिनाइ भएको छ । त्यसैगरी, नाली निर्माणतर्फ सडकको दुवैतिर नाली बनाउने काम भइरहेको थियो, जुन नालीमा पानी जमेका कारण रोकिएको छ । यस अवरोधले स्थानीय मजदुरहरूको रोजगारीमा समेत असर परेको छ। साथै, पूर्व(पश्चिम बरुवा बसपार्कस्थित आयोजनाको क्याम्प डुबानमा परेको छ, जसले गर्दा निर्माण सामग्रीमा क्षति पुगेको र कर्मचारीहरूको बसो...
राजावासमा हायसले ठक्कर दिँदा पैदल याात्रु गम्भीर

राजावासमा हायसले ठक्कर दिँदा पैदल याात्रु गम्भीर

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ असार । त्रियुगा नगरपालिका ९ राजावास स्थित हायसले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाईते भएको छ । बुधबार बिहान ९ बजेको समयमा मदन भण्डारी लोक मार्ग स्थित गाईघाट बाट कटारी जाँदै गरेको बा ५ ख २२९८ नं को हायसले ठक्कर दिँदा गम्भीर घाईते भएको हो । त्रियुगा नगरपालिका ९ राजावासकै ८४ बर्षिया मन माया राउतलाई बाटो काट्दै गरेको अवस्थामा हायसले ठक्कर दिएका थिए । घाईते बृद्धाको सिटि अस्पताल बिराटनगरमा उपचारको लागि पठाईएको ट्राफिक प्रहरी उदयपुरले जनाएको छ । उनको टाउको र खुट्टामा चोट लागेको छ । ठक्कर दिने हायस चालक तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका ९ का खड्ग बहादुर मगरलाइृ जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा चट्याङका कारण एक महिला घाइते

उदयपुरमा चट्याङका कारण एक महिला घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २६ । उदयपुरको रौतामाई गाउँपालिका–७ छिन्ताङटोलमा एक महिला चट्याङका कारण घाइते भएकी छिन्। मंगलबार नारायण बलम्पाकी मगरकी श्रीमती हिरामाया बलम्पाकी मगर घर नजिकै परेको चट्याङका कारण बेहोस भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार २६ वर्षीया हिरामाया घर नजिकै परेको चट्याङका कारण बेहोस भएकी थिइन्। घटनामा बाहिरी चोटपटक नदेखिए पनि पीडितलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा लगिएको डिएसपी चापागाईले बताए। त्यहाँ प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि रातीको १२ बजे पीडितलाई विराटनगर पठाइएको र उपचार भईरहेको प्रहरीले जनाएको छ।...
प्रदेश मन्त्री र उप सभामुखद्धारा बरुवाले कटान गरेको स्थानमा निरिक्षण

प्रदेश मन्त्री र उप सभामुखद्धारा बरुवाले कटान गरेको स्थानमा निरिक्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ असार । प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्की र उपसभामुख सिर्जना दनुवारले बरुवा खोलाले कटान गरेको स्थानमा निरिक्षण गरेको छ । सोमावार रातिदेखी परेको बर्षाका कारण ढिम्की स्थित बरुवा खोलाले कटान गरेका थिए । खोला कटान सँगै त्यस आसपासको बस्ती र स्थानीयहरुलाई जोखिम बढेको थियो । खोलाले बाँधमा क्षेती पुराएर बस्ती क्षेत्रमा कटान गर्दै आएका थिए । खोलाको जोखिम बढेपछि स्थानीयहरु त्रसित छन् । नेपाल प्रहरी, आर्मी र शसस्त्र प्रहरीले केहि रोकथाम गर्ने प्रयास गरेपनि दिगो सुरक्षा भने छैन । निरन्तर बर्षा आएर बाढी बढ्यो भने फेरी जोखिम सिर्जना हुने अवस्था छ । कटान निरिक्षण पश्चात मन्त्री राउतले जनताहरुको सुरक्षामा लागि पर्ने जनाए । बाँधलाई व्यवस्थापन र जनताको सुरक्षामा भुमिका प्रदेश सरकारले निभाउने उनले जनाए । बाढी प्रभावित क्षेत्रका जनताहरुलाई सुरक्षित हुने अनुरोध गर्दै सबै ...
बरुवा खोला कटानले गाईघाट जोखिम

बरुवा खोला कटानले गाईघाट जोखिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ असार । बरुवा खोलाले ढिम्की मन्दीरको बाँध कटान गर्दा गाईघाट बजार खतरामा परेको छ । लगतारको बर्षाले सोमवार रातिदेखी बरुवाको ढिम्कीमा कटान सुरु गरेका थिए । उक्त कटान रोक्न हाल सुरक्षा फोर्स खटाईएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित त्रियुगा नगरपालिकाका मेशिन सहित स्रोत साधन खटाईएको छ । ढिम्कीको बाँध फुट्दा सिधै बाढी बजार पस्ने अवस्था छ । त्यस आसपासको बस्तीहरु त जोखिममा नै छ तर बजार क्षेत्र पनि यसको डरमा छ । बरुवा खोलाले ढिम्की हुँदै बस्ती तर्फ कटान गरिरहेको छ ।...
त्रिनपा १५ पहिरो अपडेट : घाईते एकको मृत्यु

त्रिनपा १५ पहिरो अपडेट : घाईते एकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ असार । उदयपुरको त्रियुगा नगरपालिका १५ तोरीबारीमा पहिरोले पुरिएर घाईते एक जनाको मृत्यु भएको छ । घाईते तिन जना मध्ये हिरामायाको ८ बर्षिया छोरी पूर्णकला मगरको मृत्यु भएको स्थानीयले जनाएको छ । मृतकी मामा बिर बहादुर आलेले एकै घरका तिन जना पहिरोमा परेको बताए । घाईते भएका अन्य दुई जनालाई पनि उपचारमा पठाईएको छ भने नजिकका अन्य घरहरु पनि जोखिममा परेको छ ।...
त्रिनपा १५ तोरीबारीमा पहिरोले पुरिँदा आमा छारी घाईते, छोरी गम्भीर

त्रिनपा १५ तोरीबारीमा पहिरोले पुरिँदा आमा छारी घाईते, छोरी गम्भीर

Breaking News 1
पूर्णपुष्टि, २५ असार । त्रियुगा नगरपालिका १५ तोरीबारीमा पहिरोले पुरिएको दुई जना घाईते भएको छ । सोमबार रात्रिको बर्षातका कारण पहिरोले घर पुँरिदा ४० बर्षिया हिरामाया मगर र उनकै ८ बर्षिया छोरी घाईते भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार छोरी चै अलिक गम्भीर रहेको जनाएको छ । उनिहरुको उपचारका लागि जिल्लाबाट एम्वुलेन्स पठाईएको प्रहरीले जनाए । तर बिचमा पहिरो र रुख ढलेपछि उद्धारमा समस्या भएको प्रहरकिो भनाई छ । अन्य थप जानकारीहरु आउन बाँकीनै रहेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
ब्रेन ट्युमर पीडित बालिकाको उपचारमा कोरियावासी उदयपुरेहरुको साथ

ब्रेन ट्युमर पीडित बालिकाको उपचारमा कोरियावासी उदयपुरेहरुको साथ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २४ । उदयपुरकी एक ब्रेन ट्युमर पीडित बालिकाको उपचारका लागि दक्षिण कोरियामा रहेका उदयपुरेहरुले आर्थिक सहयोग जुटाएका छन्। उदयपुरसेवा समाज दक्षिण कोरियाले रौतामाई गाउँपालिका–५, आँपटारको धोद्रे निवासी १२ वर्षीया निमिना राईको उपचारका लागि १ लाख १ हजार २ सय १७ रुपैयाँ सहयोग गरेको हो। निमिना हाल काठमाडौंको दिर्घायु अस्पतालमा उपचाररत छिन्। डाक्टरहरुले उनलाई भक्तपुर क्यान्सर अस्पतालमा निरन्तर किमोथेरापी गर्नुपर्ने सल्लाह दिएका छन्। परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन कठिन भएपछि बालिका बचाउ अभियान मार्फत सहयोग संकलन अभियान सञ्चालन गरिएको छ। उदयपुर सेवा समाज दक्षिण कोरियाका सल्लाहकार गगन राईको अगुवाईमा सञ्चालित अभियानमा ३६ जना उदयपुरेहरुको सहभागिता रहेको संस्थाका महासचिव जीतन राईले जानकारी दिए। उदयपुर सेवा समाज दक्षिण कोरियाले कोरियामा बसोबास गर्ने उदयपुरेहरुब...
उदयपुरमा खोलाले बगाउँदा ५ वर्षीय बालकको मृत्यु

उदयपुरमा खोलाले बगाउँदा ५ वर्षीय बालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २४ । उदयपुरको रौतामाई गाउँपालिकामा एक दुःखद घटना घटेको छ। शनिबार अमृत खोलाले बगाउँदा ५ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार, रौतामाई गाउँपालिका वडा नं ४ आपँटार निवासी नरेन्द्र राईका ५ वर्षीय छोरा राज राईलाई अमृत खोलाले बगाएको थियो। खोलाले बगाएको स्थानबाट करिब १०० मिटर तल बालकको शव मृत अवस्थामा फेला परेको डिएसपी चापागाईले बताए। घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट रौतापोखरीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मृतक बालकको शव आफन्तलाई बुझाएको जनाएको छ। यस दुःखद घटनाले स्थानीय समुदायमा शोकको वातावरण छाएको छ। स्थानीय प्रशासनले वर्षायाममा खोला नाला नजिक जाँदा सावधानी अपनाउन र बालबालिकालाई विशेष निगरानीमा राख्न आग्रह गरेको छ।...