Wednesday, August 12News That Matters

Breaking News 1

उदयपुरमा ४९ केजी गाँजासहित तीन जना पक्राउ

उदयपुरमा ४९ केजी गाँजासहित तीन जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २ । उदयपुरको कटारी नगरपालिका–७ रिस्कुस्थित खुलालडाँडाबाट ४९ केजी गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–१ का ३१ वर्षीय शम्भु राई, २८ वर्षीय आशिष भुजेल र एक अन्य व्यक्ति (परिवर्तित नाम गाईघाट ४९) रहेका छन्। उनीहरूले गाँजालाई तीन वटा बोरामा राखेर ओसारपसार गर्दै गरेको अवस्थामा मंगलबार प्रहरी टोलीले पक्राउ गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेकाहरूलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
ओली नेतृत्वको नयाँ सरकार: महिला र दलित प्रतिनिधित्व न्यून, स्वार्थ द्वन्द्वको प्रश्न

ओली नेतृत्वको नयाँ सरकार: महिला र दलित प्रतिनिधित्व न्यून, स्वार्थ द्वन्द्वको प्रश्न

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १ ।  केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले पहिलो दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ। प्रधानमन्त्री ओलीसहित २२ जना मन्त्रीले एकैसाथ शपथ लिएका छन्। यस मन्त्रिपरिषद्मा कांग्रेस र एमालेका साथै जसपा र लोसपा पनि सहभागी छन्। नवगठित मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्री छन् - कांग्रेसका प्रकाशमान सिंह–सहरी विकास) र एमालेका विष्णु पौडेल (अर्थ)। अन्य प्रमुख मन्त्रीहरूमा कांग्रेसबाट रमेश लेखक (गृह), आरजु राणा (परराष्ट्र), प्रदीप पौडेल (स्वास्थ्य), र एमालेबाट मनवीर राई (रक्षा), पृथ्वी सुब्बा गुरुङ (सञ्चार) रहेका छन्। तर, २२ सदस्यीय मन्त्रिपरिषद्मा महिला र दलित समुदायको प्रतिनिधित्व न्यून भएको भन्दै आलोचना भइरहेको छ। केवल दुई जना महिला मन्त्री - कांग्रेसकी आरजु राणा र एमालेकी विद्या भट्टराईको नियुक्तिले समावेशिताको प्रश्न उठाएको छ। त्यसैगरी, दलित समुदायबाट कुनै प्रतिनिधित्व नभएकोल...
कोशी प्रदेशमा सरकार परिवर्तनको अन्योल कायमै

कोशी प्रदेशमा सरकार परिवर्तनको अन्योल कायमै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच आइतबार साँझ भएको छलफलले प्रदेश सरकारको भविष्यबारे अन्योल कायमै राखेको छ। केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेश सरकारमा माओवादी मन्त्रीहरूको भविष्यबारे चर्चा भए पनि ठोस निर्णय भएको छैन। मुख्यमन्त्री कार्कीले तत्काल माओवादी मन्त्रीहरूलाई नहटाउने इच्छा राखेको स्रोतले जनाएको छ। विगतमा गरिएको प्रतिबद्धता र संवैधानिक जटिलताका कारण मुख्यमन्त्री कार्की दुविधामा परेको बुझिएको छ। उनी संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गरी मुख्यमन्त्री बनेका हुन्, जसले गर्दा अदालतबाट प्रदेश सभा विघटन हुने चिन्ता छ। केन्द्रमा एमाले र कांग्रेसबीच कोशी प्रदेशमा वर्तमान सरकारलाई निरन्तरता दिने सहमति भएको बताइएको छ। यसले गर्दा कांग्रेसलाई समेट्नुपर्ने बाध्यता मुख्यमन्त्री ...
आर्थिक वर्ष २०८०/८१ को बजेट खर्च र राजस्व संकलन लक्ष्यभन्दा कम

आर्थिक वर्ष २०८०/८१ को बजेट खर्च र राजस्व संकलन लक्ष्यभन्दा कम

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १ ।  नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा बजेट खर्च र राजस्व संकलन दुवैमा लक्ष्य भन्दा कम प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म सरकारले कुल विनियोजित बजेटको ८०.४५ प्रतिशत मात्र खर्च गर्न सकेको छ। १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेटमध्ये १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ मात्र खर्च भएको छ। खर्चको विवरण हेर्दा चालु खर्च ८३.४३ प्रतिशत पुगेको छ भने पूँजीगत खर्च ६३.४७ प्रतिशतमा सीमित रहेको छ। विकास बजेटमा उल्लेख्य कटौती भएको देखिन्छ, जहाँ ३ खर्ब २ अर्ब रुपैयाँको लक्ष्यमा १ खर्ब ९१ अर्ब ७३ करोड रुपैयाँ मात्र खर्च भएको छ। राजस्व संकलनको अवस्था झनै चिन्ताजनक देखिएको छ। सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा केवल १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ मात्र उठाउन सकेको छ। यस्तै, अनुदान र अन्य आम्दानी समेत...

नाै जनालाई `वाभाेँछा ब्यक्तित्व सम्मान, साहित्यकार स्व. ईन्द्रबहादुर राईलाई मराेपरान्त सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३१/धरान किरात राई चामलिङ वाभाेछा समाज/वंशावली निर्माण समितिले विभिन्न क्षेत्रमा रहेका नाैं जना वाभाेँछा ब्यक्तित्वहरुलाई शनिवार धरानमा सम्मान गरेकाे छ । तीन राजनीतिक ब्यक्तित्व, दुई पत्रकार र चारजना नेपाल सरकारका अधिकृतहरुलाई `वाभाेँछा ब्यक्तित्व सम्मान´ गरेकाे हाे । राजनीतिक ब्यक्तित्वत्रय बलदिप राई, सि.बि. राई (चन्द्रबहादुर राई/सिक्किम), विश्वराज राई सम्मानित भएका हुन् । पत्रकारिता क्षेत्रका  महेश्वर चामलिङ र भाेटराज राई  सम्मानित भए । नेपाल सरकारका अधिकृतहरु हरिनारायण राई, आशिष राई, तयामीअरुण राई र सर्मिला राईलाई पहिलाे पटक `वाभाेछा ब्यक्तित्व सम्मान´ प्रदान गरेकाे हाे । राजनीतिक ब्यक्तित्व ४८ वर्षिय बलदिप राष्ट्रिय जनमुक्ती पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष हुन् । ८८ वर्षिय  सि.बि.  सिक्किम विधान सभाका पूर्व पार्षद हुन...
कटारी हर्देनीमा शिक्षकहरुलाई बाल बिकास सम्बन्धी क्षमता बिकास तालिम

कटारी हर्देनीमा शिक्षकहरुलाई बाल बिकास सम्बन्धी क्षमता बिकास तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० असार । कटारी नगरपालिका ११ हर्देनीमा शिक्षकहरुलाई बाल बिकास सम्बन्धि क्षमता अभिबृद्धि तालिम दिईएको छ । कटारी नगरपालिका वडा नम्बर ११ हर्देनिको सहयोगमा सरस्वती माध्यामिक बिद्यालयमा ५ दिने क्षमता बिकास तालिम सम्पन्न भएको हो । मन्टेस्वरी तथा प्रारम्भिक बाल बिकास सम्बन्धि शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । उक्त तालिममा विभिन्न चारवटा बिद्यालयका १६ जना शिक्षक शिक्षिकाहरु सहभागी रहेको प्रशिक्षक तुलाराज अधिकारीले जनाए । लामो समय देखि सामाजिक तथा शिक्षाको क्षेत्रमा काम गरि रहेका अधिकारीले एकीकृत पाठ्यक्रम लगाएत बिषेशगरी Arts Bassed teaching ,Montessori Based learning बिषयमा छलफल तथा सिकाइ सामग्री निर्माण गरिएको जनाए । तालिमले बिद्यालयका शिक्षकहुरुको सिकाउने शैलीमा सुधार हुने र नयाँ बिधिहरुबाट सिकाईने सिकाई ब्यबहारिक परिवर्तन हुने आश्वासन गरिएको वडा अध्यक्ष अनन्त हायुले जनाए । ...
माओवादी केन्द्र त्रियुगा नगर कमिटीद्धारा पहिरो पिडितहरुलाई राहत सहयोग

माओवादी केन्द्र त्रियुगा नगर कमिटीद्धारा पहिरो पिडितहरुलाई राहत सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० असार । नेकपा माओवादी केन्द्र त्रियुगा नगरपालिकाले पहिरो पिडितहरुलाई राहत सामाग्री सहयोग गरेका छन् । त्रियुगा नगरपालिका १५ स्थित तोरीबारीका २० घर परिवारलाई राहत सहयोग गरेको हो । २५ गते अविरल बर्षाले पहिरो गएपछि बस्तीनै जोखिममा छ । यस अवस्थालाई मध्यनजर गरी जोखिम परिवारलाई रानिवास मावि विद्यालयमा स्थान्तरण गरिएको वडा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । पार्टीले ७० हजार बराबरको राहत सामाग्री पिडितहरु रहेकै स्थलमा पुगेर हस्तान्तरण गरेको हो । १५ बोरा चामल, २ बोरा दाल, १५ बोरा भुजा, ५ काटुन खाने तेल, १ बोरो नुन, १५ काटुन चाउचाउ, २ काटनु बिस्कुट, नुहाउने र लुगा धुने ३० ओटा सावु गरी ७० हजार बराबरको सामाग्री प्रदान गरिएको हो । उक्त सामाग्री प्रदेश सांसद सम्झना तामाङले वडा अध्यक्ष गणेश तिमिल्सिनालाई हस्तान्तरण गरेको छ । पिडितहरुले भने उचित व्यवस्थापनको लागि दिर्घकालिन बास ...
बेलकामा प्रदेश स्तरीय किरात राई बिषयक हाजिरि जवाफ सम्पन्न

बेलकामा प्रदेश स्तरीय किरात राई बिषयक हाजिरि जवाफ सम्पन्न

Breaking News 1, मनोरञ्जन
पूर्णपुष्टि, २० असार । बेलका नगरपालिकामा भएको प्रदेश स्तरीय किरात राई बिषयक हाजिरि जवाफ प्रतियोगितामा किरात राई चाम्लिङ् खाम्बात्तिम सुनसरी प्रथम बनेको छ । सनिवार किरात राई सांस्कृतिक कलाकार संघको १९ औं स्थापना दिवसको अवसरमा किरात राई सांस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति उदयपुरले हाजिरि जवाफ प्रतियोगिता आयोजना गरेका थिए । त्यसैगरी प्रतियोगितामा किरात राई यायोक्खा बेलका नगर कार्य समिति दोस्रो र साल्पा सिलिचुङ केन्द्र अन्तराष्ट्रिय समिति तेस्रो बनेको छ । प्रतियोगिताका प्रथम हुने टिमलाई पोमि सिलिमी एक थान र एक जोर झ्याम्टा प्रदान गरिएको छ भने दोस्रो हुेने टिमलाई पोमि र सिलिमी एक थान र तेस्रोलाई झ्याम्टा एक जोर प्रदान गरिएको छ । किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समिति काठमाडौंको संयोजनमा किरात राई सांस्कृतिक कलाकार संघ तथा किरात राई यायोक्खा , बेलका नगर कार्य समितिको व्...
झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरी

झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरी

Breaking News 1, समाचार
झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरीपूर्णपुष्टि, २७ असार/गाईघाट झुप्राे चुहिएर परिवार भिजेपछि त्रियुगा नगरपालिका ११ का उमाकान्त चाैधरी त्रिपाल माग्न वडा कार्यालय पुगेका छन् । झुप्राेकाे कमजाेर छानाे लगातारकाे बर्षातमा चुहिए पछि ओेतिनका लागि त्रिपाल माग्न गएकाे उनले बताए । उनलाई वडाध्यक्ष सुमन्त काेईरालाले एक थान त्रिपाल सहयाेग दिए । वडासम्म आएका चाैधरीलाई आफ्नाे कार्यकक्षमै बाेलाई वडाध्यक्ष काेईरालाले त्रिपाल हस्तान्तरण गरे । अहिले निम्न बर्गिय घर परिवार वर्षातकाे चपेटामा छन् । उनीहरुकाे अबस्था बुझेर यस्तै सहयाेग गर्न आवश्यक छ । कतिपय ज्याला मजदुरी गरेर छाक टार्नेहरु वर्षातले राेजिराेटीकाे अबस्थामा पसगेका छन् । स्थानीय सरकारले उनीहरुकाे लेखाजाेखा गरेर सहयाेग गर्नु आवश्यक छ ।...
त्रियुगा खोलामा बगेर महिलाकाे मृत्यु

त्रियुगा खोलामा बगेर महिलाकाे मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ असार/उदयपुर उदयपुरकाे त्रियुगा नगरपालिका-६ जलजलेमा स्थानीय ६५ वर्षीया मिहला दुर्गा प्रधानकाे खाेलाले बगाएर आज मृत्यु भएकाे छ । साँझ करिब ५ बजे खेतबाट घर फर्किंदै गर्दा त्रियुगा तर्ने क्रममा बगाएर  मृत्यु भएकाे हाे । उनी करिव ७०० मिटर तल मृतअबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।