Wednesday, August 12News That Matters

Breaking News 1

त्रिनपा १४ साउने स्वास्थ्य चौकीलाई न्यानो नानि मेशिन हस्तान्तरण

त्रिनपा १४ साउने स्वास्थ्य चौकीलाई न्यानो नानि मेशिन हस्तान्तरण

Breaking News 1
पूर्णपुष्टि, १६ असार । त्रियुगा नगरपालिका वडा नं १४ साउने स्वास्थ्य चौकीलाई न्यानो नानि (बेवी वारमर) प्रदान गरिएको छ । ज्योति बिकास बैँक गाईघाट शाखाले बच्चा सेकाउनका लागि न्यानो मेशिन प्रदान गरेको हो । राष्ट्रिय आविस्कार केन्द्र नेपालले पहिलो पटक निर्माण गरेको ८० हजार बराबरको उक्त मेशिन साउने स्वास्थ्य चौकिलाई प्रदान गरेको हो । साउने स्वास्थ्य चौकी प्रमुख योगेन्द्र श्रेष्ठले अत्याधुनिक मेशन प्राप्त गरेको जनाए । स्वास्थ्य चौकीलाई थुप्रै मेशनरी सामाग्रीहरुको आवश्यक रहेको अवस्थामा ज्योति बिकास बैँकको सामाजिक कार्य मार्फत न्यानो नानी प्राप्त भएपछि सेवामा थप सहज भएको श्रेष्ठको भनाई छ । शिशु मृत्यु दरको दोस्रो समस्याको रुपमा रहेको बच्चाहरुलाई लाग्ने चिसो अब समधान हुने श्रेष्ठले जनाए । बच्चाहरु मृत्युदरको पहिलो कारण भनेको निसास्निे र दोस्रो मृत्यु दर भनेको चिसो लाग्ुन प्रमुख श्रेष्ठले जनाए ।...
साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध

साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको छ । साउनेको हडेथुम्कामा गएराति खसेको पहिरोको कारण आज बिहानदेखी सडक अवरुद्ध भएको वडा अध्यक्ष हेमराज मगरले बताएका छन् । वडा अध्यक्ष मगरका अनुसार हाडेथुम्काको डाँडाबाट पहिरो खसेको कारण सडक पुरिएर अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताए । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतका अनुसार पहिरो खसेको खबर पाउने बित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ ।...
बन सम्बन्धि अध्यापन गर्ने साउनेका दुई विद्यार्थीलाई आर्थिक सहयोग

बन सम्बन्धि अध्यापन गर्ने साउनेका दुई विद्यार्थीलाई आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । डिभिजन वन कार्यालय गाईघाटको अगुवामाई दुई जना वन सम्बन्धि अध्यापन गर्दै आएका विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । त्रियुगा नगरपालिका १४ का शिवसक्ति सामुदायी वन साउनेको सहयोगमा डिभिजन वन कार्यालयले सोही ठाउँका मित्र तामाङ र जिसन तामाङलाई आर्थिक सहयोग गरेको हो । उनिहरु बन सम्बन्धी खोटाङ स्थित माहुरेगढी बहु पाविधि शिक्षालयमा वन सम्बन्धि अध्यानरत छन् । बनको क्षेत्रमा पढ्ने विद्यार्थीहरुको संख्या बढाउन र यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी वनलाई संरक्षण गर्न प्रोत्सान स्वरुप उनिहरुलाई रु २५ हजारको दरले आर्थिक सहयोग गरेको हो । उनिहरुलाई कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले आर्थिक सहयोग प्रदान गरेको हो ।...
वन मन्त्रीलाई डिभिजन बन कार्यालय गाईघाटको ब्रिफिङ

वन मन्त्रीलाई डिभिजन बन कार्यालय गाईघाटको ब्रिफिङ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । डिभिजन बन कार्यालय गाईघाटले कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरलाई कार्यालयको अवस्थाबारे ब्रिफ्रिङ गरेको छ । शुक्रबार कार्यालयमा वन कार्यालयको निति ऐन कार्यालयको कार्य अवस्था र कर्मचारीहरुको अवस्थाबारे जानकारी गराएका थिए । कार्यालयले कतिपय ऐनहरु बाँििझँदा वन सम्बन्धी काम गर्न असहज भएको जनाए । त्यसका लागि समन्वय र निति ऐन निर्माणमा भुमिका खेल्न कार्यालयले अनुरोध गरे । दर्वनन्दी अनुसारको दक्ष जनशक्तिको अभावमै कार्यालयले उल्लेखिय काम गरेको पनि मन्त्रीलाई जानकारी गराएको छ । सिमित स्रोत साधनमै कार्यालयले गर्नु पर्ने कामहरु अधिक मात्रामा भएको कार्यालयले जनाए । हाल वनको समस्याको सिमित कर्मचारी, नियम कानुनमा समस्या, अतिक्रमण र जोखिमयुक्त रुख हटाउन समस्या जस्ता कुराहरु असहज भएको कार्यालयले जानकारी गराएको छ । मन्त्री बुर्जाले कार्यालको अवस्थाबारे ...
उदयपुरमा त्रिफला बृक्षराेपण गरियाे

उदयपुरमा त्रिफला बृक्षराेपण गरियाे

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १४ ।  भावि सन्ततीका लागि उदयपुरमा हर्रो, बर्रो र अमला (त्रिफला) जडिबुटि रोपिएको छ । राष्ट्रिय बृक्षरोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय गाईघाट र स्थानीय सामुदायिक वनहरुले त्रियुगा नगरपालिका ६ पात्लेबासको खाली बनक्षेत्रमा पकेटक्षेत्रकै रुपमा जडिबुटिका विरुवा बृक्षरोपण गरेको हो । भविष्यमा आम्दानी दिनेगरी तीन हेक्टर क्षेत्रमा चारहजार विरुवा रोपिएको डिभिजन वन अधिकृत इन्द्र सापकोटाले बताउनुभयो । विरुवा संरक्षणका लागि स्थिानीयले जिम्मेवारी लिएका छन् । वन कार्यालयको लगानीमा फलामे घेराबेरासमेत गरिने भएको छ । बृक्षरोपणमा स्थानीयहरुको उत्साहजनक उपस्थिति थियो भने स्थानीय समुदायिक वनका पदाधिकारी, वनअधिकारीहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो । फाेटाे फिचर  ...
त्रियुगा नदी आसपास बस्ने वस्तीहरुलाई सतर्क रहन अनुरोध

त्रियुगा नदी आसपास बस्ने वस्तीहरुलाई सतर्क रहन अनुरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । बर्षायामका कारण अचानक बढेको त्रियुगा नदीले क्षती पुराउन सक्ने भन्दै सहज रहन अनुरोध गरेको छ । जल तथा मौसम बिज्ञान बिभागले नदी क्षेत्र आसपास बस्ने वस्तीहरुमा सतर्क रहन अनुरोध गरेको हो । असार १४ गते आएको बर्षाले नदीको सतह बढेको छ । त्रियुगा नदीले बिहानी पख सतर्कता तह पार गरेका थिए । बढ्दो बर्षाले सतह पार गरेपछि नदीको होचो भुभागका वस्तीहरुले सतर्कता अपनाउनु पर्ने देखिएको भिगाले जनाएको । नदीको तटीय क्षेत्रहरुमा अहिले पानीको बहाव बढेको छ ।...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असार १३ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । १ सय ८६ परिक्षार्थीले ल्याए ४ जिपिए् ल्याएका छन् । प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्...
लिम्चुङबुङ्गको प्राथमिकतामा कृषी र पर्यटन

लिम्चुङबुङ्गको प्राथमिकतामा कृषी र पर्यटन

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १२ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले नयाँ बजेट तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन र कृषिलाई विशेष प्राथमिकता दिएको छ । “ग्रिन लिम्चुङबुङ क्लिन लिम्चुङबुङ” नारासहित पर्यटन प्रवद्र्धनमा विशेष कार्यक्रमहरु ल्याएको पालिका ध्यक्ष मेजरकुमार राईले बताउनुभयो । उहाँका अनुसार पर्यटकलाई आकर्षित बनाउन र ब्यवस्थित खान, बस्न, डुल्नका लागि होमस्टे ब्यवसाय प्रोत्साहन कार्यक्रम, होमस्टे सञ्चालन तालिम, होमस्टे सञ्चालकलाई अध्यायन, अवलोकन कार्यक्रम ल्याएको छ । त्यस्तै पालिका क्षेत्रका होटलहरुमा सफा र स्वच्छ भान्साघर तालिम कार्यक्रम र पर्यटक उपचार तथा उद्धार कोषसमेत कार्यक्रमको रुपमा अघि सारेको छ । त्यसैगरी लिम्चुङबुङ पर्यटन डकुमेन्ट्री प्रतिष्पर्धा पुरस्कार कार्यक्रम, लिम्चुङबुङ पर्यटन नयाँ गन्तब्य प्रवद्र्धन भ्लगर प्रतियोगिता पुरस्कार कार्यक्रमसमेत ल्याएको छ । पालिकाको दिगो पर्यटन विक...
चौदण्डीगढीको बिशासय कालिका सहकारीलाई रकम हिनामिनको आरोप

चौदण्डीगढीको बिशासय कालिका सहकारीलाई रकम हिनामिनको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ असार । देशैभर सहकारी काण्ड र विवाद चलिरहँदा उदयपुरमा पनि यसको गन्धहरु प्रसस्त मात्रामा देखा पर्न थालेको छ । केहि समय अघि गाईघाटमा रहेको तुलसी सहकारीले लाखौ मानिसको करडौँ रकम ठगेर फरार छन् । यो सागै उदयपुरको चौदण्डीगढी नगरपालिका १ मा रहेको बिशाय कालिका सहकारी संस्थामा पनि विवाद उठेको छ । सदस्य तथा सियर सदस्यहरुको बचत फिर्ता देखी ऋण वितरणमा पारदर्शीता नभएको भन्दै विवाद उठेको हो । संस्थाका केहि पदाधिकारीहरुले पहुँच र पावरको भरमा आफु र आफ्नालाई ऋण वितरण गरेर रकम हिना मिना गरेको सदस्यहरुले आरोप लगाएको छ । केहि सदस्यहरुले आफ्नो बचत माग्दा पनि संस्थाले दिन सकेको अवस्था छैन् । २०६८ सालमा स्थापना भएको संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट पहिलो किस्तास्वरुप ०७९ बैशाखमा ४० लाख र दोस्रो किस्ता चैतमा ४० लाखगरी कूल ८० लाख आएपनि शेयर सदस्यहरुलाई थाहै नदिइ पहुँजवालाहरुले आपूm...
उदयपुरमा ट्राफिक सप्ताह सम्पन्न

उदयपुरमा ट्राफिक सप्ताह सम्पन्न

Breaking News 1
पूर्णपुष्टि, १२ असार । उदयपुरमा दुर्घटना न्युनिकरण तथा सडक अनुसासनको सचेतना गराउँदै ट्राफिक सप्ताह सम्पन्न भएको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं १३ स्थित बरुवा बस पार्कमा कार्यक्रम सम्पन्न भएको हो । सवारी चालक, यातायात व्यवसायी, यातायात कार्यालय, संञ्चारकर्मी तथा सम्बन्धित सुरुक्षा निकायहरुबीच कार्यक्रम सम्पन्न भएको हो । सप्ताहव्यापी कार्याक्रमले ट्राफिक संयन्त्रमा सहयोग पुगेको जनाईएको छ । उदयपुरका ट्राफिक इन्चार्ज सुन्दर श्याम पोखरेलले पछिल्ला एक हप्ता अन्य दिनहरुको दाँजोमा दुर्घटना न्युनिकरण सुन्य रहेको जनाए । पहिले दैनिकी जसै दुर्घटना भैरहेको अवस्थामा सप्ताहव्यापी कार्यक्रमको सकरात्मक असर परेको इन्चार्ज पोखरेलले जनाए । सप्ताहव्यापी कार्यक्रममा दुर्घटना चेतना कार्यक्रम, मामासे लापासे चेतना तथा चेकिङ, विद्यार्थीहरुलाई सचेतना तथा स्वयमसेवक, चालकहरुलाई स्वास्थ्य परिक्षण लगायतको कार्...