Wednesday, August 12News That Matters

Breaking News 1

नापतौल प्रमाणपत्र दर्ता नबिकरण सोमवार सम्म गराई सक्न अनुरोध

नापतौल प्रमाणपत्र दर्ता नबिकरण सोमवार सम्म गराई सक्न अनुरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ असार । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा ब्यपारीहरुको नापतौल प्रमाणपत्र दर्ताको काम भैरहेको छ । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको समन्वयमा ढक तराजु दर्ता तथा नविकरणको काम शनिवारदेखी धमाधम भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । शनिवार जलजलेका ब्यपारीहरुको र आईतबार र सोमवार भने गाईघाटका ब्यपारीहरुको नविकरण गरिने अध्यक्ष रसाईलीले जनाए । नविकरण गर्ने अन्तिम समय ३ गते सम्म रहेको छ । संघले यस समय अबधि भित्र सबैले नविकरण गर्ने काम सम्पन्न गर्न आह्वान गरेको छ ।...
उद्योग ब्यवसायी र बजार व्यवस्थापनका लागि बजेट बिनियोजनको माग

उद्योग ब्यवसायी र बजार व्यवस्थापनका लागि बजेट बिनियोजनको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ असार । स्थानीय सरकारलाई उद्योग ब्यवसायी र बजार व्यवस्थापनको लागि बजेट बिनियोजन गर्न ध्यानाकर्षण गराईएको छ । घरेलु तथा साना उद्योग महासंघ जिल्ला, त्रियुगा नगर र नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरले आगामी निति तथा कार्यक्रममा उद्योगी व्यवसायीहरुको कार्यक्रका लागि बजेट माग गरिएको हो । घरेलु महासंघ उदयपुरका अध्यक्ष मधुकर थापा, महासंघकै त्रियुगा नगर अध्यक्ष रुद्र श्रेष्ठ, सिलाई व्यवसायी संघकी अध्यक्ष ज्ञानु प्रधान र महिला उद्यमी समितिका अध्यक्ष बिना राईले ध्यानाकर्षण पत्र बुझाउँदै बजेट छुटाउन माग गरेको हो । त्रियुगा नगरपालिकाकी उपम्रमुख महेश्वरी राईलाई ध्यानाकर्षण बुझाईएको छ । उद्योगी ब्यवसायीहरुले नगरमा झण्डै ८० लाख माथी कर बुझाउने हँदा यस क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई उत्साहित गर्न बजेट छुटाउन माग गरिएको अध्यक्ष मधुकर थापाले जनाए । उपमेयर राई सहित त्रियुगा नग...
एमाले त्रियुगा नगर १२ नं वडाको अध्यक्षमा रमेश राउत

एमाले त्रियुगा नगर १२ नं वडाको अध्यक्षमा रमेश राउत

Breaking News 1
पूर्णपुष्टि, २ असार । एमाले त्रियुगा नगरपालिका १२ नं वडाको अध्यक्षमा रमेश राउत चयन भएको छ । शनिवार १२ नं वडा पार्टी कमिटीको आयोजना भएको दोस्रो अधिवेशनले राउतको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी चयन गरेको हो । उपाध्यक्ष निर्मला मगर, सचिव हिरण चौधरी, उपसचिव अनिता भगत, विमला बस्नेत रहेको छ । जिल्ला अध्यक्ष भागवत राउन सहित अन्य पार्टीका पदाधिकारीहरुको उपस्थितिमा अधिवेशन तथा समिति चयन भएको थियो ।...
दुर्घटना बिमाले नवउदय सामुदायिक वनका उपभोक्ताहरु खुसी

दुर्घटना बिमाले नवउदय सामुदायिक वनका उपभोक्ताहरु खुसी

Breaking News 1
पूर्णपुष्टि, २ असार । श्री नवउदय सामुदायिक वनले उपभोक्ताहरुलाई विमालेख प्रमाण पत्र हस्तान्तरण गरेको छ । शनिवार त्रियुगा नगरपालिका १० र ११ चप्पन बरुवाधार स्थित आफ्नो ३ सय ५ जना उपभोक्ता सदस्यहरुलाई मिालेख प्रमाण पत्र हस्तान्तरण गरेको समूहका अध्यक्ष जिवन पाण्डेले जनाए । पाण्डेका अनुसार प्रति व्यक्ति १ सय ४५ का दरले रु १ लाख बराबरको दुर्घटना बिमा गरिएको हो । प्रति व्यक्तिलाई ४४ हजार २ सय २५ रुपयाँको लगानीमा बिमा गरिएको पाण्डेको भनाई छ । पाण्डेले वनको आम्दानी उपभोक्ताहरुलाईनै लगानी गरिएको समेत जनाए । नवउदय सामुदायिक वनले सामुदायिक वनको सम्पत्ति उपभोक्ताहरुलाई नै सेवा सुविधाको रुपमा उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेको भनाई छ । यता दुर्घटना बिमाको बिमालेख प्रमाण पत्र पाएपछि उपभोक्ताहरु खुसी भएका छन् । बिमाको महत्व बुझी उपभोक्ताहरुको सामुहिक बिमा बनकै लगानीमा गरेको भन्दै उनिहरु खुसी ब...
त्रियुगामा व्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण सुरु

त्रियुगामा व्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण सुरु

Breaking News 1
पूर्णपुष्टि, १ जेष्ठ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले ब्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण गर्न सुरु गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको समन्वयमा ढक तराजु दर्ता तथा नविकरणको काम सुरु गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार शनिवार जलजलेमा उक्त नविकरणको काम गरिने छ भने आईतबार र सोमवार भने त्रियुगा उद्योग बाणिज्य संघको हलमा गरिने अधयक्ष रसाईलीको भनाई छ ।...
लिम्चुङबुङमा एमाले वडाअधिवेशन सम्पन्न, को–को भए अध्यक्ष ?

लिम्चुङबुङमा एमाले वडाअधिवेशन सम्पन्न, को–को भए अध्यक्ष ?

Breaking News 1, राजनीति, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, १ असार । नेकपा एमाले उदयपुरले जिल्ला, नगरदेखी वडा अधिवेशन धमाधम गरिरहेको छ । जिल्ला अधिवेशन सकेर पालिका अधिवेशनमा होमीएको एमाले उदयपुर वडाहरुकाे अधिवेशनमा रहेको छ । पार्टीले जिल्लाको सबै पालिकाहरुमा वडा अधिवेशनको कामलाई अघि बढाईरहेको छ । पार्टीले लिम्चुङबुङ गाउँपालिकामा वडा अध्यक्ष टुँगो लगाएको छ । एमाले जिल्ला सदस्य राजकुमार राईका अनुसार वडा नं १ बास्बोटेमा विष्णुराज राई, वडा नं २ ताम्लिछामा रामबहादुर माझी, वडा नम्वर ३ बाराहामा डम्बर कार्की, वडा न. ४ वालम्तामा मनोज राई र वडा नं ५ जाँतेमा मेगबहादुर कार्की अध्यक्षमा चयन भएका छन् । पार्टीले लिम्चुङबुङसहित बिभिन्न पालिकाहरुमा वडा अधिवेशन सम्पन्न गर्दै आएको छ । भर्खरै पालिका अधिवेशन सकेर वडाअधिवेशन तर्फ पार्टी होमिएको हो ।...
माओवादी मजदुर पार्टीको जिल्ला र केन्द्रमा ६ जना मनोनित

माओवादी मजदुर पार्टीको जिल्ला र केन्द्रमा ६ जना मनोनित

Breaking News 1
पूर्णपुष्टि, ३२ जेष्ठ । माओवादी मजदुर पार्टीले केन्द्रीय कमिटी र जिल्ला कमिटी मनोनयन गरेको छ । बिहिबार त्रियुगा नगरपालिका ३ मोतिगडामा पार्टीको सचिवालय सदस्य हिमाल सिंह राईको संयोजकत्वमा तिन जना केन्द्रीय सदस्य र तिन जना जिल्ला कमिटीमा मनोनयन गरिएको हो । केन्द्रिय कमिटिमा निर्जला राई, मुना राई र ननिला राई मनोनयन हुँदा जिल्लामा कस्टिना मगर, रिता राई र सानु राई मनोनयन भएको हो । संयोजक हिमाल सिंह राईका अनुसार पूर्ण रुपमा केन्द्रीय कमिटी राख्नका लागि सदस्यहरु मनोनित गरिएको हो । हाल सचिवालय सदस्यहरुमा हिमाल सिंह राई, जगत कटुवाल, प्रदिप फुयाँल र गोरेन्द्र राई रहेको छ ।  ...
सिटि सफारीको ठक्करबाट बेलका–९ का वडा अध्यक्ष खड्का गम्भिर घाईते

सिटि सफारीको ठक्करबाट बेलका–९ का वडा अध्यक्ष खड्का गम्भिर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३२ । उदयपुरको बेलका नगरपालिका–९ का वडा अध्यक्ष पदम खड्का सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका छन् । बिहिबार बुधबार राति ८ बजे इटहरी देखि रामपुर तर्फ फर्कदै गर्दा खड्का सवार मोटरसाईकललाई सुनसरीको नहडा चोकमा सिटिसफारीले ठक्कर दिएको थियो । सिटि सफारीको ठक्करबाट गम्भिर घाईते भएका अध्यक्ष दाहाललाई उपचारको लागी धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान भर्ना गरिएको थियो । उनको धरानमा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागी हेलिकप्टर मार्फत बुधबार नै काठमाडौ स्थित नर्भिक अस्पतालमा रेफर गरिएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । दुर्घटनामा परी खड्काको हेड इन्जुरी भएको रहेछ, चिकित्सकको परामर्श र सल्लाहमा अनुसार थप उपचारको लागि काठमाण्डौँ रेफर गरिएको मेयर कार्कीले बताए । अध्यक्ष खड्कालाई ठक्कर दिने सिटिसफारीका चालकलाई प्रहरीले राति नै पक्राउ गरेको सुनसरी प्रह...
गाईघाटको फलफुल बजारमा रहेका तरकारी व्यवसायीलाई सगरमाथा कृषी बजार सारिने

गाईघाटको फलफुल बजारमा रहेका तरकारी व्यवसायीलाई सगरमाथा कृषी बजार सारिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३२ । उदयपुरको सदरमुकाम गाईघाटस्थित फलफुल बजारमा रहेको तरकारी व्यवसायीलाई सगरमाथा कृषी बजारमा सारिने भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाटमामा रहेको फलफुल बजारका तरकारी व्यवसायीलाई त्रिनपा–१३ स्थितमा रहेको बजारमा सारिने भएको हो । त्रियुगा उद्योग वाणिज्य संघको समन्वयमा साउन १ देखि फलफुल बजारमा व्यावसाय गर्दै आएका तरकारी व्यापारीहरुलाई सगरमाथा कृषी बजारमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । कृषी बजारमा रहेको सटर, भाडादर मुल्याङ्कन एवम् तत्कालिन समितिले हालसम्म गरेका कार्यहरुको प्रगतिको मुल्याङ्कन र कृषी बजार व्यवस्थापन तथा संचालनको लागि राय, सुझाव पेश गर्नको लागी ५ जनाको सदस्य समिति गठन गरिएको छ । त्रियुगा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नविन कुमार चौधरीको संयोजकमा ५ सदस्यि समिति गठन गरिएको छ । समितिमा वडा अध्यक्ष चौधरी सहित प्रशासन शाखा प्रमुख घनश्याम पोखरेल, राजश्...
गाईघाटको फलफुल बजारमा रहेको तरकारी व्यवसायीलाई सगरमाथा तरकारी बजार सारिने

गाईघाटको फलफुल बजारमा रहेको तरकारी व्यवसायीलाई सगरमाथा तरकारी बजार सारिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३१ । उदयपुरको सदरमुकाम गाईघाटस्थित फलफुल बजारमा रहेको तरकारी व्यवसायीलाई सगरमाथा कृषी बजारमा सारिने भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाटमामा रहेको फलफुल बजारका तरकारी व्यवसायीलाई त्रिनपा–१३ स्थितमा रहेको बजारमा सारिने भएको हो । त्रियुगा उद्योग वाणिज्य संघको समन्वयमा साउन १ देखि फलफुल बजारमा व्यावसाय गर्दै आएका तरकारी व्यापारीहरुलाई सगरमाथा कृषी बजारमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । कृषी बजारमा रहेको सटर, भाडादर मुल्याङ्कन एवम् तत्कालिन समितिले हालसम्म गरेका कार्यहरुको प्रगतिको मुल्याङ्कन र कृषी बजार व्यवस्थापन तथा संचालनको लागि राय, सुझाव पेश गर्नको लागी ५ जनाको सदस्य समिति गठन गरिएको छ । त्रियुगा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नविन कुमार चौधरीको संयोजकमा ५ सदस्यि समिति गठन गरिएको छ । समितिमा वडा अध्यक्ष चौधरी सहित प्रशासन शाखा प्रमुख घनश्याम पोखरेल, रा...