Thursday, August 13News That Matters

Breaking News 1

१४ बर्ष हुलाक उदयपुरको चिठ्ठी बाँडेर विदेशीए ठाकुर

१४ बर्ष हुलाक उदयपुरको चिठ्ठी बाँडेर विदेशीए ठाकुर

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ चैत्र । जिल्ला हुलाक कार्यालय उदयपुरले करारमा कार्यरत एक कर्मचारीलाई बिदाई गरेको छ । करिब १४ बर्ष देखी जिल्ला हुलाक कार्यालय उदयपुरमा हलकरा पदमा कार्यरत ४१ बर्षिय अमर ठाकुलाई शुक्रबार कार्यालयले भव्य विदाई गरेको हो । ठाकुरले २०६६÷४÷ २७ गतेदेखी हुलाक कार्यालयमा हुलाकीको रुपमा काम सुरु गरेका थिए । पछि ठाकुरको राम्रो काम कर्तव्यको कारण कार्यालयले हुलाकीबाट हलकराको रुपमा पदोन्नती गरेका थिए । कार्यालय प्रमुख हरिलाल खत्रीले ठाकुरले कार्यालयमा घरायसी कारण देखाएर राजीनामा मागेपछि राजीनामा स्वीकृत दिएको जनाए । ठाकुरले बेल्टार इलाका कार्यालय र जिल्ला हुलाक कार्यालयमा कार्यक्षेत्र बनाएर झण्डै १४ बर्ष ५ महिना काम गरेको जनाए । उनलाई कार्यालय प्रमुख खत्री सहित भिभागिय कर्मचारीहरुको संयुक्त उपस्थितिमा विदाई गरिएको हो । १४ बर्ष नेपाल सरकारलाई महत्वपूर्ण योगदान र सहयोग पुराएकोमा कर्म...
उदयपुर जिप दुर्घटना अपडेट, मृत्युको संख्या ८ पुग्यो, सबैको सनाखत

उदयपुर जिप दुर्घटना अपडेट, मृत्युको संख्या ८ पुग्यो, सबैको सनाखत

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ चैत्र । उदयपुरमा भएको जिप दुर्घटनामा थप एकको मृत्यु भएको छ । बुधबार दिउँसो भएको दुर्घटनामा घटना स्थलमै ७ को मृत्यु हुनुका साथै एक जनाको धरान स्थित उपचारको क्रममा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या आठ पुगेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी ९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका २ का ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी ५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी ९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी ५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डीएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा परी गम्भ...
उदयपुर जिप दुर्घटना : मृत्यु ७ मध्ये चालकको सनाखत अन्यको बाँकी

उदयपुर जिप दुर्घटना : मृत्यु ७ मध्ये चालकको सनाखत अन्यको बाँकी

Breaking News 1
पूर्णपुष्टि, १ चैत्र । उदयपुरमा भएको जिप दुर्घटनामा मृत्यु ७ मध्ये चालकको सनाखत भएको छ । बेलका नगरपालिका वडा नम्बर ७ मा स्थित धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित सात जनाको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ। मृतकहरूमध्ये जीपका चालक मानबहादुर बस्नेतको पहिचान खुलेको छ। अरु यात्रुको सनाखत हुन सकेको छैन। ‘चालकको नामबाहेक अरुको सनाखत हुन सकेको छैन’, उदयपुर प्रहरी अहिले पनि शव संकलनमै रहेको छ । बिहीबार बिहान करिब साढे १० बजेतिर उदयपुरको बेलका ७ बाट भोजपुर जोड्ने चुहार पुल पुग्न अघिको कच्ची सडकमा जिप दुर्घटना भएको हो । जिप सडकबाट खोचमा खसेको थियो। यात्रुहरूलाई भिरबाट उद्धार गरिएको छ । दुर्घटनामा घाइते भएका सात जनालाई भने चुहार मोटरवेल पुल निर्माण कार्यमा खटिएका मजदुर र स्थानीयले उद्धार गरेर कोशी नदीमा चल्ने जेट बोटमा हालेर उपचारका लागि ...
उदयपुर मैनामैनी दुर्घटना : चालक र ७ महिनाका बच्चा सहित ७ को मृत्यु , ९ घाईते तस्विर सहित

उदयपुर मैनामैनी दुर्घटना : चालक र ७ महिनाका बच्चा सहित ७ को मृत्यु , ९ घाईते तस्विर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ चैत्र । उदयपुरको मैनामैनीमा भएको जिप दुर्घटनामा चालक र शिशु सहित ७ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाईते भएको छ । जल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाईतेहरुलाई उपचारको लागि उद्धार गरिरहेको छ भने मृत्यृ हुनेहरुको सनाखतमा प्रहरी खटिरहेको जनाईएको छ । उदयपुर भन्दा भोजपुर सिमानाका प्रहरी नजिक भएको हुँदा भोजपुरबाट जानकारी लिने र उदयपुरको कोठु बाट पनि प्रहरी उदयपुरको टोली पठाईसकिएको जनाईएको छ । घटनाको अनुसन्धान र मृत्यु तथा घाईतेहरुको सनाखतमा प्रहरी खटिरहेको जनाईएको छ ।...
उदयपुरमा भएको जिप दुर्घटनामा ७ को मृत्यु ७ घाईते

उदयपुरमा भएको जिप दुर्घटनामा ७ को मृत्यु ७ घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ चैत्र । उदयपुरमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय मिलन राईका अनुसार ७ जनालाई उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । दुर्घटना मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण पनि खुलेको छैन । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले ६ जनाको मृत्यु भएको तर मृतकको सनाखत हुन बाँकी रहेको बताए । उनका अनुसार दुर्घटनास्थल भोजपुरबाट नजिक पर्ने भएकाले भोजपुर र उदयपुर दुवै जिल्लाका प्रहरीहरु उद्धारमा परिचालन गरिएको छ । र्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धा...
माओवादी नेता अधिकारीको निधन, पार्टी कार्यालयमा श्रद्धान्जली पश्चात अन्यष्टि गरिने

माओवादी नेता अधिकारीको निधन, पार्टी कार्यालयमा श्रद्धान्जली पश्चात अन्यष्टि गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ चैत्र । नेकपा माओवादी केन्द्रको प्रभावशाली नेता अनिल अधिकारीको निधन भएको छ । अधिकारीको गएराति निजि निवासमै निधन भएको हो । अधिकारी लामो समय नेपाली राजनितिमा होमिएर नेपाली जनताको सेवामा सम्लग्न थिए । उनि उदयपुर जिल्लाको पार्टी अध्यक्ष समेत हुन भने पूर्व लडाकु पनि थिए । युद्धबाट बाँचेर फिर्किएका अधिकारीलाई जिउँदो सहिदको रुपमा समेत लिने गरिएको छ । अधिकारीको पार्थिर शरिरलाई पार्टी कार्यालयमा श्रद्धान्जली सभा पछि अन्यष्टि गरिने कार्यक्रम रहेको छ ।...
कोपिला वन उपभोक्ता समूहका महिलाहरु सालको पातबाट आम्दानी गर्दै

कोपिला वन उपभोक्ता समूहका महिलाहरु सालको पातबाट आम्दानी गर्दै

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० फागुन । कटारी रकटारी नगरपालिका वडा नम्बर ४ का महिलाहरुले वनमा खेर जाने सालकोे पातबाट आम्दानी लिन थालेका छन् । कोपिला सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध महिलाहरुले सालको पात टिपेर दुना टपरी बनाउन थालेपछी आम्दानी लिन थालेका हुन् । डिभिजन वन कार्यालय कटारी ९त्रिवेणी०को ८० प्रतिशत र उपभोक्ता समूहको २० प्रतिशत लगानीमा दुना टपरी बनाउने मेसिन खरिद गरेपछी उनीहरुले आम्दानी लिन थालेका हुन् ।‘एक वर्ष भयो हामीले दुना टपरी बनाएर बजार पठाउन थालेको ।’समूहका अध्यक्ष दिपक राईले भने ,‘घरको कामबाट बचेको समयमा महिलाहरुले पात टिपेर ल्याउँछन् र दुना टपरी बनाउँछन् ।’ नियमित पात टिपेर ल्याउनेहरुले मासिक १५ हजार सम्म आम्दानी लिने गरेका छन् ।‘घरखर्च चलाउनका लागि आम्दानी हुने गरेको छ ।’समूहमा आवद्ध दुना टपरी बनाउँदै आएकी सूर्यमाया राईले भनिन् ,‘घरको काम पनि गर्न भ्याईने वनमा गएर पात टिपेर ल्याउन...
पोयट आईडलमा सबैकाे मन जित्दै पत्रकार ऋषिबहादुर राई

पोयट आईडलमा सबैकाे मन जित्दै पत्रकार ऋषिबहादुर राई

Breaking News 1, समाचार, साहित्य
पूर्णपुष्टि, फागुन ३० । पोयट आईडलमा गाउँले कविता सुनाएर मन जित्दै गरेका  उदयपुरका पत्रकार ऋषिबहादुर राई उदयपुरको कटारीमा रहेर एकदशकबढी पत्रकारिता गरिरहेका ऋषिबहादुर राई अहिले कविताको रियालिटी शो दि पोयट आईडलको सिजन २ मा प्रतिष्पर्धिका रुपमा कविता सुनाईरहेका छन् । मंगलबार साँझ ९देखि १० बजे सम्म प्रशारित शो को १२ औं अंक पश्चात राई उत्कृष्ट ११ मा पुगेका छन् । आगामी अंकमा ग्रुप बीबाट एकजना भोटको नतिजा मार्फत आउट हुने भएकाले ग्रुप ए मा रहेका राईले अव उत्कृट १० बाट आठका लागि आगामी सोमबार र मंगलबार कविता प्रस्तुत गर्नेछन् । नेपाल पत्रकार महासंघ शाखा उदयपुरको सह सचिव समेत रहेका राईले पत्रकारितासँगै नेपाली साहित्यमा कविता , लघुकथा , संस्मरण , गजल , गीत , वालकथा , वालकविताहरु लेख्दै आएका छन् । पोयट आईडल मार्फत नेपाली समाजमा रहेका परिस्थितिहरुलाई कविताको माध्यमबाट जस्ताको त्यस्तै उतार्नु राईको विश...
खानेपानी भवनको हात्तिपाईले खनेर ल्याव टेस्ट गरिने

खानेपानी भवनको हात्तिपाईले खनेर ल्याव टेस्ट गरिने

Breaking News 1, समाचार
सुनिल राई (उदयपुर) पूर्णपुष्टि, २९ फागुन । त्रियुगा खानेपानी उपभोक्ता समितिको भवन अनुगमन निरन्तर रुपमा भैरहेको छ । मंगलबार त्रियुगा नगर उपप्रमुख महेश्वरी राई सहित वडा अध्यक्ष सुमन्त कोईराला, प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल र त्रियुगा नगरपालिकाका प्राविधिकहरुले संयुक्त अनुगमन गरेका थिए । उक्त भवनको हात्तिपाईले खनेर ल्याव टेस्ट गरिने उपप्रमुख राईले बताईन् ।बाँकी पिलर लगायतको भागहरुको रिपोर्ट आएपछि पून ः अनुगमन गरी स्थानीयहरु सहितको उपस्थितिमा भवनलाई कसरी निर्माण गर्ने भन्ने छलफल गरिने उपमेयर राईले जनाईन् ।  ...
उदयपुरमा प्रदेश स्तरीय होम स्टे (घरवास) सम्मेलन सुरु

उदयपुरमा प्रदेश स्तरीय होम स्टे (घरवास) सम्मेलन सुरु

Breaking News 1
पूर्णपुष्टि, २९ फागुन । उदयपुरमा कोशी प्रदेश स्तरीय होम स्टे ( घरवास ) सम्मेलन २०८० सुरु भएको छ । प्रदेशको १४ ओटै जिल्लाहरुमा रहेका होम स्टेहरुको उपस्थितिमा सम्मेलन सुरु भएको हो । त्रियुगा नगरपालिका ८ राजावास स्थित रहेको दनुवार सामुदायिक भवनमा सम्मेलन भैरहेको छ । कोशी प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा पर्यटन कार्यालय धरान, पर्यटन कार्यालय काकटभिट्टा, त्रियुगा नगरपालिका र होम स्टे महासंघको समन्वय रहेको छ । कार्यक्रमको उद्घाटन पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गरेका छन् । उप्रेती सँगै खानेपानी उर्जा तथा सिंचाई मन्त्री नारायण बुर्जा मगर, प्रदेश सांसदहरु राजन किराती, सम्झना तामाङ, गिता रेग्मी सागै जिल्ला प्रमुख अधिकारी हरिप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको छ । मन्त्री उप्रदीले होम स्टे कोशी प्रदेशको मुख्य पर्यटन आर्षणको माध्यम रहेको जनाए । उनले पहाडी बिक...