Thursday, August 13News That Matters

Breaking News 1

बन डढेलोबाट बचाउन अनुरोध गर्दै पन्चेबाजा र्याली

बन डढेलोबाट बचाउन अनुरोध गर्दै पन्चेबाजा र्याली

Breaking News 1
पूर्णपुष्टि, ५ चैत्र । डिभिजन वन कार्यालय गाईघाटले बनलाई डढेलोबाट बचाउन अनुरोध गर्दै पन्चेबाजा र्याली गरेको छ । सोमवार कार्यालयबाट पन्चेवाजा सहित निस्किएको र्याली बोक्से, करमगाछी, नयाँवस्ती, सँगम टोल हुँदो पिपलचोकमा कोणसभा गरिएको थियो । कार्यालयका वन अधिकृत डा. इन्द्र प्रसाद सापकोटाले बन जंगल रहे मानव जिवन रहने जनाए । पहिले मानव सचेत वन्नु पर्छ, जंगललाई मानवले नै बचाउने हो अनि जंगलले फेरी मान्छेलाई बचाउँछ, सापकोटाले भने,” । सापकोटाका अनुसार उदयपुर जंगलबो बिचमा रहेको हुँदा जंगल र वस्तीहरुलाई जोगाउने काम गर्नु पर्ने जनाए । उनले सबै नागरिकहरु वन बचाउन सचेत बन्नु पर्ने भन्दै कहि कतै जंगलमा आगो लगाएर बन जंंगल र मानव अस्थित्व मेट्न प्रयास नगर्न अनुरोध गरे । यसले बन जंगलमा रहेको बन्यजन्तुहरुलाई पनि मास्ने हुँदा मानव जिवन सहज बनाउन बन बचाउनु पर्ने जनाए । सहायक वन अधिकृत जागेश्वर साहल...
उदयपुरको बेलकामा एक पुरुषले गरे झुण्डिएर आत्महत्या

उदयपुरको बेलकामा एक पुरुषले गरे झुण्डिएर आत्महत्या

Breaking News 1
पूर्णपुष्टि, ५ चैत्र । उदयपुरको बेलकामा सोमबार एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको छ । नगरपालिकाको वडा नं। ९ को कमलाबारी साकेला पार्क छेउ माछापुच्छ्रे सामुदायिक बनको भवन नजिकै ति पुरुष झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार ति पुरुष उदयपुरगढी गाउँपालिकाका कृष्ण बहादुर तामाङ भन्ने खुलेको छ । तामाङ चौतारीको फलैचाको बलोमा आफुले लगाएको गल्पनले झुण्डिएका थिए । आफन्तको भनाइ अनुसार कृष्ण तामाङ गत मंगलबार देखि घरबाट हराएका थिए। आत्महत्याको कारण भने अहिलेसम्म खुलेको छैन। तामाङको लाशलाई हाल पोस्टमार्टमको लागी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट लगिएको छ। भने थप अनुसन्धान प्रहरीले गरिरहेको अवस्था छ ।...
कंक सामुदायिक वनमा पदाधिकारी असन्तुष्टीको जालो, पत्रकार भन्दै धम्काएको आरोप

कंक सामुदायिक वनमा पदाधिकारी असन्तुष्टीको जालो, पत्रकार भन्दै धम्काएको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ चैत्र कंग सामुदायिक वन उपभोक्ता समितिको पदाधिकारीहरु फेरवदलले व्यक्तिमा चरम असन्तुष्टी बढेको छ । सगरमाथा विमान स्थल निर्माणका लागि काटिएको काठ बेचविखन प्रक्रियामा उपभोक्ता र समितिबीच बढेको द्धन्दले काठ बिक्रि वितरणमा समस्या पर्दै आएको हो । समितिको स्वार्थका कारण बिक्रि वितरण प्रक्रिया नमिलेको र काठमा आर्थिक चलखेल हुन सक्ने भन्दै उपभोक्ताहरुले बिरोध गरेका थिए । सोही वन उपभोक्ता समितिका उपभोक्ता तथा हालको समिति सदस्य समेत रहेका सम्भु खड्काले काठ बेचविखनमा समितिको स्वार्थ बढ्दै गएपछि समितिनै ख्यारेज गरी नयाँ समिति निर्माण गर्नु पर्ने माग राखेको बताए । काठ बेचेको पैसा मन्त्रालयमै पठाउनु पर्ने अडान समितिले राखेपछि उपभोक्ताहरु बिच्कीएको अवस्था थियो । उभोक्ताहरुले आफ्नो समुदायको वन बेचेर मन्त्रालयको बिकास गर्न पर्ने अवस्था नरहेको र यस्तो नियम कुनै पनि हालतमा उल्लेख नरहेको भन्दै...
गाईघाटबाट काठमाण्डौँ चल्ने नाईट बसमा अनिवार्य दुई जना चालकको ट्राफिक प्रहरीद्धारा अनुगमन

गाईघाटबाट काठमाण्डौँ चल्ने नाईट बसमा अनिवार्य दुई जना चालकको ट्राफिक प्रहरीद्धारा अनुगमन

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरले लामो दुरीका सवारीहरुमा अनिवार्य दुई चालक कार्यन्वयन भए नभएको बारे अनुगमन गरेको छ । आईतबार प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा अनुगमन गरेको हो । गाईघाट स्थित त्रियुगा बसपार्कमा लामो तथा रात्री कालिन सवारीमा अनुगमन गरिएको हो । बिषेशगरी गाईघाटदेखी काठमाण्डौँ चल्ने सवारीमा अनिवार्य दुई चालक गरिए वा नगरिएको भन्नेबारे अनुगमन भएको छ । लामो यात्राको क्रममा निद्रा र थकानले चालकलले कुनै पनि बेला सवारी दुर्घटनाको परिस्थितिमा लैजान सक्ने भन्दै अनिवार्य दुई चालकको निति बनाएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेलले जनाए । पोखरेलका अनुसार गाईघाट देखी हेटौडा सम्म एउटा चालक र हेटौडा देखी काठमाण्डौँ सम्म फेरी अर्को चालक फेरिनु पर्ने नियम रहेको इन्चार्ज पोखर...
मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

Breaking News 1
पूर्णपुष्टि, फागुन ६ । मोरङमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पथरी शनिश्चरे नगरपालिका–१० का ५० बर्षीय प्रेम बहादुर चौहान रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुत्रबार पथरी शनिश्चरे नगरपालिका–१ पश्चिम बस स्टेण्ड स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट साईकलयात्री चौहानको मृत्यु भएको हो । साँझ साढे ६ बजे कानेपोखरीबाट पथरीतर्फ आउदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाईकलले चौहानलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते  चौहानलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक शनिश्चरे नगरपालिका–१ का ५१ बर्षिय किरण घिमिरे समेत सामान्य घाईते भएकोले पथरी अस्पतालमा उपचारभईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा उदयपुरका रसाईली चयन

नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा उदयपुरका रसाईली चयन

Breaking News 1
पूर्णपुष्टि, ४ चैत्र । नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा उदयपुरका व्यवसायी रमेश रसाईली चयन भएको छ । रसाईलीको नेतृत्वमा .... कार्यसमिति चनन भएको हो । रसाईली उदयपुर गाईघाट स्थित रुजल ज्वेलर्सको संञ्चालक तथा त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अध्यक्ष समेत हुन् । रसाईली लामो समयदेखी गाईघाटमा सुनचाँदी व्यवसाय गर्दै आएका सफल ब्यपारी हुन् । उनी प्रदेशको दोस्रो, तेस्रो र चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा चयन बनेको हो । यहि चैत्र ३ गते इटहरीमा भएको अधिवेशनमा रसाईली नेतृत्वमा उपाध्यक्षमा लिला बहादुर विश्वकर्मा, शशि भुषण शाह, सचिवमा कुमार श्रेष्ठ, महासचिवमा मिन व गहतराज बि.क, कोषाध्यक्षमा मनोज कुमार अग्रवाल, सहकोषाध्यक्षमा बाबुराम विश्वकर्मा रहेका छन् भने सदस्यहरुमा राजु विश्वकर्मा, मोहन गजमेर, लाल बहादुर विश्वकर्मा, रोहित वहादुर विश्वकर्मा, आलोक राठोर रह...
मैनामैनीमा अस्थायी प्रहरी चौकी स्थापना

मैनामैनीमा अस्थायी प्रहरी चौकी स्थापना

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ३ । उदयपुरको बेलका नगरपालिका –७ मैनामैनीमा आज अस्थायी प्रहरी चौकी स्थापना भएको छ । त्यस क्षेत्रको शान्ति सुरक्षा र सडक दुर्घटनालाई मध्येनजर गर्दै अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताउनुभयो । https://youtu.be/KCBgCPvbkw4 चौकीको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र बेलकाका मेयर अशोक कार्कीले संयुक्तरुपमा उद्घाटन गरे । कार्यालय परिषरमा राष्ट्रिय झण्डात्तोलन र रिबन काटेर कार्यालयको उदघाटन गरिएको थियो । एसपी थापाका अनुसार आजैदेखि मैनामैनीमा प्रहरी सहायक निरिक्षक टिका निरौलाको नेतृत्वमा सुरक्षा युनिट खटिएका छन् । प्रहरीसंगै त्यस क्षेत्रको सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीसमेत खटाइएको छ । तीनदिनअघि मात्र उक्त ठाउँमा आठजनाको ज्यान जानेगरी दर्दनाक जीप दुर्घटना भएको थियो । चौकी स्थापनाले स्थानीयमा खुसी छाएको छ । गाउँमा प्रहर...
रौतामाईमा आगलागी हुँदा ४५ लाख बराबरको क्षती

रौतामाईमा आगलागी हुँदा ४५ लाख बराबरको क्षती

Breaking News 1
पूर्णपुष्टि, ३ चैत्र । उदयपुरको रौतामाई गाउँपालिकामा आगलागी हुँदा ४५ लाख बराबरको धनमाल नष्ट भएको छ । पालिकाको ३ नं वडा भोर्लेली स्थित नवउदय सामुदायिक जंगलमा लागेको डढेलोमा हावाहुरी चल्दा वन नजिक रहेका घर बस्तिमा समेत पस्दा आगलागी भएको थियो । आगलागीमा भोर्लेनी बस्ने गाउन राई ,मन कुमारी राई,जगत राई,मदन राई,गोबिन्द नेपाली र राम बहादुर राईको गरी ३ वटा घर र ६ वटा गोठ समेत जल्दा ठुलो धनमालको क्षती भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अन्दाजी ४५,७०,०००।–पैतालिस लाख सत्तरी हजार बराबरको क्षती पुगेको हो । आगो नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा नियन्त्रणमा ल्याईएका थिए । साथै सामुदायिक वनमा लागेको डढेलोलाई नियन्त्रणको प्रयास भईरहेको पनि प्रहरीले जनाएको छ।...
लागुऔषध सहित ५ जना पक्राउ

लागुऔषध सहित ५ जना पक्राउ

Breaking News 1
पूर्णपुष्टि, ३ चैत्र । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे मोरङको बिराटनगर महानगरपालिका १५ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बराह्रक्षेत्र नगरपालिका( ६ सुनसरीका ३० बर्षीय बिजय कुमार राउतलाई लागुऔषध ब्राउनसुगर १६ ग्राम ८८ मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका( ५ स्थितबाट नियन्त्रित औषधी ट्रमानिल र स्पास्मो गरी जम्मा ७०८ ट्याबलेट सहित बराहक्षेत्र( ४ का २१ बर्षीय गोविन्द खत्रीलाई प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय अनारमनीबाट झापाको अर्जुनधारा नगरपालिका( ६ स्थित खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा ४ के।जि। ६५० ग्राम सहित ७४ बर्षीय भरोसी यादव, ३९ बर्षीय गोपा...
मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ चैत्र । संखुवासभाको पाँचखपन नगरपालिका( ९ याङ्सिजुङ स्थित मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो १२ बजे वानातर्फ आउदै गरेको बा। ४० प १७९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको को। ३७ प १८४२ नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को। ३७ प १८४२ नंम्बरको मोटरसाईकल सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडी सवार स्थानीय ६५ बर्षीय पदम बहादुर बिश्वकर्मको घटनास्थानमै मृत्यु भएको थियो । दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक २७ बर्षीय कमानसिं बिश्वकर्मा र अर्को मोटरसाईकल चालक धनकुटा नगरपालिका( १० का २३ बर्षीय पदम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वानाबाट थप अनुसन्धान भईरहेको छ ।...