Thursday, August 13News That Matters

Breaking News 1

दोस्रो कार्यकालको लागि मलाई कार्यकर्ता पंक्तिबाट ठुलो साथ समर्थन छ : अध्यक्ष घिमिरे

दोस्रो कार्यकालको लागि मलाई कार्यकर्ता पंक्तिबाट ठुलो साथ समर्थन छ : अध्यक्ष घिमिरे

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० चैत्र । नेकपा एमाले उदयपुरका नवौँ अधिवेशन अन्तिम चरणमा पुगे सँगै पार्टी अध्यक्ष परमेश्वर घिमिरेको जिम्मेवारी अबधि सकिँदैछ । यहि चैत्र १३ र १४ गते जिल्ला अधिवेशन हुँदै गर्दा अध्यक्ष घिमिरेले पार्टी नेतृत्वमा फेरी कार्यकाल दाहोराउने निधो समेत व्यक्त गरेको छ । घिमिरेले आफु फेरी पनि नेतृत्वमा आकांक्षी रहेको संकेत गर्दै पार्टी सहज र क्रियाशिलताको लागि अझै एक पटक सम्म नेतृत्वमा जाने तयारी गरेको जनाए । पार्टी नेतृत्वमा दुई बर्षको छोटो कार्याकालको क्रममा आफुले धेरै कामहरु गरेको घिमिरेको दावी छ । उनले पार्टीलाई सहज अवतरण, बिभागीय तथा जनवर्गिय समितिलाई चलायमान, कार्यकर्ताप्रति विश्वासको बढुवा, कार्यकर्ता विस्तार लगायतका काम आफ्नो नेतृत्वमा भएको घिमिरेले जनाए । उनले केही थप कामहरु अझै बाँकी रहेको पनि सुनाए । बाँकी रहेको काम दोस्रो कार्यकालमा सम्पन्न गर्ने घिमिरेको भनाई छ । घिमि...
एमाले उदयपुरको नवौँ अधिवेशनको तयारी तिव्र

एमाले उदयपुरको नवौँ अधिवेशनको तयारी तिव्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० फागुन । नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी तिव्र बनाइएको छ । चैत १३ र १४ गते हुने अधिवेशनका लागि आठ पालिका, ७५ वडा, सल्लाहकार कमिटी र २३ वटा जनसंगठनबाट प्रतिनिधि चयन भईसकेका छन् । प्रतिनिधि चयन भएसँगै एमालेले तयारीलाई तिव्र बनाएको हो । अधिवेशनलाई भव्य बनाउन जिम्वेवारी वाँडफाँट अन्र्तगत १२ वटा उपसमिति निर्माण गरी परिचालन गरिएको अध्यक्ष परमेश्वर घिमिरेले बताए । सबै समितिले जिम्वेवारी अनुसार बैठक बसी तयारी थालेको उनले बताए । पार्टी अध्यक्ष केपीशर्मा ओलीले उदघाट्न गर्ने अधिवेशनमा सबै क्षेत्रबाट ६०३ जना प्रतिनिधिले सहागिता रहने उनले बताए । उनका अनुसार जिम्वेवारी वाँडफाँट अन्र्तगत राजनीतिक तथा आर्थिक प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष परमेश्वर घिमिरे रहेको चार सदस्य, आर्थिक उपसमितिमा उपसचिव भरतबहादुर थापा, प्रतिनिधि व्यवस्थापन उपसमितिमा उपसचिब टेकबहादुर राउत, प्र...
उदयपुरमा कार्यरत प्रमोद राई फागुन महिनाको उत्कृष्ट सशस्त्र प्रहरी घोषित

उदयपुरमा कार्यरत प्रमोद राई फागुन महिनाको उत्कृष्ट सशस्त्र प्रहरी घोषित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ चैत्र । उदयपुरमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्रमोद राई उत्कृष्ट सशस्त्र प्रहरी घोषित भएको छ । राई फागुन महिनको उत्कृष्ट सशस्त्र प्रहरी घोषित भएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ५. हे.क्वा उदयपुरमा कार्यरत राईको कार्य क्षमताको आधारमा उत्कृष्टता घोषणा गरेको हो । राईले उदयपुरको पर्यटकीय क्षेत्र रमिते डाँडाँबाट उडाएको प्याराग्लाईडिङ अन्यन्त्रित बनी सालको रुखमा अड्किएको अवस्थामा दुईजना पाईलटलाई सकुसल उद्धार गरेको भन्दै कदर पत्र सहित उत्कृष्ट घोषणा गरेको हो । प्याराग्लाईडि स्थानीय सामुदायिक वन नव उदय सामुदायिक वन स्थित चप्पनमा सालको रुखमा अड्एिको अवस्था थियो । करिब सय फिट माथि अड्किएको दुई जनालाई राईले रप रेस्क्यु बिधिबाट उद्धार गरेका थिए । प्याराग्लाईडिङ हावाको प्रभावले रुखमा अड्किएका थिए । राईलाई मानव जिवन बचाउन जस्तो महत्वपूर्ण भुमिकामा सहभागी बनी अमुल्य जि...
उदयपुरमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ चैत्र । जिल्ला प्रहरी कार्यालय उदयपुरले वन मुद्धाको फरार प्रतिवादी दिनेश सदालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ६ जलजलेका सदालाई इलाका प्रहरी कार्यालय जलजलेले पक्राउ गरेको हो । सदालाई शुक्रबार पक्राउ गरी कर्वाही कार्यान्वयनको लागि अदालत पठाईएको प्रहरीले जनाएको छ । २०६९÷१२÷२६ गते उदयपुर अदालतले १ महिना कैद र ११ हजार ५७२ रुपयाँ जरिवाना तोकिएकोमा सदा कार्वाही भुक्तानबाट फरार अवस्थामा रहेको थियो । उनलाई लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।...
गाईघाटमा जुत्ता चप्पल महोत्सव शुभारम्भ

गाईघाटमा जुत्ता चप्पल महोत्सव शुभारम्भ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ७ । गाईघाटमा प्रथम जुत्ता चप्पल महोत्सव २०८० सुरु शुभारम्भ भएको छ । महोत्सव गाईघाट पिपलचोकमा संञ्चालन भएको छ । महोत्सवको उद्घाटन बुधबार त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले रिबन काटेर गरेका छन् । ‘स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सामुहिक नेपाली जुत्ता चप्पल उद्योगीहरुले गाईघाट स्थित एक महिने जुत्ता चप्पल सुरु गरेको हो । महोत्सवमा ५ वटा नेपाली कम्पनीका ३ हजार भन्दा बढी जुत्ता प्रदर्शनी गरिने आयोजकले जनाएको छ । मेयर बस्नेतले समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली पनको महत्व बिदेशमा मात्र हुने भएको बताउँदै नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपालीहरुले नेपालमै उत्पादन भएको सामाग्रीहरु प्रयोग गर्नुपर्ने मेयर बस्नेतले जोड दिए । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा फुटवेयर म्यानुफ्याक्चर कम्पन...
गाईघाटमा लागु औषाध बिरुद्ध प्रभातफेरी सँगै अन्तरक्रिया

गाईघाटमा लागु औषाध बिरुद्ध प्रभातफेरी सँगै अन्तरक्रिया

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ फागुन । गाईघाटमा लागु औषाध विरुद्ध प्रभातफेरी कार्यक्रम सँगै अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा उदयपुरमा बढ्दो अवस्थामा रहेको लागु औषाध दुव्र्यसनलाई नियन्त्रण गर्न कार्यत्रम गरिएको हो । बुधबार त्रियुगा नगरपालिकाको सभाहलमा नेपाल प्रहरी, टोल विकास संस्था, जन प्रतिनिधि, अभिभावक लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो । गाईघाट बजार परिसरमा प्रभातफेरी र्याली गरेर नगरपालिकाको हलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरका अनुसार लागु औषाध दुव्र्यसन विद्यालयबाटै सुभारम्भ गर्नु पर्ने जनाईन् । उनले सामाजिक बिषयका शिक्षकहरुलाई यसबारे तालिम उपलब्ध गराएर कक्षामै विद्यार्थीहरुलाई सचेत गराउनु पर्ने बताईन् । त्यसको लागि जनप्रतिनिधिहरुले विद्यालयमा बजेट व्यवस्थापन गरी लागु औषाध बिक्रिती र यसको अव...
उदयपुरको तिन गाउँपालिकाले सरकार सँग मागे पक्की सडकको लागि बजेट

उदयपुरको तिन गाउँपालिकाले सरकार सँग मागे पक्की सडकको लागि बजेट

Breaking News 1
पूर्णपुष्टि, ६ चैत्र । उदयपुरको तिन पहाडी गाउँपालिकाले नेपाल सरकारलाई पक्की सडकको लागि बजेट माग गरेको छ । लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकाले नेपाल सरकारको अर्थ मन्त्रालयमा पक्की सडकको माग राखेका हुन् । यि तिनै पालिकाका अध्यक्षहरुले अर्थ मन्त्री बर्षमान पुनलाई आवश्यक बजेटको लागि मंगलबार साझा माग पेश गरेको छ । लिम्चुङबुङ गाउँपालिकाबाट सुरु भएको एउटै पुस्तामा समृद्ध पालिकामा पछिल्लो समय रौतामाई र ताप्ली पनि जोडिएका हुन् । पछिल्लो समय यी तिन पालिकाले पक्की सडकको लागि आवश्यक बजेट माग गर्न सरकार सँग दौडधुप गरिरहेको अवस्था छ भने सम्बन्धीत निकायहरु सँग समन्वयका लागि लडिरहेको छ । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई, रौतामाईका बिरेन्द्र मगर र ताप्लीका ढुँगराज बिक एकै साथ मन्त्रालयमा पुगेर बजेट माग गरेको छ । यी तिनै पालिकाको सिमानाहरुमा सडक एक आपसमा ...
भोलीदेखी गाईघाटमा जुत्ता चप्पल महोत्सव शुभारम्भ हुने

भोलीदेखी गाईघाटमा जुत्ता चप्पल महोत्सव शुभारम्भ हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ चैत्र । गाईघाटमा भोली (बुधबार) देखी जुत्ता चप्पल महोत्सव २०८० सुरु हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो अभियान भन्ने नारा सहित गाईघाटको पिपलचोक स्थित एक महिने महोत्सव सुरु गरिने भएको हो । महोत्सवबारे सोमबार साँझ पत्रकार सम्मेलन गरी आयोजक समितिले जानकारी गराएको हो । महोत्सवको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले गर्ने जनाईएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्दै देशलाई राजश्वमा सहयोग पुराउने र बिदेशी आयतलाई नियन्त्रण गर्ने उदेश्य सहित गाईघाटमा पनि नेपाली ब्राण्डको जुत्ताहरुलाई महोत्सवको रुपमा प्रदर्शन गरिने जानाईएको छ । नेपालको जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको संयुक्त समुहहरुले महोत्सव गर्न लागेको हो । महोत्सवमा स्पोर्ट, बियर हिल, फर्सट् वाल्क, रोयल, डिजे प्रोडक्सन र क्रस रोडका ब्राण्डहरु सहभागी रहेको मेला संयोजक होमनाथ उपाध्...
कटारी नगरपालिकामा वडाध्यक्षहरुले गरे तालाबन्दी

कटारी नगरपालिकामा वडाध्यक्षहरुले गरे तालाबन्दी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ६ । उदयपुरको कटारी नगरपालिकामा वडाध्यक्षहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यपालिकामा १७ जना सदस्यले असहमति जनाएको बुँदाहरु नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई मिलेर मनोमानी गरेको भन्दै ९ जना वडाध्यक्षहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । वडाध्यक्षहरुले उपभोक्ता समितिले दुःख पाएको, कार्यपालिकामा निर्णय नभएको, काम आफू अनुकूल गरेको, योजना सम्झौता नगरेको, भुक्तानीमा सर्वसाधरणलाई दुःख दिने गरेको जनगुनासो आएकाले प्रशासकीय अधिकृतको कार्यकक्ष र नगरपालिकाको कार्यालयमा सोमबार वडा अध्यक्षहरुले तालाबन्दी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाराई आए पछि नगरमा बेथिति बढेको भन्दै तालाबन्दी गर्नु परेको वडा नं‍. २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताए ।...
उदयपुर विकास धोषणापत्र जारी

उदयपुर विकास धोषणापत्र जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ५ । उदयपुरको समग्र विकासका लागि साझा धारणा तय भएको छ । जिल्ला समन्वय समिति उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको ब्यवस्थापनमा सर्बपक्षीय दल तथा संघीय, प्रदेश सांसदहरुको उपस्थितिमा जिल्लाको समग्र विकासका लागि साझा धारणा तय भएको हो । जिल्लाको सडक, नदी नियन्त्रण, प्राकृतिक स्रोत साधन सदुपयोग, एयरपोर्ट, मेडिकल कलेज, शिक्षा, स्वास्थ्य, कृषि आदिको विषयलाई एकिकृतरुपमा अगाडी बढाई समग्र विकासमा एकजुट हुने प्रतिबद्धता सहित १९ बुँदे त्रियुगा घोषणापत्रसमेत जारी गरेका छन् । उदयपुर विकास बोर्डका पूर्व संयोजक तथा त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीले प्रस्तुत गरेको अवधारणा पत्रमा ब्यापक छलफलपछि घोषणापत्र जारी गरिएको हो । उदयपुर निर्वाचन क्षेत्र नंं. २ का संघीय सांसद अम्बर रायमाझी, प्रदेश उपसभामुख सिर्जना दनुवार, प्रदेश सांसदहरु राजन किराँती (बासु), सम्झना तामाङ, गिता रेग्...