Thursday, August 13News That Matters

Breaking News 1

उदययपुरमा कोशीमा बेपत्ता तिन मध्ये एक जनाको शव फेला

उदययपुरमा कोशीमा बेपत्ता तिन मध्ये एक जनाको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ चैत्र । उदयपुरमा कोशीमा बेपत्ता भएको तिन मध्ये एक बालकको शव फेला परेको छ । मंगलबार स्थानीय र प्रहरीले बालकको शव फेला पारेको हो । फेला पर्नेमा ९ बर्षिय रिदम मगर रहेको छ । रिदम सहित तिन जना आईतबार कोशीमा बेपत्ता भएको थियो । बेपत्ता मध्ये रिदमको भने घिर्लिङ भन्ने ठाउँमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य दुईजना १२÷१२ बर्षिय लोक वहादुर राई र रेखा मगरको भने अझै शव फेला पर्न बाँकी रहेको छ । उनिहरुको खोजी कार्य भैरहेको छ ।...
एमाले सिध्याउन खोजी पछि गठबन्दन बदलियो : पोखरेल

एमाले सिध्याउन खोजी पछि गठबन्दन बदलियो : पोखरेल

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ चैत्र । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले कांग्रेससंगको हिजोको गठबन्धनले एमाले सिध्याउन खोजेपछि राष्ट्रहितसमेतका लागि अहिलेको गठबन्धन गरिएको बताएका छन् । नेकपा एमाले नवौं उदयपुर जिल्ला अधिवेशनको उद्घाटन गर्न उदयपुर आइपुगेका उपाध्यक्ष पोखरेलले पत्रकार भेटघाटमा सो कुरा बताएका हुन् । उनले अहिलेको गठबन्धनलार्ई दिगोरुपमा टिकाउन लागी पर्ने पनि बताएका छन् । जातीय सांस्कृतिक झाँकीसहित र्याली गरी जिल्ला अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष पोखरेलले गरेका छन् । दुईदिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयनसमेत गर्नेछ । १०५ सदस्यीय नयाँ जिल्ला पार्टी समितिका लागि जिल्लाको चार गाउँपालिका र चार नगरपालिकागरी आठ स्थानीय तहका ६५० जना प्रतिनिधिले भाग लिदैछन् ।...
एमाले उदयपुरको जिल्ला अधिवेशन आज र भोली

एमाले उदयपुरको जिल्ला अधिवेशन आज र भोली

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ चैत्र । नेकपा एमाले उदयपुरको जिल्ला अधिवेशन आज भोली गाईघाटमा हुने भएको छ । मोतिगडाको होटल इम्पायर इन मा अधिवेशन हुने भएको हो । अधिवेशनको औपचारिक कार्यक्रम मंगलबार र वन्दसत्र भने भोली बुधबार हुने एमाले उदयपुरले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेलले गर्ने भएको छ ।  ...
भरत भुर्तेल पत्रकारिता पुरस्कार उदयपुरको कौशल चेम्जोङलाई

भरत भुर्तेल पत्रकारिता पुरस्कार उदयपुरको कौशल चेम्जोङलाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ चैत्र । उदयपुरका पत्रकार कौशल चेम्जोङलाई भर भुर्तेल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । झापाको ‘पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठान’ ले यस वर्ष भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट उदयपुरका बरिष्ठ पत्रकार कौशल चेम्जुङलाई पुरस्कृत गरेको हो । चेम्जोङलाई नगद ४१ हजारसहित सम्मान गरिएको छ । प्रतिष्ठानले मोफसलका क्रियाशिल पत्रकार मध्ये वरिष्ठ पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ। यो झापा जिल्लाको सबैभन्दा ठूलो राशीको पुरस्कार हो । यस अघि यो पुरस्कार जिल्लाभरीका पत्रकारहरुमा मात्र सिमित थियो । यस बर्षदेखि झापा बाहिरका पत्रकारलाई समेत यो पुरस्कार दिने नीति लिईएको प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले वताए । साढे तिन दशक पत्रकारितामा समय विताएका चेम्जोङ सामुदायी रेडियो त्रियुगा गाईघाटको संस्थापक हुन् । यो सँगै उनि अन्य संञ्चार माध्यमहरुमा आबद्ध छन् । करिब ३५ ब...
कोशीमा बेपत्ता तिन बालवालिका अझै फेला परेन, सशस्त्र प्रहरी र नेपाल प्रहरीको १५ जना गोताखोर टोली परिचालन

कोशीमा बेपत्ता तिन बालवालिका अझै फेला परेन, सशस्त्र प्रहरी र नेपाल प्रहरीको १५ जना गोताखोर टोली परिचालन

Breaking News 1
पूर्णपुष्टि, १२ चैत्र । उदयपुरमा सुनकोशी नदीमा बेपत्ता परेका तिन बालवालिका अझै फेला परेका छैन । आईतबार करिब ३ बजेको समयमा होली खेल्दै कोशी पुगेका त्रियुगा नगरपालिका १४ साउनेका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर अझै फेला नपरेको वडा अध्यक्ष हिमराज मगरले जनाए। अध्यक्ष मगरका अनुसार उनिहरुको निरन्तर खोजी कार्य भैरहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्दन चौधरीका अनुसार उदयपुरबाट प्रहरी र शसस्त्र प्रहरीको गोताखोर टोली खोजी कार्य तर्फ घटना स्थल गएको जनाएको छ । नेपाल प्रहरीको ६ जना र सशस्त्र प्रहरीको ९ जना गरी जम्मा १५ जना गोताखोर टोली समेत खोजी कार्यको लागि खटिएको डिएसपी चौधरीले जनाए ।...
कोशीमा बेपत्ता तिनजनाको खोजी कार्य तिव्र

कोशीमा बेपत्ता तिनजनाको खोजी कार्य तिव्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ चैत्र । उदयपुरमा आईतबार होली खेल्ने क्रममा बेपत्ता तिन बालवालिकाको खोजी कार्य तिव्र रुपमा भैरहेको छ । त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगरको खोजी कार्य भैरहेको हो । उदयपुर प्रहरी, वडा अध्यक्ष हिमराज मगर सहितको जनप्रतिनिधि र स्थानीयहरुले बेपत्ताहरुको खोजि कार्य गरिरहेको छ । आईतबार दिउँसो तिनबजे तिर साउने बजारबाट धाप्लाङ कोशी तर्फ झरेका उनिहरु कोशिमा छिरेर बेपत्ता भएको वडा अध्यक्ष हिमराज मगरले जनाए ।...
कटारीमा टाउको र शरीर  फरक–फरक अवस्थामा पुरुषको शव फेला

कटारीमा टाउको र शरीर फरक–फरक अवस्थामा पुरुषको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ चैत्र । उदयपुरमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । जिल्लाको कटारी नगरपालिका ५ छाउरी खोला नजिक पुरुषको शव फेला परेको हो। शव टाउको एकातिर शरिर एकातिर रहेको अवस्थामा फेला परेको छ । भुल्के स्थित छाउरी खोला छेउमा नाम, थर, वतन नखुलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शव खोला किनाराको घारीमा शरीरको तल्लो भाग भेटिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सुबास राईले बताए । स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।  ...
होली खेल्ने क्रममा उदयपुरमा कोशीमा तीन बालबालिका बेपत्ता

होली खेल्ने क्रममा उदयपुरमा कोशीमा तीन बालबालिका बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ११ । उदयपुरमा होली खेल्ने क्रममा दुधकोशीमा बगेर आज तीन बालबालिका बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले बताए । बालबालिकाहरुको समुह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चारपाँच जनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको पुष्टि गरेको छ । घटनास्थलतर्फ खोजतलासका लागि प्रहरी खटिएको जनाएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जनाएका छन् । स्थानीयका अनुसार घटना दिउसो अन्दाजी साढे ३ बजेतिरको हो ।...
नियमविपरिद सवारी चलाउनेलाई कार्वाही गर्ने ट्राफिक प्रहरी उदयपुरको चेतावनी

नियमविपरिद सवारी चलाउनेलाई कार्वाही गर्ने ट्राफिक प्रहरी उदयपुरको चेतावनी

Breaking News 1
पूर्णपुष्टि, ११ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले होलीको बेला जथाभावी सवारी नचलाउन अनुरोध गरेको छ । यदि नियमविपरिद सवारी चलाउने र होहल्ला गरेमा कडा कार्वाही गरिने जनाईएको छ । ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले ट्राफिक नियम पालना गरी सवारी चलाउनु पर्ने भन्दै नियममा रही सवारी साधनको प्रयोग गर्न अनुरोध गरेको छ । बिगतमा होलीमा घटेको दुर्घटनाले मानवीय क्षेतीको मध्य नजर गर्दै वर्तमान होलीमा भने त्यस्तो अवस्था नहुनका लागि सभ्य र भव्य रुपले होलीमा सवारीको प्रयोग गर्न अनुरोध गरेको छ । तिव्र गती, हेल्मेट नलगाउने, क्षमता भन्दा बढी यात्रु, मापासे तथा लापासे र दुई जना बढी मोटरसाईकलमा मान्छे चढाउने जस्ता कार्य गरी सवारी नचलाउन ट्राफिक प्रहरी कार्यालय उदयपुरले अनुरोध गरेको छ । ट्राफिक प्रहरीले भोली गाईघाट बजारमा मुख्य तया सुरक्षा र चेकिङको कामलाई तिव्रता दिने छ ।...
होलीमा उछ्रिङ्खल मच्चाउनेलाई कार्वाही गर्छौ : उदयपुर प्रहरी

होलीमा उछ्रिङ्खल मच्चाउनेलाई कार्वाही गर्छौ : उदयपुर प्रहरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ चैत्र । जिल्ला प्रहरी कार्यालय उदयपुरले २०८० को फागु पूर्णिमा होलीको लागि सुरक्षा संमयन्त्र पूर्ण रुपमा तयारी रहेको जनाए । यहि चैत्र ११ र १२ गते रहेको होलीलाई सुरक्षीत तथा मर्यादित बनाउन उदयपुर प्रहरीले सुरक्षा परिचालन गर्ने जनाएको छ । उदयपुरका प्रहरी नायव उपरिक्ष (डिएसपी) हरिनन्दन चौधरीका अनुसार उदयपुर प्रहरीले होली पर्वलाई मर्यादित पार्न सबैखाले सुरक्षाहरु तयारी गरेको छ । गाईघाट बजार क्षेत्रहरुमा सरक्षा परिचालन गरी भिँडभाँडमा हुने गलत क्रियाकलापहरुलाई प्रहरीले नियन्त्रण गर्ने उनले जनाए । प्रहरीले होलीलाई सभ्य र भव्य वनाउन सबैलाई अनुरोध गरेको छ । सबैले सचेत भएर होली पर्व मनाए पर्वको उच्च सम्मान र मनोरञ्जनको सदुपायोग हुने भन्दै सव्य होली भव्य होलीको रुपमा मनाउन अनुरोध गरे । कसैको इच्छा बिपरिद रंग, लोला, पानी छ्याप्ने काम नगर्न प्रहरीको अनुरोध छ । प्रहरीले सवारी साधनको प...