गाईघाटमा प्रदेश स्तरीय तेस्रो औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने
पूर्णपुष्टि, १६ चैत्र ।
गाईघाटमा प्रदेश स्तरीय तेस्रो बृहत औँद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ । आगामी बैशाख १२ गते देखी १८ गते सम्म एक हप्ते प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुन लागेको हो । नेपाल घरेलु तथा साना उद्योग माहासंघ उदयपुरको आयोजनामा स्थानीय औद्योगिक उत्पादन र रैथाने खानालाई मुख्य आकार्षण बनाएर यसको बजारीकरण तथा प्रचार प्रसारमा ध्यान पुराउँदै महोत्सव हुने जनाईएको छ ।
संघका जिल्ला अध्यक्ष मधुकार थापाले उदयपुर जिल्लामा औद्योगिक क्षेत्रको समस्याहरुलाई समाधान तर्फ उन्मुख गर्न प्रदर्शनीको आवश्यक रहेको जनाए । उदयपुरमा कृषि, जडिबुटी, पशुपंछी, स्थानीय कच्चा पदार्थ, खनिजजन्य र पर्यटन लगायतको प्रचुर सम्भावना भएको हुँदा यसलाई चलायमान बनाउन यस्ता प्रदर्शनी महोत्सवहरुले ठुलो भुमिका खेल्ने अध्यक्ष थापाले जनाए । यस महोत्सवमा कोशी प्रदेशका सबै जिल्लाहरुको औद्योगिक उत्पा...








