Thursday, August 13News That Matters

Breaking News 1

पुराणमा संकलित रकम हिनामिना भएकाे आराेप

पुराणमा संकलित रकम हिनामिना भएकाे आराेप

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २५ । राधाकृष्ण कुञ्ज विहारी संस्था, गाईघाटले आमाबुवा स्नेह घर निर्माण गर्ने भन्दै लगाएको सप्ताह पुराणको संकलित रकम हिनामिना भएको छ । त्रियुगा नगरपालिका ११ नयाँ कृषि बजारमा गत माघ ४ देखि १३ गतेसम्म लगाएको पुराणको संकलित रकम हिनामिना भएको हो । संस्थाका सचिव, कोषाध्यक्षसहितको बहुसंख्याक सदस्यहरुले संकलित रकम कार्यसमितिभित्रै पारदर्शी नभएको भन्दै वडा कार्यालय र मिडिया गुहादै हिडेको छ भने अध्यक्ष र उपाध्यक्ष पनि रकमबारे अनविज्ञता प्रकट गर्ने गरेका छन् । पुराणबाट संकलित ११ लाख ७७ हजार ३०५ रुपैया बैंक खातामा जम्मा गरी आम्दानी खर्च पारदर्शी गर्नुपर्ने माग उनीहरुको छ । संकलित रकम सचिव र कोषाध्यक्षलाई नदिइ अध्यक्ष सपना बस्नेत र उपाध्यक्ष रविना राय खड्काले जिम्मा लिएको र आय ब्याय पारदर्शी ढंगले नदेखाएको भनाई छ । कथा बाचिकासमेत रहेकी संस्थाकी अध्यक्ष बस्नेतको रकम उठेको बारेमा आफ...
दमौटीमा गरियो गैरकानुनी शिक्षक नियुक्ती

दमौटीमा गरियो गैरकानुनी शिक्षक नियुक्ती

Breaking News 1
पूर्णपुष्टि, चैत २५ । उदयपुरको त्रियुगा नगरपालिका ५ दमौटी स्थित जनता माध्यामिक विद्यालय दमौटीमा विना प्रक्रिया शिक्षक नियुक्ती गरिएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा गैरकानुनी नियुक्ती गरिएको अभिभावकहरुको आरोप छ । प्रअ रमानन्द चौधरीले कानुनी कुरा प्रष्ट नभइ नयाँ ब्यक्ति नियुक्ती गरेको स्विकार गरेका छन् । उनले विद्यालय हितका लागि त्यसो गरेको बताएका छन् । विब्यास अध्यक्ष कुबेर ग्रांजा मगरले पनि सोकी कुरा बताएका छन् । सो विद्यालयमा राहत अनुदान कोटामा नियुक्त शिक्षक सुबास थापाले स्थायी कोटामा नाम निकालेपछि उक्त ठाउँमा विना प्रक्रिया विद्यालयले नयाँ ब्यक्ती नियुक्त गरेको हो । यस विषयमा नगर शिक्षा प्रमुख शिवकुमारी राउतले हाल नियुक्त ब्यक्ति बैकल्पिकमा नाम निकालेका ब्यक्ति हुन् । सोही कुरा हेरेर एकवर्ष ननाघेका बैकल्पिकको नाताले नियुक्ती गरेको हुनसक्न उनको भ...
त्रियुगा नगरपालिका वडा नं १६ को यी हुन ८ महिनाको प्रगति, के छ आगमी भावी योजना ?

त्रियुगा नगरपालिका वडा नं १६ को यी हुन ८ महिनाको प्रगति, के छ आगमी भावी योजना ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ चैत्र । त्रियुगा नगरपालिका वडा नं १६ ले वडाको दोस्रो चौमासिक समिक्षा भव्य रुपमा सम्पन्न गरेको छ । समिक्षा सँगै आगामी योजनाका लागि सुझाव संकलन समेत गरिएको छ । आईतबार वडा कार्यालय जाल्पा चिलाउनेमा वडाका जनप्रतिनिधि, वडा कर्मचारी, टोल विकास संस्था, बुद्धिजिवी, शिक्षक लगायत आम वडावासीको उपस्थितिमा समिक्षा तथा सुझाव संकलन गरिएको वडा अध्यक्ष मान वहादुर राईले जनाए । समिक्षामा वडाले गरेको चौमासिक प्रगति विवरण पनि सार्वजानिक गरिएको अध्यक्ष राईका अनुसार वडाको बिकास र गतिविधि सँगै भावि दिनको लागि योजनाहरु निर्माण गरिने गरी समिक्षामा छलफल गरिएको छ । वडाले ६० भन्दा बढी बुद्धामा प्रगति विवरण सार्वजानिक गरेको छ । वडाले भौतिक पूर्वधार तर्फ ३०, सामाजिक तर्फ १६, आर्थिक ३, बातावरण तथा विपद तर्प २ र सुशासन तथा सेवा प्रभावह तर्फ ८ गरी ५९ वडा भन्दा बढी काम गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । ...
नेपाली गितकार डा. हेमन्त खतिवडा “कैसा मन मस्ताना प्यारे” प्रकाशित

नेपाली गितकार डा. हेमन्त खतिवडा “कैसा मन मस्ताना प्यारे” प्रकाशित

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ चैत्र । गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकार ले समेटेका छन् । यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन् । दुई शय पृष्ठमा किताब तयार भएको छ, यसको मूल्य भारु २०० रहेको छ । गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् । गीतकार खतिवडा भन्छन् ( प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु । ओम प्रकाशन दिल्ली ले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरु बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ । गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन् । शव्दहरू सरल छन् तर ती शव्दहरूले बोक्ने भाव गम्भीर छन् १ उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् १ शव्द शव्दमा गहिरो ...
त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा लागु औषध दुव्र्यसन बारे गोष्ठी हुने

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा लागु औषध दुव्र्यसन बारे गोष्ठी हुने

Breaking News 1
पूर्णपुष्टि, चैत्र २१ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा लागु औषध दुव्र्यसन सचेतना सम्बन्धि विद्यार्थीहरुलाई एक दिवसीय गोष्ठी आयोजना गरिने भएको छ । सह प्राध्यापक तथा क्याम्पु प्रमुख डा. कैलाश राईका अनुसार यहि चैत्र २७ गते प्लस टु र स्नातक प्रथम वर्सका विद्यार्थीहरुलाई सहभागी गराई गोष्ठी संञ्चालन गरिने छ । गोष्ठी क्याम्पस, स्ववियु र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त आयोजनामा संञ्चालन हुन लागेको प्रमुख राईले जनाए । यसै गोष्ठीमा उपस्थितका लागि सबैलाई आह्वान गरिएको छ । लागु औषध बारे विद्यार्थी आफु पनि सचते रही अरुलाई पनि सचेत बनाउन पर्ने भन्दै गोष्ठी गर्न लागिएको हो ।...
एसियन लाईफ इन्स्योरेन्स को १६ औँ बार्षिकोत्सवमा गाईघाट शाखाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

एसियन लाईफ इन्स्योरेन्स को १६ औँ बार्षिकोत्सवमा गाईघाट शाखाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Breaking News 1
पूर्णपुष्टि, २१ चैत्र । एसियन लाईफ इन्स्योरेन्स गाईघाट शाखाले कम्पनीको १६ औँ बार्षिकोत्सवमो अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । बुधबार गाईघाट शाखाले त्रियुगा नगरपालिका ९ गैरुन स्थित जनता प्राथामिक विद्यालयका करिब ४० भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको कम्पनीका गाईघाट शाखा प्रमुख मेनुका खत्री (बस्नेत) ले जनाईन् । खत्रीका अनुसार विद्यालयका विपन्न र दलित परिवारका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री अन्तर्गत कापी, कलम, ज्यामेटी बक्सहरु वितरण गरिएको हो । उक्त सामाग्री शाखा प्रमुख खत्री सहितको टोलीले विद्यालयका प्रअ दुर्गानन्द चौधरीलाई हस्तान्तरण गरेको छ । सामाग्री संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वितरण गरिएको प्रमुख खत्रीले जनाईन् । शाखाले बिगतबाटै बिभिन्न सामाजिक गतिविधिमा सहभागी जनाउनुका साथै सहयो...
मुख्यमन्त्री कार्कीद्धारा बैधनाथ खोला सडक पुलको उद्घाटन

मुख्यमन्त्री कार्कीद्धारा बैधनाथ खोला सडक पुलको उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १९ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उदयपुरको कटारी नगरपालिकास्थित बैधनाथ खोला पक्कि सडक पुलको उद्घाटन गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले कटारी नगरपालिका वडा नं. ६ र ७ सोमवारे–रिस्कु जोड्ने बैधनाथ खोला सडक पुलको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १४ करोड भन्दा बढी लागतमा निर्माण भएको पुलको कुल लम्बाई ८४.२० मिटर छ भने कुल चौडाई ८.४० मिटर रहेको छ । पुलको क्यारिज वे चौडाई ६ मिटर र फुट्फथको चौडाई दुवै तर्फ १.२० मिटर रहेको छ । गत बर्ष पुलको ठेक्का लिएको KM Engineers Biilders Pvt.Ltd ले प्रादेशिक सडकपुल सहयोग एकाई इटहरीको प्राविधिक सहयोगमा २०८०÷१२÷१७ गते पुल सम्पन्न गरेको हो । २०७९÷०९÷० ७ गते पुलको ठेक्का सम्झौता गरिएको थियो भने २०८१÷०९÷०७ गते भित्र निर्माण सम्पन्न गर्नुपर्ने मिति भन्दा चाडै पुल निर्माण सम्पन्न गरेको हो ...
उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार उदयपुरको बहेड्वा थारु होम स्टेलाई

उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार उदयपुरको बहेड्वा थारु होम स्टेलाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ चैत्र । पछिल्लो समय चर्चित होम स्टेको रुपमा रहेको उदयपुरका बहेड्वा थारु होम स्टेले लगतार उत्कष्टता कायम गर्दै आएको छ । केहि समय अघि मात्रै नेपालकै उत्कृष्ट तिनमा पर्न सफल होम स्टेले फेरी उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार पाएको हो । होम स्टेलाई गाउँ पर्यटन प्रवद्र्धन मन्च नेपालले उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार दिएको होम स्टे संञ्चालक उत्तिमलाल चौधरीले जनाए । मन्चले दिँदै आएको उत्कृष्ट गाउँ गन्तव्य पुरस्कार यो बर्ष थारु होम स्टेले पाएको चौधरीको भनाई छ । नेपल सरकार अन्तर्गतको कार्यालय तारा गाउँ बिकास समितिको सदस्य तथा ( भिटोफ) को पूर्व अध्यक्ष समेत रहेका शिव लामिछानेको सिफारिसमा होम स्टेले नगद र प्रमाण पत्र सहितको पुरस्कार प्राप्त गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आथित्यता तथा मन्चका अध्यक्ष शकुन्तला देवकोटाको अध्यक्षतामा भव्य पुरस्का प्रदान गरि...
गाईघाटमा संञ्चालित तिन महिने सिलाई कटाई तालिम सम्पन्न

गाईघाटमा संञ्चालित तिन महिने सिलाई कटाई तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ चैत्र । गाईघाटमा संञ्चालन भैरहेको तिन महिने सिलाई कटाई तालिम शुक्रबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको समन्वयमा संञ्चालन भएको तालिम सम्पन्न गरिएको हो । तालिम पुष १६ गते देखी गाईघाट स्थित सिलाई व्यवसायी संघको कार्यालयमा भैरहेको थियो । तालिममा व्यवसायी गर्ने उदेश्य बोकेको महिलाहरुले उल्लासमय सहभागी जनाएका थिए । तालिम प्रदान गरे सँगै सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । सहभागीहरुले तालिम पश्चात सिपलाई प्रयोगमा ल्याउने जनाएको छ । सिप बाँच्ने आधारको रुपमा बुझेका उनिहरुले अब तत्कालै ब्यवसायलाई सुरु गर्ने सहभागीहरुको भनाई छ । घरेलु कार्यालय उदयपुरले व्यवायमा रुची राख्ने महिलाहरुलाई तालिम उपलब्ध गराएको जनाए । सिलाई व्यवसायी संघकी अध्यक्ष ज्ञानु प्रधानले यस्तो तालिमहरु थप प्रदान गर्न कार...
एमाले उदयपुरको नयाँ कार्यसमितिले खाए सपथ

एमाले उदयपुरको नयाँ कार्यसमितिले खाए सपथ

Breaking News 1
पूर्णपुष्टि, १६ चैत्र । नेकपा एमाले उदयपुरका नयाँ पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाईएको छ । शुक्रबार गाईघाट स्थित पार्टी कार्यालयमा पदाधीकारी सहित १०५ जना कार्यसमितिका सदस्यहरुलाई सपथ खुवाईएको हो । एमाले उदयपुरले १३ र १४ गते नवौँ जिल्ला अधिवेशन सम्पन्न गरेका थिए । सर्वसहमतको अवस्था नरहपछि अध्यक्ष सहित सबै पदाधिकारीहरु चुनाव मार्फत छानिएका थिए । अध्यक्षमा पूर्व अध्यक्ष समेत रहेको परमेश्वर घिमिरेर भागवत राउत लडेका थिए । अन्य तिन जना अध्यक्ष आकांक्षीहरुले भने उम्मेदवारी फिर्ता लिएका थिए । १५ गते आएको मत परिणाम अनुसार राउतले घिमिरेलाई पराजीत गर्दै नयाँ कार्यसमिति तय गरेका थिए । सपथ सँगै पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । सपथ पार्टीका पोलिटव्युरो सदस्य तथा उदयपुरका इन्चार्ज पर्शुराम मेगी गुरुङले खुवाएका थिए ।...