मिशन ८४ का लागि कार्यकर्ता तयार पार्दै एमाले उदयपुर
पूर्णपुष्टि, २९ फागुन ।
नेकपाएमाले उदयपुरले मिसन ८४ लाई लक्षित गरी नेताकार्यकर्तालाई पढाउन सुरु गरेको छ । पछिल्लो राजनीतिक परिवेश, आगामी निर्वाचन, जनवर्गिय संगठन, जनप्रतिनिधि र पार्टी विचका सम्बन्ध, विकास निर्माण, पार्टीका सिद्धान्त, जनताको वहुदलिय जनवाद लगायतका बिषयमा एमालेले कार्यकर्तालाई प्रशिक्षित गराउन सुरु गरेको हो ।
पार्टी संगठन मजवुद बनाउउँदै आगामी निर्वाचनमा सर्वश्रेष्ठ हासिल गर्न जिल्लाका आठ वटै स्थानीयतहका नेता कार्यकर्तालाई लक्षित गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताए । उनले भने, ‘पार्टी नेता र कार्यकर्तालाई विचार र दृष्टिकोणमा प्रष्ट, अव्वल संगठन, विकासमा नेतृत्वदायी भुमिका बनाउने पार्टीको लक्ष्य अनुरुप प्रशिक्षण सुरु गरेका हौ ।’
प्रशिक्षणमा बिषयबस्तुको जानकारी सँगै मिसन ८४ लाई लक्षित गरी पार्टी भित्रका आन्तरिक द्धन्द्ध व्यवस्थापन, ...









