Thursday, August 13News That Matters

Breaking News 1

१ लाख युवा दस्तावेज तयार पार्देछौँ : महासचिव  राई

१ लाख युवा दस्तावेज तयार पार्देछौँ : महासचिव राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ फागुन । किरात राई यायोख्खा केन्द्रीय महासचिव भिम राईले पहिचान आन्दोलन र पहिचानको आधारमा नाम प्राप्तीको लागि जुन सुकै संघर्ष गर्न तयार रहेको जनाए । पहिचानको आधारमा नाम राख्न माग राख्दा राख्दै प्रदेश नं १ मा कोशी नामाकरण गरेको भन्दै यस प्रति पहिचानवादी जनताहरु असन्तुष्ट रहेको राईको भनाई छ । राजनितिक दलहरुले पहिचाको मुद्धा चुनावी सभामा मात्रै उठानउे र सांसद छिरेपछि भने जनताको पहिचान मेटाउने नाममा हस्ताक्षर गरेको राईको आरोप छ । माओवादी, काँग्रेस, एमाले कुनै पनि ठुला दलहरुले पहिचानको मुद्धालाई आत्मासाथ नगरेको भन्दै अब पहिचानवादी समुदायहरु आफै सक्षम बन्ने र पहिचानको मुद्धा उठाउने जनाए । सकारले बार्ता गर्ने विश्वासमा आफुहरु शान्त रहेको भन्दै तत्काल वार्ताको माध्यमबाट समधान तर्फ लैजानु पर्ने राईको माग छ । यदि अलमलाउने मात्रै काम गरेमा फेरी पहिचावादीहरु तातिनु पर्ने अवस्था आउ...
फागुन १७ पहिचानवादीहरुको कालो दिन

फागुन १७ पहिचानवादीहरुको कालो दिन

Breaking News 1
पूर्णपुष्टि, १७ । गाईघाटमा पहिचानवादीहरुले फागुन १७ लाई कालो दिनको संज्ञा दिएको छ । प्रदेश १ को नाम पहिचानको आधारमा राख्नु पर्ने माग राख्दै आएका पहिचावादीहरुले आजको दिन कालो दिनको रुपमा मनाएको जनाए । गत बर्ष ठिक यहि सयममा प्रदेशको नाम प्रदेश सरकारले कोशी राखेपछि पहिचानपक्षधारहरु आन्दोलनरत छ । नामाकरण भएको एक बर्षलाई सम्झँदै यस दिन पहिचानवादी जनताहरुको लागि कालो दिन रहेको जनाए । गाईघाटमा कालो झण्डा सहित यस फागुन १७ कालो दिनको रुपमा मनाएको किरात राई यायोख्खा केन्द्रीय सदस्य दिपक किरातीले जनाए । गाईघााट स्थित पिपलचोकमा पहिचानवादी नेता, कार्यकर्ता तथा समुदायहरुको उपस्थितिमा कालो दिनलाई शसक्त रुपमा मनाईएको हो । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राहुल यादवले पहिचानवादीहरु अब आफ्नो अधिकार लिएर मात्रै फर्कने जनाए । उनले कोशी, खोला नाला, ढुँगाको आफ्नै पहिचान भएको भन्दै कोशी ...
बित्तिय सुशासन कायम गर्नबाट किन चुक्यो त्रियुगा नगरपालिका ?

बित्तिय सुशासन कायम गर्नबाट किन चुक्यो त्रियुगा नगरपालिका ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ फागुन । उदयपुरको त्रियुगा नगरपालिका बित्तिय सुशासन कायम गर्नबाट चुकेको छ । वित्तीय सुशासन कायम नगरेका देशका करिब दुई सय स्थानीय तह मध्ये उदयपुरकै सबैभन्दा पुरानो र ठुलो नगरपालिकाको रुपमा रहेको त्रियुगा नगरपालिका पनि चुकेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए( मा ७५३ मध्ये १९९ वटा स्थानीय तह नपर्दा त्रियुगा पनि यस भित्र रहेका छन् । पालिकाहरूलाई योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २९ अंक, लेखांकन तथा प्रतिवेदनमा १७ अंक, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १६ अंक र राजश्व व्यवस्थापनमा १७ अंक गरी १०० अंक पूर्णाङ्क तोकिएका थिए । स्थानीय तहमा अनियमितता हुने गरेको गुनासा पहिचान गर्न यो मूल्याङ्कन पद्धति अपनाइएको हो । ‘विकास बजेट अनुसार काम गर्दा उनीहरू वित्तीय सु...
गाईघाटकी उद्यमी ज्ञानु प्रधानको स्थानीय उत्पादन, आकर्षक झोलाहरु

गाईघाटकी उद्यमी ज्ञानु प्रधानको स्थानीय उत्पादन, आकर्षक झोलाहरु

Breaking News 1
पूर्णपुष्टि, १६ फागुन ।गाईघाटकी उद्यमी ज्ञानु प्रधानको समय करिब १० बर्ष उत्पादन क्षेत्रमा बितिसकेको छ । प्रधानको लागानी घरेलु उत्पादन र सिलाई व्यवसायी क्षेत्रमा छ । उनि आफु उद्यमी मात्रै नभई अन्य उद्यमीहरुको सामाग्रीहरुलाई समेत बजारीकरण गर्छिन् । प्रधानले गाईघाट स्थित टेम्पोचोकमा कोशेली टेलरिङ डिजाईनिङ तथा प्रशिक्षण केन्द्र संञ्चालन गर्दै आएकी छिन् । उनले सिलाई ब्यवसायी सँगै अन्य उत्पादनहरुलाई स्टोरगरी बजारीकरण गर्दै आएकी छिन् । प्रधानले कपडा मात्रै हैन कपडा बाट बन्ने सम्पूर्ण बस्तुहरु आकर्षक डिजाईनमा सामाग्री तयार पार्छिन । प्रधानले पछिल्लो समय हाते झोलाहरु उत्पादन गर्दै आएकी छिन् । कम मुल्यमै आकर्षक स्थानीय झोलाहरुले ग्राहकको मन जितेको छ । प्रधानले सरसामान देखी तरकारी सम्म बोक्न मिल्ने हाते झोलाहरु निर्माण गर्दै आएकी छिन् । उनले निर्माण गरेको झोलाहरु सफल डिजाईनरहरुको भन्दा कम छैन् । ...
पहिचान पक्षधरले भोली कालो दिन मनाउने

पहिचान पक्षधरले भोली कालो दिन मनाउने

Breaking News 1
पूर्णपुष्टि, फागुन १६ । पहिचान पक्षधरले भोली १४ वटै जिल्लामा कालो दिनको रुपमा मनाउने भएको छ । १ नं प्रदेशको नाम कोशी राखिएको विरुद्ध आन्दोलनरत पहिचान पक्षधरले भोली फागुन १७ गते कालो दिनको रुपमा स्मरण गर्दै मनाउन लागेको हो । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संषर्घ समितिको आयोजनामा प्रत्येक जिल्ला तथा पालिकाहरुमा कोशी प्रदेश विरुद्ध आमसभा, कोणसभा र विरोध कार्यक्रमहरु सञ्चालन गरिने संयुक्त संघर्ष समितिले जनाएको छ । ०७९ फागुन १७ गते तत्कालिन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले १ नं प्रदशको नाम कोशी राखेको थियो । १ नं प्रदेशको नाम पहिचानको आधारमा नराखि कोशी राखिएको भन्दै पहिचान पक्षधरहरु आन्दोलित भएका थिए भने आन्दोलनको क्रममा पदम लिम्बु (लाजेहाङ) ले ज्यान समेत गुमाएका थिए । हालका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वको सरकारले पहिचान पक्षधरसँग वार्ता गरी दुई चरणको वार्ता सम्पन...
चोरको खुट्टा काट भन्दा खुट्टा उचाले झै गरे त्रियुगा नगरपालिकाका कर्मचारीहरु

चोरको खुट्टा काट भन्दा खुट्टा उचाले झै गरे त्रियुगा नगरपालिकाका कर्मचारीहरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १६ । भ्रष्टाचारीलाई कालोमोसो लगाउनुपर्छ भनेर उदयपुरको यित्रुगा नगरपालिकाको कार्यपालिका बैंठकमा १० नं. वडाध्यक्षले प्रशंग उठाएपछि कर्मचारीहरुमा हलचल मच्चिएको छ । https://youtu.be/RDBtqJhhkQs यसले मानहानी र उच्च मनोबल गिरेको भन्दै पालिकाका ६२ जना कर्मचारीहरुले संयुक्त हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका छन् । चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उठाए झै गरेका छन्, यहाँका कर्मचारीहरुले । वडाध्यक्ष किरण पाण्डेका अनुसार जनताले दुःख पाएको गुनासो धेरै आएपछि पालिकामा भ्रष्टाचार, बेथिति, ढिलासुस्ती गर्न हुन्न भन्ने आशयले प्रशंग उठाएका थिए । यसरी ज्ञापन पत्र बुझाउने कर्मचारीहरु र ज्ञापन पत्र बुझेर एजेण्डाकै रुपमा आज कार्यपालिका बैंठकमा राख्ने प्रमुख प्रशासकीय अधिकृतको कार्य सम्पादन मुल्यांकन र वित्तिय सुशासन जोखिम मुल्यांकन भने कमजोर छ । जिल्लामा उत्क...
श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गर्न फोनिज उदयपुरको ७ दिने अल्टिमेट पत्र

श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गर्न फोनिज उदयपुरको ७ दिने अल्टिमेट पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ फागुन । नेपाल आदिवासी जनजाती पत्रकार संघ (फोनिज) उदयपुरले पत्रकार माहासंघ उदयपुरलाई ७ दिने अल्टिमेट पत्र बुझाएको छ । सत्य तथ्य इतिहाँस र प्रमाणको आधारमा नेपाल पत्रकार माहासंघको संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठलाई कायम गर्न माग सहित अल्टिमेट पत्र बुझाएको हो । ७ दिन भित्रमा श्रेष्ठलाई संस्थापक अध्यक्ष कामय नगरे कडा आन्दोलनमा उत्रिने फोनिज उदयपुरका अध्यक्ष इश्वर बलम्पाकी मगरले जनाए । बाराम्बार नेपाल पत्रकार महासंघलाई गलत इतिहाँसको त्रुटि सच्याई सत्यताको आधारमा संस्थापक अध्यक्षको रुपमा कायम गर्न सुझाएपनि सुनुवाई नभएपछि ७ दिने अल्टिमेट दिईएको हो । फोनिज उदयपुरले नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्कालाई अल्टिमेट पत्र बुझाएको छ । पत्रकार महासंघ उदयपुर मार्फत फोनिजले केन्द्रमा अल्टिमेट पत्र बुझाएको हो । प्रमाण र इतिहाँसहरुको आधारमा सत्यनारायण श्रेष्ठ...
हात्तीमैत्री कोशी प्रदेश बनाउने मुख्यमन्त्री कार्कीको उद्घोष

हात्तीमैत्री कोशी प्रदेश बनाउने मुख्यमन्त्री कार्कीको उद्घोष

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १५ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज सप्ताहब्यापी हात्तीमैत्री पदयात्रा पुरा गर्दै हात्तीमैत्री कोशी प्रदेश बनाउने उद्घोष गरेका छन् । झापाको बाहुनडाँगीबाट सुरु भएको पदयात्रा आज उदयपुरको बेलसोतमा पुरा गर्दै समापन समारोहमा मुख्यमन्त्री कार्कीले यस्तो उद्घोष गरेका हुन् ।त्यसका लागि देशमा यसको बासस्थानको संरक्षण, गुणस्तर सुधार गरी हात्तीमैत्री पर्यापर्यटनको विकास गर्ने भएको छ । हात्तीको पुर्खौली बाटोलाई हात्ती करिडोरको रुपमा विकास गर्ने भएको छ । हात्ती आतंक होइन, आम्दानी हो भन्ने हेतुले प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । पर्यटन, वन, तथावातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनामा प्रदेशको अतिप्रभावित जिल्लाहरु झापा, इलाम, मोरङ, सुनसरी र उदयपुरको हात्तीको पुखौली बाटोमा पदयात्रा गरिएको हो । मुख्यमन्त्री नेतृत्वको पदयात्रा टोलीमा मन्त्री, सांसद, हात्तीविज...
बहेडुवा थारु होम स्टेको थप आकर्षण, बयलगढी सफारी

बहेडुवा थारु होम स्टेको थप आकर्षण, बयलगढी सफारी

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, १५ फागुन । त्रियुगा नगरपालिका १३ मा रहेको बहेडुवा थारु होम स्टे पर्यटनलाई थप आकर्षण गर्न बयलगढी सफारीको व्यवस्था थप्ने भएको छ । थारु संस्कार संस्कृति संग जोडिएको बयगढी पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षण प्रवद्र्धन र पर्यटनलाई आकर्षण गर्न उक्त सफारीलाई होम स्टेले आकर्षणको रुपमा ल्याउने भएको हो । होम स्टे संञ्चालक समितिका सल्लाहकार समेत रहेको उत्तिमलाल चौधरीले लोप हुँदै गएको बयलगढीलाई जिवित गर्न यसको सुभारम्भ गर्न लागेको जनाए । चौधरीका अनुसार यहि फागुन २५ माहाशिबरात्रीकै दिन बयलगढी (लहरु) सफारीको सुभारम्भ हुनेछ । सुभारम्भ पश्चात सफारीलाई निरन्तरता दिईने जनाईएको छ । उक्त सफारीलाई संरक्षण सँगै आर्थिक आम्दानीको रुपमा होम स्टेले संञ्चालन गर्ने भएको चौधरीको भनाई छ । सफारीबाट आम्दानी रकमलाई थारु सांस्कृतिमा आधारित सांस्कृतिक भवन निर्माणमा खर्च गरिने छ । होम ...
आगलागीमा क्षती पुगेका राज अटोलाई ग्यारेज ब्यवसायीहरुको आर्थिक सहयोग

आगलागीमा क्षती पुगेका राज अटोलाई ग्यारेज ब्यवसायीहरुको आर्थिक सहयोग

Breaking News 1
पूर्णपुष्टि, १४ फागुन । आगलागीमा ठुलो क्षती बेहोरेका गाईघाटका राज अटो सेन्टरलाई गाईघाटका ग्यारेज ब्यवसायीहरुले आर्थिक सहयोग गरेको छ । पाटनदेवी वर्कसवका संञ्चालन मनोज कार्कीका अनुसार गाईघाटमा रहेका करिब ६५ ओटा ग्यारेजहरुबाट आर्थिक संकलन गरी आर्थिक सहयोग गरिएको जनाए । नेपला अटो मेकानिक जिल्ला कमिटीका अध्यक्ष घुरन बि.क सहितको पदाधिकारीहरुको उपस्थितिमा राज अटो सेन्टरका संञ्चालक राज कुमार ठाकुरलाई रु १ लाख १४ हजार ३२५ बराबरको आर्थिक रकम प्रदान गरिएको कार्कीले जनाए । एउटै पेशामा रहेर काम गरिरहेका कुनै पनि ब्यपारीलाई परेको समस्यानै सबै ब्यपारीको समस्या रहेको भन्दै सक्दो आर्थिक संकलन गरी सहयोग गरेको कार्कीको भनाई छ । ब्यपारीहरु फुटेर हैन सुख या दुख दुवै बखत जुटेर अघि बढ्न यस आर्थिक सहयोगको सन्देश रहेको अर्का ग्यारेज ब्यवसायी बाबुराम शाहले जनाए । आर्थिक सहयोग पाउँदा ठाकुरले खुसी ब्यक...