Monday, August 17News That Matters

Breaking News 1

बिषालु च्याउ खाँदा एकको मृत्यु, एक सिकिस्त

बिषालु च्याउ खाँदा एकको मृत्यु, एक सिकिस्त

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । बिषालु च्याउको असरले ओखलढुँगामा एक जनाको ज्यान जानुका साथै अर्को एक सिकिस्त बिरामी भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्। यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौंको टिचिङ अस्पताल पठाइएको थियो। अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ। खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक...
कोशीमा एमालेको सरकार ढल्यो, कार्कीलाई एमाले र राप्रपाको मात्रै मत

कोशीमा एमालेको सरकार ढल्यो, कार्कीलाई एमाले र राप्रपाको मात्रै मत

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि सरकार ढलेको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । तर कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसेको छ । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीले विश्वासको मत नपाएपछि अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।...
त्रियुगा नगरपालीकामा सुरु भयो अनलाइन भुक्तानी प्रणाली

त्रियुगा नगरपालीकामा सुरु भयो अनलाइन भुक्तानी प्रणाली

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १५ । उदयपुरको त्रियुगा नगरपालिकामा अव अनलाईबाटै कर भुक्तानी गर्नपाउँन व्यवस्था गरेको छ । नगरले सेवाग्राहीहरुको सुविधाका लागि छुट्टै करदाता पोर्टल खडा गरी सेवाग्राहीहरुलाई अनलाइनबाट कर तिर्न सकिने व्यवस्थ गरिएको हो । नगर प्रमुख बसन्त कुमार बस्नेतले पछिल्लो समयको माग अनुरुप नगरपालिकाले प्रविधिलाई पछ्याउदैँ सेवाग्राहीहरुको सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने उद्देश्यमा नगरपालिका अघि बढिरहेको बताए । प्रविधिको बिकास संगै सुरु गरिएको व्यवस्थाबाट सबै नागरिकहरुलाई सुगम र सहज हुनेमा मेयर बस्नेतले बिश्वास ब्यक्त गरे । प्रविधिमैत्री सेवा प्रवाह र सुशासन सुनिश्चित गर्नको लागि यो महत्वपूर्ण उपलब्धी भएको भन्दै मेयर बस्नेतले नगदरहित राजस्व संकलन गर्न मिल्ने गरी सेवा शुरुवात गरिएको उल्लेख गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिगदेलले सेवा प्रवाहमा सुचना प्रविधिको ...
फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’ सार्वजानिक

फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’ सार्वजानिक

Breaking News 1
पूर्णपुष्टि, १५ असार । फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’ सार्वजानिक भएको छ । अगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लुङा’को ‘अल्लारे जोवन’ OSR Digital युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। किरण राईको निर्देशन रहेको फिल्ममा भुवन र साराको अलवा बुद्दि तामाङ, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको पनि अभिनय छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सञ्जीव राई हुन् । प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टिआर साम्सोहाङ सह–निर्माता रहेको फिल्मको निर्माणमा भूमि प्रोडक्सनले इस्टन मिडियासँगको सहकार्य गरेको हो । आयुष प्रधानको स्वर, शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार छ । गीतमा अभिनेता भुवनसि...
पोखरामा आज मुख्यमन्त्री भेला

पोखरामा आज मुख्यमन्त्री भेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । पोखरामा आज मुख्यमन्त्रीहरुको भेला आयोजना हुने भएको छ । कोशी प्रदेश बाहेक ६ ओटा प्रदेशका मुख्यमन्त्रीहरु पोखरा पुगिसकेका छन् । कोशी प्रदेश अल्पमतमा परेका कारण आज मुख्यमन्त्री हिकमत कुमार कार्कीले विश्वासको मत लिँदैछ । जसका कारण ६ ओटा प्रदेशको मुख्यमन्त्री मात्रै भेला भएको हो । दोस्रो पटक हुन लागेको मुख्यमन्त्री भेलामा उपस्थित ६ वटै प्रदेशका मुख्यमन्त्रीले संघीयता कार्यान्वयनका विषयमा आ–आफ्ना अनुभव बाँड्नेछन्। सरकारले संविधान अनुसार प्रदेशलाई अधिकार नदिँदा काम गर्न नपाएको मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन्। भेलाको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यक्रम छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विहिबार प्रदेश सभामा पेश गरेको विश्वको मत संवन्धी प्रस्तावमा आज मतविभाजन हुने भएकाले आउन नपाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। बाँकी ६ वटै प्रदेशका ...
प्रदेश नामाकरण बारे पुनर बिचार गर्नुपर्छ : आङ्बो

प्रदेश नामाकरण बारे पुनर बिचार गर्नुपर्छ : आङ्बो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १४ असार । माओवादी केन्द्र कोशी प्रदेश संसदीयदलका नेता इन्द्र आङ्बोले प्रदेश नामाकरणमा पुनरबिचार गर्नु पर्ने समय आएको जनाए । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठकको क्रममा बोल्दै आङबोले जनताहरुको असन्तुष्टीलाई ध्यानमा राखेर नामाकरण बारे पुनरविचार गर्नु पर्ने जनाए । आफुले पहिले बाटै पहिचानको पक्षमा बोलिरहेको र बिभिन्न समस्याको कारणले प्रदेश नामाकरणमा भाग लिनु परेको उनले बताए । उनले नामाकरणमा नागरिकहरुको ब्यापक असन्तुष्टी बढेपछि यसलाई वार्ता गरौँ भन्दा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वास्ता नगरेको समेत आरोप लगाए । हामिले बाराम्वार बार्ता टोली बनाऔँ, निष्कर्षमा पुराऔँ भन्दा मुख्यमन्त्रीले कुनै चासो र टेरपुछर नलगाउने तर हामि सरकारबाट निस्केको एक हप्तामै वार्ता टोली बनाउने यो अचम्मको कुरा छ आङ्बोले भने, । उनले त्यो बार्ता टोली बनेको कुरा प्रति भने सदासयता राख्ने समेत जनाए । ढिलै ...
कार्कीलाई विश्वासको मत दिन जसपा उपस्थित नहुने

कार्कीलाई विश्वासको मत दिन जसपा उपस्थित नहुने

Breaking News 1
पूर्णपुष्टि, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन जसपा उपस्थित नहुने जनाएको छ । कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने जसपाले पत्रमा उल्लेख गरेको छ । जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन् । विज्ञप्तिमा कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने उल्लेख छ । साथै सो पार्टीले कोशी प्रदेश नामकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राखेको छ । निरन्तर सङ्घीयता र पहिचानको निम्ति पहिचानसहितको सङ्घीयता, सुशासन र समृद्धिसँगै समाजवादको बलियो आधार तयार गर्नलाई जनसङ्घर्ष नै प्रमुख साधन हो भन्ने मान्यताका आधारमा आन्दोलनलाई सरकार, सदन र सडक तीनै ठाउँबाट सङ्घर्ष चलाइरहेको जसपाले जनाएको छ । कोशी प्रदेशमा कार्की न...
साउदीमा चलेको गोलीले एक नेपालीको मृन्यु

साउदीमा चलेको गोलीले एक नेपालीको मृन्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरामा उल्लेख छ । मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन । साउदी प्रेस एजेन्सी (एसपीए०ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ । यो घटनामा अमेरिकी नागरिकलाई केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरु साउद...
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एक मतको लागि दौडधुप

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एक मतको लागि दौडधुप

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज संसदमा विश्वासको मत लिने भएको छ । जसपा र माओवादीले सरकार छाडे सँगै अल्पमतमा परेको कार्कीले आज विश्वासको मत लिने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको छ । आज लिने विश्वासको मतमा कार्कीलाई एक मतको आवश्यक छ । एमालेको ४० र राप्रपाको ६ सांसद सहित ४६ पुग्ने मतमा एक मत मात्रै मत पाएपनि कार्की नेतृत्वको सरकार निरन्तर रहन्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । बहुमतका लागि उनलाई एक मत पुग्दैन । त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय छन् । तर विपक्षी गठबन्धनका दलहरु पनि कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउन प्रयासरत छन् । कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक) एकीकृत समाजवादीका ४...
एनआरएनए हेर्ने गरी छुट्टै मन्त्रालयको माग

एनआरएनए हेर्ने गरी छुट्टै मन्त्रालयको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । संघमा एक मन्त्रालय थप्न बहस सुरु भएको छ । गैर आवासीय नेपालीहरूले आफूहरूको माग र मुद्दा सम्बोधनका लागि थप एक मन्त्रालयको व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन् । केही समययता एनआरएनएका अधिकारीहरूले आफूहरूको माग सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले मात्रै नसक्ने भएकाले छुट्टै मन्त्रालयको व्यवस्था गरिनुपर्ने माग गर्दै आएको हो । ओमनको राजधानी मस्कटमा आयोजित एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनको औपचारिक कार्यक्रममा यो विषयले प्रवेश पाएको हो । नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष डा बद्री केसीले अब एनआरएनए हेर्ने गरी छुट्टै मन्त्रालय चाहिने बताए । ‘अहिले ८७ देशमा १ लाख १० हजार जना सदस्य छन्, विश्वभर ७० लाख भन्दा बढी गैर आवासीय नेपाली छन्’, उनले भने, ‘ठुलो आकार लिइसकेको एनआरएनएलाई हेर्ने गरी अब छुट्ट...