Monday, August 17News That Matters

Breaking News 1

कोशी प्रदेश सरकार : सबै दलसँग विश्वासको मत माग्ने एमालेको निर्णय

कोशी प्रदेश सरकार : सबै दलसँग विश्वासको मत माग्ने एमालेको निर्णय

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । माओवादी र जसपा सरकार बाट बाहिरे सगै अल्पमतमा परेको हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले विश्वासको मत लिने निर्णय गरेको छ । कार्कीले यीनै सरकारलाई निरन्तरता दिने दाउमा विशवासको मतको लागि दौडधुप गरिरहेको छ । यसैबीच नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सहमतिको सरकार बनाउन सबै दललाई आग्रह गर्ने निर्णय गरेको छ । विराटनगरस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले सहमतिको सरकार बनाउन आह्वान गर्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । एमालेले प्रदेशलाई अस्थिरताबाट जोगाउनका लागि सहमतिको सरकार बनाउन आग्रह गर्ने निर्णय गरेको उनको भनाइ छ । मुख्यमन्त्री कार्कीले यसअघि पनि सहमतिको सरकार बनाउन आग्रह गरेका थिए । तर आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने उनको अडान छ । कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ स...
मुख्यमन्त्री कार्कीको विपक्षमा मत दिने चार दलको निर्णय

मुख्यमन्त्री कार्कीको विपक्षमा मत दिने चार दलको निर्णय

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार यतिवेला अल्पमतमा छ । जसपा र माओवादी केन्द्रले कार्की नेतृत्वको सरकार छाडेपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो । कार्कीले की त राजीनामा दिनु पर्ने हुन्छ यात विश्वासको मत लिनु पर्ने अवस्था छ । विश्वासको मत लिने समय असार १७ गते सम्मलाई छ । कार्कीले आफु राजीनामा नदिने विश्वासको मत लिने जनाएको छ । तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत भने नदिने निर्णय गरेका छन् । गत असार ११ गते काठमाडौंमा बसेको कांग्रेस, माओवादी र जसपाको संयुक्त बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राख्ने विश्वासको प्रस्ताव फेल गराउने निर्णय गरेको थियो । सोही बैठकले चार दलीय गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय पनि गरेको छ । यता, नेकपा एकीक...
सामाजिक विकासमन्त्री भण्डारीलाई बयानमा आउन उच्च अदालतको आदेश

सामाजिक विकासमन्त्री भण्डारीलाई बयानमा आउन उच्च अदालतको आदेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । कोशी प्रदेश सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई बयानका लागि उपस्थित हुन उच्च अदालत विराटनगरले आदेश दिएको छ । अदालतको अवहेलना मुद्दामा बयानका लागि उपस्थित हुन् उच्च अदालत विराटनगर आदेश दिएको हो । उच्चका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले मन्त्री राजभण्डारीलाई बयानका लागि असार २० गते विहान ११ बजे अदालतमा उपस्थित हुन आदेश दिएको हो । उच्च अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार राजभण्डारीका नाममा कारण देखाउ आदेश जारी गर्दै आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि आदेश भएको छ । आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा मन्त्री राजभण्डारीले उच्च अदालतका न्यायाधीशमाथि घुस खाएको आरोप लगाएका थिए । उनी विरुद्ध मंगलबार उच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी २ वटा मुद्दा दर्ता भएको थ...
आज तुलसीको विरुवा सारिदैँ

आज तुलसीको विरुवा सारिदैँ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर(घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ । एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने ...
त्रिनपा १५ मा एक हजार गुँरास रोप्ने लक्ष्य

त्रिनपा १५ मा एक हजार गुँरास रोप्ने लक्ष्य

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १३ । त्रियुगा नगरपालिका १५ ले पर्यटन प्रवद्र्धन तथा गुँरास संरक्षण गेर्ने उदेश्यले गुँरासको विरुवा रोप्न अभियान सुरु गरेको छ । गुँरासलाई पायक पर्ने स्थान डहर रमिते सल्लाहापाखामा गुराँस रोप्ने कार्य भएको हो । त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले गुँरासको बिरुवा रोपेर अभियानलाई सुरुवात गरेको छ । वडा अध्यक्ष गणेश तिमल्सिनाका अनुसार गुराँस नेपालको राष्ट्रिय फुल सँगै पर्यटकहरुको मनै लोभ्याउने महत्वपूर्ण फुलको रुपमा रहेको जनाए । त्रियुगा नगरपालिका १५ नं वडाका केही भुभागहरु भने गुँरास हुने ठाउँले ओगटेको छ । यस वडामा पर्यटक आकर्षित गर्ने एक महत्वपूर्ण बिषय बन्न सक्छ गुँरास,” अध्यक्ष तिमिल्सीनाले भने, । उनले मानिसहरु गुँरास हेर्नका लागि कयौँ खर्चेर अन्य ठाउँमा पुगने गर्छ, हामिलाई यहिँ गुँरास रोपेर पर्यटकहरुलाई आकर्षित गर्नेछौँ, अध्यक्ष तिमिल्सीनाले भने, । उनले गुँरास आफैमा ...
बहुमतले बजेट पारित, १४७ सांसदको साथ

बहुमतले बजेट पारित, १४७ सांसदको साथ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ असार । २०८०र०८१ को बजेट बहुमतले पारित भएको छ। मत विभाजन परिणाम सुनाउँदै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्। आज मत विभाजनमा २५५ संसद सहभागी थिए। विनियोजन विधेयक पारित गर्ने पक्षमा १४७ र विपक्षमा १०८ सांसदले मत हालेका थिए। यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले पक्षभन्दा विपक्षीको संख्या धेरै भएकाले मत विभाजनको माग गरेको थियो।  ...
यी महिलाको कालो कर्तुत, पैसा ठगी गर्दै मिटरव्याजीमा लगानी, उल्टै पिडितमाथी उजुरी

यी महिलाको कालो कर्तुत, पैसा ठगी गर्दै मिटरव्याजीमा लगानी, उल्टै पिडितमाथी उजुरी

Breaking News 1, समाचार
पूर्णपुष्टि,, १३ असार । बिभिन्न व्यक्तिहरु सँग बाहानावाजीमा पैसा ठगी गर्दै मिटरव्याजीमा लाखौँ पैसा असुली गर्दै आएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२ निवासी सिर्जना खड्काले विभिन्न व्यक्तिसँग करोडौं रकम उठाएर ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको हो । निजगढ, सिमरा, जीतपुर, पथलैया, अम्लेखगञ्ज, हेटौंडा, वीरगञ्ज लगायतका क्षेत्रमा दर्जनौं व्यवसायी, औद्योगिक करिडोरमा कार्यरत मजदुर तथा कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनले ठगेको पाइएको हो । व्याजको लोभ देखाएर दर्जनौं व्यक्तिहरुसँग लाखौं रुपैयाँ उठाएर खड्काले रकम अपचलन गरेको बताइन्छ । पछिल्लो समय निजगढ नगरपालिका वडा नं ८ का सुजित घिसिङ्गले खड्कालाई २० लाखको चेक बाउन्स गरेका थिए । सोहीपछि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमार्फत पक्राउ आदे...
मेयर कप फुटबल प्रतियोगिता : आयुवको निर्णयक गोलमा वडा न. ११को विजयी

मेयर कप फुटबल प्रतियोगिता : आयुवको निर्णयक गोलमा वडा न. ११को विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १२ । उदयपुर गाईघाटमा जारी २३औ लालशेर राई स्मृति मेयर कप फुटबल प्रतियोगिताको चौथौ दिनको दोस्रो खेलमा आयुव राईको निर्णायक गोलले वडा नम्बर ११ बिजयी भएको छ । मंगलवार सझँको करिव ४ः४५ देखि सुरु भएको खेलमा वडा नम्बर ३ मोतिगडालाई १–० गोलले पराजित गर्दै वडा नम्बर ११ बिजयी भएको हो । गाईघाटको थरुहट रंगशालामा सम्पन्न दोस्रो खेलको पहिलो हाफको २३औँ मिनेटमा गोल गर्दै आयुवले उत्कृष्ट गोल गर्दै ११ वडालाई अग्रता दिलाएका थिए । खेलको सुरुवातमै दुवै टिमका तर्फबाट काउन्टर अट्याकिङ खेल प्रदर्शन भएको थियो । त्यसपछि दुवै टिमवाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैवाट पनि गोल हुन सकेन । अन्ततः खेल १–० मा नै टुंग्याउँदै वडा नम्बर ११ बिजयी भयो । प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ११का आयुव राईले नगद रु १००० प्राप्त गरेका छन् । भोली हुँने खेलमा वडा नम्बर १३ संग वडा नम्बर ८ ले पहिलो ख...
कृषकलाई अनुदानमा ट्याक्टर र पानी तान्ने मोटर वितरण

कृषकलाई अनुदानमा ट्याक्टर र पानी तान्ने मोटर वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १२ । त्रियुगा नगरपालिकाले स्थानीय कृषकहरुलाई अनुदानमा ट्याक्टर र पानी तान्ने मोटर वितरण गरेको छ । नगरले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरर्गत वडा नम्बर ८ र ९ राजाबासका कृषकहरुलाई चालु आर्थिक बजेटबाट ५० प्रतिशत अनुदानमा दुई वटा ट्याक्टर र सत प्रतिशत अनुदानामा ३२ जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेको हो । असारे खेतीपातीको समय सुरु भएसँगै कृषि विकास शाखालाई नगरको ५०प्रतिशत अनुदानमा ट्याक्टर र साना सिंचाई कार्यक्रम अन्तर्गत पानी तान्ने मोटर सहित मोटर जोड्न आवस्यक समान र पाइप १०० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको नगर कृषि शाखाले जनाएको छ । नगरले स्थानीय कृषकहरुको आवश्यता र मागलाई सम्बोधन गर्दै करिव १३ लाख पर्ने दुईवटा ट्याक्टर र १० हजार पर्ने पानी तान्ने मोटर वितरण गरेको त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले बताए । उनका अनुुसार नगरपालिकाले कृषि...
मेयर कप फुटबल प्रतियोगिता : चौथौ दिन वडा नम्बर १४ साउने बिजयी

मेयर कप फुटबल प्रतियोगिता : चौथौ दिन वडा नम्बर १४ साउने बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १२ । उदयपुरको त्रियुगा नगरपालिकाका प्रमथ मेयर स्वर्गीय लालशेर राईको ३३औँ स्मृतिमा जारी फुटबल प्रतियोगितामा वडा नम्बर १४ साउने विजयी भएको छ । मंगलबार विहानको करिव ८ बजे देखि थरुहट रंगशालामा सुरु भएको खेलमा साउनेले वडा नम्बर ७ राजाबासलाई ०को विरुद्द १ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको खेलमा दुवै टिमले उत्कृष्ट खेल प्रदशर्नी गर्दापनि कुनै परिणम स्वरुपम गोल हुन सकेन् । दुवै टिमका खेलाडिहरु गोल आफ्नो पक्षमा पार्नको धेरै प्रयास गर्दा पनि उक्त प्रयास असफल रह्यो । यद्दपी दोस्रो हाफको खेल सुरु भएको केहि समयमा साउनेले काउन्टर अट्याकिङ खेल प्रदर्शन गर्दै जीत आफ्नो पोल्टामा पारेको छ । दोस्रो हाफको ५६औँ मिनेटमा जर्सी नम्बर ७ का खेलाडि खिल राज मगरले आशिष राईको पासमा गोलपोस छेउमा आएको बललाई सदुपयोग गर्दै विपक्षी टिमका पोसजाली चुमाउँदै निर्णायक गोल गरेका थिए । प्रतियोगिताको ...