Monday, August 17News That Matters

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ असार । प्रहरीले थप एक जनालाई नक्कली भुटानी शरणार्थी प्रकरण आरोपमा पक्राउ गरेको छ । घटनामा संलग्न रहेका फरार प्रतिवादी काठमाडौंको मण्डिखाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले ठगीको रकम उनको खातामा जम्मा भएको देखिएकाले प्रतिवादी बनाइएको जनाए । ‘प्रकरणका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा आज उनलाई पक्राउ गरिएको हो’, रिजालले भने, ‘उनलाई जिल्ला अदालत, काठमाडौं पेश गर्छौं।’ नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूली गरेको प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर १० जेठमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो। त्यसबेला १६ जना मात्रै पक्राउ परेका थिए। पछि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जा...
कटारी नगरपालिकाको आगामी बजेट, ८३ करोड ८६ लाख ७८ हजार ५ सय

कटारी नगरपालिकाको आगामी बजेट, ८३ करोड ८६ लाख ७८ हजार ५ सय

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ असार । कटारी नगरपालिकाले आगामी बर्षको लागि ८३ करोड ८६ लाख ७८ हजार बजेट बिनियोजन गरेको छ । आईतबार नगरपालिकाको ११ औँ नगरसभाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि उक्त बजेट सार्वजानिक गरेको हो । सभाले सामाजिक विकास क्षेत्रमा ४ करोड ८७ लाख पचास हजार बजेट छुट्टाएको छ । पूर्वाधार विकास तर्पm ७ करोड ४८ लाख छुट्याईएको छ । त्यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्रका लागि २६ करोड १९ लाख ६७ हजार ५ सय छुट्याईएको छ भने वन वातावरण तथा विपद व्यवस्थापनमा ६४ लाख बजेट विनियोजन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार यस वर्ष गत वर्षभन्दा अढाई करोड बढी बजेट आएको बताए ।...
त्रियुगा नगरको निति तथा कार्यक्रम : कार्यन्वयन पक्षमा प्रश्न र चिन्ता

त्रियुगा नगरको निति तथा कार्यक्रम : कार्यन्वयन पक्षमा प्रश्न र चिन्ता

Breaking News 1, समाचार
पूार्णपुष्टि, ११ असार । त्रियुगा नगरपालिकाको ११ औँ नगरसभा आईतबार सम्पन्न भयो । १ अर्ब ४७ करोड ३४ लाख ९ हजार बजेट आगामी बर्षको लागि बिनियोजन गर्दै त्रियुगाले नगरसभा सम्पन्न गर्यो । नगर प्रमुख वसन्त कुमार वस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल, १६ ओटै वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागीमा नगरसभा सम्पन्न भयो । आगामी बर्षको लागि नगरवासी उन्मुख कार्यक्रम तथा योजनाहरु ल्याएको नगरसभाले जनाएको छ । उक्त निति तथा कार्यक्रम नगर प्रमुख तथा नगर सभाका सभाध्यक्ष समेत रहेका वसन्त कुमार वस्नेतले प्रस्तुत गरे भने आगामी बजेट नगर उप्रमुख महेश्वरी राईले प्रस्तुत गरेकी थिईन् । यसै क्रममा तिन मिनेट बोल्ने समय सदुपयोग गर्दै वडा सदस्यहरुले निति तथा कार्यक्रमको कार्यन्वयनको बारेमा चिन्ता व्यक्त गरे । वडा नं ६ का वडा सदस्य प्रबेश खड्काले न...
२३आँ मेयर कप फुटबल प्रतियोगिताः वडा २ र ३ बिजयी

२३आँ मेयर कप फुटबल प्रतियोगिताः वडा २ र ३ बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १० । उदयपुरको गाईघाटमा जारी २३औ स्वर्गीय लालशेर राई मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा वडा नम्बर २ र ३ बिजयी भएको छ । जिल्ला फुटबल संंघ उदयपुरको आयोजनामा शनिवार देखि सुरु भएको प्रतियोगितामा (आईतवार) भएको दुई खेलमा वडा नम्बर २ जोगिदहर र ३ मोतिगडाले सहज जीत निकालेको हो । गाईघाटको थरुहट रंगशालामा सम्पन्न दोस्रो दिनको पहिलो चरणको खेलमा बोक्से र जोगिदह बिच प्रतिस्पर्धा भएको थियो । पहिलो हाफको अन्तीम समय सम्म पनि दुई टिमले पनि खाता खोल्न नसक्दा खेल निकै रोमाञ्चक बनेको थियो । सवैले रुचाएको टिम बोक्सेले भने यसपाली मेयर कपको उपाधी उचाल्ने अवसर गुमाएको छ । बोक्से र जोगिदह बिच भएको खेलमा ० को विरुद्ध २ गोल गर्दै बोक्सेलाई जोगिदहले पाखा लगाएको हो । बोक्सेले पहिलो खेलमै खराव खेल प्रदर्शन गरेपछि त्यसको भरपुर फाईदा लिँदै जोगिदहले बोक्से प्रतिद्दन्धीको रुपमा आफुलाई...
त्रियुगा नगरको आगामी बजेट, एक अर्ब ४७ करोड ३४ लाख

त्रियुगा नगरको आगामी बजेट, एक अर्ब ४७ करोड ३४ लाख

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असार । त्रियुगा नगरपालिकाले आगामी आर्थिक बर्ष ८०÷८१ का लागि एक अर्ब ४७ करोड बढी बजेट ल्याएको छ । आईतबार नगरपालिकाकोे ११ औँ नगरसभा बैठकमा नगर उपप्रमुख महेश्वरी राईले उक्त बजेट सार्वाजानिक गरेकी हुन् । राईका अनुसार संघिय सरकारबाट समानीकरण अनुदान तर्फ २० करोड १८ लाख, सशर्त अनुदान चालु तर्फ ५१ करोड ३१ लख, पुँजीगत तर्फ २७ करोड ४६ लाख र समपुरक अनुदान तर्फ एक कारोड ८० लाख गरी १ अर्ब २ करोड ५ लाख प्राप्त भएको छ । यस्तैगरी प्रदेशबाट समानीकरण अनुदान तर्फ ३ करोड ९६ लाख २ हजार, सशर्त अनुदान तर्फ १ करोड ४७ लाख २० हजार, समपुरक अनुदान तर्फ १ करोड २५ लाख ८० हजार गरी जम्मा ५ करोड ८२ लाख ६२ हजार र नगरपालिका स्रोतको आन्तरिक आय तर्फ २० करोड ३० लाख र राजश्व बाँडफाँड तर्फ १९ करोड १६ लाख ४७ हजार गरी जम्मा १ अर्ब ४७ करोड ३४ लाख ९ हजार बजेट बिनियोजन उपप्रमुख राईले जनाईन् । उक्त बजेट...
जबरजस्ती करणीको अभियोगमा उदयपुरगढीका टेकमान पक्राउ

जबरजस्ती करणीको अभियोगमा उदयपुरगढीका टेकमान पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १० । जिल्लाको उदयपुरगढी गाउँपालिकामा १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८, स्थित केलरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान(तामाङ) रहेको प्रहरीले जनाएको छ । टेकमानले बुधबार दिउँसो गडेरेस्थित झाडीमा लगी जवरजस्ती करणी गरेको भन्ने प्रहरीमा उजुरी आए पछि उजुरीको आधारमा शनिवार दिउँसो अस्थाइ प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ गरेकालाई अस्थाी प्रहरी पोष्टमा ल्याइ आवश्यक थाप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।...
कटारीमा मुसहर र डोम समुदायको घर–घरमै पुगेर स्वास्थ्य बीमा

कटारीमा मुसहर र डोम समुदायको घर–घरमै पुगेर स्वास्थ्य बीमा

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १० । उदयपुरको कटारी नगरपालिका–४ का विपन्न मुसहर र डोम समुदायलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । शनिवार वडाका बिभिन्न १९ मुसहर र ११ डोम समुदायका विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो । सरकारको स्वास्थ्य बीमा बोर्डअन्तर्गत विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएर सहज र सहुलियतरूपमा उपचारका पहुँच पुर्‍याउने उद्देश्य रहेको कटारी अस्पतालका स्वास्थ्य बीमाको सहजीकरण गर्दै आएका कर्ण राईले बताए । मुसहर र डोम समुदायले यसबारे जानकारी नपाउँदा सेवा लिन नसकेकाले घरमै गएर जानकारीसहित बीमा गरिदिएको उनले जानकारी दिए । ‘उपचार गर्ने पैसा मुसहर र डोम समुदायसँग हुँदैन, यो सरकारी सेवाको पहुँचमा पुर्‍याए कम्तीमा वर्षमा १ लाख रुपैयाँसम्मको उपचार सरकारले गरिदिन्छ,’ सहजकर्ता राईले भने, ‘उपचारका लागि गुहार मागि हिँड्छन्, यति गरेपछि सरकारले उपचार सेवा दिन्छ ।’...
उदयपुरे कवी “आरोही” नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुँदै

उदयपुरे कवी “आरोही” नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुँदै

Breaking News 1, साहित्य
पूर्णपुष्टि, १० असार । उदयपुरका कवी जिवन आरोहीलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गर्ने भएको छ । प्रष्ठिानको ६६ औँ बार्षिकोत्सवमा आरोहीलाई पुरस्कृत गर्ने भएको हो । बार्षिकोत्सवको अवसरमा आरोही सँगै अन्य १० जनालाई पुरस्कृत गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । राष्ट्रिय कविता महोत्सव २०८० मा सहभागी कविहरुलाई मुल्याङकन समितिले सिफारिस गरे अनुसार पुरस्कृत गर्ने जनाईएको छ ।ओरोहीको “प्रश्नहरुको बिज्ञाप्ती भन्ने शिर्षकको कविता पुरस्कारको लागि छनोटमा परेको हो । प्रतिष्ठानले उदयपुरका अरोही, काठमाण्डौँका उमेश पून, सनुसरीका कृष्ण करुणा पोखरेल, दार्चुलाका खिमानन्द जोशी, रोल्पाका टंक बहादुर झाँक्री मगर, सुनसरीका तिर्थराज विश्वकर्मा, बाँकेका नविन अभिलाषी, डोटीका पुर्णनन्द ओझा, सुनसरीका प्रकाश दिप्साली राई र काठमाण्डौँकी राधिका कल्पीतलाई पुरस्कृत गर्न लागेको हो ।...
गाईघाटको थरुहट रंगशालामा मेयर कप फुटबल प्रतियोगिता सुरु

गाईघाटको थरुहट रंगशालामा मेयर कप फुटबल प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, समाचार
उदयपुर, असार ९ । उदयपुरको त्रियुगा नगरपालिकाका प्रथम मेयर स्वर्गीय लालशेर राईको स्मृतिमा २३ औ मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा स्थानीय थरुहट रंगशालामा सप्ताहव्यापी हुने खेल उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका वर्तमान प्रमुख बशन्त बस्नेतले संसारमै सबै भन्दा लोकप्रिय खेलको रुपमा फुटबल खेल परिचित रहेकाले नेपाली फुटबल टिमले दक्षिण एसिया खेलहरु खेल्ने अवसर पाएको बताए । खेलको माध्यमबाट संसारलाई चिनाउँने अवसर नेपाले पाएको छ । उनले भने ‘उदयपुर जिल्लाको हकमा खेलकुद क्षेत्रमा प्रयाप्त बजेट व्यवस्थापन गर्न देशमा रहेको आर्थिक संकटको कारणले धेरै कठिनाईहरु आई परको छ ।’ विगतको समयमा नगरले २९ देखी ३० लाख सम्म खेलकुदको लागि बजेट छुट्याएको बताउँदै प्रमुख बस्नेतले नगरका भरीका १६ वटै वडाहरुमा खेलकुदका लागि छुटाएको रकम एकिकृत गर्ने ...
एउटै पर्दामा देखिदै पल र प्रदिप

एउटै पर्दामा देखिदै पल र प्रदिप

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ९ असार । नेपाली दर्शकहरुको मन मुटुमा बस्न सफल नेपालका दुई नायक अब एउटै पर्दामा देखिने भएका छन् । ती नायकहरु हुन् प्रवि खड्का र पल शाह । यी दुई नायक एउटै पिल्ममा देखिने भएको हो । दिनेश राउतको निर्देशनमा बन्न लागेको एक फिल्ममा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । नाम तय नभैसकेको फिल्ममा उनीहरु दुवै प्रोटागोनिस्ट पात्रको रुपमा रहने लेखक विकास सुवेदीले जानकारी दिए । फिल्ममा दुवैको बराबर भूमिका रहनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको छायांकन आगामी भदौबाट सुरु हुनेछ । फिल्मका लागि पलले असार दोस्रो हप्तादेखि कलाकार अनुप बरालबाट अभिनय सिक्दैछन् । यसअघि फिल्म ‘प्रकाश’का लागि प्रदीपले पनि बरालबाट तीन महिना अभिनय सिकेका थिए । फिल्ममा अहिलेलाई पल र प्रदीप मात्र निश्चित छन् । फिल्मको स्क्रिप्टको ‘फर्स्ट ड्राफ्ट’ सकिसकेको छ । दिनेश र पलबीच पहिलो पटक सहकार्य हुन लागेक...