Monday, August 17News That Matters

Breaking News 1

मंकीपक्स रोग कसरी सर्छ ? लक्षण र रोकथामका उपाय के ?

मंकीपक्स रोग कसरी सर्छ ? लक्षण र रोकथामका उपाय के ?

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ९ असार । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स विश्वको १२ युरोपेली देशहरु हुँदै विश्वभर फैलिरहेको छ । यो भाइरस’ नेपालमा पनि पछिल्लो समय फेला परेको स्वास्थ्य संस्थाहरुले जनाएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि गरेको छ । त्यस्तै अरु ५० जनामा संक्रमण पुष्टि भएको आशंकामा अनुसन्धान गरिरहेको छ । ‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) पुष्टि भएको जानकारी दिए । मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । विदेशबाट...
निशुल्क आँखा शिविर सम्पन्न

निशुल्क आँखा शिविर सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार ८ । मदन भण्डारी आँखा अस्पताल उदयपुरले त्रियुगा नगरपालिका ८ राजाबासमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । शुक्रवार वडा कार्यालय राजावारमा जननेता मदन भन्डारीको ७२ औ स्मृति दिवसको अबसरमा शिविरको आयोजना गरिएको हो । शिविरमा विभिन्न २०६ जना बिरामिहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँचको क्रममा ५२ जना मोतियाबिन्दुको अपरेसन गर्नु पर्ने बिरामी पाइएको अस्पतालका अध्यक्ष भागवत राउतले बताए । उनका अनुसार बिरामीलाई जाँच गरी निःशूल्क शल्यक्रिया गरिएको जनाए । नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यालय काठमाडौको समन्वय साथै आई केयर फाउण्डेशनको सहयोगमा शिविर सञ्चान गरिएको थियो ।...
गाईघाटमा फुटबल प्रशिक्षक तालिम सम्पन्न

गाईघाटमा फुटबल प्रशिक्षक तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार ८ । उदयपुरको गाईघाटमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सम्बन्धी तालिम आज सम्पन्न भएको छ । स्थानीय खेलकुदलाई प्रोत्साहन र प्रवद्र्धन गर्नै लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) संगको सहकार्य र जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा तालिम सम्प्न्न भएको हो । सदरमुकाम गाईघाट बजारस्थित एवान होटलको सभाहलमा मंलवार देखि सुरु भएको फुटबल प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिममा मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश गरी ३५ पुरुष प्रशिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले खेलकुद क्षेत्रले युवा पुस्ताका खेलाडि साथै गाउँ समुदायमा सकारात्मक सन्देश प्रवाह गराउने माध्यम रहेको बताए । उनले अनुसासीत र मर्यादीत खेलाडि भएर आफुलाई स्थापित गर्न सके व्यवसायीक खेलाडीको रुपमा आफु प्रतियोगिताहरुमा सहभागि हुन सकिने बताए । समाप...
एमाले उदयपुरका जिल्ला सचिवालय सदस्य राईलाई मातृशोक

एमाले उदयपुरका जिल्ला सचिवालय सदस्य राईलाई मातृशोक

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ असार । एमाले उदयपुरका जिल्ला सचिवालय सदस्य तथा ताप्ली गाउँपालिका इन्चार्ज बाबुराम राईलाई मातृ शोक परेको छ । परिवारका अनुसार ७८ बर्षिय गौलक्षी राईको उपचारको क्रममा वीर अस्पताल काठमाण्डौँमा निधन भएको हो । उनीको शुक्रबार पशुपति आर्यघाटमा अन्यष्टी गरिएको पनि परिवारले जनाएको छ । राईको आमा गौलक्षीलाई नेकपा एमाले कोशी प्रदेश कमिटिका सचिवालय सदस्य तथा उदयपुर क्षेत्र(२ का प्रतिनिधि सभा सदस्य अम्बर बहादुर रायमाझीले पशुपति आर्यघाटमै पुगेर पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । रायमाझी सहित नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपमहासचिव देवराज राई, नेकपा एमाले जिल्ला सदस्य नोख श्रेष्ठ, नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीका सदस्य भिम दर्नाल श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा पुगेका थिए भने, नेकपा एमाले उदयपुर(...
साउँनेको बरगाछीमा बोलेरो दुर्घटना

साउँनेको बरगाछीमा बोलेरो दुर्घटना

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार ८ । उदयपुरको त्रियुगा नगरपालिका-१४, साउनेमा बोलेरो गाडी दुर्घटना भएको छ । शुक्रवार गाईघाट देखि खोटाङ तर्फ मार्केटिङको लागि हिडेको बोलेरो ब्रेक फेल भई आफै अनियन्त्रीत भई दुर्घटना भएको हो । साउँने प्रहरी चौकीका प्रमुख बाबुराम कार्कीका अनुसार बिहानी साउनेको बरगाछी टोलको माथिल्लो घुम्तीमा प्रदेश २–०१ ००१ च ०१०१ नम्बरको बोलेरो गाडि दुर्घट्ना भएको बताए । उनका अनुसार दुर्घट्नामा मानवीय क्षेती भने नभएको र प्रहरी साथै स्थानीयहरुको पहलमा बोलेरो रोठमा निकाल्ने प्रयास भईरहेको जनाए । प्रहरीका अनुसार उक्त बोलेरो गाईघाटमा अवस्थित दाहाल किराना पसलको भन्ने बुभिएको छ ।...
उदयपुरमा बिहे गरेको छ महिना पछि श्रीमती पुरुष, प्रहरीमा उजुरी

उदयपुरमा बिहे गरेको छ महिना पछि श्रीमती पुरुष, प्रहरीमा उजुरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ असार । उदयपुरको बेलका नगरपालिकामा श्रीमती पुरुष भएको भन्दै प्रहरीमा उजुरी दिएको छ । उनले इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएको हो । बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि भोजपुरबाट बिबावह गरेका थिए । तर उनको श्रीमती ६ महिनापछि पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन् । राईले ‘श्रीमती पुरुषमा परिणत भएको’ भन्दै प्रहरीमा उजुरी दिएको जनाए । भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ की युवतिसँग ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याएका नम्वरले ६ महिनापछि आफ्नै श्रीमतीलाई पुरुष पाएको बताए । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार एकाएक श्रीमती पुरुष भएको भन्दै आफूसँगै ल्याएर राईले उजुरी दिएको जनाए । इप्रकाले दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गर्दै गर्दा एक्कासि श्रीमती अस्वस्थ्य भएपछि उपचारार्थ धरान पठाइएको छ।...
‘जातिय छुवाछुत अन्त्यका लागि सामाजिक जागरण अभियान’

‘जातिय छुवाछुत अन्त्यका लागि सामाजिक जागरण अभियान’

Breaking News 1
पूर्णपुष्टि,असार ३ । उदयपुरको त्रियुगा नगरपालिकामा जातिय छुवाछुत अन्त्यका लागि सामाजिक जागरण अभियान सञ्चालन गरिएको छ । “जातिय छुवाछूत अन्त्यका लागी हामी सबैको आवाज,जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव मुक्त समाज” भन्ने मुल नाराका साथ त्रियुगा नगरपालिकाका विभिन्न वडाहरुमा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र सरकारी वकिल कार्यालयद्धारा कार्यक्रमको आयोजना गरीएको थियो । आइतवार वडा नं.९ स्थित वडाको आधारभूत स्वास्थ्य चौकीको प्राङ्गणमा गैसस महासंघ उदयपुर, दलित अधिकार सञ्जाल उदयपुर र ओरेक नेपालको सहकार्यमा वडा नं.३, मोतिगडा र वडा ६ पाल्तेबास (महनपुर)मा वडाका विभिन्न सरोकारवाला निकायहरुसंग छलफल अभियान गरिएको अरेक उदयपुरका संयोजक बालिका कार्की बताईन् । गत जेष्ठ २१ गते जातीय छुवाछुत तथा राष्ट्रिय उन्मुलन दिवसको अवसर पारी बिभिन्न ४ वटा वडाहरुमा कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेक...
उदयपुर सिमेन्ट उद्योग फेरि सञ्चालनमा

उदयपुर सिमेन्ट उद्योग फेरि सञ्चालनमा

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार ७ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुन सञ्चालनमा आएको छ । त्रियुगा नगरपालिका–५ जलजलेमा रहेको उद्योग बुधबार विहान ७ः५५ बजेको साइतमा क्लिङ्कर उत्पादनका लागि उद्योग फायरिङ गराएर दुई महिनापछि सञ्चालनमा ल्याएको हो । कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण बन्द भएको सो सिमेन्ट उद्योग करिव दुई महिनापछि पुनःसञ्चालनमा ल्याएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार बस्नेतले बताए । उनका अनुसार अब नियमित उत्पादन र बजारीकरण जारी रहने अध्यक्ष बस्नेतको भनाइ छ । दुई महिनासम्म उद्योग बन्द हुँदा २० करोडभन्दा बढी घाटा व्यहोर्नु परेको पनि अध्यक्ष बस्नेतले बताए । आर्थिक भारले डुबेपछि सरकारी स्वामित्वको उदयपुर सिमेन्टका महानिर्देशक गोपीकृष्ण न्यौपानेले यसअघि नै राजीनामा दिएका छन् । उद्योग घाटामा भएर कर्...
कोशीमा पानीको बहाव बढेसँगै उदयपुर–सुनसरी सिमाको जेटबोट बन्द

कोशीमा पानीको बहाव बढेसँगै उदयपुर–सुनसरी सिमाको जेटबोट बन्द

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असार । सुनसरी र उदयपुरको सिमाना चताराबाट संञ्चालन हुने जेटबोट बन्द भएको छ । कोशीमा पानीको बहाव बढेसँगै बर्षेनी रुपमा बोट बन्द हुने संञ्चालक समितिले जनाएको छ । उदयपुरको बेलका ८ र सुनसरीको बाराहबाट संञ्चालन हुँदै आएको करिब १३ ओटा जेटबोट यो बर्षको बर्खा सम्मका लागि बन्द भएको कोशी एडभेन्चरका संञ्चालक समितिका सचिव सिव थापाले जनाए । थापाका अनुसार उदयपुर र सुनसरीको सिमानाबाट सानोठुलो गरी १३ ओटा जेटबोट संञ्चालनमा रहेको जनाए । बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्थानहरुमा यात्रु ओसार पसार गर्दै आएका थिए । यसको बाराहा क्षेत्र, त्रिवेणी, सिम्ले र माईबेनी गरी ४ ओटा स्थानहरुमा मुख्य ट्रान्जेक्सनहरु रहेको थापाले जनाए । उनले सिम्लेको लागि सबैभन्दा बढी भाडा १४ सय रहेको जनाए । त्यस यता दुरीको हिसावले लिँदै आएको उनले जनाए । गाडीबाट झण्डै ३ घण्टा सम्म समय लाग्ने ठाउँ सिम्...
सप्तकोशी कटान सुरु, बेलकाका वस्तीहरु जोखिममा

सप्तकोशी कटान सुरु, बेलकाका वस्तीहरु जोखिममा

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असार । उदयपुरको बेलका र सुनसरीको बाराह सिमाना बिचमा रहेको सप्तकोशीमा पानीको बहाव बढ्न सुरु गरेको छ । बर्खाको सुरुवातमै यस कोशीले कटान समेत सुरु गर्दा बेलकाका कयौँ वस्तीहरु जोखिममा परेको छ । बेलका ८ का वडाअध्यक्ष जय कुमार राईका अनुसार कोशी कटानले ८, ३, ९ र २ लाई क्षती पुराउने अवस्था देखिएको छ । अध्यक्ष राईका अनुसार यसलाई तत्काल समधान नगरे बस्ती जोगाउन निकै चुनौती हुने जनाए । उनले तत्कालको लागि भने सामान्य थुनछेकका काम गरिरहेको जनाए । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नदीलाई दिर्घकालीन रोकथाम गर्न राष्ट्रिय गौरवकै योजनाहरु तय गर्नु पर्ने जनाए । यसलाई दरिलो बनाउनका लागि सामान्य बजेटले सम्भव नहुने जनाएको छ । उनले तत्कालै बलियो रोकथामका लागि बजेट अभाव रहेको हुनाले यसले वस्तीलाई जोखिम बनाउन सक्ने प्रजिअ गौतमको भनाई छ । यसवारे भने जिल्ल...