Monday, August 17News That Matters

Breaking News 1

मुटु स्वास्थ्य राख्नृ के खाने, के नखाने ?

मुटु स्वास्थ्य राख्नृ के खाने, के नखाने ?

Breaking News 1
पूर्णपुष्टि, १६ असार । मुटु मानव शरिरको अत्यावश्यक र महत्वपूर्ण अंग हो । मुटु रोगबाट मुक्ति पाउन दैनिकी र खानपानमा बिषेश ध्यान दिनु पर्ने चिकित्सकहरु बताउँछन् । उसोत वंशाणुगत, उच्च रक्तचाप, मधुमेहका कारण पनि मुटुरोग लाग्न सक्छ । तर मुटुरोगको प्रमुख कारण भने खान पाननै रहेको बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. राजेन्द्र कोजुले बताउँछन । यो सँगै शारीरिक व्यायामको कमी, तौलको कारण पनि मुटुरोग लाग्ने सम्भावना रहेको कोजु बताउँछन् । मुटु स्वास्थ्य राख्न के खाने ? हरियो सागपात : मुटु स्वस्थ राख्न चम्सुर, पालुङ्गो, मेथीको साग, रायो, तोरी, फर्सीको मुन्टाजस्ता हरियो सागपात लाभदायक हुन्छन् । यी तरकारीमा उच्च मात्रामा भिटामिन, खनिज पदार्थ, न्युट्रिसियन पाइने भएकाले रगतलाई जम्न र रक्तचाप घटाउन मद्दत गर्छ । हरियो सागपात दैनिक खानामा समावेश गरे मुटुरोग लाग्ने सम्भावना निकै कम हुन्छ । फलफूल : फलफूल चिनी...
सुन तस्करीमा भन्सा एजेन्ट र कर्मचारीनै संलग्न : जग्गा खदिर देखी प्रेमिकालाई फिक्स डिपोजिट सम्म

सुन तस्करीमा भन्सा एजेन्ट र कर्मचारीनै संलग्न : जग्गा खदिर देखी प्रेमिकालाई फिक्स डिपोजिट सम्म

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ असार । २०७९ पुस १० मा चीनबाट ल्याएको सुन त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरियो । इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको करोडौँ मूल्यको सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएको घटनाबारे प्रहरीको अनुसन्धान यतिवेल अन्तिम चरणमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले संगठित तस्करी मुद्दामा म्याद लिएर त्यसबारे अनुसन्धान गरिरहेको छ । सुन पास भएको ५ महिनापछि अनुसन्धान सुरु गरेको ब्यूरोले सो तस्करीमा संलग्न भएको आशंकामा शुक्रबारसम्म ६ जनालाई पक्राउ समेत गरेको छ । सुटकेसमा ७ सय ३० थान भेपभित्र फिट गरेर तस्करले सुन ल्याएका थिए । भेपले भरिएको दुई वटा सुटकेसमा सुन रहेको सुराक पाएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेलले सीआईबीलाई अनुसन्धान गरिदिन पत्राचार गरेका थिए । पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयक...
फेरी बन्द भयो नारायणगढ–मुग्लिन सडक

फेरी बन्द भयो नारायणगढ–मुग्लिन सडक

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।...
मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ११ र २ भिड्ने

मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ११ र २ भिड्ने

Breaking News 1, खेलकुद
पूर्णपुष्टि,असार १५ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा जारी स्वर्गीय लालशेर राई मेयर कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफानल खेल सम्पन्न भएको छ । शुक्रवार गाईघाटको थरुहट रंगशालामा भएको अन्तिम सेमीफाइनमा वडा नम्बर-८ राजाबारलाई ट्राइवेकरमा २को विरुद्ध ३ गोल अन्तरले पछि पार्दै वडा नम्बर २ जोगिदहले फाइनलमा प्रवेश पाएको हो । यता विहिवार दोस्रो खेलमा वडा नम्बर ११ले वडा नम्बर ५लाई १ गोलको विरुद्ध २ गोल गर्दै फाइनलको बाटो तय गरेको थियो । जसमा वडा ११को लागि जर्सी नम्बर ११का खेलाडि सुनिल खड्काले टिमका लागि २ गोल गरेको थियो । यस्तै आज भएको अन्तिम सेमिफाइनल खेलमा दुवै टिमका खेलाडिहरुले फाइनलको लागि प्रतिस्पर्धा भएको थियो । खेलको निर्धारीत समय सम्ममा पनि दुवै टिमका तर्फबाट स्कोर गर्न नसके पछि खेल ट्राइवेकरमा परिणत भएको थियो । निकै प्रतिस्पर्धात्क देखिको खेलमा अन्तत वडा नम्बर ८ले हार व्यवहोर्नु...
उदयपुरको सबैभन्दा अग्लाे यलम्बर शालिक ताप्लीमा

उदयपुरको सबैभन्दा अग्लाे यलम्बर शालिक ताप्लीमा

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १४ । उदयपुरको ताप्ली गाउँपालिका – ४ यलम्बर चौक थुम्किमा यलम्बर पार्क निर्माण भएको छ । पार्कसंगै नेपालको प्रथम किराती राजा यलम्बरहाङको शालीक राखिएको छ । शालिक ९ फिट अग्लो र ५ फिट चौडाइको रहेको छ । जिल्लाकै सबैभन्दा ठुलो यलम्बर शालिक बनेको हो । संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १९ लाख, ताप्ली गाउँपालिका र ४ नं. वडाको ८९ हजार ८४२ रुपैया र विभिन्न सहयोगदाताहरुबाट संकलित रकमबाट पार्क र यलम्बर शालिक निर्माण भएको हो । पार्कको उद्घाटन असार १३ गते पूर्व संघीय सांसद सुरेशकुमार राईले गरेका छन् । उद्घाटन समारोह सांस्कृतिक कार्यक्रमसहित हर्षोउल्लासका साथ मनाइएको थियो । पार्क निर्माणले संस्कृति प्रवद्र्धनका साथै ताप्लीको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।...
छुट्टा छुट्टै स्थानमा काका र बुबाको हत्या, दुई पक्राउ

छुट्टा छुट्टै स्थानमा काका र बुबाको हत्या, दुई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । भक्तपुर र चितवनमा आफ्नै भतिज र छोरा बाट दुई जनाले ज्यान गुमाएको छ । भक्तपुरमा भतिजले आफ्नै काकाको कुटपिट गरी हत्या गरेको छ । ८१ वर्षीय कृष्ण बहादुर प्रजापतिको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका(९ सूर्यमणि बस्ने ३५ वर्षीय नुछे प्रजापतिलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिट पश्चात् फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका (७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको जनाएको छ । उता चितवनमा आफ्नै बुबा ७० वर्षीय दिलबहादुर परियारको हत्या गरेको अभियोगमा भरतपुर महानगरपालिका (२ आदर्शनगर शीतल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा टेक...
भ्रष्टचार मुद्धामा दोषी ठहर निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई सजाय के ?

भ्रष्टचार मुद्धामा दोषी ठहर निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई सजाय के ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । भ्रष्टचार मुद्धामा दोषी ठहर भएका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कैदसहित जरिवाना भराउने आदेश दिएको छ। विशेष अदालतले खड्काले गैरकानुनी सम्पत्ति आयआर्जन गरेको ठहर गर्दै उनलाई कैदसहित जरिवाना भराउने आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार खड्कालाई १ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ । त्यस्तै, ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने भनिएको छ । यसैगरी आरोपपत्रमा जफतको दाबी लिइएको खड्काको घरजग्गा, सेयर नगद बैंक मौज्दात सबै जफत गर्ने आदेश दिइएको योगीको भनाई छ । उता शर्मिला खड्का र अमिता लामाको नाममा रहेका ३ कित्ता घर जग्गा बिगो दाबीसम्म जफत गर्न भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गर्दै विशेष अदालतमा मुद्दा...
माल्टा पठाउने बाहानामा पैसा ठगी गर्ने पक्राउ

माल्टा पठाउने बाहानामा पैसा ठगी गर्ने पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । माल्टा पठाइदिन्छु भन्‍दै रकम ठगीको आरोपमा एकज जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका(३ मदनपुर स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका(३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् । लिम्वुले ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले पक्रा गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ । उनले पीडितहरुलाई रोजगारीको लागि माल्टा पठाइदिने भन्‍दै रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।...
उदयपुरमा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

उदयपुरमा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १५ । उदयपुरमा “जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि” नाराका साथ आज २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँएको छ । शुक्रवार नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा गाईघाटको आयोजनामा त्रियुगा नगरपालिका–८, राजावासमा मनाईएको हो । धान उत्पादन तथा उत्पादकत्व वृद्धि तथा व्यवसायिकरणलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ आर्थिक बर्ष २०६१र६२ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाईँदै आएको हो । सोही अनुरुपमा जिल्लामा बिभिन्न सामाजिक संस्थाहरुको सहकार्य तथा सहयोगमा उक्त दिवस भव्यताका मनाईएको छ । उक्त महोत्सवमा त्रियुगा नगर प्रमुख बसन्द कुमार बस्नेतको प्रमुख आतिथ्यतामा रोपाई महोत्सव सुरु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगरको तर्फबाट अनुदानमा यस क्षेत्रका कृषक समुहहरुलाई २ वटा ट्याक्टर प्रदान गरी सकेकोले उक्त ट्...
नेपाली युवा युरोपको सर्वोच्च शिखरमा

नेपाली युवा युरोपको सर्वोच्च शिखरमा

Breaking News 1, राजनीति
पूर्णपुष्टि, १५ असार । एक नेपाली युवाले युरोपको सर्वोच्च शिखर एलब्रस हिमालमा नेपालको झण्डा फहराएको छ । रामेछापका लिखुतामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका हुन्। उनले बिहीबार बिहान ९ बजे रूसमा रहेको पाँच हजार ६४२ मिटर अग्लो एलब्रस हिमालमा सफल आरोहण गरेको जानकारी दिए । सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ उनी जुन २१ मा रुस प्रस्थान गरेका थिए। एलब्रस युरोपको सबैभन्दा अग्लो चुचुरो हो।अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने पाण्डेले बताए। उनले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका हुन्। उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन्। पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोह...