Monday, August 17News That Matters

Breaking News 1

५ बुँदे सहमतीमा मिल्यो जिवन लघुवित्त र संघर्ष समितिबीचको झगडा

५ बुँदे सहमतीमा मिल्यो जिवन लघुवित्त र संघर्ष समितिबीचको झगडा

Breaking News 1
पूर्णपुष्टि, ७ जेष्ठ । जिवन लघुवित्त संस्था गाईघाट र लघुवित्त संस्था बिरुद्ध संघर्ष समितिको झगडा मिलेको छ । आईतबार दुवै पक्षबीचको विवादले उत्पन्न भएको झडप वार्तापछि सहमती भएको हो । मंगलबार दुवै पक्षका ११÷११ कार्यििमतिको उपस्थितिमा भएको बार्ताले झगडा मिलाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । वार्ता प्रहरी कार्यालय परिसरमै भएका थिए । झडपमा ५ प्रदर्शनकारी र केहि प्रहरी समेत घाईते भएका थिए । प्रदर्शन शान्त पार्न प्रहरीले असुर ग्यासनै हानेका थिए ।...
साकेलाको अवसरमा कोशी प्रदेश खारेजीको माग, आङ्काजी शेर्पा गोपाल किराती लगायत बक्ता गाईघाट आउने

साकेलाको अवसरमा कोशी प्रदेश खारेजीको माग, आङ्काजी शेर्पा गोपाल किराती लगायत बक्ता गाईघाट आउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ जेष्ठ । साकेलाको अवसरमा पहिचानवादीहरुले कोशी प्रदेश खारेजीको माग गर्ने भएको छ । गाईघाट स्थित पिपलचोकमा मंगलबार साकेला सहितको भव्य सांकृतिक प्रदर्शन कार्यक्रम हुने भएको छ । कोशी प्रदेश नामाकरण खारेज संयुक्त संघर्ष समिति उदयपुरको आयोजना तथा किरात राई यायोख्खा जिल्ला कार्यसमिति उदयपुरको समन्वयमा कार्यक्रम हुने भएको हो । समितिका अध्यक्ष गंगा राईका अनुसार गाइृघाट पिपलचोकमा ११ बजेबाट कार्यक्रम सुरु हुने जनाएको छ । कार्यक्रममा कोशी प्रदेश खारेजीको माग सहितको र्याली टोली बजार परिक्रमा गरेर पिपल चौक पुगि कोणसभामा परिणत हुने छ । कार्यक्रममा बिभिन्न साकेला सहितको सांस्कृतिक कार्यक्रम र बक्ताहरुले बिषेश भनाई राख्ने राईले जनाईन् । यस्तैगरी कार्यक्रमलाई सम्बोधन गर्न आदिवासी जनजाति नेता आङ्गकाजी शेर्पा लागायतको टाली आउने राईको भनाई छ । शेर्पा सहित पूर्व मन्त्री गोपाल किराती, राजनि...
रौतामाईमा युवाहरुका लागि ३९० घण्टे हाउस वार्यरिङ्ग तालिम सुचारु

रौतामाईमा युवाहरुका लागि ३९० घण्टे हाउस वार्यरिङ्ग तालिम सुचारु

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ जेष्ठ । वल्र्ड भिजन इन्टरनेशलको सहयोग र हुरेण्डेक उदयपुरको आयोजनामा रौतामाई गाउँपालिका भुट्टारमा ३९० घण्टे हाउस वाईरिङ्ग सम्बन्धी तालिम आइतबारबाट संञ्चालन भएको छ । तालिम पालिकाको रसुवा माविको हलमा संञ्चालन भैरहेको छ । हुरेण्डेक उदयपुरका कार्यक्रम संयोजक बिकल सुवेदीका अनुसार पालिकाको बिभिन्न वडाबाट २२ जना युवाहरुलाई हाउस वाईरिङ्ग तालिममा सहभागी गराईएको जनाए । सिप सिकाएर गाउँको युवाहरुलाई आर्थिक पार्जनमा टेवा पुराउने भन्दै पोषण तथा उत्थानशिस जिविको पार्जन परियोजना अन्तर्गत सिपमुलक तालिम प्रदान गरिएको सुवेदीको भनाई छ । सुवेदीका अनुसार सोही पालिकामा केही दिन देखी सिलाई कटाई तालिम समेत संञ्चालन गरिने छ भने ताप्लीको रुपटारमा बुधबारबाट प्लम्वीङको तालिम पनि सुरु गरिने छ । ताप्लीमै तत्कालै सिलाई कटाईको तालिम पनि सुरु हुने छ । रौतामाई गाउँपालिकाका उपाध्यक्ष तथा तालिम उद्घाटन ...
प्रहरी कार्यालयमा लघुवित्त ज्याजदी बिरुद्ध संघर्ष समितिको धर्ना : दुवै पक्षबीच बार्ता सुरु

प्रहरी कार्यालयमा लघुवित्त ज्याजदी बिरुद्ध संघर्ष समितिको धर्ना : दुवै पक्षबीच बार्ता सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ८ । लघुवित्त संस्थाको ज्यादजती विरुद्धको संहर्ष समितिले जिल्ला प्रहरी कार्यालय उदयपुर घेराउ गरको छ । आईतवार जीवन विकास लघुवित्त संस्था र संर्घष समिति बीच भएको एक आपसको विवादको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो । हामीले समाचार तयार पार्दा सम्म यी दुवै पक्षहरु प्रहरी कार्यालय परिसरमा बार्ता गरिरहेको छ । वार्तामा लघुवित्त तर्फ ११ जना र संघर्ष समितिका तर्फबाट ११ जनाको टोली बार्तामा जुटिरहेको त्रियुगा नगरका संघर्ष समितिका अध्यक्ष तबिता राईले जनाइन् । राईका अनुसार जीवन लघुवित्तका सि.इ.ओ.पनि गाईघाट आएको जनाइन् । आईतवार गाईघाटको बैंक लाइनमा अवस्थित जीवन विकास लघुवित्त वित्तिय संस्था परिसरमा प्रहरी बिच झडप भएको थियो । उक्त झडपमा पूर्वको झापा, मोरङ, सिरहा र सप्तरीबाट प्रदर्शनकारीहरु सहभागिता रहेको जनाएको छ ।...
जिवन लघुवित्त गाईघाट : शाखा प्रमुखले पत्र च्यातेर फालेपछि झडप, राभर सडकमै सुतेर आन्दोलन

जिवन लघुवित्त गाईघाट : शाखा प्रमुखले पत्र च्यातेर फालेपछि झडप, राभर सडकमै सुतेर आन्दोलन

Breaking News 1, समाचार
पूर्णपुष्टि ८ जेष्ठ । जिवन लघुवित्त संस्था गाईघाटको शाखा प्रमुख बिकास साहाले संघर्षसमितिले बुझाएको अनुरोध पत्र च्यातेर फालेपछि झडब भएको जनाएको छ । समितिका अनुसार सरकारले संघर्ष समिति र लघुवित्तबीच एक खाले धारणा नगरे सम्म पैसा नउठाउन अनुरोध पत्र गाईघाट शाखामा बुझाउने क्रममा शाखा प्रमुख साहाले पत्र च्यातेर डस्वीनमा हाले पश्चात झडब भएको जनाए । देशैभर यो पत्र बुझाउने क्रम जारी छ, सबै ठाउँबाट सकरात्क तरिकाले पत्र बुझेका छन्, गाईघाट शाखा प्रमुखले दम्व देखाउुनभयो, समितका एक सदस्यले भने, । बिहिबार पत्र बुझाउने क्रममा पत्र च्यातेर डस्वीनमा हालेको र तथनाम गाली गरेको भन्दै प्रमुख साहाले बोलेको अपशब्दबारे माफ माग्नु पर्ने समितिको अडान थियो । तर माफ माग्ने भन्दै भागेर लुकेर बसेको र अन्य कर्मचारीहरुले साहालाई भगाएको भन्दै उनिहरु आईबारदेखी कार्यलयमा घेराउ गर्दै आएका थिए । सोही क्रममा संघर्ष समितिको आन...
जिवन लघुवित्त गाईघाटका प्रमुख बिकाश साहले माफी नमागे सम्म आन्दोलन रोक्दैनौ

जिवन लघुवित्त गाईघाटका प्रमुख बिकाश साहले माफी नमागे सम्म आन्दोलन रोक्दैनौ

Breaking News 1, समाचार
पूर्णपुष्टि ८ जेष्ठ । गाईघाट जिवन लघुवित्त बित्तिय संस्था गाईघाट शाखाको प्रमुखले माफी नमागे सम्म आफ्नो आन्दोलन नगरोक्ने लघुवित्त ज्याजतिको विरुद्ध संघर्ष समितिले जनाएको छ । आईतबार गाईघाट स्थित जिवन लघुवित्तिय संस्था कार्यालय अगाडी प्रहरी र संघर्ष समितिबीच भएका थिए । संघर्ष समिति उदयपुरगढी गाउँपालिाका अध्यक्ष तथा लघुवित्त ज्याजति बिरुद्ध अभियानता माधव कार्कीका अनुसार झडपमा दुई आन्दोलनकारी घम्भीर र अन्य तिन जना सामान्य घाईते भएको जनाए । लघुवित्त संस्थाहरुले लगाएको चर्को ब्याज र कानुन मापदण्ड विपरिद गरेको ब्याजको हिसाव किताव बारे ११ महिना देखी आफुहरु आन्दोलनमा रहेको जनाए । यस्तै त्यो हिसाव किताबबारे सरकारले एक किसिमको धाराणा नलिए सम्म महिलाहरुको घरमा गएर पैसा उठाउने र दवाव नदिनु भन्नेबारे पत्र बुझाउने काम भैरहेको कार्कीले जनाए । पत्र सबै ठाउँमा बुझाउँदै गाईघाटमा पनि बिहिबार बुझाउने क्रममा...
जीवन लघुवित्त झडप : धाईते भएका तीन प्रदर्शनकारीको पहिचान खुल्यो

जीवन लघुवित्त झडप : धाईते भएका तीन प्रदर्शनकारीको पहिचान खुल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ७ । गाईघाटमा अवस्थित जीवन लघुवित्त संस्थामा भएको प्रदर्शनकारी र प्रहरी बिच भएको झडपमा परी घाईते भएका ३ प्रदर्शनकारीको पहिचान खुलेको छ । आईतबार लघुवित्त बिरुद्ध संघर्ष समिति र प्रहरीबीच झडप हुँदा त्रियुगा नगरपालिका वडा नं. ६ जलजलेका २७ वर्षीय देबिका राईलाई सामान्य पेटमा चोट लागेको छ । यता मोरङ जिल्ला बेल्वारी–४,मा बस्ने ४४ वर्षीय ललिता देवी खवासको हातमा सामान्य चोटपक लागेको छ । साथै त्रिनपा ७ का ३६ वर्षीय धन कुमार मोतेको झडपको क्रममा टाउँको सामान्य चोट लागेको जनाएको छ । संघर्ष समिति त्रियुगा नगर अध्यक्ष तविता राईका अनुसार केहि समय अघिबाट केन्द्रको निर्देशन अनुसार लघुवित्तहरुलाई दिनु पर्ने पत्र लघुवित्तहरुले नबुझीरहेको अवस्था थियो । बिहिबार सोही पत्र बुझाउन जाँदा गाईघाटमा रहेको जिवन लघुवित संस्थका प्रमुख विकाश साहाले पत्र लिनुका सट्टा उल्टै कागज च्यातेर डस्विनमा फालेको ...
त्रिनपा १६ सुकौरामा बालबिवाह  न्युनिकरण सम्बन्धी ३ दिने तालिमको समापन

त्रिनपा १६ सुकौरामा बालबिवाह न्युनिकरण सम्बन्धी ३ दिने तालिमको समापन

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ सुकौरामा बालबिवाह न्युनिकरण सम्बन्धी ३ दिने तालिम आईतबार सम्पन्न भएको छ । बिहानी महिला सामुदायीक संस्था सुकौराको आयोजना तथा १६ नं वडाको आर्थिक सहयोग र ओरेक नेपालको सहकार्यमा तालिम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७९र०८० को स्वीकृत वडागत बजेट तथा कार्यक्रबाट तालिममको आयोजना गरिएको समूहकी कार्यवाहक अध्यक्ष गंगा वस्नेतले जनाईन् । अध्यक्ष बस्नेतका अनुसार तालिममा २४ जना किशोरी महिलाहरुले सहभागिता जनाएका थिए । वडामा बढ्दो बालविवाह न्युनिकरण गरी बाल विवाह मुक्त वडा बनाउने महान अभियानमा सबै जोडिन र जोड्न यस तालिमले महवपूर्ण भुमिका खेल्ने वडाअध्यक्ष मान वहादुर राईले जनाए । यस कार्यमा सवैको प्रतिबद्धता र ऐक्यवद्धता रहेको समेत अध्यक्ष राईको भनाई छ । उनले तालिममा सहभागीहरुलाई तालिमले सिकाएको र बुझाएको कुरालाई ब्यवाहारमा समेत कार्यन्वयन गर्न अन...
जिवन लघुवित्त झडप : तिन प्रदर्शनकारी र केहि प्रहरी घाईते

जिवन लघुवित्त झडप : तिन प्रदर्शनकारी र केहि प्रहरी घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ जेष्ठ । गाईघाटको जिवन लघुवित्त र प्रदर्शनकारीबीच भएको झडमा ३ प्रदर्शनकारी घाईते भएको छ । आईतबार लघुवित्त बिरुद्ध संघर्ष समिति र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारीको तर्फबाट तिन जना घाईते भएको प्रहरीको भनाई छ । संघर्ष समिति त्रियुगा नगर अध्यक्ष तविता राईका अनुसार केहि समय अघिबाट केन्द्रको निर्देशन अनुसार लघुवित्तहरुलाई दिनु पर्ने पत्र लघुवित्तहरुले नबुझीरहेको अवस्था थियो । बिहिबार सोही पत्र बुझाउन जाँदा गाईघाटमा रहेको जिवन लघुवित संस्थका प्रमुख विकाश साहाले पत्र लिनुका सट्टा उल्टै कागज च्यातेर डस्विनमा फालेको र गाली गर्दै पठाएको जनाए । सोही विषयमा संघर्ष समितिले बिहान बाटै जिवन लघुवित्त संस्थामा बिरोध गर्दै आएका थिए । यसै बिच अचानक ढुँगा हानाहान हुँदा प्रदर्शनकारीहरु घाईते भएको अध्यक्ष राईले जनाए । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेन्द्र प्रसाद फुयाँलका अनुसार तीन प्...
गाईघाटको जीवन विकास लद्युवित्त संस्था प्रकरण : प्रहरीद्धारा लाठि चार्जबाट एक महिला घाईते

गाईघाटको जीवन विकास लद्युवित्त संस्था प्रकरण : प्रहरीद्धारा लाठि चार्जबाट एक महिला घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ७ । उदयपुरको गाईघाट बैंक लाईनमा अवस्थ्ति जीवन विकास लद्युवित्त संस्थाको अवस्था यतिवेला तनावग्रस्त देखिएको छ । उक्त क्षेत्रमा प्रहरीको लाठि चार्जबाट एक जना अन्दाजि २७ वर्षीय महिला घाईते अवस्थामा रहेको छ । यति वेला अवस्थ निकै गम्भिर भएपछि प्रहरीद्धारा असुर ग्योस प्रयोग गरेको छ । यस विषयमा थप जानकारी आउँन बाकी छ ।...