गाईघाटको जीवन विकास लद्युवित्त वित्तिय संस्थामा तनाव ग्रस्त, सञ्चालकले माफी माग्नु पर्ने
पूर्णपुष्टि,जेष्ठ ७ । गाईघाटमा त्रियुगा नगरपालिका वडा नं.११, बैंक लाईमा अवस्थित जीवन विकास लद्युवित्त वित्तिय संस्था लिमेडेमा बैठक सम्बन्धि पठाएको पत्र संस्थाले नबुझेको भन्दै प्रदेश नं.१ संघर्ष समितिले चर्को विरोध गर्दै गरेको छ । विगत ३० वर्ष देखिको राजयसत्ता संचालकहरुले सामाजिक र आर्थिक उन्नतीको बाटो लिनुको सट्टा उल्टै लद्युवितिय संस्थाहरुलाई संचालकको अनुमति दिएको भन्दै संघर्ष समितिले गत फागुन ५ गते बिभिन्न ५ बुदे मागपत्र पेश गरेको थियो । आफ्नो माग नहुन्जेल सम्म संस्थाहरुद्धारा संचालित समूह वैठकहरु बहिष्कार गरी वैठकहरु नगर्न र नगराउँन भने पत्र पत्रमा उल्लेख थियो । उक्त पत्र जीवन विकास लद्युवित्त संस्थाले बुझ्न नमानेको भन्दै त्यसको स्पष्टिकरणको माग गर्दे चर्को विरोध जनाएको छ ।
प्रदेश नं.१ संघर्ष समितिका जिल्ला अध्यक्ष विना मगरको नेतृत्वमा बुझाएको बत्रलाई उक्त संस्थाले वेवास्ता गरी संचा...








