Monday, August 17News That Matters

Breaking News 1

चौदण्डीगढी नगरपालिकाको दमकल तोडफोड

चौदण्डीगढी नगरपालिकाको दमकल तोडफोड

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ जेष्ठ । आगो निभाउन बेलका गएको चौदण्डीगढी नगरपालिकाको दमकलमाथी तोडफोड भएको छ । शुक्रबार बेलका नगरपालिकाको लालबाजरमा टिपरले ठक्कर दिएर ४ बर्षिया बालिकाको मृत्यु भएपछि घटना स्थल तनाव ग्रस्त छ । घटनापछि आक्रोस बनेका स्थानीय आन्दोलनकारीहरुले ट्रकमा आगजानी गरेका थिए । सोही आगो निभाउन बेलका पुगेका चौदण्डीगढी नगरपालिकाको दमकललाई आन्दोलनकारीहरुले तोडफोड गरेका थिए । बेल्टारका पत्रकार अन्जनी कुमार अधिकारको फेसबुक पोष्टमा दमकल तोडफोड गरिएको जनाईएको छ । अधिकारीले दमकल तोडफोड पश्चात चल्न नसक्ने अवस्था रहेको जनाए ।...
बेलकामा सप्तकोशी विपद् न्युनिकरणको पूर्वतयारी थालियो

बेलकामा सप्तकोशी विपद् न्युनिकरणको पूर्वतयारी थालियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ५ । उदयपुरको बेलका नगरपालिकामा गतबर्ष सप्तकोशीले धार परिवर्तन गरी बस्तिमा पस्दा बिसौं हजार मानिस प्रभावित बनेका थिए । सोही घटनालाई मध्यनजर गर्दै वर्षा सुरु हुनु अगाडी नै जोखिम न्युनिकरणको पूर्वतयारी थालिएको छ । सप्तकोशीका कारण जिल्लाको नगरपालिकामध्ये बेलका नगरपालिका अतिजोखिम युक्त मानिन्छ । प्रदर्शनीकाे भिडियाे : https://youtu.be/NnBxEL8u1UM २०७८ साल साउन १८ गते राती बेलका–८ डुम्रीबोटेबाट पसेको भङ्गालोले १, २, ३ र ९ को बस्तीसमेत डुवानमा परेको थियो । उक्त डुवानमा उद्धारका लागी खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले आज सप्तकोशीमा प्राकृतिक विपद्मा परेका मानिसलाई जोगाउन कृतिम घटना अभ्यास गरेको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, बेलका नगरपालिका, रेडक्रस सोसाइटी र भोलन्टियर्स क्रस नेपालको संयुक्त आयोजनामा भेलमा बगेका, डुबानमा परेकालाई उद्धार तथा उपचारका...
बेलकामा लैँङ्गिक समनताका लागि विवाहित दम्पति सत्र कार्यक्रम सम्पन्न

बेलकामा लैँङ्गिक समनताका लागि विवाहित दम्पति सत्र कार्यक्रम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ जेष्ठ । लैँङुगिक समनतालाई थप प्रभावकारी बनाई लैङगीक बिभेदको रोकथाम गर्न संञ्चालन गरिएको दम्पतिसंगको सत्र कार्यक्रम बुधबार बेलका नगरपालिकामा सम्पन्न भएको छ । युएनएफपिए नेपालको सहयोग तथा भिएसओ र कोकोन नेपालको साझेदारीमा बेलका नगरपालिकाको ९ नं वडा धौरीमा दम्पति सत्र भव्य सम्पन्न भएको हो । बैशाख ३ गतेबाट संञ्चालन भएको उक्त कार्यक्रमले विवाहित दम्पतिबीच एक आपसमा विश्वास, एक अर्काप्रतिको सम्मान तथा समानता र परिवारमा मेलमिलापको वातावरण बनाउने उदेश्य राखेको कोकन नेपालका कर्मचारी उत्तिमलाल चौधरीले जनाए । चौधरीका अनुसार कार्यक्रममा १५ जोडिहरुले सहभागीता जनाएका थिए । शत्रमा सहभागि दम्पतिहरुको परिवारको सदस्यहरुसँग पारिवारिक संवाद सत्र र फ्लोअप प्रश्नहरु समेत संचालन चौधरीले जनाए । कार्यक्रमलाई प्रविन कुँवर र मन्जु खड्काले सहजीकरण गरेका थिए भने कार्यक्रमका समापन बेलाका नगर उपप्रमुख जि...
गाईघाटमा हुन गैरहेको रोजगार मेला बारे बाणिज्य संघमा बृहत छलफल

गाईघाटमा हुन गैरहेको रोजगार मेला बारे बाणिज्य संघमा बृहत छलफल

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ जेष्ठ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले संञ्चालन गर्न लागेको रोजगार मेला संञ्चालन बारे बिहिबार बृहत छलफल भएको छ । गाईघाटमा रहेका बिभिन्न एनजिओ आईएनजिओ, गैरसरकारी संघ संस्था, उद्योगक माहासंघ, ब्यवसायी, क्युपेक नेपाल, होटल लगायत रोजगार सँग जोडिएका सम्बन्धित निकायहरुबीच त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटमा बृहत छलफल भएको हो । कार्यक्रममा मेलालाई कसरी भव्य र सब्य रुपमा सफल बनाउने भन्ने बारे छलफल गरिएको संघका अध्यक्ष रमेश रसाईलीले बताए । यसबारे उपस्थिति निकायहरुबाट सकरात्मक र उत्साह सुझावहरु प्रस्तुत भएको पनि रसाईलीले जनाए । माहासंघले यहि जेष्ठ २० गते त्रियुगा नमुना माविमा १ दिने रोजगार मेला लगाउने तयारी गरिरहेको छ । मेलाले बेरोजगारी खोज्ने र रोजगारी खोज्ने बिच समन्य र सम्बन्ध मिलाईदिन काम गर्ने अध्यक्ष रसाईलले जनाए । मेलाको मुख्य उदेश्य भनेकै, बेरोजगारी र रोजगार खोज्ने...
धुम्रपान तथा सुर्तिजन्य पदार्थ रोकथामका लागि बिकास सहजीकरणको ६ कार्यक्रम

धुम्रपान तथा सुर्तिजन्य पदार्थ रोकथामका लागि बिकास सहजीकरणको ६ कार्यक्रम

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ जेष्ठ । बिकास सहजीकरण सञ्जाल उदयपुरले धुप्रपान तथा सुर्तिजन्य पदार्थ रोकथाम साथै न्युनिकरण बारे बिभिन्न कार्यक्रम गर्दै आएको छ । यी मध्ये  धुम्रपान तथा सुर्तिजन्य पदार्थ रोकथाम र नियन्त्रण बिषयक त्रियुगा नगरपालिका सँग समन्वयात्मक बैठक, शिक्षक र व्यवस्थापन समिति सँग विद्यालय स्तरीय बैठक, विद्यार्थीहरुलाई अभिमुखीकरण तथा अन्तरक्रिया र सचेतना मुलक बृत चित्र प्रदर्शन लगायतको कार्यक्रम सम्पन्न भएको छ । सडक नाटक र स्वास्थ्य परिक्षण कार्यक्रम संञ्चालनको क्रममा रहेको छ । ओटा कार्यक्रमहरु संञ्चालन गरिसकेको अवस्था छ । संञ्जालका अध्यक्ष चन्द्रमणी गुँरागाई (सिएम) ले विद्यार्थीहरुलाई बिषेश सुर्तीजन्य पदार्थबारे जानकारी गराउँदै रोकथामको प्रयास थालिएको जनाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कर कोषको सचिवालयको आर्थिक सहयोग र विकास सहजीकरण संञ्जाल उदयपुरको आयोजनामा तथा सहजीकरणमा ...
उदयपुरका २९ अगुवा किसानलाई ब्यवसायीक बाख्रापालन सम्बन्धि ३ दिने तालिम

उदयपुरका २९ अगुवा किसानलाई ब्यवसायीक बाख्रापालन सम्बन्धि ३ दिने तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ जेष्ठ । हुरेण्डेक उदयपुरले उदयपुरका २९ जना व्यवसायीक किसानहरुलाई बाख्रापालन सम्बन्धि ३ दिने तालिम प्रदान गरेको छ । ताप्ली कटारी रौतामाई र त्रियुगाका किसानहरुलाई तालिम प्रदान गरिएको हो । उनिहरुलाई व्यवसाय बाख्रापालनमा सहज बनाउने उदेश्यले तालिम प्रदान गरिएको हुरेण्डेक उदयपुरका कार्यक्रम संयोजक बिकल सुवेदीले बताए । सुवेदीका अनुसार तालिमले किसानहरुलाई प्रविधि ज्ञानमा बिषेश प्राथामिकता दिएको जनाए । किसानहरुमा पसु सम्बन्धि सामान्य खालको ज्ञानहरु नहुँदा आर्थिक क्षेत्रमा ठुलो असर पर्ने गरेको बताए । व्यवसायीक किसानहरुका लागि यो तालिम निकै महत्व हुने संयोजक सुवेदीले जनाए । गाईघाट स्थित मंगलबार बाट सुरु भएको तालिम बिहिबार सम्पन्न भएको छ । तालिममा प्राविधिक ज्ञान, बाख्रा खोर सुधार, सरसफाई, बिमाको महत्व, घाँस रोप्ने र उत्पादन गर्ने तरिका र अनुमानको आधारमा खसीको तौल पत्ता लगाउने अभ्या...
विपन्न परिवारहरुलाई बाख्रा वितरण गर्दै हुरेण्डेक उदयपुर

विपन्न परिवारहरुलाई बाख्रा वितरण गर्दै हुरेण्डेक उदयपुर

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ जेष्ठ । हुरेण्डेक उदयपुरद्धारा आर्थिक रुपमा विपन्न परिवारलाई बाख्रा वितरण कार्य संञ्चालन भैरहेको छ । आर्थिक स्थिति कम्जोर भएका करिब ४१ परिवारलाई हुरेण्डेकले धमाधम बाख्रा वितरण गरिरहेको हो । हुरेण्डेक उदयपुरकी जिविको पार्जन परियोजना फिल्ड अधिकृत समिक्षा पाण्डेका अनुसार बाख्रा वितरण कार्य बैशाख ३१ गते बाट सुरु भएको जनाईन् । पाण्डेले कटारी, रौतामाई र त्रियुगामा बाख्रा वितरण कार्य भैरहेको जनाईन् । पाण्डेका अनुसार ४१ घर परिवारलाई २ ओटाको दरले बाख्रा वितरण भैरहेको जनाईएको छ । हाल सम्म रौतामाई ७ मुर्कुचीका ६ घर परिवार र कटारी ९ लिम्पाटारका ७ घर परिवारलाई बाख्रा वितरण गरिसकेको जनाईन् । उनले बाँकी रौतामाई र त्रियुगामा पनि वितरण गर्ने कार्यक्रम रहेको जनाईन् । बाख्रा वितरण सामुदायमा रहेको बिपन्न, कुपोषीत, अपाङ्गता, एकल परिवार र आरसी बालबालिका परिवारलाई गरिरहेको जनाईन् । जिविको पार...
सर्वसाधारणको घरटहरामाथि त्रियुगाको डोजर

सर्वसाधारणको घरटहरामाथि त्रियुगाको डोजर

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ४ । उदयपुरको त्रियुगा नगरपालिकाले आज वडा नं. १२ का सर्वसाधारणको घर, टहरामा डोजर चलाएको छ । सार्बजनिक जग्गाको संरक्षण भन्दै नगरले सनावती चौधरी, महाविर चौधरी, प्रमिला चौधरी, निर्मला चौधरी र रमेश चौधरीको घर तथा टहरामा डोजर चलाएको हो । नगरले भत्काइदिएपछि घरबासविहिन बनेका पिडितहरुले नगरले अन्याय गरेको बताएका छन् । विगत १० वर्ष अघिदेखि बस्दै आएको दावी गरेका उनीहरुले ऐलानी जग्गाको रुपमा अरुबाट किनेको उनीहरुको भनाई छ । त्यहाँको जग्गा विभिन्न ब्यक्तिहरुबाट किनबेच हुदै अहिलेको घर बनेको तमसुकहरुबाट देखिन्छ । उक्त जग्गामा आफुहरुको हक लाग्ने दावी गर्दै उनीहरुले नगरले अन्याय गरेको गुनासो गरेका छन् । कार्यवाहक वडाध्यक्ष अनिता थापाका अनुसार करिब ९ कठ्ठा सार्बजनिक जग्गामा बनेका टहराहरु हटाइएका हुन् । अदालतले नदि उकास सार्बजनिक जग्गा भनेकोले नगरले संरक्षण गरेको उनको भनाई छ ।...
उदयपुरमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई पुनः एकीकरण कार्यक्रम संचालन

उदयपुरमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई पुनः एकीकरण कार्यक्रम संचालन

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ४ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी पुनः एकीकरण कार्यक्रम सञ्चालन एवं कार्यन्वयन सम्बन्धि जनप्रतिनिधिहरुसँगको एक दिने अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिकामा अवस्थित रोजगार सेवा केन्द्रद्धारा आयोजिन कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुलाई सूचीकरण गर्दै उनीहरुको सिप, पूँजी, दक्षता र अनुभवलाई उपयोग गरी उद्यमी तथा व्यावसायी बनाउने उदेश्यका साथ कार्यक्र सञ्चालन गरेको हो । वैदेशिक रोजगारकालागि बिभिन्न मुलुक पुगि फर्की आएका युवाहरुलाई उनीहरुको पूँजी, सीप मुलक ज्ञान र आफुले जानेको कामहरु स्वदेशमा सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा अभिवृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यम मूलक कार्यक्रम सञ्चालन गरिने रोजगार सेवा केन्द्रका संयोजक निशा घलेले बताइन् । उनल...
उदयपुरबाट एक वर्षमा रोजगारकालागि ९ हजार युवा विदेसिए

उदयपुरबाट एक वर्षमा रोजगारकालागि ९ हजार युवा विदेसिए

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ३ । वैदेशिक रोजगारीका लागि उदयपुर जिल्लाबाट पछिल्लो एक वर्षभित्र ९ हजार युवाहरु विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार वि.सं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा रहेका छन् । जिल्लाको ४ गाउँपालिका र ४ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । गाउँपालिकामध्ये लिम्चुङबुङ, रौतामाई र उदयपुर गढी गाउँपालिकाबाट धेरै युवा विदेसिएका छन् । जिल्लाबाट अधिकांश युवाहरु ठुलो संख्यामा मलेसिया जाने सबैधन्दा धेरै रहेको सामी उदयपुरका संयोजक बिजनाकुमारी बस्नेतले बताइन् । उनका अनुसार मलेसियापछि साउदी अरब, युएई, कतार र कुवेतमा युवा जाने ग...