कोशी प्रदेश नामाकरण विवाद : पूर्वमा चर्किँदै आन्दोलनको स्वरुप
पूर्णपुष्टि, चैत्र १७ ।
कोशी प्रदेश नामाकरण विवादका कारण कोशी प्रदेशका बिभिन्न ठाउँमा आन्दोलनहरु भड्कीलो अवस्थामा परिणत हुँदैछ । प्रदेश १ लाई पहिचानको आधारमा नामाकरण गर्नु पर्ने माग राख्दै आएका पहिचान पक्षधारहरुले कोशी प्रदेशको बिरोध गर्दै आन्दोलनहरु थप चर्काउँदै आएका छन् । प्रदेश नं। १ पुन नामाङ्कन संयुक्त संघर्ष समितीले पछिल्लो समय पूर्वमा आन्दोलनहरुलाई थप सक्रिय बनाएको छ ।
शुक्रबार ईटहरीको २० नंम्बर वडा कार्यलय बन्द गर्न गएका आन्दोलनकारीमाथी वडा अध्यक्षको आदेशमा प्रहरी द्वारा प्रहरीले बल प्रयोग गर्न खोजेपछि आन्दोलनकारीहरुले वडा कार्यालय र प्रहरीको गाडीनै तोडफोड गरेको भिडियो सामाजिक संञ्ञालहरुमा भाईरल भैरहेको छ । वन्द गरिएको वडा कार्यालय वडाअध्यक्षले प्रहरीलाई आदेश दिँदै खोलेको भन्दै आन्दोलनकारीहरुले ढुँगा मुडा गर्दै तोडफोड गरेका हुन् । यस सँगै पूर्वको बिभिन्न जिल्लाहरुमा पनि क...









