Tuesday, August 18News That Matters

Breaking News 1

उदयपुरमा चैते धान खेतीमा कमी

उदयपुरमा चैते धान खेतीमा कमी

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन २२ । जिल्लाको पूर्वी मध्य तथा पश्चिमी भुभागहरुमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक भने खडेरीको कमी आउँने देखिएको छ । हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । कटारी नगरपालिकाको रिस्कु, सोमबारे तथा मरुवा क्षेत्रमा पनि चैते धानखेती घटेको कटारी रिस्कुका दमन दनुवारले बताए । रिस्कु क्षेत्रका साना खोला नालामा खडेरीले पानीको स्रोत नै सुक्दै जान थालेकाले धान रोप्ने काम नै गर्न नसकेको दनुवारले बताए । उदयपुरगढी गाउँपालिकाको दनुवार बेंसी, बर्रे, भलायाडाँडा कालीखोला क्षेत्रमा भने मुस्किलले यसपटक चैते धानखेती गरेको बर्रेका हीराबहादुर अधिकारीले बताए । लिम्चुङबुङ गाउँपालिकाको जाँते, बासबोटे, ताम्लीछा र छताङ क्षेत्रका खेतमा पनि सिमसार क्षेत्र र खोलाका पानी सुक्दै जान थालेपछि थोरै कृषकले मात्र चैते धानखेती गरेको जाँतेका ...
गाईघाट अव उदयपुरको शहर मात्र हैन : अध्यक्ष श्रेष्ठ

गाईघाट अव उदयपुरको शहर मात्र हैन : अध्यक्ष श्रेष्ठ

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन २२ । वातावरण कानुन समाज नेपालका अध्यक्ष पदमबहादुर श्रेष्ठले गाईघाट अब उदयपुरको मात्र हैन सिङ्गो देशको शहर बन्दै गएको बताए । पूर्व भ्रमणको क्रममा गाईघाट आइपुगेका अध्यक्ष श्रेष्ठले पूर्णपुष्टिसंगको भेटमा उक्त कुरा बताएका हुन् । “काठमाडौंको मानिस गाईघाट हुदै पूर्व जाने र पूर्वकाहरु यहीबाट काठमाडौं लगायत विभिन्न ठाउँ जाने भएकोले अब, यो सामान्य शहर रहेन” श्रेष्ठले भने । विगत ०५२ सालदेखि उहाँको निरन्तर भ्रमण, अवलोकन गर्दै आएका उनले गाईघाटमा थुप्रैे परिवर्तन आइसक्दा पनि शहरी सभ्यताको विकास भने हुन नसकेकोले यसप्रति स्थानीय सरकार र नगरबासी सचेत हुनुपर्ने सुझाए । मुख्यगरी शहरको सरसफाई,सडक,बत्ती,बस्ती ब्यवस्थापन,हरियो बोट बृक्ष रोपणमा ध्यान पुर्याउनुपर्ने उनले बताए । शहर उज्यालो हुनुपर्ने,सफा,सुन्दर र हराभरा हुनुपर्ने उनको भनाई छ । त्यसतर्फ उन्मुख हुन सुझाव उनको छ । “गाईघाट आइ...
उदयपुरमा सडक नाटक सम्बन्धि ७ दिने तालिम सम्पन्न (भिडियो सहित)

उदयपुरमा सडक नाटक सम्बन्धि ७ दिने तालिम सम्पन्न (भिडियो सहित)

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन २१ । हुरेण्डेक उदयपुर र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा ७ दिने सडक नाटक सम्बन्धि तालिम सम्पन्न गराएको छ । किशोर किशोरीहरुलाई अभिनय कला,सडक नाटक लेखन,प्रस्तुतिकरण सम्बन्धी क्षमता अभिवृद्धि गरी समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएको तालिममा जिल्लाका चार गाउँपालिकाका २४ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । प्रस्तुत नाटकमा समुदायमा विद्यमान बालविवाह, गर्भवती तथा सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको हेरचाह, आमाहरुलाई सुरक्षित मातृन्व,पोषण,खोप,सरसफाई,बाल बिबाह,बाल श्रम, घरेलु हिँसा वृद्धि अनुगमन आदि विषय वस्तुलाई समेटिएको थियो । तालिम पश्चात सहभागी नमुना मा.वि. मुर्कुचीमा सडक नाटक समेत प्रदर्शनी गरिएको थियो । सहभागिहरुले सिकेको नाटक सुनालौ हजार दिनको आमाहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतना प्रवाहको लागि ४ वटै गाउँपालिकाका स्वास्थ्य आमा स...
एकीकृत नेपाल शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा भोजराज न्यौपाने

एकीकृत नेपाल शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा भोजराज न्यौपाने

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २१ । एकीकृत नेपाल शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा भोजराज न्यौपाने चयन भएको छ । उदयपुरको कटारीमा अयोजित प्रदेश संगठनको दोस्रो जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा ४३ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा डिल्ली प्रसाद खतिवडा, राजेश प्रसाद यादव, महिला उपाध्यक्ष खिनामाया लिम्वु, कोमल प्रसाद रिमाल माहासचिव कपिलदेव तिमिल्सिना, उपमाहासचिव कमल प्रसाद बास्कोटा, अर्थ उपमाहा सचिव टेक नाथ नेपाल, महिला सचिव गोमा पोख्रेल, सचिव शिवराम राई, ऋद्धि बहादुर चर्मकार रहेका छन् । यस बाहेक अन्य सबै सदस्यहरु गरी ४३ कार्यसमिति निर्माण भएको छ । पूर्व सभामुख माओवादी नेता कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता र बिशिष्ट अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्षको उपस्थितिमा बृहत अधिवेशन भएका थिए ।  ...
काभ्रे केन्द्र बनाएर भूकम्पको झड्का

काभ्रे केन्द्र बनाएर भूकम्पको झड्का

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन २१ । काभ्रे जिल्लालाई केन्द्रबिन्दु बनाएर पनौती आसपासको क्षेत्रमा भूकम्प गएको छ । आईतावर बिहान करिव ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेसहित छिमेकी जिल्लामा महसुस भएको छ।...
उदयपुरमा स्ववियु निर्वाचनको तयारी धमाधम

उदयपुरमा स्ववियु निर्वाचनको तयारी धमाधम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन २१ । उदयपुरको बिभिन्न क्याम्पसहरुमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी धमाधम थालिएको छ । जिल्लाको सदमुकाम गाईघाट, मोतिगडा, बसाहा, बेल्टार र कटारी गरी पाँच क्याम्पसमा स्ववियु रहेका छन् । ती सबैमा चुनावी तयारीसंगै विद्यार्थी राजनीतिको चहलपहल सुरु भएको छ । क्याम्पसहरुमा अखिल क्रान्तिकारी, ने.वि. संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारी विप्लब लगायतका संगठनहरु दर्ता भएका छन् । क्याम्पसका निर्वाचन समितिहरुले आवश्यक बैंठक, छलफलसहितको तयारी थालेको हो ।...
खाली पेटमा दुध चियाको असर के ?

खाली पेटमा दुध चियाको असर के ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २० । मानिसहरु बिहानी समय चिया पिउन आतुर हुन्छ । उसोत बिहानी समय चियाकै समय पनि मानिन्छ । तर यसलाई पिउने तरिकाहरु नअपनाईदा हामी प्रत्यक्ष असरमा पर्ने डाक्टरहरु बताउँछन् । पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अबषेश भण्डारीका अनुसार खाली पेट बस्दा एसिड निस्किएर आन्द्रा फुलेको हुन्छ । यस्तो अवस्थामा चिया पिउँदा आन्द्रा अझै फुलेर थप समस्या हुन्छ । तर दूधको चियासँगै नास्ता पनि गरियो भने पेटमा खासै समस्या हुँदैन । उनका अनुसार कसैलाई बिहान उठ्ने बित्तिकै दूध चिया खाने बानी परेको छ भने पनि खासै फरक पर्दैन । दूध चिया खाएको कारण समस्या नहुने तर खाली पेटमा खाँदा भने यसले समस्या देखाउने भण्डारीको भनाई छ । दूधको चिया स्वास्थ्यका लागि हानिकारक नभएपनि यसको अत्यधिक सेवन गरेमा भने स्वास्थ्यलाई हानि गर्न सक्ने भण्डारीले सुझाएको छ । जसले गर्दा दूधको चिया सधैं थोरै मात्रामा पिउनुपर्ने उनको सुझाव...
उदयपुरमा स्ववीयु निर्वाचनको चहलपहल सुरु

उदयपुरमा स्ववीयु निर्वाचनको चहलपहल सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २० । उदयपुरमा स्ववियु निर्वाचनको तयारी र चहलपहल सुरु भएको छ । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी धमाधम थालिएको हो । जिल्लाको सदमुकाम गाईघाट, मोतिगडा, बसाहा, बेल्टार र कटारी गरी पाँच क्याम्पसमा स्ववियुु रहेका छन् । ती सबैमा चुुनावी तयारीसंगै विद्यार्थी राजनीतिको चहलपहल सुरु भएको छ । क्याम्पसहरुमा अखिल क्रान्तिकारी, ने.वि. संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी बहुुमत, अखिल क्रान्तिकारी विप्लब लगायतका संगठनहरु दर्ता भएका छन् । क्याम्पसका निर्वाचन समितिहरुले आवश्यक बैंठक, छलफलसहितको तयारी थालेको हो । यस्तै त्रियुगा बहुमुखी क्याम्पस मोतिगडामा भने शनिवार दर्ता भएको बिभिन्न संगठनहरुको चुनावी तयारीको बैठक समेत बसिसकेको छ । संगठनहरुले निर्वाचनलाई कसरी सफल बनाउने भन्ने सम्बन्धित केन्द्रीत रहेर छलफल बसेको हो ।...
कोशी प्रदेश राखेकोमा माओवादी मजदुरको आपत्ति

कोशी प्रदेश राखेकोमा माओवादी मजदुरको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १९ । माओवादी मजदुर पार्टीले साविक प्रदेश नं १ लाई कोशी नामाकरण गरेकोमा आपत्ति जनाएको छ । पार्टीको केन्द्रीय तदर्थ समितिले बिज्ञाप्ती मार्फत आपत्ति जनाएको हो । प्रदेश नं १ लाई पहिचानको आधारमा नामाकरण गरिनु आम जनताहरुको इच्छाचाहानालाई दवाउँदै सरकार पहिलाको पंञ्चायत तर्फ नै उन्मुख रहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ । वर्तमान सरकारले पहिचानलाई मेटेको र अहिलेको प्रदेश नामाकरणहरु सबै गलत भएको बिज्ञाप्तीमा ठहर गरेको छ । किरात प्रदेशको बदलामा कोशी प्रदेशको नाम राखिएको छ, प्रदेश सरकारले १८ गते फागुनमा कोशी प्रदेश नामाकरण प्रति पहिचानका उत्पिडित जातीहरुलाई नयाँ खालको दमन सुरु भएको हुनाले यस प्रति हामि घोर भर्तसना गर्दछौँ, बिज्ञाप्तीमा भनिएको छ ।...
किरात प्रदेश नामकरणको माग सहित उदयपुरमा घर्ष सुरु

किरात प्रदेश नामकरणको माग सहित उदयपुरमा घर्ष सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १८ । उदयपुरमा किरात राई यायोख्खाले कोशी प्रदेश ख्यारेज गरी किरात प्रदेश नामकरण गर्न माग गर्दै संघर्ष सुरु गरेको छ । किरात राई यायोख्खा केन्द्रीय कार्य समितिले बिभिन्न ३ ओटा निर्णय सहितको बिज्ञाप्ती जारी गर्दै संघर्ष सुरु गरेको हो । पूर्वको १४ ओटै जिल्लाहरुमा यायोख्खाले संघर्ष सुरु गरेको छ । गाईघाट स्थित पिपलचोकमा किरात प्रदेश नामाकरण गर, कोशी प्रदेश ख्यारेज गर, पहिचान विरोधी होसियार जस्ता नारा लगाउँदै संघर्ष सुरु गरेको छ । उदयपुरमा भोली शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र कालो पट्टी बाँधेर कालो दिनको रुपमा कोशी प्रदेश नामाकरणको दिनलाई घोषणा गर्ने जस्ता कार्यक्रम रहेको छ । कार्यक्रममा यायोख्खाका केन्द्रीय सहअध्यक्ष ज्ञान बहादुर राईले कोशी प्रदेश कुनै हालतमा स्वकार्य नहुने जनाएको छ । त्यसका लागि आफु जस्तो सुकै संघर्ष गर्न तयार रहेको जनाए ।...