Tuesday, August 18News That Matters

Breaking News 1

त्रियुगाको प्रथम मेयर स्व. लालशेर राई र पत्नी मिथिला राईको स्मृतिमा निशुल्क आँखा शल्यक्रिया

त्रियुगाको प्रथम मेयर स्व. लालशेर राई र पत्नी मिथिला राईको स्मृतिमा निशुल्क आँखा शल्यक्रिया

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १८ । त्रियुगा नगरपालिकाका पहिलो मेयर स्वर्गीय लालशेर राई र धर्मपत्नी स्वर्गीय मिथिला राईको स्मृति दिवसमा मंगलबार निशुल्क आँखा शल्यक्रिया गरिएको छ । छोराहरु सचिन सागर राई र समिप राईको आर्थिक सहयोगमा साउनेका करिब ४५ जना मोतिविन्दु समस्याका बिरामीहरुको शल्यक्रिया भएको छ । माघ १० गते साउनेमा संञ्चालित निशुल्क आँखा सिविरको क्रममा शल्यक्रिया गर्नु पर्ने देखिएका बिरामीहरुलाई गाईघाट स्थित मदन भण्डारी आँखा अस्पतलामा शल्यक्रियाको व्यवस्था गरिएको हो । छोरा समिप राईका अनुसार आमा र बाबुलाई सम्झदै आखाँको मोतिविन्दु समस्या परेकाहरुलाई सेवा गरेको जनाए । शल्यक्रियामा प्राविधिक सहयोग डा. कमल खड्काको टोलीले गरेका थिए ।...
असारीका युवाको मलेसियामा मृत्यु, शब ल्याउने पहल हुदै

असारीका युवाको मलेसियामा मृत्यु, शब ल्याउने पहल हुदै

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन १८ । त्रियुगा नगरपालिका १३ असारीका सन्तोष कुमार राईको मलेसियामा दुर्घटनामा परि ज्यान गएको छ । र्घटनामा गम्भिर घाइते भएका राईको उपचारको क्रममा आठदिन अघि मृत्यु भएको परिवारले जनाएको छ । मोटरसाईकलमा सवार रहेको अवस्थामा पछाडिबाट आएको गाडीले ठक्कर दिएको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनापछि गम्भिर घाइते भएका उनको उपचारको क्रममा तीनदिनपछि मृत्युभएको जनाइएको छ । उनको शब नेपाल ल्याउन पहल भईरहेको बुुवा सिंहबहादुर राईले बताए । काम गर्ने कम्पनीमा कागजपत्र र आवश्यक प्रक्रिया मिलाउने काम भइरहेको उनले बताए । प्रक्रियामा सरकारको पहल कमजोर रहेको गुनासो उनको छ । छोरोको शब छिट्टै ल्याउने र क्षतिपूर्तीको लागी सरकारले ब्यवस्था गरिदिन माग उनको छ ।...
कोशी प्रदेश नामाकरणमा  यायोख्खाको असहमति

कोशी प्रदेश नामाकरणमा यायोख्खाको असहमति

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १८ । किरात राई यायोख्खाले कोशी प्रदेश नामकरणमा आपत्ति जनाएको छ । पहिचानको आधारमै नामकरणको प्रस्ताव गर्दै आएका यायोख्खाले कोशी प्रदेशमा असहमति जनाउने जनाए । बुधबार प्रदेश १ सांसदको बैठकमा ८२ जना सांसदहरुले कोशी प्रदेश तर्फ हात उठाएर सहमति जनाए सँगै कोशी प्रदेश नामकरण भएका थिए । सोही नामकरणको बिषयमा यायोख्खाले असहमति जनाउँदै आएको छ । हिजो मात्रै खोटाङमा किरात प्रदेशको माग सहित बिरोध प्रदर्शन भएका थिए । यायोख्खाले उक्त नामकरणको असहमति जनाउँदै बिभिन्न १४ जिल्लाहरुमा बिरोध कार्यक्रम राखेको छ । २ घण्टा चक्का जाम, सिडियो कार्यालयलाई ज्ञापन पत्र र कालपट्टी बाँधेर कालो दिनको घोषणा लगायतको कार्यक्तम रहेको जनाईएको छ ।...
उदयपुरको ताप्लीबाट ३८ किलो गाँजासहित दुई जना पक्राउ

उदयपुरको ताप्लीबाट ३८ किलो गाँजासहित दुई जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन १७ । जिल्लाको ताप्ली गाउँपालिका–१, देबरेबाट प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ का स्थानीय ७४ बर्षीय ईन्द्र बहादुर शाही र ५८ बर्षीय सेर बहादुर सेना रहेको रहेका छ । गत शनिवार गाँजाको कारोवार भई रहेको छ भन्ने गाप्य सूचना पाएपछि ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी संयुक्त टोलीले उनीहरुको घरबाटै गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने शाहीको घरबाट १४ के.जि. र सेनाको घरमा लुकाई छुपाई रोखेको २४ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमात थप आवश्यक अनुसन्धान भईरहेको बताएको छ । पक्राउ परेकाहरुलाई ९ दिन म्यदा थप गरी अनुसन्धानको लागि जिल्ला अदालत उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजयी खेलाडीलाई नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र

ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजयी खेलाडीलाई नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १६ । गाईघाट । जिल्ला ब्याडमिन्टन संघ उदयपुरले आयोजना गरेको जिल्ला स्तरीय त्रियुुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भयो । पुरुष डबल्स ए डिभिजन, पुरुष डबल्स बि डिभिजन र महिला डबल्स विधामा भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी टिमहरुलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । पुरुष डबल्स एडिभिजनतर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम, सौरभ ठकुरी र विनय चौधरीको जोडी दोस्रो र तेस्रो स्थानमा बादल अतिवडा र मनोज खड्काको जोडी तथा चित्र थापा र बलबहादुर कार्कीको जोडी भए । पुरुष डबल्स वि डिभिजनतर्फ अनुप मगर र उत्सव पोखरेलको जोडी प्रथम, प्रतिक विष्ट र सुजल चौधरीको जोडी दोस्रो र तेस्रो स्थानमा भोटराज राई र किसन राईको जोडी तथा लिलबहादुर पुुलामी र कालुराम उरावको जोडी सफल भए । महिला डबल्स...
उदयपुरमा लघुवित्त संस्थाहरुले गरेको चर्को व्याजदर विरुद्ध विरोध प्रदर्शन

उदयपुरमा लघुवित्त संस्थाहरुले गरेको चर्को व्याजदर विरुद्ध विरोध प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी उदयपुर र माओवादी मजदुर पार्टीले संयुक्त रुपमा उदयपुरको गाईघाटमा विरोध जुलुस प्रदर्शन गरेको छ । सोमबार दिउँसो सदरमुकाम गाईघाटमा बढ्दो महङ्गी, भ्रष्टाचार, चर्को व्याजदर, लघुवित्तको ज्यादती र तुलसी सहकारीको ठगी भएको भन्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शन र्‍यालीमा विप्लव जिल्ला इन्चाज अमृत खड्का, जिल्ला सेक्रेटरी जीत बहादुर मगर, महा–सचिव हिमाल सिंङ राई, प्रवक्ता जगत कटुवाल र केन्द्रिय सदस्य प्रदिप फुयल लगायतका कार्यत्रकर्ताहरुको सहभागित रहेको थियो । प्रदर्शन पछि आयोजित कोणसभामा नेताहरुले बैंक, सहकारी लघुवित्तको चर्को ब्याज र मिटरब्याजीको ज्याद्दतीको चर्को विरोध गरेका थिए । प्रदर्शनमा गाईघाट तुलसी सहकारी संस्थाले जन्ताको बचत फिर्ता गर, वेवारि व्यावसायलाई राहत दे, चर्को ब्याजदर छानबिन गरी १ प्रतिशतमा कायम गर, बैंकहरुको चर्को ब्याजस्याच ज्...
उदयपुरमा जिल्लास्तरीय ब्याडमिन्टन सुरु

उदयपुरमा जिल्लास्तरीय ब्याडमिन्टन सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १५ । गाईघाट । जिल्ला ब्याडमिन्टन संघ उदयपुरकाे आयाेजना तथा त्रियुगा नगरपालिकाकाे सहयाेगमा आयाेजित जिल्लास्तरीय मेयरकप ब्याडमिन्टन प्रतियाेगिताकाे उद्घाटन उपमेयर महेश्वरी राईले आज गरिन् । भाेलीसम्म सञ्चालन हुने प्रतियाेगितामा जिल्लाका विभिन्न पालिका र सप्तरी, सिरहा जिल्लासमेतका खेलाडि प्रतियाेगि छन् । मेन्स डबल्स (एडिभिजन), मेन्स डबल्स (बिडिभिजन) र उमन डबल्स गरि तीन विधामा प्रतियाेगिता रहेकाे छ । मेन्स डबल्स (एडिभिजन) मा १२, मेन्स डबल्स (बिडिभिजन) मा ५३ र उमन डबल्समा ८ टिमले सहभागिता जनाएका छन् । संघकाे अध्यक्ष राजेश कार्कीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा जिल्ला न्यायधिस नवराज दुलाल, सहायक प्रमुख जिल्ला अधिकारी विनाेद पाेखरेल, सशस्त्र प्रहरी उपरिक्षक अशाेककुमार साक्य, ९ नं. वडाध्यक्ष राजकुमार दनुवार लगायतकाे आतिथ्य रहेकाे थियाे । पहिलाे चरणकाे सबै ...
वडाअध्यक्ष काफ्लेको पार्टी झण्डा ओढाएर अन्यष्टी

वडाअध्यक्ष काफ्लेको पार्टी झण्डा ओढाएर अन्यष्टी

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १४ । त्रियुगा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष चुडाराज काफ्लेको अन्तिम दाहा संस्कार गरिएको छ । सोमवार त्रियुगा नदीमा पार्टीको झण्डा ओढाउँदै अध्यक्ष काफ्लेको अन्तिम दाहा संस्कार गरिएको हो । अध्यक्षको पार्थीर शरिरमा नेपाली कांग्रेस प्रदेश सभा सदस्य हिमाल कार्की र प्रदेश १ सह–माहामन्त्री बिनोद वस्नेत लगायतले शवमा झण्डा ओढाएका थिए । काफ्लेको जिल्ला हस्पिटल उदयपुरमा पोष्टमार्टम पश्चात त्रियुगा नगरपालिकामा श्रद्धान्जली अर्पण गरिएका थिए । श्रद्धान्जली पछि उनलाई अन्यष्टीका लागि त्रियुगा नदी पुराईएका थिए । काफ्ले गत हप्ता शिबरात्रीको दिन मोटरसाईकाल दुर्घटनामा परी घाईते भएका थिए । उनको उपचारको क्रममा न्युरो हस्पिटल बिराटनगरमा मृत्यु भएको हो ।  ...
१८ विधामा अवार्ड प्रदान गर्दै सकियो उदयपुर म्युजिक अवार्ड २०७९

१८ विधामा अवार्ड प्रदान गर्दै सकियो उदयपुर म्युजिक अवार्ड २०७९

Breaking News 1, समाचार
पूर्णपुुष्टि,फागुन १४ । गाईघाटमा पहिलो पल्ट आयोजना गरिएको म्युजिक अवार्ड कार्यक्रममा उदयपुरका विभिन्न १८ विद्याका कलाकारहरुलाई उदयपुर म्युजिक अवार्ड प्रदान गरेको छ । शनिवार बोक्सेको सत्न होटल सिमल डाडामा आयोजित विशेष समारोहका बीच जिल्लाका १८विद्यामा उत्कृष्ट कलाकारहरुलाई अवार्ड प्रदान गरिएको हो । कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नाराका साथ उपहार मिडिया ग्रुप प्रा.लिद्धारा आयोजित अवार्ड कार्यक्रममा नेपाली सांगितिक क्षेत्रका एक सफल गायक तथा संगितकार सिला बहादुर मोक्तान र लोक प्रीय गायीका कुन्ती मोक्तानको विशेष उपस्थित रहेको थिए । मोक्तान दम्पतीलाई उपहार एफएम लाइफटाइम एचिभमेन्ट अवार्ड सहित सम्मान गरिएको थियो । म्युजिक अवार्डमा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई र बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादव लगायतले कलकारहरुलाई संयुक्त रपम...
वडाअध्यक्ष काफ्लेको पोष्टमार्टम हुँदै, यसरी गरिँदैछ अन्यष्टी

वडाअध्यक्ष काफ्लेको पोष्टमार्टम हुँदै, यसरी गरिँदैछ अन्यष्टी

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १४ । त्रियुगा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष चुडाराज काफ्लेको जिल्ला हस्पिटल उदयपुरमा पोष्टमार्टम हुँदैछ । हिजो न्युरो हस्पिटल बिराटनगरमा निधन भएको अध्यक्ष काफ्लेको अन्यष्टीका लागि तयारी गरिएको छ । हस्पिटलले मृत्यु घोषणा गर्नु अगावै परिवारले हिन्दु संस्कारका लागि हिजै घर फर्काएका थिए । उनलाई पोष्टमार्टम पछि त्रियुगा नगरपालिकामा श्रद्धान्जली अर्पण गरी अन्यष्टी गरिने जनाईएको छ । काफ्लेको निधन प्रति त्रियुगा नगरपालिकाले आज सोक विदा समेत दिएको छ । शिवरात्रीको दिन घर आसपासमै उनको मोटरसाईकलमा दुर्घटना भएका थिए । दुर्घटना काफ्लेलाई उपचारका लागि न्युरो हस्पिटल बिराटनगर लगिएका थिए । उनको उपचारकै क्रममा निधन भएका थिए ।...