“सानालाई ऐन ठुलालाई चैन“ न्यायधिश दाहालको कारमा दुवै साईड बिन्ना भिन्नै नम्वर प्लेट
पूर्णपुष्टि, फागुन १३ । चुहाडेमा मोटरसाईकललाई ठक्कर दिने न्यायधिश अम्विका प्रसाद दाहालको कारमा दुई ओटा फरक नम्वर फेला परेको छ । उक्त कारमा दुवै साईड फरक फरक नम्वर फेला परेको हो । एक साईड निजि र अर्को साईड सरकारी नम्वर उक्त कारमा लेखिएको फेला परेको भिडियो अहिले भाईरल बनिरहेको छ । स्थानीयहरुले सो कारमा रहेको दुई ओटा नम्वर भिडियो मार्फत देखाएको छ । देखाउने दाँत एउटा चपाउने एउटा भने झै सो कारमा सेतो प्लेट र रातो प्लेट दुवै पट्टी फरक नम्वर फेला परेका भिडियोले अहिले चर्चा पाईरहेको अवस्था छ ।
गत शनिवार ६ गते शिवरात्रीको दिन गाईघाटबाट चुहाडे तर्प आईरहेको श्रेष्ठको प्रदेश नम्बर १– ०१–०५–००१ प ७०४४ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट गईरहेको प्रदेश नम्बर ०१–०२५ च ५००२ नम्बरको कारले ठक्कर दिएको थियो । उक्त कार न्यायधिश दाहालको रहेको करिब ३ दिन पछि खुल्न आएको हो । ठक्कर दिएर सूचना गुपचुप राखेको अवस...









