Wednesday, August 19News That Matters

Breaking News 1

आन्दोलनमा रहेका यातायात मजदुरले जलाए प्रहरी भ्यान

आन्दोलनमा रहेका यातायात मजदुरले जलाए प्रहरी भ्यान

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १ । यातायात मजदुरले काठमाण्डौँमा प्रहरी भ्यान जलाएको छ । ट्राफिक जरिवाना चर्को भएको भन्दै उनिहरु प्रदर्शनमा रहेको थियो । बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् । अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् । प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् । आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन् । उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन् । थप विवरण आउन बाँकी छ ।...
व्याजको प्रलोभन देखिएका तुलसी बहुुउद्देश्यीय सहकारी संस्था एकसातादेखि बन्द

व्याजको प्रलोभन देखिएका तुलसी बहुुउद्देश्यीय सहकारी संस्था एकसातादेखि बन्द

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन १ । उदयपुरको गाईघाटमा धेरै ब्याजको प्रलोभनमा पारेर छोटो समयमै धेरै बचतकर्ता जम्मा पारेको तुलसी बहुुउद्देश्यीय सहकारी संस्था एकसतादेखि बन्द अवस्थामा छ । विश्वास गुमाएपछि बचतकर्ताहरुले धमाधम बचत फिर्ता माग्न थालेपछि सहकारी बन्द गरेको हो । उक्त संस्थाले तीन हजार ३३४ जना बचतकर्ताको २३ करोड ६६ लाख ३६ हजार बचत जोखिममा परेको छ । प्रशासन र स्थानीय सरकारको रोहबरमा सहकारीको प्रतिनिधि र बचतकर्ताबीच छलफल, बार्ता चलेपनि अझै पनि बचतकर्ताहरुको समस्या समाधान भएको छैन । सहकारीले अध्यक्ष केदारनाथ शर्मा आउने र समस्या सम्बोधन गर्ने भन्दै आलटाल गरिरहेको छ, भने बचत फिर्ताको माग गर्दै बचतकर्ताहरु दैनिक धाइरहेका छन् । बढि ब्याजको लोभमा ठूला ब्यापारी, ब्यवसायीदेखि सामान्य पसले, ट्याम्पुु चालकसम्मले दुुईबर्ष यता बचत गर्दै आएका थिए । सहकारीकै टिमले सञ्चालन गरेकोे गार्डेन मार्ट डिपार्टमेन्ट स्...
गाईघाटको तुलसी सहकारीमा साढे ४ करोड बचत गर्ने ब्यापारी को हुन् ?

गाईघाटको तुलसी सहकारीमा साढे ४ करोड बचत गर्ने ब्यापारी को हुन् ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १ । तुलसी बहुमुखी सहकारी संस्था गाईघाट शाखामा बचतकर्ताहरुले साढे ४ करोडसम्म बचत गरेको पाईएको छ । उर्जा पेट्राेल पम्पका सञ्चालकले साढे ४ करोड त्यस सहकारीमा बचत गरेको छ । अहिले उसलाई बचत फिर्ताकाे सुर्ता छ । सबैभन्दाबढि बचत गर्नेमा उनी परेका छन् ।
तुलसी सहकारी गाईघाट शाखामा २३ करोड बढी बचत, एकै ब्यापारीको ४ करोड बढी

तुलसी सहकारी गाईघाट शाखामा २३ करोड बढी बचत, एकै ब्यापारीको ४ करोड बढी

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १ । तुलसी बहुमुखी सहकारी संस्था गाईघाट शाखामा बचतकर्ताहरुको २३ करोड बढी बचत रहेको खुलेको छ । करिब ३ हजार माथी बचतकर्ताहरु रहेको उक्त सहकारीमा एकै ब्यापारीले साढे ४ करोड सम्म पैसा बचत गरेको खुलेको छ । गाईघाटमा रहेको उर्जा पेट्रोल पम्पले साढे ४ करोड पैसा बचत गरेको बुझिएको छ । उक्त रकम ब्याज पाउने आश्वासनमा ब्यापारीहरुले जम्मा गरेका थिए । पछिल्लो समय सहकारीका संञ्चालक फरार भन्ने समचार बाहिर आएपछि गाईघाट शाखामा तनाव सिर्जना भएको छ । बिराटनगर केन्द्रीय कार्यालय रहेको उक्त शाखामा पैसा फिर्ता गर्न मुस्कील परेको छ । जम्मा २३ करोड ६६ लाख ३६ हजार जम्मा रहेको गाईघाट शाखाको रकम बिराटनगर पठाईएको बुझिएको छ । यता बचतकर्ताहरुले आफ्नो पैसा सुरक्षित फर्किने आश्वासनमा बसेको छ । उनिहरुले सहकारी सँग पटक पटक छलफल गरिरहेको छ । सहकारीले पनि बचतकर्ताहरुलाई पैसा फिर्ता गर्ने कुरा बताएको छ ।...
गाईघाटमा तुलसी सहकारी र बचतकर्ताबिच लगतार छलफल, ठोस निर्णयका लागि अध्यक्षको पर्खाई

गाईघाटमा तुलसी सहकारी र बचतकर्ताबिच लगतार छलफल, ठोस निर्णयका लागि अध्यक्षको पर्खाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १ । गाईघाटमा आज पनि बचतकर्ता र सहकारी बिच तिव्र छलफल भएको छ । बचतकर्ताहरुले आफ्नो लगानी फिर्ताको माग गरिरहेको छ । यता संञ्चालक समितिले पनि उनिहरुको पैसा प्रक्रियागत हिसावले फिर्ता गर्ने आश्वासन दिईरहेको छ । गाईघाट शाखाको कार्यालयमा आईतबार भएको छलफलमा बचतकर्ताको समस्या बारे संञ्चालक समितिका अध्यक्षले प्रष्ट बनाउने जनाएको छ । संञ्चालक समितिका सदस्य र गाईघाट शाखा प्रमुख बिच आज लगानीकर्ताहरुले छलफल चलाएको हो । समितिको तर्फबाट पैसा फिर्ता हुने जनाईएको छ । गाईघाटमा जम्मा गरिएको रकम बिराटनगरमा पठाईएपछि पिर्तामा समस्या आएको बुझिएको छ । छलफलमा सहकारीले अध्यक्ष भोली गाईघाट आउने बताएको छ । अध्यक्ष आए पश्चात यसबारे बृहत छलफल हुने जनाईएको छ ।...
गाईघाटमा तुलसी बहुमुखी सहकारीका ४२ सय बढी बचतकर्ता बिचल्ली

गाईघाटमा तुलसी बहुमुखी सहकारीका ४२ सय बढी बचतकर्ता बिचल्ली

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ गते । तुलसी बहुमुखी सहकारी संस्था गाईघाट शाखाका बचकर्ताहरु आन्दोलित अवस्थामा छन् । सहकारीका संञ्चालक फरार रहेको आशंकामा उनिहरु बिचल्लीत अवस्थामा छन् । बचतकर्ताहरुले तत्काल आफ्नो बचत फिर्ताको माग गर्दै कहिले कार्यालय घेराउ त कहिले छलफलमा जुटिरहेको छ । यता तुलसी बहुमुखी सहकारीले भने सबैको पैसा क्रमागत फिर्ता गर्दै जाने जनाएको छ । सहकारी र बचतकर्ताहरु बिच आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुरको रोहबरमा भएको छलफलमा समधान बारे अझै टुँगो लाग्न सकेको अवस्था छैन् । सहकारीले अध्यक्ष आएपछि निर्णय गर्न सहज हुने जनाएको छ । अध्यक्ष तत्काल आउन सक्ने अवस्था नरहेको पनि जनाए । छलफलमा संञ्चालक समितिका अध्यक्ष मंगलबार तिर आउने जनाए । बचतकर्ताहरु भने पैसा फिर्ता हुने नहुने कुरामा ढुक्क नरहेको अवस्थामा छ । गाईघाट शाखामा करिब ४२ बढी बचतकर्ताहरु रहेको जनाईएको छ ।...
दुर्गा थापाको फेसबुक स्टास प्रति बेलका नगरको गम्भीर ध्यानाकर्षण

दुर्गा थापाको फेसबुक स्टास प्रति बेलका नगरको गम्भीर ध्यानाकर्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ गते । बेलका नगरपालिकाका पूर्व मेयर दुर्गा कुमार थापाले कवुलियत बनको बिषयमा लेखिएको फेसबुक स्टास प्रति नगरपालिकाले आपत्ति जनाएको छ । थापाले व्यक्तिलाई तोकेर गैरजिम्मेवारी कुरा गरेको भन्दै बेलका नगरपालिकाले २९ गते प्रेस बिज्ञाप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ । थापाले फेसबुक स्टाटसमा लेखेका छन्“ कोशी टप्पुको कबुलियत बन खारेजिको मुद्दा बेलका नगरको तर्फबाट मैले लडदै आएको थिय । अब दुर्गा थापाले लडनु पर्दैन नगर आफैले लड्ने नगरले घोषणा गरे पछि म यो मुद्दाबाट आजबाट हटेको छु । आज २६ गते मुद्दाको पेशी छ । आज नगरको मिटिङ्ग नि थियो मैले उप मेयर मार्फत खबर गरेको छु । नगरलेले आज बहस गर्ने वकिल नराखेर मुद्दा हारेर कबुलियत बन निर्णय भयो भने तेस्को जिम्मेवार अशोक कार्की ज्युले लिनु पर्ने छ । यीनै स्टास गैर जिम्मेवारी भन्दै नगरले ध्यानाकर्षणका लागि विज्ञाप्ती मार्फत भर्तसना गरेको हो ।...
गाईघाटमा तुलसी बहुमुखी सहकारी र बचतकर्ताबिच छलफल जारी, तत्काल बचत फिर्ताको माग

गाईघाटमा तुलसी बहुमुखी सहकारी र बचतकर्ताबिच छलफल जारी, तत्काल बचत फिर्ताको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २९ । गाईघाटको तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताहरुको अझै चित्त बुझाउन सकेको छैन् । आईतवार जिल्ला प्रशासन कार्यालयमा सहकारीका संञ्चालक समिति र बचतकर्ताबिच छलफल अझै जारी छ । आज दिउँसो जिल्ला प्रशासन कार्यालय उदयपुरमा सहकारीका प्रतिनिधि र सिमित बचतकर्ताहरु बिच समाधानको बिषयमा भएको छलफल अझे निष्कर्शमा पुग्न सकेको छैन् । यता बचतकर्ताहरुले भने आफ्नो बचत तत्काल फिर्ताको माग गर्दै संस्थालाई धर्ना दिरहेको छ । गाईघाट शाखामा करिब ४२ सयको हाराहारीमा बचतकर्ताहरु रहेका छन् । जसमा एकै व्यक्तिले २ करोड भन्दा बढी बचत गरेको बुझिएको छ । केहि बचतकर्ताहरु भने आम्दानीलाई थप बढाउने भन्दै खाईनखाई बचत गरेको अवस्था रहेको जनाईएको छ । केहिदिन देखी बिराटनगरबाट संञ्चालक फरार हल्लापछि बचतकर्ताहरु त्रसित भएका थिए । सहकारीले पहिलो चरणको छलफलबाट ७ जनाको समिति बनाएर दोस्रो चरणको छलफल चलाउने जना...
नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको अध्यक्षमा राउत

नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको अध्यक्षमा राउत

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ गते । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको उदपुर अध्यक्षमा रित कुमार राउत सर्वसहमत चयन भएको छ । राउतको नेतृत्वमा २० कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा तिलक नेपाली, बिवेक आचार्य, महिला उपाध्यक्षमा ज्योति राई, सचिवमा लक्षमण दनुवार, सहसचिवमा चुडामणी थापा, कोषाध्यक्षमा पारु फुँयाल रहेको छ । यता सदस्यहरुमा हिमाल दनुवार, विष्णु तामाङ्ग, रेवत कार्की, ज्ञानेन्द्र राई, होम वहादुर मगर, पारु राई, पार्वता घिमिरे, सन्दीप राई पारमनन्द राजधामी, लोक बहादुर राई, सन्जु राई, ममता ठकुरी र सुरज राई रहेको छ । शनिवार गाईघाट स्थित कन्चनजंघा होटलमा भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको पाँचौ जिल्ला अधिवेशनबाट उक्त समिति चयन भएको हो । अधिवेशनमा नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध बिभिन्न तहका कर्मचारीहरुको सहभागी रहेका थिए । नेकपा माओवादी केन्द्र पोलिव्युरो सदस्य तथा उदयपु...
रोजी(थुलुङ)साम्पाङ राईको कविता संग्रह “सम्मोहन” विमोचन

रोजी(थुलुङ)साम्पाङ राईको कविता संग्रह “सम्मोहन” विमोचन

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २८ । संग्रह कवि रोजी (थुुलुुङ) साम्पाङ राईको प्रथम कविता संग्रह सम्मोहन विमोचन भएको छ । शनिवार उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहा स्थित लालीगुुराँस सामुदायिक भवनमा मेयर कालु लामा, बरिष्ठ पत्रकार एवम् इतिहासकार कौशल चेम्जोङले संग्रहको विमोचन गर्नुभएको हो । ९१ वर्षिया जेष्ठ नागरिक विष्णुु बान्तवाको अध्यक्षतामा भएको विमोचन समारोहमा कविता संग्रहले सहभागिहरुबाट चर्चा पाएको थियो । करिव ४० वटा कविता रहेको संग्रह कवि रोजीको जन्मथलोदेखि देश विदेशसम्मको जीवन भोगाई समेटिएका छन् । विमोचन कार्यक्रममा कवि रोजीले तीन कविता प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतीलाई सम्मान गर्दे कार्यक्रम हलमा उपस्थित भएका सहभागिहरुले तालीको गडगडाहट दिएका थिए ।...