Tuesday, August 18News That Matters

Breaking News 1

गाईघाटमा १७ करोड बराबरको खानेपानी योजना सिलान्यास

गाईघाटमा १७ करोड बराबरको खानेपानी योजना सिलान्यास

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ६ । गाईघाटमा शुक्रबार १७ करोड बरावरको खानेपानी योजनाको सिलन्यास भएको छ । उक्त योजनाको सिलन्यास त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले गरीन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयको करिब १७ करोड ९ लाख ८४ हजार लागतमा वडानं ११, १२ र १३ का बस्तिमा खानेपानी बिस्तार गर्ने योजनाकासाथ निर्माण कार्य सुरु गरिएको गाईघाट खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष प्रकाशकुमार बस्नेतले जानकारी दिए । दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको उनले बताए । योजना अन्र्तगत सात लाख लिटरको खानेपानी ट्याकी, टिमेन्ट प्लान्ट, अग्नी नियन्त्रण स्टेसन ५ वटा, कार्यालय भवन, पम्प हाउस लगाएतका संरचना निर्माण हुने अध्यक्ष बस्नेतले बताए । त्रियुगा नगरपालिकाका सदरमुकाम आसपासका क्षेत्र चार हजार घरघुरीलाई स्वस्च्छ खानेपानी खुवाउने लक्ष्यकासाथ गाईघा...
गाईघाट साकेला थानको थप सुधारमा प्रतिबद्ध छु : मन्त्री आचार्य

गाईघाट साकेला थानको थप सुधारमा प्रतिबद्ध छु : मन्त्री आचार्य

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ६ । प्रदेश नं १ का संस्कृति पर्यटन तथा वन मन्त्री जिवन आचार्यले गाईघाट साकेला थानको निरिक्षण गरेको छ । शुक्रबार विविध कार्यक्रम लिएर उदयपुर आएका आचार्यलाई साकेला थानको समेत अवलोकन गराईएका थिए । किरात राई यायोख्खाको पहलमा छोटो समय लिएर मन्त्रीलाई साकेला थान अवलोकन गराईएको हो । आचार्यले थानको अवलोकन र त्यहाँको स्थानीयहरुको कुरा सुने सँगै त्यस क्षेत्रलाई थप सुधार गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । उनले साकेलाको थप सुन्दरताका लागि आफु प्रतिबद्ध रहेको जनाए । किरात समुदायहरुको संस्कार संस्कृतिमा आधारित साकेला थानलाई थप सुन्दर बनाउन आफु र आफनो मन्त्रालय सँधै तयार छ, उनले भने । साकेला थान सुधारका लागि प्रदेशमा डिपिआर समेत पेश गरिएको किरात राई यायोख्खा जिल्ला अध्यक्ष गंगा राईले बताईन् । नले त्यसका लागि मन्त्री आचार्यलाई सकरात्म पहल गर्न अनुरोध समेत अनुरोध गरिन् । साकेल...
लिम्चुुङबुुङ आलु ब्लक क्षेत्रमा ट्याङ्की र पाइप वितरण, आलु उत्पादनमा टेवा

लिम्चुुङबुुङ आलु ब्लक क्षेत्रमा ट्याङ्की र पाइप वितरण, आलु उत्पादनमा टेवा

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन ६ । लिम्चुुङबुुङ । उदयपुरको लिम्चुुङबुुङ गाउँपालिकाको आलुब्लक क्षेत्रका कृषकलाई सिचाईका लागि पानीट्याङ्की र पाईप वितरण भएको छ । वडा नं. ३ को नगरे, यारीखोला क्षेत्रका कृषकलाई समेटेर कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र कृषक स्वयम्को ५० प्रतिशत लगानीमा हजार लिटरको १६ वटा ट्याङ्की वितरण भएको हो । योसंगै ८५ प्रतिशत ज्ञान केन्द्र र १५ प्रतिशत कृषकको लगानीमा ७ हजार पाँचसय मिटर २० एमएमको पाईप पनि वितरण भएको हो । वडा नंं ३ का वडाध्यक्ष गुरुमणी कुमाईले फागुन ५ गतेको नगरे गाउँमा आयोजित वितरण कार्यक्रममा चन्देश्वरी कृषि समुहका अध्यक्ष गन्जुु शेर्पा, सचिव राजन कार्की लगायतका कृषकहरुलाई हस्तान्तरण गरे । सिचाईका लागि वितरित ट्याङ्की र पाईपले आलु उत्पादनमा टेवा पुुर्याउने भएपछि कृषकहरु खुसी छन् । प्राप्त सामानको सहि सदुुपयोग र जतन गरेर फाईदा लिन वडाध्यक्ष कुमाईले सुुझाए । उनले आलु ब्लक...
बजार सुदृढिकरणका लागि तालिम

बजार सुदृढिकरणका लागि तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ६ । हुरेण्डेक उदयपुरको आयोजना तथा वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा डिजिटल बजार साक्षरता सहजकर्तालाई क्षमता अभिबृद्धि तालिम सञ्चालन भएको छ । एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत फागुन ४ देखि ७ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा जिल्लाका ६ पालिकाहरु त्रियुुगा, रौतामाई, लिम्चुुङबुुङ, कटारी, उदयपुरगढी र ताप्लीका २० जना सहभागि भए । उत्पादनशिल कृषक समुहहरुले उत्पादन गरेका कृषि उत्पादनहरुलाई बजारसंग जोड्न तालिमका सहभागिहरुले भुमिका खेल्नसक्ने परियोजना ब्यवस्थापक गोविन्द ढकालले बताए । हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाका अनुसार कृषि उत्पादनमा प्ररित हुदै गएका कृषकहरुलाई बजारसंग जोड्दा आर्थिक आर्जनमा टेवा पुुग्ने बताए ।...
अनेरास्ववियुको अध्यक्षमा एमाले निकट समिक बडाल विजयी

अनेरास्ववियुको अध्यक्षमा एमाले निकट समिक बडाल विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ५ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी हुनुभएको हो । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा जम्मा १५१७ मत खसेको थियो । जसमा बडालले ९६२ मत पाएर प्राप्त गरे संगै अध्यक्ष चुनिए । अर्का प्रत्यासी आरसी लामिछानेले ३५६ र मोती विकले ७८ मत पाएका थिए । एक नेताका अनुसार उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । यता सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चु...
काठमाण्डौँको लोत्से मोवाईल तोडफोड आरोपमा पक्राउ परेका १५ मध्य उदयपुरको २ जना

काठमाण्डौँको लोत्से मोवाईल तोडफोड आरोपमा पक्राउ परेका १५ मध्य उदयपुरको २ जना

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ४ । प्रहरीले काठमाण्डौँ स्थित लोत्से मोवाईल तोडफोड तथा चोरी गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १५ मध्ये उदयपुरका दुई जना रहेको छ । उनिहरु उदयपुरगढी गाउँपालिका र चौदण्डीगढी नगरपालिकाका रहेको प्रहरीले उल्लेख गरेको छ । उदयपुरको पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ६ घर भई हाल ढुंगेधारामा बस्ने २७ वर्षीय सहचालक राजन राउत र चौदण्डीगढी नगरपालिकाका ३० बर्षिय (भेना) भनिने रितेश बस्नेत रहेको छ । यातायात मजदुरले संघले माघ १ गते काठमाण्डौँ स्थित माछापोखरीमा ट्राफिक कार्वाहीको बिषयलाई लिएर आन्दोलन गरेक थिए । सोही बेला उनिहरुले दुईओटा प्रहरी भ्यान र मोवाईल पसलमा क्षती पुराएका थिए । उनिहरुलाई अहिले प्रहरीले पहिचान गरी धमाधम पक्राउ गरिरहेको अवस्था छ ।...
बचतकर्ताको आक्रोशले तुलसीको सबै कार्यालय र स्टोरहरु बन्द

बचतकर्ताको आक्रोशले तुलसीको सबै कार्यालय र स्टोरहरु बन्द

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ४ । सहकारी डुवेको बाहिरी हल्लाका कारण बचतकर्ताहरुले पैसा फिर्ता माग राखे सँगै तुलसी बहुमुखी सहकारीको सबै कार्यालयहरु बन्द अवस्थामा पुगेको छ । उक्त सहकारीको बिराटनगर मुख्य कार्यालय सहित ४ स्थानमा शाखाहरु रहेको छ । पछिल्लो समय सबै शाखाकामा रहेको बचतकर्ताहरुले बचत फिर्ता मागे पछि सहकारी संकटमा परेको हो । संञ्चालकहरुले भने सहकारी नडुवेको बताएका छन् । उनिहरुले सबैको पैसा एकै पटक फिर्ता दिन व्यवस्थापनमा पनि समस्या हुने हुँदा विस्तारै बचतकर्ताहरुलाई पैसा फिर्ता गर्दै जाने जनाए । विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौँको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था त्यस ठाउँको ठुलो सहकारी संस्थाको रुपमा परिचित रहेको छ । हजारौँ मानिसहरू कार्यालयमा दिनहुँ आउँदा सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू भने सबै बन्द अवस्थामा रहेको छ । यस सहकारीको विराटनगरमा मात्...
बालाजु घटनाका दोषीलाई कारबाही गर्न सांसदहरूको माग

बालाजु घटनाका दोषीलाई कारबाही गर्न सांसदहरूको माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ३ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही गत फागन १ गते काठमाडौंको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा बोल्दै उनीहरुले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँको मुटुमा भएको उक्त घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताए । सांसद विराजभक्त श्रेष्ठले काठमाडौँको गोँगबु बसपार्कमा भएको अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोँगबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए...
आज प्रेम दिवस : २५ जोडीलाई सम्मानित गरिँदै

आज प्रेम दिवस : २५ जोडीलाई सम्मानित गरिँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २ । आज प्रेम दिवसको अवसर पारेर २५ जना उत्कृष्ट जोडिहरुलाई सम्मान गरिने भएको छ । नेपालको ताज महल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानी महलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मंगलबार २५ जना विवाहित जोडीहरू सम्मानित हँदैछन् । पाल्पाको तानसेन नगरपालिका वडा नं। १३ मा पर्ने रानी महल दरबारमा प्रेम दिवसको अवसर पारेर विवाहित तथा अविवाहित सयौँ पर्यटक जोडी पुग्ने गर्दछन् । प्रेम दिवसको अवसर पारेर तानसेन नगरपालिकाले मंगलबार आयोजना गरेको विविध कार्यक्रममा २५ जोडी विवाहित पर्यटकलाई सम्मान गर्न लागिएको तानसेन नगरपालिकाका प्रवक्ता एवं वडा नं। १० का अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिए । तानसेन नगरपालिकासँग नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल्स ९नाट्टा० लुम्बिनी प्रदेशले पनि समन्वय गरेर कार्यक्रम गर्न लागिएको नाट्टाका प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । उत्तर बाहिनी गङ्गाको दर्शन गर...
त्रियुगाकाे साेह्रै  वडामा जनयुद्ध दिप प्रज्वलन

त्रियुगाकाे साेह्रै  वडामा जनयुद्ध दिप प्रज्वलन

Breaking News 1, समाचार
गाईघाट पूर्णपुष्टि,फागुन २ । त्रियुगा नगरपालिकाकाे १६ वटै वडामा आज साँझ दिपावली गरि २८ ओैं जनयुद्ध दिवस मनाइयाे । गाईघाटकाे लाेकतान्त्रिक चाैककाे दिपावली कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा माओवादि केन्द्रका नगर अध्यक्ष मानबहादुर राईले सबै वडामा एकैसाथ दिपावली गरिएकाे बताए । कार्यक्रममा पार्टीका केन्द्रीय बैकल्पिक सदस्य तथा संविधानसभा सदस्य माेहन खत्री र प्रदेश सांसद संझना तामाङले जनयुद्धकाे चर्चा गर्दै सहिदकाे बलिदानी भुल्न नहुने बताए । अहिलेकाे आमपरिवर्तन र विकास जनयुद्धकै बल र जगमा भएकाे चर्चा गरे । वाईसिएलका ज्ञानेन्द्र मगरले सञ्चालन गरेका थिए ।...