Thursday, August 20News That Matters

Breaking News 1

चिकित्सक कुट्ने प्रहरी निलम्वीत

चिकित्सक कुट्ने प्रहरी निलम्वीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २८ गते । राष्ट्रपति सवार रहेको भन्दै चिकित्सक कुट्ने प्रहरी निलम्वनमा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि चिकित्सकमाथि कुटपिट हुनु राम्रो नभएको बताए । उनले भने, ‘हातपात गर्नुले राम्रो देखिएन, त्यसैले छानबिन गर्नलाई निलम्बन गरेका छौं ।’ शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो । त्यस क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए । प्...
राष्ट्रपति निर्वाचनमा को–को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु : माधव नेपाल

राष्ट्रपति निर्वाचनमा को–को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु : माधव नेपाल

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २८ । माधव नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको बताएका छन् । शनिबारको एक कार्यक्रमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको र अहिले संकेतमात्र गर्ने बताएका हुन् । नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दङ्ग परेका छन् । सबैलाई पद दिएको छ । म भइहालेँ भन्ने परेको छ । को(को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यही ढङ्गले अघि बढेको छ, मैले संकेतमात्र गरेको हो । धेरै कुरा नभनौँ । हामी पनि छौँ है राष्ट्रिय राजनीतिमा भनेर सुदूरपश्चिमबाट देखाएका छौँ ।’ नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई आफूले सर्तसहित समर्थन गरेको भन्दै पहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बनाउन आफूले चाहेको बताए ।...
लिम्चुङबुङ – हलेसी जोडिने सडकको दुई ओटा पुल उद्घाटन

लिम्चुङबुङ – हलेसी जोडिने सडकको दुई ओटा पुल उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २८ गते । उदयपुरमा दुई पक्की पुलको एकै दिन उद्घाटन भएको छ । प्रदेश नं १ का भौतिक पूर्बाधार तथा शहरी बिकास मन्त्री दुर्गा चापागाईले उदयपुरगढी वडा नं ७ मा निर्माण भएको बलान खोला र बाउन्ना खोला पुलको एकै दिन उद्घाटन गरेको हो । सो पुलले पर्यटकीय गन्तव्य स्थानलाई सहज बनाएको छ । मधेश प्रदेश र छिमेकी देश भारतका पर्यटक तथा भक्तजनहरुलाई लिम्चुङबुङ हुँदै हलेसी सम्म पुग्न अत्यादिक छोटो सडकमा पर्ने निर्माण सम्पन्न दुई पुल शनिवार उद्घाटन भएको हो । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले यस पुलले लिम्चुङबुङलाई पर्यटनको नयाँ गन्तव्यको रुपमा सहयोग पुराएको जनाए । राईले समुन्द्र सतहदेखी सगरमाथा सम्म रहेको पर्यटक तथा धार्मिक स्थलहरुमा जान सहज र छोटो सडकमा बनेको पुलले सहजता दिन सुरु गरेको जनाए । मधेश प्रदेश र छिमेकी देश भारत विहारको पर्यटकहरुलाइ लिम्चुङबुङबाट देखिने सगरमथा, सूर्य...
उदयपुरमा मानब बेचबिखन कार्यमा संलगन २ जना पक्राउ

उदयपुरमा मानब बेचबिखन कार्यमा संलगन २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २७ गते । उदयपुरमा मानब बेचबिखन गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डिगढी नगरपालिका–२ की ४० बर्षीया कुमारी परियार र सप्तरी कंचनरुप नगरपालिका–८ बस्ने २७ बर्षीय महमद नजिर रहेका छन् । गत माघको २५ गते चौदण्डिगढी नगरपालिका–२ मा बस्ने तीन जना महिलाहरुलाई बिभिन्न मापदण्ड सहित उचाई ५ फिट ५ ईन्च भएमा १० लाख रुपैया सम्म दिने भनि आर्थिक प्रलोभनमा पारी घरबाट टेम्पोमा चढाई शोषण गर्ने उदेश्यले नजिरको ग्यारेज भएको घरमा पुर्‍याएका थिए । ग्यारेज पुगेकी ती महिलाहरुले बुझ्दा उक्त ठाउबाट पुर्ण अर्को ठाउँमा आफुहरुलाई लान खोजे पश्चात उनीहरु आफु बेचबिखनमा पर्न लागेको थाहा पाई सो स्थानबाट भागेका थिए । भागेर आ–आफ्नो घर आई परिवारलाई जानकारी गराए पश्चात पिडितका आफन्तले माघ २६ गते ईलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएका थिए । जाहेरी पश्च...
बोक्सेकी एक महिला बेपत्ता, खोजीमा प्रहरी, पत्रकार गुहार्दै परिवार

बोक्सेकी एक महिला बेपत्ता, खोजीमा प्रहरी, पत्रकार गुहार्दै परिवार

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २६ गते । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेकी एक महिला दुईदिन देखी बेपत्ता भएकी छिन् । बोक्से पाटनदेवी टोल स्थित ३२ बर्षिय डम्बर बिककी श्रीमती २४ बर्षिया उर्मिला बुलन (बिक) दुई दिनदेखी बेपत्ता रहेको परिवारले जनाएको छ । परिवारले प्रहरीमा खोजीका लागि हिजो जाहेरी दिएको छ । श्रीमान डम्बरका अनुसार २४ गते दिउँसो नन्दलाई बजार जान्छु भन्दै हिँडेकी उर्मिला फर्केर नआएपछि बेपत्ता छिन् । उनि बेपत्ता भएपछि दुई बालबच्चाको बिचल्नी भएको छ । अढाई बर्षका बालक छोरो र नौ बर्षिया छोरी आमा खोजिरहेका छन् । परिवारले उनको खोजी आफन्त, माईती र नरनातासम्म गर्दासमेत पत्ता नलागेको जनाईएको छ । दुईबच्चाका साथ श्रीमतीको खोजी गर्दै मिडिया समक्ष आएका डम्बरले खोजीमा लागिदिन सबै सँग आग्रह गरेका छन् । बेपत्ता हुनुका कारण थाहा नभएको तर श्रीमतीको लुगाफाटा घरमा नरहेको, उनैले लगेको हुन सक्ने उनको भनाई छ ।...
सुखायु आयुर्वेदिक अस्पताल गाईघाटद्धारा मोतिगडामा स्वास्थ्य शिविर

सुखायु आयुर्वेदिक अस्पताल गाईघाटद्धारा मोतिगडामा स्वास्थ्य शिविर

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २५ । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित सुखायु आयुर्वेदिक अस्पतालले त्रियुगा नगरपालिका वडा नं.३, मोतिगडामा स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । वडाको स्वास्थ्य चौकीमा वडा नम्बर ३, मोतिगडाको आयोजना र सुखायु आयुर्वेदिक अस्पताल प्रा।लि। गाईघाट साथे सिटिजन लाइफ इन्योरेन्स शाखा गाईघाटको समन्वयमा शिविरको कार्यक्रम सम्पन्न गरेको हो । बुधवार स्वस्थ्य शिविरमा बिभिन्न ९६ जना विरामीहरुले सेवा प्राप्त गरेको छ । जसमा सब भन्दा बढी पाइल्स, फिसर, फिष्टुला, फिसर, पेट सम्बन्धी समस्या,महिला सम्बन्धी समस्या,हार्डजोर्नी तथा नशा सम्बन्धी समस्या र छाला सम्बन्धी समस्याका रोगीहरु पाईएको सुखायु आयुर्वेद अस्पतालका संञ्चालक इन्द्रजीत यादवले बताए । उनका अनुसार विरामीहरुले आर्थिक अभावका कारण उपचार नपाईको र बाध्यात्मक अवस्थामा स्वस्थ्यमा समस्या बोकि बस्न परेका बिरामीहरुका लागि बिशेष सेवा सहितको ...
कटारीको महादेव गुफामा ११ दिने महापुराण सुरु

कटारीको महादेव गुफामा ११ दिने महापुराण सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २५ । जिल्लाको कटारी नगरपालिका–३, ताराघारी स्थित उत्पतेश्वर महादेव गुफामा आजबाट ११ दिने शिव महापुराण सुरु भएको छ । बुधवार कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले कलसमा पत्ती बालेर महापुराणको औपचारीक उत्घाटन गर्नुभएको हो । आगामी नगरको बजेटबाट गुफाको विकासका लागि प्राथमिकतामा राख्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । गुफाको लागि आवश्यक पूर्वाधार निर्माणका लागि कटारी नगरपालिकाको सवै वडासँग समन्वय गरी विकास गर्ने मेयर श्रेष्ठले बताउनुभयो । उत्पतेश्वर गुफाको गुरुयोजना अनुसार भौतिक निर्माण गर्ने श्रेष्ठले बताउनुभयो । त्यसैगरी कटारी नगरपालिकाका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले आप्mनो कार्यकालमा गुफामा विभिन्न कार्यहरु गरेको भन्दै आगामी दिनमा वाँकी रहेका कामहरु पुरा गर्न नगरपालिका लाग्नुपर्ने बताउनुभयो । गुफा सम्म आउने बाटो कालोपत्रे, गुफा आउन फलामे पुल लगायतका आवश्यक ...
सगरमाथा राजमार्ग र धार्मिक पर्यटन सडकले लिम्चुङबुङ (जिरो देखी हिरो) तर्फ

सगरमाथा राजमार्ग र धार्मिक पर्यटन सडकले लिम्चुङबुङ (जिरो देखी हिरो) तर्फ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ गते । उदयपुरमा रहेको ८ ओटा स्थानीय तह मध्ये पहाडी बिकटको रुपमा मानिने लिम्चुङबु गाउँपालिकामा सडक स्तरउन्नतीले थप सफलता पाएको छ । यस पालिकालाई पर्यटन र उत्पादनको उत्गम स्थल पनि भनिएको छ । हिमालको मनोरम दृश्यहरुले लिप्त यस पालिकामा पर्यटनहरु पुग्न निकै असहज छ । राम्रो सडकको अभावमा पर्यटनहरु त्यहाँ पुग्न असहज मान्छन् भने त्यहाँको उत्पादनहरु बजार सम्म आउन सकस पर्छ । त्यहाँ कृषि उत्पादन र पर्यटनै मुख्य स्रोत रहेको पालिका अध्यक्ष मेजर कुमार राई बताउँछन् । सडकहरु गतिलो नभएकै कारण यस ठाउँमा यी पर्यटन र उत्पादनबाट आर्थिक स्रोतहरु गुमिरहेका छन् । पर्यटनमुखी बातावरण भएपनि त्यस ठाउँ सम्म गएर पर्यटकहरुले मनोरन्जन लिन सकिरहेको अवस्था छैन् भने उत्पादन बजार सम्म ल्याउन मुस्कील छ । पालिका अध्यक्ष मेजर कुमार राईले लिम्चुङबुङलाई (जिरो देखी हिरो) बनाउने भन्दै त्यसका लागि विकासे आयोजनामा...
राष्ट्र बैंकले गर्‍यो ९ बैंकलाई कारबाही : प्रति बैंक ५० लाख जरिवाना

राष्ट्र बैंकले गर्‍यो ९ बैंकलाई कारबाही : प्रति बैंक ५० लाख जरिवाना

Breaking News 1, समाचार
पुर्णपुष्टि,माघ २५ । सम्पत्ति शुद्धिकरण सम्बन्धी नियम पालनामा लापरवाही गरेको र अन्य नियमहरू पालना नगरेको भन्दै राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई कारवाही गरेको छ। प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डौ (हाल ग्लोबल आइएमई) प्राइम कमर्सियल सम्पत्ति शुद्धिकरणमा गम्भिर लापरवाही गरेको भन्दै प्रति बैंक ५० लाख रुपैयाँको दरमा जरिवाना गरिएको छ। माछापुच्छ्रे बैंकले पुँजी कोष पर्याप्तता अनुपातको यथार्थ विवरण पेश नगरेको, सानिमा बैंकले तत्कालिन प्रमूख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको, नबिल बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि व्यवस्था अनुसार ग्राहक पहिचान विवरणमा लापरवाही गरेको भन्दै कारवाही गरिएको हो । त्यस्तै,माछापुच्छ्रे,तत्कालिन नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंकलाई ग्राहकसँगको एकपटकको सम्झौतापछी प्रिमियम थप्ने वा डिस्काउन्ट गर्ने गरिएको आधारमा कारवाही गरिएको हो ।...
पत्रकारमाथि वडाध्यक्षबाट दुर्ब्यवहार र ज्यानकाे धम्की

पत्रकारमाथि वडाध्यक्षबाट दुर्ब्यवहार र ज्यानकाे धम्की

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ । बेल्टार उदयपुरका पत्रकार राजेन्द्र दुष्टलाई चौदण्डीगढी नगरपालिका - ९ का वडाध्यक्ष प्रकाश राउतले रिपोर्टिङका क्रममा दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएका छन् । स्थानीय भिम सामुदायिक वन क्षेत्रभित्र पर्ने द्वारखोलामा भईरहेकाे अवैध गिटी उत्खननकाे रिपोर्टिङमा जाँदा वडाध्यक्ष राउतले यस्ताे व्यवहार गरेकाे राईले बताए । उत्खनन् स्थलमा खन्दै गरेकाे जेसिविकाे फाेटाे खिच्ने क्रममा अध्यक्ष राउतले क्यामेरा र माेवाईल खाेस्दै गालीबेईजती गरेकाे र सातपुस्ते थाहा छ भन्दै ज्यानकाे धम्की दिएकाे पत्रकार राईले बताए । खाेसाखाेस हुँदा माेवाईल क्षति भएकाे उनले बताए । राई चाैदण्डीगढी मिडियाका पत्रकार हुन् । नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फाेनिज) काे १ नं. प्रदेश उपाध्यक्षसमेत रहेका राईले जनप्रतिनिधि भएर वडाध्यक्षले गुण्डागर्दिकाे शैलीमा आक्रमण गरेकाे बताए । जंगल क्षेत्र ...