Thursday, August 20News That Matters

Breaking News 1

नाई सहयोग संस्थाद्धारा एकल महिलालाई राहत हस्तान्तरण

नाई सहयोग संस्थाद्धारा एकल महिलालाई राहत हस्तान्तरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २४ गते । नाई सहयोग संस्था नेपालले सप्तरीका एक एकल महिलालाई किराना सामाग्री हस्तान्तरण गरेको छ । बुधबार ड्रिम्ल्याण्ड होटल गाईघाटमा नाई सहयोग संस्था नेपाल केन्द्रिय कार्यालय धनुषाको सहयोग र नव गठित नाई सहयोग संस्था गाईघाट, उदयपुरको आयोजनामा राहत सामाग्री हस्तान्तरण गरिएको हो । त्रियुगा नगरपालिका स्तरिय अगुवा नाई स्वजातिय भेला अन्तरगत सप्तरी जिल्ला खडक नगरपालिका वडा नं ५ (खरछुईया)का एकल महिला प्रमिला ठाकुरलाई सम्मान स्वरुप किराना पसलका सामाग्री नाई सहयोग संस्थाका केन्द्रिय अध्यक्ष रोशन कुमार ठाकुले प्रदान गर्नुभएको छ । उनका अनुसार समाजमा रहेका बिडित बर्गहरुलाई व्यक्ति पहिचान गरी संस्थाले बिगतको समय देखिनै सहयोग गर्दै आएको बताए । त्रियुगा नगर कमिटि गठन प्रस्चात गाईघाटका लागि नवगठित नाइ सहयोग संस्थाले एकल महिला ठाकुरलाई सम्मान स्वरुप पाँच हजार नगर प्रदान गरेको छ । ठाक...
तुलसी बहुमुखी सहकारीको संञ्चालक भागेको खवरले गाईघाटको बचतकर्ताहरु त्रसित, तत्कालै बचत फिर्ता माग

तुलसी बहुमुखी सहकारीको संञ्चालक भागेको खवरले गाईघाटको बचतकर्ताहरु त्रसित, तत्कालै बचत फिर्ता माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ गते । बिराटनगरमा रहेको तुलसी बहुमुखी सहकारीका संञ्चालकले पैसा खाएर फरार भएको बचतकर्ताहरुले जनाएको छ । विराटनगर–३ विराट नर्सिङ्ग होम छेउमामा अवस्थित उक्त सहकारीका सञ्चालकहरु बचतकर्ताको करोडौ रकम ठगी गरेर सम्पर्कविहिन भएका हुन् । बचतकर्ताले सहकारीमा रकम जम्मा गर्दै आएका थिए । सहकारीले विगत ४ बर्ष देखि बचतकर्ताहरुसँग रकम संकलन गर्दै आएको थियो । लामो समय देखि बचत गरेपनि रकम लिन जाँदा सहकारीका संचालक भाका राख्दै सम्पर्कविहिन हुने गरेको पिडितहरुको गुनासो छ । स्थानीय बचतकर्ता सगँ फिक्स डिपोजीट गरे ५ वर्षामा दिने गरि विभिन्न प्रलोभन देखाएर आफु हरुलाई बचत गर्न लगाएको र अहिले रकम नदिएर फरार रहेको पिडितहरुको गुनासो छ । सोही सहकारीका शाखाहरु गाईघाट लगायत बिभिन्न ठाउँमा रहेको बचतकर्ताहरुले जनाएको छ । गाईघाटमा समेत रहेको उक्त शाखा संञ्चालकहरु फरार भएको खवरले त्रसित भएको छ । गाईघ...
रौतामाईमा पालिका अध्यक्षको तलब बाट अग्नी पिडितलाई आर्थिक सहयोग

रौतामाईमा पालिका अध्यक्षको तलब बाट अग्नी पिडितलाई आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ गते । रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरले आफ्नो तलब सुविधा बाट अग्नी पिडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाको ४ नं वडा नचने बतासेका बम बहादुर मगरलाई पालिका अध्यक्ष बिरेन्द्र मगरले आफ्नो तलब सुविधा बाट रु २६ हजार बराबरको आर्थिक सहयोग गरेका हुन् । मगरको बुधबार आगलागी हुँदा दुई तल्ले घर जलेर पूर्ण रुपमा क्षती पुगेका थिए । उनको खाद्यन्न, लत्ता कपडा र अन्य महत्वपूर्ण सामाग्रीहरु जलेर नष्ट भएका थिए । उनिलाई अहिले सबैको सहयोग चाहिएको छ । पालिका अध्यक्ष बिरेन्द्र मगरले आफ्नो पालिकावासीहरुलाई पिडामा सहयोग गर्ने चुनावमै प्रतिवद्धता दिएका थिए । उनले पालिकाको तर्फबाट पनि सक्दो सहयोग गर्ने भन्दै आफ्नो सुविधाबाट पनि सकेको सहयोग गरेको जनाए । मगरले आफुले पाउने तलब सुविधा अध्यक्ष कोषमा जम्मा गरी मंगलबार पिडितलाई चेक हस्तान्तरण गरेको पालिकाकी कर्मचारी कोपिला मगरले बत...
टर्कि भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १७ सय जनाभन्दा वढी

टर्कि भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १७ सय जनाभन्दा वढी

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २४ । क्षिणपूर्वी टर्किमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा एक हजार सात सय ९७ जना पुगेको छ । टर्कीमा अहिलेसम्म एक हजार १४ जना र र छिमेकी देश सिरियामा सात सय ८३ जना गरी कम्तीमा एक हजार सात सय ९७ जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । टर्कीमा स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो १ बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । दिउँसोको भूकम्पले खोजी र उद्धारमा थप समस्या भएको छ । अरू कैयौँ परकम्पहरू गइरहेका बीबीसीले जनाएको छ । भूकम्पका कारण भत्किएका संचरनाको भग्नावशेषमा खोजी भइरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै देशमा गरी छ हजार जनाभन्दा धेरै घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेहरूको विवरण सङ्कलन गर्ने...
कटारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कटारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २३ । उदयपुरको कटारी नगरपालिकामा आज देखि दोस्रो नगरस्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ सुरु भएको छ । नगरपालिकाको आयोजनामा श्री त्रिवेणी मावि कटारी, ४को त्रिवेणी मावि तथा टाईगर फिल्डमा खेलकुद प्रतियोगिता सुरु भएको हो । अन्तर विद्यालय स्थानीय तह स्तरीय प्रतियोगिताको उदघाटन गर्दै प्रदेश नम्बर १ का सदस्य रामकुमार खत्रीले गर्नुभएको थियो । प्रदेश १का सदस्य खत्रीले उदघाटन समारोहलाई सम्बोधन गर्दै मुलुकको सर्वाङ्गिण विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “राम्रा खेलाडीहरुलाई राज्यले लगानी गर्न नसक्दा पलायन हुनु परेको अवस्था छ ।”खत्रीले भन्नुभयो –“राज्यतहबाट खेलक्षेत्रमा लगानि गर्न म प्रतिवद्ध छु ।” आयोजकका अनुसार प्रतियोगिता लगातार तीन दिनसम्म चल्ने बताएको छ । प्रतियोगितामा नगरपालिका भित्रका १८ सामुदायिक तथा नीजि विद्यालयहरुले प्रत्यक्ष सहभागिता जनाउने...
बेपत्ता रहेको उदयपुरका बालक काम खोज्दै जाँदा आफन्तको सम्पर्कमा

बेपत्ता रहेको उदयपुरका बालक काम खोज्दै जाँदा आफन्तको सम्पर्कमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २३ गते । लाहान बाट बेपत्ता अवस्थामा रहेको उदयपुरका एक बालक एक हप्ता पछि परिवारको सम्पर्कमा आएको छ । त्रियुगा नगरपालिका १३ बहेडुवाका १५ बर्षिय ललित चौधरी आज सोमवार परिवारको सम्पर्कमा आएको हो । उनि गत सोमवारबाट विद्यालयको पोशाकमै बेपत्ता रहेका थिए । उनी लाहान नजिक लौकाहा ठाँडीमा फेला परेको हो । उनि आमा सँग रिसाएर हिडेको खुलेको छ । एक हप्ता सम्म बरालीएरै हिडिरेको र अन्तिममा एक ब्यापारीको पसलमा काम खोज्दै जाँदा उनी परिवार सम्म सम्पर्कमा आउन सफल भएको हो । घर फर्किने मनस्तीती नगरेका ललितले ब्यापारी सँग काम मागेका थिए । व्यापारीले तिमि विद्यार्थी हौ भन्दा उनले अस्वीकार गर्दै म विद्यार्थी होईन म काम गर्ने मान्छे भन्दै व्यापारीलाई जिद्धि गरेका थिए । पछि व्यापारीले तिमिलाई काम लगाउने हो भने तिम्रो परिवार सित कुरा गर्छु अनि मात्रै राख्छु भनेपछि ललितले आमालाई फोन गरेका थिए । उन...
मोटरसाईकलसहित काठ पक्राउ

मोटरसाईकलसहित काठ पक्राउ

Breaking News 1, समाचार
युबराज राई (मौसम) उदयपुर, माघ २२ । उदयपुरको प्रहरीले एकजना काठ तस्करीमा संलग्न ब्यक्तिलाई हिजो राती पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका १० खैराहाझोडा स्थित कुन्तिमाई सामुदायिक वन उपभोक्ता समितिको जंगलबाट चौनपा १० का २० वर्षिय मञ्जित सदा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । एक मोटरसाईकल र २८ दशमलब ५ क्यु.फिट परिमाणको पाँच टुन सखुवा काठसमेत बरामद भएको छ । स ७ प १५३ नम्बरको मोटरसाईकलमा एक टुन काठ लोड गरेको र चार टुन लुकाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको थियो । थप कारवाहीका लागि मोटरसाईकल र पक्राउ परेका सदालाई डिभिजन वन कार्यालय गाईघाट उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।...
लाहान बाट बेपत्ता उदयपुरका ललित अझै फेला परेन

लाहान बाट बेपत्ता उदयपुरका ललित अझै फेला परेन

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २२ गते । एक हप्ता देखी बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडुवाका १५ बर्षिय बालक ललित चौधरी अझै पनि सम्पर्कमा आउन सकेको छैन् । परिवारले तिव्र गतिमा खोजी गर्दा पनि उनि अझै फला पर्न नसकेको हो । लाहान बाट बेपत्ता चौधरीको खोजीका लागि लाहान प्रहरीलाई पनि प्रहरीले जाहेरी दिएका थिए । छोरा खोजी पाउँदै भन्दै जाहेरी दिएको परिवारले प्रहरीबाट पनि पत्ता लाग्न नसकेको हो । परिवारको अनुसार सबै पक्षबाट छोराको खोजीनिती भैरहेको जनाए । लहान प्यारागन स्कुल कक्षा ८ मा अध्ययनरत चौधरी १६ गते बाट बेपत्ता भैरहेको हो । उनि पोसाकमै गत सोमवार अन्दाजि बेलुका ४ः०० बजे लहान हस्पिटल चौकबाट बेपत्ता भएको परिवारको भनाई छ । आमा सङ्गै माइक्रो बसबाट ओर्लेर आमालाइ झुक्याएर भागेको उनि हाल सम्म पनि सम्पर्क विहिन अवस्थामा रहेको छ । आफ्नो छोरा पत्ता लागाईदिन परिवारले सवैलाई खोजेर सहयोग गर्दिन अनुरोध गरेको ...
रास्वपाको विस्तारित बैठक : सरकारबाट बाहिरिने अधिकांस नेताहरुको मत

रास्वपाको विस्तारित बैठक : सरकारबाट बाहिरिने अधिकांस नेताहरुको मत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट बाहिरिने या सरकारमा रहने भन्ने निर्णयक बैठक यतिवेला बसिरहेको अवस्था छ । बैठकमा अधिकांस नेताहरुले सरकार बाट बाहिरीनु पर्ने धारण व्यक्त गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछोनलाई गैरसांसदको हैसियतमा मन्त्री नबनाउने अडान लिएपछि सरकारबाट बाहिरिने मत बलियो बन्दै गएको हो । पार्टीका बैठकहरूमा सरकारबाट बाहिरिने मत बलियो हुँदै गएको प्रवक्ता मुकुल ढकालले बताए । ‘हामी बैठक बस्दैछौँ । पार्टीका अधिकांश नेताहरूको मत सरकारबाट बाहिरिनुपर्छ भन्ने धारणा छ’ ढकालले भने, ‘आजको बैठकपछि पार्टीले एउटा निर्णय गरेर निष्कर्षमा पुग्छौँ ।’ आफू प्रवक्ता भएकाले आधिकारिक निर्णय नहुँदासम्म सरकारमा रहने वा नरहने भन्न नमिल्ने ढकालले बताए । प्रधानमन्त्री प्रचण्ड लामिछाने नेतृत्वको पार्टीलाई अरू कुनै मन्त्रालय दिएर जाने प...
रास्वपाका सभापती लामिछानेले पत्रकार सम्मेलन गर्दै

रास्वपाका सभापती लामिछानेले पत्रकार सम्मेलन गर्दै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवी लामिछानेले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज आईतबार लामिछानेले बिशेष पत्रकार सम्मेलन गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । रवीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् “पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रवी चितवन–२ बाट निर्वाचित सांसद हुन् । उनि उपप्रधान तथा गृहमन्त्री समेत भएका थिए । त्यसपछि सर्वोच्चले नागरिकता अवैध रहेको फैसला दिएपछि उनको सबै पद तथा जिम्मेबारी गुमेको थियो । सर्वोच्चको आदेश बमोजिम कानुनी प्रकिया पुरा गरि आईतबार लामिछानेले जिल्ला प्राशासन ...