Thursday, August 20News That Matters

Breaking News 1

४२ बर्षिय बाबु र ७ बर्षिया छोरी दुवै मृत अवस्थामा फेला

४२ बर्षिय बाबु र ७ बर्षिया छोरी दुवै मृत अवस्थामा फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २२ गते । पुरानो बानेश्वरमा बाबु छोरी नै मृत भेटीएका छन् । उनिहरु छोरी छुरा प्रहार बाट मृत भएको र बाबु झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् । प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको उनको भनाइ छ । बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् । छोरी शारीरिकरुपमा अशक्त थिइन् । घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी स...
बाँदर आतंकले बस्ती रिँतिदै

बाँदर आतंकले बस्ती रिँतिदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २२ गते । भोजपुरमा बाँदरले अत्यादिक स्थानीयहरुलाई सताईरहेको छ । बाँदरको बढ्दो उपद्रो र हैरानीले बस्तीनै खाली हुन बाध्य भएको छ । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि भोजपुर तल्लो भेगका स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ । रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । ‘बाँदरका कारण बस्ती नै खाली भएको छ’, उनले भने, ‘वर्षभरि ...
हिमाली र उच्च पहाडी भु–भागमा हिमपातको सम्भावना

हिमाली र उच्च पहाडी भु–भागमा हिमपातको सम्भावना

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २२ गते । पालमा बज पश्चिमी वायुको आंशिक प्रभाव परे सँगै हिमाल र उच्च पहाडी स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । देशको पहाडी भू(भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू(भागहरुमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो प्रदेश नं। १ का पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं। १ को हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम बिभाग महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं। १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थो...
बोक्से प्रथम वडाअध्यक्ष गोल्डकपमा आयोजक टिम बिजयी

बोक्से प्रथम वडाअध्यक्ष गोल्डकपमा आयोजक टिम बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २१ गते बोक्सेमा भएको प्रथम वडाअध्यक्ष गोल्डकपको उपाधी आयोजक टिमले नै हात पारेको छ । गत सनिवार देखी सुरु भएको उक्त खेल आज नयाँवस्ती खसिवजारमा सम्पन्न भयो । फाइनल खेलमा बोक्सेले गाईघाटलाई हराउँदै उपाधी जित निकालेको हो । आयोजक टिम फ्युजन क्लवको तर्फबाट ५ र गाईघाटको तर्फबाट ४ गोल भएको थियो । खेल समय अबधिभर दोस्रो हाफमा दुवै टिमको तर्फबाट १-१ गोल हुन पुगेको थियो । फ्युजन क्वलको तर्फबाट जर्सि नं १७ का सुनिल खड्काले ५४ औँ मिनेटमा गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए । पछि समय सकिन ३ मिनेट बाँकी रहँदा गाईघाटको तर्फबाट जर्जि र्न ११ का पविन राईले उक्त गोल फर्काउन सफल भए । त्यस पश्चात भने कुनै पनि गोल नभएपछि खेल ट्राईब्रकरमा परिणत भएको थियो । ट्राइबेकरमा फ्युजन क्लवले ४ र गाईघाट फुटवल क्लवले ३ गोल गर्दै खेल टुँग्याएका थिए । ट्राईब्रेकर सहित फ्युजनको गोलको संख्या ५ र गाईघाट...
कमल थापा नेतृत्वको राप्रपा नेपाल फुट्दै, लाक्पा लामाले पार्टी छाड्ने

कमल थापा नेतृत्वको राप्रपा नेपाल फुट्दै, लाक्पा लामाले पार्टी छाड्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २१ गते । राप्रपा नेपालका पार्टी उपाध्यक्ष लाक्पा लामाले राप्रपा नेपाल छाड्ने भएका छन् । लामाले पार्टी छाड्ने भएपछि कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ फुट्ने भएको हो । लामाले राप्रपा छोडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने स्रोतले जनाएको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष रहेका तामाङले थापालाई गत फागुनमा अध्यक्ष पद सुम्पिएका थिए । तामाङले त्यतिबेला थापालाई उनको नासो सुम्पिएको बताएका थिए । तामाङले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने बताइएको छ । पार्टीको औचित्य नै नभएका कारण आफूहरूले पार्टी परित्याग गर्न लागेको असन्तुष्ट समूहले जनाएको छ ।...
किशोरीलाई बली चढाउन भारत लगेको आशंकामा ६ जना पक्राउ

किशोरीलाई बली चढाउन भारत लगेको आशंकामा ६ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २० गते । भारतमा नेपालकी किशोरीहरुलाई बली चढाउने लैजादैँ गरेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था किन इण्डियाको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले १६ वर्षीया नेपाली किशोरीको उद्दार गरेको हो । ति किशोरीलाई बली चढाउन भन्दै भारत लगिएको आशंका गरिएको छ । उनीलाई प्रहरीले सकुसल उद्दार गरेको छ । प्रहरीका अुनसार पीडित किशोरीलाई १७ मंसिरमा मामा घरबाट काठमाडौं ल्याएर राखिएको थियो । त्यसक्रममा पीडितलाई आफन्तसँग समेत सम्पर्क गर्न नदिइ बन्धक बनाएको पाइएको एसएसपी श्रेष्ठले बताए । ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जीवन श्रेष्ठका अनुसार उनलाई भारतको रन्होला थापाको वडा एरिया अन्तरगत मंगलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्दार गरिएको छ । उनलाई बिहीबार उद्दार गरेर नेपाल ल्याइएको श्रेष्ठको भनाइ...
मेरुदण्डका बिरामीहरुलाई व्यक्तिगत सहयोगमा ह्विलचियर प्रदान

मेरुदण्डका बिरामीहरुलाई व्यक्तिगत सहयोगमा ह्विलचियर प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २० गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ का चन्द्रमान दनुवार लामो समयदेखी मेरुदण्डको समस्याले थला परेको अवस्था थियो । उनि रुखबाट लडेर मेरुदण्ड भाँचिएको अवस्थामा कस्टकर जिवन यापन गर्न बाध्य थिए । यस्तै त्रियुगा नगरपालिका वडा नं ५ का संगिता राई र पूर्ण बहादुर थापा पनि शारिरीक रुपले अशक्त जिवन यापन गर्दै आएका थिए । उनिहरुलाई जिवन यापन गर्न करिब अरुको साहाराको खाँचो छ । यसै मर्मलाई बुझ्दै सुवास राउत र छविन मगरले उनिहरुलाई व्यक्तिगत लगानीमा ३ ओटा ह्विलचियर सहयोग गरेको छ । शुक्रबार बिभिन्न राजनितिक दलको व्यक्तित्व, आफन्त र समाजसेवीहरुको हुलमा उक्त चियर प्रदान गरेको हो । किसानी जिवन दैनिकिको क्रममा उनिहरुले आफ्नो सपाङ्गता शरिर गुमाउन पुगेको हो । उनिहरुलाई निवासमै पुगी तिनै जनाको दैनिक जिवनलाई सहज र सरल तुल्याउन चियर वितरण गरिएको छ । प्रदेश नं १ की उप–सभामुख शृजना दनु...
उदयपुरको मोतिगडा क्याम्पस भित्र फेला परेको अवषेशहरु लिच्छिबी काल खण्डको हुन सक्ने अनुमान

उदयपुरको मोतिगडा क्याम्पस भित्र फेला परेको अवषेशहरु लिच्छिबी काल खण्डको हुन सक्ने अनुमान

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १९ गते । उदपुरको मोतिगडा क्याम्पस भित्र पुरानो ऐतिहासिक अबषेशहरु फेला पर्ने क्रम जारी रहेको छ । केहि दिन देखी पुरातत्त्व बिभागले उदयपुरको बिभिन्न ठाउँहरुमा उक्त सामानहरुको उत्खनन गरिरहेको छ । त्रियुगा नगरपालिकाले आफ्नो क्षेत्र आसपासमा रहेको यी अबषेशहरुलाई उत्खनन गरी अनुसन्धान गर्नु पर्ने माग राखे सँगै काठमाण्डौँ बाट ६ जना को पुरातत्त्व बिज्ञ टोली खटेको छ । खाट मन्दीरमा उत्खनन गर्दा सामाग्री फेला नपरेपछि मोतिगडा क्याम्पसमा टोलीले उत्खनन सुरु गरेका थिए । टोलीले ४ ठाउँमा उत्खनन गर्ने गरी आएका थिए । मोतिगडा र खाट मन्दिर सँगै जलजलेको भुभाग र दमौटीमा समेत उत्खनन गर्नु पर्ने नगरपालिकाले पत्रमा उल्लेख गरेका थिए । मोतिगडामा टोलीले बिभिन्न संरचनाहरु सँगै पुरानो इटाको गाह्रो, पुरानो मुर्तिको टुक्राहरु, पोट्रीको टुक्राहरु फेला पारेको छ । हाल सम्म टोलीले १० मिटर लम्वाई र १२ मिटर चौड...
बिमान स्थलबाट नौ किलो सुन सहित एक बिदेशी पक्राउ

बिमान स्थलबाट नौ किलो सुन सहित एक बिदेशी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १९ गते । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट एक क्यानडियन नागरिक नौ किलो सुन सहित पक्राउ परेको छ । उनलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ३५ वर्षिय मोहमद कमल महगौब छन्। दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२स्१० बजे काठमाडौं आएका क्यानडाको पासपोर्टधारी यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।...
उदयपुरका एक बालक तिन दिन देखी बेपत्ता

उदयपुरका एक बालक तिन दिन देखी बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १८ उदयपुर घर भएका १५ बर्षिय एक बालक ३ दिन देखी बेपत्ता भएको छ । त्रियुगा नगरपालिका १३ बहेडुवाका ललित चौधरी तिन दिन बाट बेपत्ता भैरहेको परिवारले जनाएको छ । लहान प्यारागन स्कुल कक्षा ८ मा अध्ययनरत चौधरी १६ गते बाट बेपत्ता भैरहेको हो । उनि पोसाकमै सोमवार अन्दाजि बेलुका ४ः०० बजे लहान हस्पिटल चौकबाट बेपत्ता भएको परिवारको भनाई छ । आमा सङ्गै माइक्रो बसबाट ओर्लेर आमालाइ झुक्याएर भागेको उनि विगत ३ दिन देखि सम्पर्क विहिन अवस्थामा रहेकाले सबैले खोजेर सहयोग गर्दिन परिवारको आग्रह छ । बालक फेला परेको अवस्थामा ९८१९७८५११२, ९८२५०२९९१६ र ९८६२९४५८३४ मा परिवारलाई खबर गर्न सकिने छ ।...