Thursday, August 20News That Matters

Breaking News 1

बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको तेस्रो दिन गाईघाट फुटवल क्लव बिजयी

बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको तेस्रो दिन गाईघाट फुटवल क्लव बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १७ गते । बोक्सेमा जारी प्रथम वडाअध्यक्ष गोल्ड कपको तेस्रो दिन गाईघाटले जित निकालेको छ । गाईघाट फुटवल क्लवले एपिएफ पूर्वाञ्चल सुनसरीलाई २÷१ ले पराजित गर्दै जित निकालेको हो । खेल अबधिभर दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि १५ मिनेटको समय थप गरिएको थियो । उक्त समयमै गाईघाटको तर्फबाट जर्सि नं ५ को सुरज थापा र जर्सि नं ८ को पविन राईले १÷१ गोल गरेका थिए । एपिएफको तर्फबाट भने जर्सि नं १० का भरत नेपालीले १ गोल फर्काउन सफल भएको थियो । खेलमा गाईघाट फुटवल क्लवबाट सुरज थापा म्यान अफ दी म्याच घोषित बने । उनले नगद १५ सय सँगै ट्रफि हात पारे म्यान अफ म्याचको पुरस्कार युवा नेता दिपक राईले प्रदान गरेका थिए । उक्त खेललाई बिभिन्न व्यक्ति, संघसंस्था लगायत सम्बन्धित निकायहरुले सहोग गर्दै आएको हुँदा सहज भएको आयोजकले जनाएको छ ।...
उपसभामुख रानाले उदयपुरको विकास निर्माण बारे चासो  देखाईन्

उपसभामुख रानाले उदयपुरको विकास निर्माण बारे चासो देखाईन्

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १७ गते । नेपाल सरकारको संघीय उपसभामुख इन्दिरा राना मगरले उदयपुरको विकासमा चासो दिएकी छिन् । त्रियुुगा नगरपालिका, गाईघाटमा आज भएको उदयपुर विकास बोर्डको बैंठकमा सहभागि हुदै उपसभामुख मगरले उदयपुरको विकासमा चासो दिएकी हन् । बैंठकमा सहभागि आठै पालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई लक्षित गर्दै दुुर्गमका बालबालिका तथा महिलाहरुको जीवन स्तर र स्वस्थ्य स्थिति अझै पनि नाजुक रहेकोप्रति सबैले ध्यान दिन आग्रह गरेकी छन् । उप सभामुख मगरले विकास समृद्धिको कुरा गर्दा अधिकारको कुरालाई विर्सन नहुने पनि उनको भनाई थियो । आपूm कुनै दल विशेषको नभइ निश्पक्ष र स्वतन्त्रपूर्वक संविधानले दिएको आफ्नो काम, कर्तव्य र अधिकारप्रयोग गरेर अगाडी बढ्ने बताइन् । उप भनेको चुप हो, जस्ता उखानहरुलाई वेवास्ता गर्दै देशैभरका उपसभामुख र पालिका उपप्रमुखहरुलाई प्रोत्साहन, हौसल्लाह दिँदै जाने बताइन् । कार्यक्रममा त्र...
गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट अलग हुने

गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट अलग हुने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १७ गते । गृह मन्त्रालय नपाए सरकारबाट अलग हुने राष्ट्रिय स्वतन्त्र पार्टीले चेतावनी दिएको छ । सरकार निर्माण गर्दा गठबन्धनमा भएको सहमतिले गृह रास्वपाले पाएको थियो । सर्वोच्चले पुरानो नागरिकता अमान्य रहेको फैसला दिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको सबै पद गुमेको थियो । सर्वोच्चको फैसलापछि लामिछानेले आईतबार सबै प्रक्रिया पुरा गरेर नेपाली नागरिकताको प्रमाण पत्र लिईसकेका छन् । नागरिकता लिएको केहि घण्टा पछि पुन लामिछाने रास्वपाका सभापति भएका थिए । लामिछाने उपनिर्वाचनमा पुन निर्वाचित हुने सम्भावना पनि रहेको छ । रास्वपाका सभापति लामिछानेनिकट केन्द्रीय सदस्य दीपक बोहराले भने पुस ११ कै सहमतिअनुसार उपप्रधानसहित गृह मन्त्रालय रास्वपाले पाएको बिषयमा दायाँ–बायाँ गर्नु हुँदैन । गृह नपाए रास्वपा सरकारबाट अलग हुने बताए । उनले भने यस बिषयमा प्रधानमन्त्रीज्यूसँग सभापति लामिछानेले क...
त्रिनपा ११ बाट उपहार पाउदा बृद्धबृद्धा हर्षित

त्रिनपा ११ बाट उपहार पाउदा बृद्धबृद्धा हर्षित

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १६ । गाईघाट÷ उदयपुरको त्रियुुगा नगरपालिकाको वडा नं. ११ ले आज जेष्ठ नागरिक, एकल महिला, विधवा र अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको छ । वडाध्यक्ष सुमन्त कोइरालाका अनुसार वडाका जनालाई सम्मान गरेको हो । वडा कार्यालयमा बोलाएर सम्मान स्वरुप उनीहरुलाई विद्युतबाट पानी तताउने भाँडो उपहार स्वरुप गरिएको छ ।जाडो मौसममा तातो पानी प्रयोग राम्रो हुने र चुल्लो र ग्याँसमा आगो बाल्न झन्जटिलो हुने भएकाले विद्युतबाट पानी तताउने भाँडो दिइएको वाडध्यक्ष कोइरालाले बताए । सम्मान कार्यक्रमको उद्घाटन गर्दै मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई र प्रमुुख प्रशासकीय अधिकृत मानबहादुर बनले बृद्धबृद्धाहरुलाई उपहार प्रदान गरे ।मेयर बस्नेतले नगरले सबै जेष्ठ नागरिक, एकल महिला, विधवा तथा अपाङ्गता भएका ब्यक्तिहरुको सुरक्षा र संरक्षण गर्दै आएको बताए । उपमेयर राईले सबै वडाले बृद्धबृद्धाहरुलाई केही न केही न...
बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार बिजयी

बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १५ गते । त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा जारी प्रथम वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार स्पोर्ट क्लव बजयी बनेको छ । गोल बजारले पशुपति प्रसाद गण बोक्सेलाई १÷० को अन्तरले हराउँदै खेलमा बिजयी बनेको हो । गोल बजारको तर्फबाट खेलको पहिलो हाफमा जर्सि नं ८ का बिनु मगरले पहिलो गोल गरेका थिए भने गोल बजारकै तर्फबाट पहिलो हाफमै जर्सि नं ७ का सुगम पुलामी मगरले २२ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । दोस्रो हाफको खेलमा पनि सुगम पुलामीले नै फेरी १ गोल थपे । यता बिनु मगरले फेरी दोस्रो हाफ पछि लगतार २ गोल गर्दै ह्याट्रीक गर्दै ५ गोल गर्न सफल भए । उता पशुपति प्रसाद गण बोक्सेले भने १ गोल फर्काउन सफल भयो । उक्त क्लवको तर्फबाट भने दोस्रो हाफको ८ मिनेटमा किरण मगरले गोल गर्दै शान्त्वना गोल गर्न सफल भएको हो । खेलको म्यान आफ दी म्याच गोल बजारको तर्फबाट बिनु मगर घोषित भए । उनले नगद १५ ...
प्रेस युनियन प्रदेश – १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

प्रेस युनियन प्रदेश – १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

Breaking News 1, समाचार
पूर्णपुुष्टि, माघ १४ । बिराटनगर आजदेखि विराटनगरमा सुर प्रेस युनियन प्रदेश १ काे  अधिवेशन संस्थापन पक्षले बहिस्कार गरेकाे जनाएकाे छ । हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएपछि संस्थापन पक्षले असन्तुष्टि जनाउँदै निर्वाचन बहिष्कार गरेको विज्ञप्तीमा जनाईएकाे छ । [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] अध्यक्ष पदका आकांक्षी पवन अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार पत्रकारहरूको एउटा हिस्सालाई नै पाखा लगाउँदै षड्यन्त्रपूर्वक नेतृत्व चयन गर्न खोजिएको बताइएको छ । "अधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक नगरएको अवस्थामा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधिहरू घर...
बोक्सेमा वडाअध्यक्ष गोल्डकप कप सुरु, प्रथम पुरस्कार १ लाख

बोक्सेमा वडाअध्यक्ष गोल्डकप कप सुरु, प्रथम पुरस्कार १ लाख

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १४ त्रियुगा नगरपालिका १० बोक्सेमा प्रथम वडाअध्यक्ष गोल्डकप कप सुरु भएको छ । उक्त कप शनिवारबाट बोक्से स्थित नयाँवस्ती खेलमैदानमा सुरु भएको हो । खेलमा ८ ओटा टिमले सहभागी जनाएको छ । वडा युवा तथा खेलकुद विकास समिति त्रिनपा १० को आयोजनामा भएको खेलको प्रथम टिमले १ लाख नगद सहित बिभिन्न पुरस्कार हात पार्ने छ । खेलमा दोस्रो हुने टिमले ५० हजार नगद सहित अन्य नगदहरु पाउने छ । खेलको उद्घाटन खेलमा चौदण्डीगढी र कटारीको प्रतिस्पर्धा हुने छ । खेलको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले गरेका थिए । खेल २१ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।...
रवि लामिछानेको ७ जना समर्थक सर्वोच्च परिसरबाट पक्राउ

रवि लामिछानेको ७ जना समर्थक सर्वोच्च परिसरबाट पक्राउ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ १३ । सर्वोच्च अदालत परिसरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ७ जना समर्थकलाई पक्राउ गरेको छ । सभापति लामिछानेको नागरिकतामा कैफियत देखाउँदै सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनका समर्थकले नाराबाजी गरेका छन् । सर्वोच्च परिसरमा नाराबाजी गर्न थालेपछि ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।...
रवि लामिछानेको सांसद पद खारेज

रवि लामिछानेको सांसद पद खारेज

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ १३ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो। संवैधानिक इजलाजले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको मन्त्री पदसमेत गएको छ । अधिवक्ता रविराज बसौला र युवराज सफलले रविको संसद् सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नवीकरण नगरेको आरोपमा विवादमा तानिएका लामिछानेको शपथ रोक्न, सांसद पद खारेज गर्नलगायत माग गर्दै उनीविरुद्ध रिट परेको थियो।...
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ १३ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु गरेको छ । यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ सुरु भएको हो । बुधबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरिएको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अ...